आ.ज.को सवालमा संविधानका पश्चगामी धाराहरु

  • लाहुर्निप 
(१) यो संविधान संसारकै सर्वोत्कृष्ट छ, छैन ? 
नेपालको संविधानलाई सर्वोकृष्ट भनी सरकारमा रहेका पार्टीहरुले प्रचारप्रसार गरे तापनि विश्वका अन्य लोकतान्त्रिक देशका संविधानहरुमा लेखिएका आदिवासी जनजातिका तल उल्लिखित महत्वपूर्ण अधिकारहरु कुनै पनि स्वीकार गरिएको छैन :


क) आत्मनिर्णयको अधिकार, स्वशासन/स्वायत्तता, स्वायत्त क्षेत्रमा कर (Tax) उठाउन पाउने अधिकार : सन् २००७ मा संविधानसभाले निर्माण गरेको बोलिभियाको संविधानमा आदिवासी जनजातिको आत्मनिर्णय गर्ने स्वतन्त्र अधिकार, स्वायत्तता र स्वशासनको प्रत्याभूत गरिएको छ (धारा २, ३१, २७०, २८९, २९६) ।

राज्य पुनर्संरचना समिति तथा उच्चस्तरीय आयोगले पहिचानसहितको प्रदेश, विशेष र संरक्षित क्षेत्र बनाएको थियो । पहिलो संविधानसभाले पारित गरेको विषय दोस्रो संविधानसभाले स्वामित्वमा लिएको हुनाले उल्लिखित विषय वर्तमान संविधानमा राखिनुपर्नेमा विडम्बनापूर्ण तौरले राखिएको छैन ।
कोलम्बियाको संविधान सन् १९९१ मा आदिवासी भूभागमा स्वायतत्ता, स्वशासन र स्वायत्त प्रदेशको विकासको निम्ति कर (Tax) समेत उठाउन पाउने अधिकार दिइएको छ (धारा २८७) ।

मेक्सिकोको संविधानमा आदिवासीहरुलाई स्वायत्तता र परम्परागत संस्था (Customary Institution) लाई राजनीतिक प्रतिनिधिमूलक संस्थाको रुपमा मान्यता दिइएको छ (धारा २) ।

पेरुको संविधानमा आदिवासीहरुलाई आर्थिक र प्रशासनिक स्वायत्तता प्रदान गरिएको छ (धारा २.१९) ।
भारतको संविधानले आदिवासी (ट्राइबल)हरुको छुटै प्रदेश/क्षेत्र (धारा २४४ (१) (२) र २७५ पाँचौ र छैटौं अनुसूचीमा स्रोत, विकास, शिक्षा लगायतका विषयहरुमा आफै निर्णय गर्न पाउने र उनीहरुको भूमि अनतिक्रम्य (अन्य जातिले हस्तक्षेप गर्न वा किन्न नपाउने) हुने गरी संरक्षण गरेको छ ।

इथियोपियाको संविधानको धारा ३९ मा नेसन, नेसनालिटी र जनतालाई निःशर्त छुट्टिन पाउन सक्नेसम्मको आत्मनिर्णयको अधिकार प्रदान गरिएको छ ।

अमेरिकाको संविधानको धारा ८ मा इन्डियन ट्राइब (अमेरिकी आदिवासी)लाई अप्रत्यक्ष रुपमा अमेरिकाभित्रै छुट्टै राष्ट्रको रुपमा विशेष मान्यता दिएको देखिन्छ । अमेरिकाको सर्वोच्च अदालतले दुई वटा चर्चित मुद्दाहरु जनसन वि. मेकिन्तस र चेरोकी नेसन वि. जर्जियामा आन्तरिक रुपमा आफ्नो भूमिमा नियन्त्रण राख्ने अधिकार भएका सार्वभौम नागरिक रुपमा आदिवासीहरुलाई मान्यता दिएको छ ।

