बलात्कारीलाई मृत्युदण्ड दिने फैसला

२०७२ पुस ७ । गत फेब्रुअरी दोस्रो साता हरियाणाको रोहतकमा एक नेपाली युवतीमाथि जघन्य बलात्कारसहित हत्या गर्ने ७ जना अभियुक्तलाई राज्यको न्यायालयले मृत्युदण्डको सजाय सुनाएको छ । 

मानसिक रोगको उपचारका लागि बर्दिया राजापुरबाट रोहतकमा रहेका आफन्तकहाँ आएकी २८ वर्षीया सुनार युवतीलाई स्थानीय भारतीय र नेपाली कामदारले नजिकैको जंगलमा लगेर जघन्य बलात्कार गरेका थिए । बलात्कारपछि उनको यौनांगमा ढुंगा, फलामका टुक्रा हालेर यातनापूर्ण हत्या गरिएको समाचार आएपछि प्रहरीले अनुसन्धानमा अभियुक्तहरु पक्राउ परेका थिए । 

हरियाणा राज्यमा विशेष अदालतकी न्यायाधीश सीमा सिंघलले सोमबार गरेको फैसलामा अभियुक्तहरु पदम, पवन, सुनील, सरवर, राजेश, सन्तोष र मानवीरलाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ । यो घटना अनुसन्धानमा ६६ जना साक्षी प्रमाणको ९ महिना लामो बयान लिइएको थियो । (कान्तिपुर दैनिकबाट)

प्रकाशित मिति: Tuesday, December 22, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।