पहिलो संविधानसभाका विभिन्न समितिहरुले आदिवासीको भूमि तथा प्राकृतिक स्रोतको अधिकारलाई मौलिक हकमा राख्ने अवधारणा पारित गरेका थिए । तर, वर्तमान संविधानले ती अधिकारहरु समावेश गरेन ।
स्मरण रहोस्, पहिलो संविधानसभाको राष्ट्रहित संरक्षण समितिले सर्वसम्मतिमा तयार गरेको अवधारणापत्रमा आदिवासीहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र र आई.एल.ओ. महासन्धि नं. १६९ अनुरुप आदिवासीहरुको आत्मनिर्णयको अधिकारलाई पारित गरेको थियो । राज्य पुनर्संरचना समिति तथा उच्चस्तरीय आयोगले पहिचानसहितको प्रदेश, विशेष र संरक्षित क्षेत्र बनाएको थियो । पहिलो संविधानसभाले पारित गरेको विषय दोस्रो संविधानसभाले स्वामित्वमा लिएको हुनाले उल्लिखित विषय वर्तमान संविधानमा राखिनुपर्नेमा विडम्बनापूर्ण तौरले राखिएको छैन ।

ख) भूमि तथा प्राकृतिक स्रोतमाथिको अधिकार, नियन्त्रण र मञ्जुरी (अग्रिम सुसूचित स्वतन्त्र मञ्जुरी)को अधिकार : क्यानाडाको संवैधानिक कानुन १९८२ को सेक्सन ३५ मा आदिवासीहरुसँग भएको सम्झौताअनुसारको अधिकारलाई लागु गर्ने संविधानमा सुनिश्चित गरिएको छ । त्यसअनुसार आदिवासीहरुको खोसिएको भूमिमा अधिकारको पूर्जा (Title) दिने र आदिवासीको मञ्जुरीविना उनीहरुको भूमि लिन नपाउने अधिकार संरक्षित गरिएको छ ।

अर्जेन्टिनाको संविधानले भूमिमाथिको सामुहिक स्वमित्वलाई मान्यता दिएको छ (धारा ७५.१७) । बोलीभिया, भारतलगायत आदिवासी रहेका देशहरुका संविधानले आदिवासीहरुको भूमि तथा प्राकृतिक स्रोतमाथिको अधिकारलाई मान्यता दिएको छ ।

संविधानमा उल्लेख नभएका देशहरु जस्तै फिलिपिन्स (Indigenous Peoples Rights Act), मलेसियाले (Native Customary rights) जस्ता मुख्य कानुन (Organic Law) बनाएर आदिवासीको परम्परागत भूमिमा सामूहिक अधिकारको प्रमाण पूर्जा दिने गरेको छ । साथै भूमिमा गरिने कुनै पनि क्रियाकलाप आदिवासीहरुको अग्रिम सुसूचित मञ्जुरीविना गर्न नमिल्ने व्यवस्था रहेको छ ।

पहिलो संविधानसभाका विभिन्न समितिहरुले आदिवासीको भूमि तथा प्राकृतिक स्रोतको अधिकारलाई मौलिक हकमा राख्ने अवधारणा पारित गरेका थिए । तर, वर्तमान संविधानले ती अधिकारहरु समावेश गरेन । संविधानको धारा २५ मा जनतासँग परामर्श नै नगरी राज्यले जनताको भूमि अधिग्रहण गर्नसक्ने व्यवस्था राखेको छ ।

पुख्र्यौली भूमिमा अधिकार नभएको र त्यहाँबाट विस्थापनमा परेकै कारण आदिवासीहरुले राजनीतिक, आर्थिक, सांस्कृतिक, भाषिक, इतिहास लगायतका पहिचान गुमाई नेपालमा १० वटा आदिवासी जनजाति समूह लोपोन्मुख स्थितिमा पुगेको छ । जलविद्युत, निकुञ्ज लगायत विकासको नाममा गरिने मनपरी निर्णय तथा गतिविधिले धेरै आदिवासी विस्थापनमा परेका र भोकभोकै बाँच्न बाध्य बनेका छन् ।

संविधानले आदिवासीहरुलाई आफ्नै भूमिमा स्वतन्त्र र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित नगरी कुनै पनि समयमा विस्थापन गर्ने बाटो खुला गरिदिएको छ ।
आफ्नो अधिकारको कुरा उठाउँदा राज्यले सेना, प्रहरी लगाएर यातना दिने र थातथलोमा शान्तिपूर्ण र स्वतन्त्र रुपमा बसोबास गर्न अवरोध पुरयाउने कार्य धेरै ठाउँहरुमा भएका छन् । ती समस्यालाई सम्बोधन नै नगरी यस संविधानले आदिवासीहरुलाई आफ्नै भूमिमा स्वतन्त्र र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित नगरी कुनै पनि समयमा विस्थापन गर्ने बाटो खुला गरिदिएको छ ।

ग) आदिवासीहरुसँग भएको सन्धि, सम्झौताको संवैधानिक हैसियत रहने : न्युजिल्यान्डको संविधान सन् १९८६ मा माउरी आदिवासीहरुसँग भएको १८४० को वाइटाङगी सन्धिलाई संविधानको स्रोत र संवैधानिक दस्तावेजको हैसियत दिएको छ । उनीहरुको भूमिमा विशेष राजनीतिक, आर्थिक, सामाजिक अधिकार प्रदान गरेको छ ।

अहिलेको संविधानले आदिवासी जनजाति, मधेसीलगायतसँग गरिएको सम्झौताहरुमा उल्लेखित अधिकार जो संविधानमा नै राख्ने सहमति भएको थियो ती विषयहरु नपरेको कारण संविधानको विरोधमा आन्दोलन भइरहेको छ । ५६ जनाभन्दा बढी नागरिकको ज्यान गइसकेको छ । मानवअधिकार हननका घटनाहरु दिनदिनै घटिरहेका छन् । प्रहरी, सेना तथा सुरक्षाकर्मी परिचालन बीच संविधानसभाको चुनाव, दुई दिने सुझाव संकलन र संविधान जारी गरिएको यसको स्वीकार्यता र वैधानिकतामाथि गम्भीर चुनौती उत्पन्न भएको छ ।

लिम्बूहरुसँग भएको वि.सं. १८३१ सन्धिलगायत अन्य आदिवासीहरुसँग नेपाल निर्माणको क्रममा भएका सन्धिहरु सवैधानिक महत्वका संवेदनशील विषयहरु हुन् । यस्ता सन्धिहरु बेवास्ता गर्दा ती सन्धिबाट नेपालमा जोडिन आएका भूभागहरुको वैधानिकतामा प्रश्नचिन्ह उठ्न सक्छ । तर यस संविधानले त्यसतर्फ विलकुल ध्यान पु¥याएको छैन जसबाट देश अनन्तसम्म द्वन्द्वमा फस्ने सम्भावना बढेको छ ।

के धर्मनिरपेक्षतालाई संविधानले प्रत्याभूत गरेको छ ?
नेपालको संविधानको धारा ४ मा लेखिएको धर्मनिरपेक्षताको स्पष्टिकरणमा “सनातनदेखिको धर्म र संस्कृतिको संरक्षण र स्वतन्त्रता” भन्ने छुट्टै प्रावधान थपिएको छ । जसअनुसार धर्मनिरपेक्षता भनेकै हिन्दू धर्मको संरक्षण र स्वतन्त्रता भन्ने स्पष्ट गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको परिभाषाअनुसार “सनातन” भन्नाले (१) आर्यहरुमा प्राचीन समयदेखि चलिआएको मानवीय धर्म । (२) वेद, पुराण, मूर्तिपूजा आदिद्वारा सर्मथित अचेल चलेको हिन्दू धर्म भनी अथ्र्याएको छ । तसर्थ, यस संविधानले धर्मनिरपेक्षता भनेकै हिन्दू राष्ट्र भनी व्याख्या गरेको कारण अन्तरिम संविधानमा घोषणा गरिएको धर्मनिरपेक्षतालाई यो संविधानले खारेज गरेको छ ।

यस संविधानले धर्मनिरपेक्षता भनेकै हिन्दू राष्ट्र भनी व्याख्या गरेको कारण अन्तरिम संविधानमा घोषणा गरिएको धर्मनिरपेक्षतालाई यो संविधानले खारेज गरेको छ ।
संसारका विभिन्न मुलुकका संविधानहरुले ९२ वटा राष्ट्रलाई धर्मनिरपेक्ष घोषणा गरेको छ । जर्जियाको संविधानले धर्मलाई समस्यामूलक ठानी धर्मलाई संविधानमा स्थान दिएको छैन । २६ वटा देशमा धर्मसम्बन्धी दोधारे (धर्मसापेक्ष हो या निरपेक्ष) व्यवस्था छ । त्यसरी विश्वमा धर्मनिरपेक्ष राष्ट्र अत्याधिक बहुसंख्यामा रहेका छन् । धर्म व्यक्ति र समुदायको निजी मामिला हो । राज्यले एउटा धर्मलाई अवलम्बन गर्दा अन्य धर्मावलम्बीलाई विभेद हुनेमात्र होइन राज्य नश्लीयताको पक्षपाती हुन जान्छ ।

के यो संविधान समानुपातिक समावेशी छ ?
संविधानको धारा ४२ मा आदिवासी, आदिवासी जनजाति, थारु, मधेसी सहित २१ वटा समुदायलाई एउटै डालोमा राखी समावेशी सिद्धान्तको आधारमा राज्यको निकायमा सहभागिताको हक हुने व्यवस्था गरेको छ । यो व्यवस्था अन्तरिम संविधानभन्दा प्रतिगामी रहेको छ । अन्तरिम संविधानको धारा २१ मा आदिवासी जनजाति, मधेसी लगायत ७ वटा समुदायलाई “समानुपातिक’’ समावेशी सिद्धान्तको आधारमा राज्यको संरचनामा सहभागी हुने हक प्रत्याभूत गरिएको थियो ।

त्यस्तै धारा ३३ घ (१) मा राज्य संरचनाको सवै अंगमा समानुपातिक समावेशी भन्ने उल्लेख थियो । वर्तमान संविधानमा “समानुपातिक र राज्य संरचनाको सवै अंगमा’’ भन्ने शब्दावली हटाइएको छ । आदिवासी जनजाति र मधेसीको मात्रै समानुपातिक शब्द खोस्नुले यो संविधान यही समुदायप्रति विभेदकारी देखिएको छ । खस आर्य (५ समूह) भन्ने नयाँ समूह थप गरेको छ ।

सन्धिहरु बेवास्ता गर्दा ती सन्धिबाट नेपालमा जोडिन आएका भूभागहरुको वैधानिकतामा प्रश्नचिन्ह उठ्न सक्छ । तर यस संविधानले त्यसतर्फ विलकुल ध्यान पुरयाएको छैन जसबाट देश अनन्तसम्म द्वन्द्वमा फस्ने सम्भावना बढेको छ ।
धारा १८ (३) को प्रतिबन्धात्मक वाक्यांश महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, खस–आर्य (५ समूह) समेत गरी २५ समूहको संरक्षण, सशक्तीकरण वा विकासको लागि कानुन वमोजिम विशेष व्यवस्था गर्ने कुरा उल्लेख छ । यो व्यवस्था समावेशीको लागि प्रतिनिधिसभा (धारा ८४ (२) र प्रदेशसभाको गठन धारा १७६ को उपधारा ६ अनुसार प्रतिनिधित्व गराउने व्यवस्था राखिएको छ । यी व्यवस्थाहरु हेर्दा खस–आर्यका ५ वटा समूहको भाग कसैगरे पनि नहराउने देखिन्छ ।

अर्कातिर, आदिवासी जनजातिको ऐनमा नै सूचीकृत भएका ५९ र सूचीउन्मुख २५ गरेर ८४ समूह मधेसीको ३० भन्दा बढी समूह र दलितको २७ भन्दा बढी समूह रहेका छन् । यी प्रत्येक समूहहरुको प्रतिनिधित्वको सुनिश्चितता छैन । खुला प्रतिष्पर्धाबाट पनि खस–आर्य नै आउने आरक्षणबाट पनि भाग नहराउने भएपछि आदिवासी जनजाति, मधेसी र दलितलाई विभेद र समन्यायबाट वञ्चित भएको मात्र होइन २५० वर्षे एकल जातीय बर्चश्व अबका दिनमा पनि निरन्तर रहने देखिन्छ ।

मलेसियाको संविधानमा मले, भूमिपुत्र र आदिवासीलाई नोकरी, शिक्षा आदिमा कोटा दिएको छ । भारतको संविधानमा आदिवासी जनजाति, दलित र पिछडावर्गलाई राजनीति, शिक्षा र नोकरीमा आरक्षण कोटा दिइएको छ । दक्षिण अफ्रिकाको संविधानमा ऐतिहासिक विभेदमा परेका काला, आदिवासी, महिला र अपाङ्गलाई आरक्षण दिएको छ । अमेरिकामा अफ्रिकन अमेरिकन, आदिवासी आदि जो विभेदमा परेका छन् । उनीहरुलाई सकरात्मक विभेदको नीति अवलम्बन गरेको छ ।

यसबाट के देखिन्छ भने संविधानमा सकारात्मक विभेद, आरक्षण जस्ता उपाय ऐतिहासिक विभेद, संरचनागत बहिष्करणमा परेकालाई दिने गरिन्छ । विभेदविरुद्ध ल्याइएका मानवअधिकारका कानुनहरुमा पनि विभेदमा परेका समुदायलाई सक्षम समूह बराबर बनाउन आरक्षण, कोटा जस्ता उपाय गर्नुपर्ने राज्यको दायित्वभित्र पर्छ ।

राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक लगायत राज्यको हरेक क्षेत्रमा अब्बल खस–आर्य कुन सिद्धान्तको आधारमा आरक्षणको हकदार भए बुझिनसक्नु छ । यद्यपि खस–आर्य समुदाय आर्थिक रुपले गरिब छ भने उसको उत्थान आर्थिक विकासका कार्यक्रमबाट गर्न सकिन्छ ।
राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक लगायत राज्यको हरेक क्षेत्रमा अब्बल खस–आर्य कुन सिद्धान्तको आधारमा आरक्षणको हकदार भए बुझिनसक्नु छ । के राज्यको भाषिक दमनमा परेको हो ? के धार्मिक विभेदमा परेको हो ? के उसको पुख्र्यौली जमिन भुमिसुधारको नाममा खोसिएको हो ? के मधेसीलाई जस्तै अनागरिक बनाउन खोजिएको हो ? के उसलाई पहिचानको आधारमा विभेद भएको छ ? कयौं प्रश्न उठ्न सक्छ । यद्यपि खस–आर्य समुदाय आर्थिक रुपले गरिब छ भने उसको उत्थान आर्थिक विकासका कार्यक्रमबाट गर्न सकिन्छ । त्यो गर्न जरुरी पनि हुन्छ न्यायको दृष्टिले त्यसमा विवाद पनि उठ्दैन ।

यस संविधान जारी गरिएपश्चात आदिवासी जनजाति, महिला, दलित, मधेसी लगायतलाई निजामतिलगायतको क्षेत्रमा गरिएको आरक्षण हटाउनुपर्छ भन्ने आवाज लोकसेवा आयोगका जिम्मेवार पदाधिकारीहरुले बेलाबेलामा उठाउने गरेका छन् । बहिष्करणमा परेका समुदायका व्यक्तिहरुले लोकसेवाको परीक्षामा आरक्षणको समेत कारणबाट थोरै भएपनि प्रवेश बढिरहेको अवस्थामा त्यसको ढोका सदा बन्द गर्ने खेल सुरु भइसकेको देखिन्छ ।

के संविधानले सवै समुदायलाई समान हैसियत र अधिकार दिएको छ ?
वर्तमान संविधानको धारा ४ मा गरिएको धर्मनिरपेक्षताको परिभाषाले नेपाललाई हिन्दू राष्ट्र बनाएको छ । धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा (खस नेपाली) मात्र सरकारी कामकाजको भाषा रहने व्यवस्था छ । उपधारा २ मा प्रदेशभित्र बहुसंख्यकले बोल्ने नेपाली भाषाको अतिरिक्त अन्य भाषालाई प्रदेशको कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने व्यवस्था गरिएको छ ।

बहिष्करणमा परेका समुदायका व्यक्तिहरुले लोकसेवाको परीक्षामा आरक्षणको समेत कारणबाट थोरै भएपनि प्रवेश बढिरहेको अवस्थामा त्यसको ढोका सदा बन्द गर्ने खेल सुरु भइसकेको देखिन्छ ।
धारा २८७ ले भाषा आयोग १ वर्षमा बनाएर प्रदेशमा सरकारी भाषाको आधार बनाउने र सुझाव दिने त्यसको अन्तिम निर्णय संघीय सरकारले गर्ने व्यवस्थाले मातृभाषाको मान्यतालाई जटिल बनाएको छ । नेपालमा आयोगहरुको सुझाव कार्यान्वयन हुँदैन भन्ने विगतका अनुभवले देखाएको छ । यसरी मातृभाषीहरुलाई विभेद गरेको मात्र नभई सूचना, पहुँच, सेवासुविधा प्राप्त गर्नबाट वञ्चित गरी भाषिक संहार गरेको छ ।

धारा ३१ (५) मा कानुन बमोजिम मातृभाषामा शिक्षा पाउने । विद्यालय खोल्ने र संचालन गर्न पाउने हक हुने भनेको छ तर सरकारले चाहिँ केही नगर्ने व्यवस्था तथा सरकारले सहयोग गर्ने विषयमा दायित्व नै दिएको छैन ।

अन्तरिम संविधानले मातृभाषालाई सरकारी निकाय वा स्थानीय निकायमा कामकाजको भाषाको रुपमा चलाउन रोक लगाएको थिएन । भाषाको सवालमा विश्वका थुपै बहुभाषिक देशहरुका संविधानले बहुभाषालाई सरकारी कामकाजको रुपमा मान्यता दिएको छ । दक्षिण अफ्रिकाको संविधानले १२ वटा भाषा, स्विजरल्यान्डको संविधानले ४ वटा भाषा, भारतले २२ वटा सरकारी भाषाहरुलाई मान्यता दिएको छ ।

वर्तमान संविधानले हिन्दूहरुको पहिचानलाई राष्ट्रिय पहिचानको संवैधानिक मान्यता दिई हिन्दू नश्लीय सर्वोच्चता कायम गरेको छ । जस्तो, धारा ८ ले चन्द्रवंशी र सूर्यवंशीको राज्य झल्काउने गरी चन्द्र सूर्य अंकित झण्डा, धारा ९ मा राष्ट्रिय जनवार गाई, निशाना छापमा संस्कृत शब्द, रंग सिम्रिक कायम गरिएको छ ।

वर्तमान संविधानले हिन्दूहरुको पहिचानलाई राष्ट्रिय पहिचानको संवैधानिक मान्यता दिई हिन्दू नश्लीय सर्वोच्चता कायम गरेको छ । जस्तो, धारा ८ ले चन्द्रवंशी र सूर्यवंशीको राज्य झल्काउने गरी चन्द्र सूर्य अंकित झण्डा, धारा ९ मा राष्ट्रिय जनवार गाई, निशाना छापमा संस्कृत शब्द, रंग सिम्रिक कायम गरिएको छ ।
वि.सं. १९१० को जंगबहादुरले ल्याएको हिन्दू वर्णाश्रममा आधारित जातभात कानुन “मुलुकी ऐन’’ मा तागाधारी (खसबाहुन) उच्च जाति, मतवाली (आदिवासी जनजाति)लाई दास बनाउन मिल्ने र नमिल्ने र दास बनाउन नमिल्ने समूहलाई दोस्रो दर्जाको नागरिक बनाएको थियो ।

त्यस्तै, सो ऐनमा दलितलाई अछूत बनाएको जस्तै ढाँचामा यस संविधानमा खसआर्यको परिभाषा संविधानको प्रावधानमा नै गरेर सर्वोच्च संवैधानिक जाति बनाएको छ । जनजातिको परिभाषा संविधानमा नगरी ऐन (आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८) मात्र गरिएको छ । ऐनको हैसियत संविधानभन्दा तल रहने भएकोले आदिवासी स्वतः खसआर्यभन्दा तल र दलितको परिभाषा नीतिमा गरिएको हुनाले नीति संविधान र ऐनभन्दा पनि तल हुने भएकोले दलितलाई सवैभन्दा तल्लो दर्जामा राखिएको देखिन्छ ।

नेपालमा आयोगहरुको सुझाव कार्यान्वयन हुँदैन भन्ने विगतका अनुभवले देखाएको छ । यसरी मातृभाषीहरुलाई विभेद गरेको मात्र नभई सूचना, पहुँच, सेवासुविधा प्राप्त गर्नबाट वञ्चित गरी भाषिक संहार गरेको छ ।
संविधानको धारा ५१ ञ (८) मा आदिवासी जनजातिले पहिचानसहित सम्मानपूर्वक बाँच्न पाउने अधिकार । अवसर तथा लाभ, निर्णयहरुमा सहभागी हुन पाउने अधिकारलाई निर्देशक सिद्धान्तमा राखी अर्थहीन बनाएको छ । यो अधिकारको हनन् भएमा अदालतमा प्रश्न उठाउन नपाउने (धारा ५५) व्यवस्था गरी पहिचान, प्रतिष्ठा (Dignity) र राजनीतिक अधिकारजस्तो संवेदनशील मौलिक अधिकारलाई कुण्ठित गरेको छ र आदिवासी जनजातिलाई दोस्रो दर्जाको नागरिक बनाएको छ ।

के यो संविधानले संघीयतालाई सम्बोधन गरेको छ ?
संघीयता बोक्रामा उल्लेख छ गुदीमा छैन । संघीयताको भनेको आपूmले रोजेको अर्थात् छनौटमा आधारित स्वायत्तता र साझेदारी शासन हो, जहाँ संघ र प्रदेशको शक्ति र अधिकारको संवैधानिक बाँडफाँड हुन्छ । संघले स्वायत्त प्रदेशको सहमती नभईकन एकतर्फी रुपमा संविधान संशोधन गर्न सक्दैन । संविधानको धारा ५६ मा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको मूल संरचना हेर्दा संघीयतालाई सम्बोधन गर्न खोजेका जस्तो देखिन्छ तर वास्तविकता भने यो पहिचानसहितको संघीयता नभएर केन्द्रीकृत प्रशासनिक संघीयता मात्र हो ।

संविधानको धारा ५६ मा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको मूल संरचना हेर्दा संघीयतालाई सम्बोधन गर्न खोजेका जस्तो देखिन्छ तर वास्तविकता भने यो पहिचानसहितको संघीयता नभएर केन्द्रीकृत प्रशासनिक संघीयता मात्र हो ।
पहिलो संविधानसभाले स्वीकार गरेको संघीयताको आधार खासगरी पहिचान (जातीय/समुदायगत, भाषिक, सांस्कृतिक, ऐतिहासिक निरन्तरता र भौगोलिक/क्षेत्रगत निरन्तरता)लाई प्राथमिक र सामथ्र्य (आन्तरिक अन्तरसम्बन्ध र सामथ्र्य, पूर्वाधार विकासको अवस्था र सम्भावना, प्राकृतिक साधन र स्रोतको उपलब्धता, र प्रशासनिक सुगमता) लाई सहायक आधारमा लिएर पहिचानमा आधारित प्रदेश, स्वायत्त क्षेत्र, विशेष र संरक्षित क्षेत्रलाई जानीजानी बदनीयतपूर्वक सम्बोधन गरेको छैन ।

संविधानले संघीयतालाई सम्बोधन गरेको छैन । संघीयतालाई कमजोर बनाउन निम्न धाराहरु राखेको छ :
जस्तै, धारा २७६ ले संघहरुले सन्धि वा सम्झौता गर्ने अधिकारबाट वञ्चित गरी अन्तर्राष्ट्रिय हैसियत शुन्य बनाएको छ । धारा १२७ ले न्यायिक अधिकारबाट वञ्चित गरी एकात्मक न्यायपालिकालाई मान्यता दिएको । धारा २०३ ले आर्थिक प्रतिबन्ध लगाएको छ । यो धाराले प्रदेशलाई कर लगाउन उठाउन, ऋण लिन र जमानत दिन रोक लगाएको छ, केन्द्रले नै गर्ने भनेको छ ।

धारा १७६ (६) ले व्यवस्थापिकीय अधिकारबाट समेत बन्देज लगाएको छ । संघको कानुनबमोजिम हुने भनी आफ्नो लागि कानुन बनाउन समेत बन्देज लगाइएको छ । संविधानको अनुसूची ४, ५, ६, ७, ८ र ९ ले संघीयतालाई संघीय अधिकारबाट वञ्चित गरेको छ ।

आदिवासीहरुको संवैधानिक आयोग कस्तो छ ?
आदिवासी जानजाति, थारु, मधेसी, मुस्लिम आयोगहरु संविधानमा उल्लेख गरिए तापनि ती आयोगहरु संवैधानिक (स्वतन्त्र) सरकारीको नियन्त्रणमा रहने आयोगमात्र हुन् । मानवअधिकार आयोगले जस्तो यी आयोगले सरकारविरुद्ध कुनै काम गर्न सक्दैनन् । अर्कातर्फ, आयोगको काम, कर्तव्य, अधिकार, के हो ? उल्लेख गरिएको छैन । ती आयोगहरु १० वर्षमा पुनरावलोकन गर्ने उल्लेख छ । तर गठन कहिले हुन्छ त्यो पनि प्रस्ट छैन । अन्तरिम संविधानमा पनि ती आयोगहरु थिए । ९ वर्षको अवधिमा पनि ती आयोगहरु गठन गरिएन । त्यसको अर्थ ती आयोगहरु बन्दै नबन्न पनि सक्दछ ।

मानवअधिकार आयोग, महिला आयोग, निर्वाचन आयोग आदिको काम, कर्तव्य, अधिकार प्रस्ट छ । उनीहरुको सिफारिस राज्यले मान्नुपर्दछ । तर आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम आयोगहरु झुक्याउन बनाइएको मात्र देखिन्छ ।
संवैधानिक आयोगहरु जस्तै, मानवअधिकार आयोग, महिला आयोग, निर्वाचन आयोग आदिको काम, कर्तव्य, अधिकार प्रस्ट छ । उनीहरुको सिफारिस राज्यले मान्नुपर्दछ । आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम आयोगहरु झुक्याउन बनाइएको मात्र देखिन्छ ।

के यो संविधानले धेरै मौलिक हक सुनिश्चित गरेको छ ?
संविधानमा धेरै मौलिक हक प्रत्याभूत गरिएको छ भन्ने प्रचारप्रसार गरिएको छ । ४७ वटा मौलिकहरुमध्ये ४४ वटा हक कानुनअनुसार हुने भनिएको छ ।

कानुनअनुसार हुने हक मौलिक हक हुनै सक्दैन । त्यो उधारो हक हो जुन हक उपभोग गर्न पाइन्छ कि पाइन्न टुंगो छैन । संविधानको धारा ४७ ले ३ वर्षभित्र आवश्यकताअनुसार मौलिक हकको कार्यान्वयनको लागि कानुन बनाइने कुरा लेखिएको छ । त्यसको अर्थ तीन वर्षसम्म वा कानुन नबनेसम्म जसरी पनि जनताको मौलिक अधिकार हनन् गर्न छुट दिएको छ ।

विगतलाई हेर्दा आदिवासी जनजाति, मधेसी, मुस्लिमको कतिपय मौलिक हकलाई यस संविधानमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बन्देज गरिएको छ । जस्तो स्वतन्त्रताको हकभित्र राखिएको स्वतन्त्ररुपले वोल्न वा विचार अभिव्यक्त गर्न पाउने, राजनीतिक पार्टी र संघसंस्था खोल्न पाउने, भेला हुने र आवतजावत गर्न पाउने हकहरुलाई जातीय तथा साम्प्रदायिक सद्भाव कायम गर्ने इत्यादि नाममा राज्यले खोस्नु सक्दछ । अन्तर्राष्ट्रिय संघसंस्थसँग सम्बन्ध राखेमा राज्यविरुद्ध जासुसी गरेको अभियोगमा कार्वाही गरिन सक्छ ।
संविधानका उल्लिखित धाराले अन्तर्राष्ट्रिय उजुरी सुन्ने निकाय वा अदालतमा मुद्दा लैजादा राज्यविरुद्ध जासुसी गरेको अपराध ठहरयाउने देखिन्छ ।
के यो संविधानले मानवअधिकारप्रति प्रतिबद्धता व्यक्त गरेको छ ?
यस संविधानमा मानवअधिकारप्रति प्रतिबद्धता कार्यान्वयन नहुने प्रावधानहरु (प्रस्तावना र निर्देशक सिद्धान्त) मा राखिएको छ । अन्तरिम संविधानमा नेपाल पक्ष रहेको अन्तर्राष्ट्रिय मानवअधिकारका कानुनहरुलाई प्रभावकारी कार्यान्वयन गर्ने राज्यलाई दायित्व तोकिदिएको थियो (अन्तरिम संविधान–२००७ (३३) ड) । तर, हालको संविधानको धारा ५१ ख (३) मा नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरुको कार्यान्वयन गर्ने भनी शासन व्यवस्थासम्बन्धी नीति कम मात्र उल्लेख गरी मानवअधिकारप्रतिको प्रतिवद्धता कमजोर बनाइएको छ ।

मानवअधिकारका कानुनमा उल्लेख भएका अधिकार उल्लंघन भएमा अदालतमा प्रश्न उठाउन नमिल्ने गरी (धारा ५५) व्यवस्था गरेकोले महासन्धि नं १६९, यु.एन.ड्रीप लगायतमा संरक्षित अधिकार उल्लंघन निरन्तर रहने देखिन्छ ।

धारा १७ ((३) र (४) ले अन्तर्राष्ट्रिय मानवअधिकारका कानुनले प्रत्याभूत अधिकार उल्लंघन भएकोमा स्वतः अन्तर्राष्ट्रिय उजुरी गर्न मानवअधिकारका कानुनले अधिकार दिन्छ तर संविधानका उल्लिखित धाराले अन्तर्राष्ट्रिय उजुरी सुन्ने निकाय वा अदालतमा मुद्दा लैजादा राज्यविरुद्ध जासुसी गरेको अपराध ठहरयाउने देखिन्छ ।
(नेपालका आदिवासीहरुको मानव अधिकारसम्बन्धि वकिल समूह (लाहुर्निप) ।)
साभार: इसमताबाट।

प्रकाशित मिति: Thursday, December 31, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।