एसएलसीको नतिजा अब ग्रेडिङ् प्रणालीमा, परीक्षा दिने सबै पास हुने
२०७२ मंसिर १८ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षा चैत्तको अन्तिम साता सञ्चालन गर्ने तयारी गरेको छ ।
गत वर्ष चैत ५ देखि १६ गतेसम्म सञ्चालन भएको परीक्षा यस वर्ष विनाशकारी भूकम्प र तराई आन्दोलनका कारण पढाइ प्रभावित भएपछि केही दिन पर सार्ने तयारी गरेको हो ।
‘एसएलसी परीक्षाका लागि प्रश्नपत्र बनाउने, उत्तरपुस्तिका छाप्न दिने प्रक्रिया भएको छ, परीक्षा चैतको पहिलो सातामा सञ्चालन गर्न सक्ने भए पनि पढाइ प्रभावित भएकाले केही दिन सर्न सक्छ ।’
गत वैशाख १२ गतेको भूकम्पका कारण भूकम्प प्रभावित १४ जिल्लामा करिब डेढ महिना र अहिले मधेसमा जारी आन्दोलनका कारण मधेसका बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी र सिराहामा पढाइ प्रभावित भएपछि यस वर्षको एसएलसी परीक्षासमेत प्रभावित हुने भएको हो ।
तराईका जिल्लाबाट मात्रै एक लाख विद्यार्थीले एसएलसी दिने तयारीमा रहेको छ । तराईका जिल्लामा चैतको अन्तिम साता र अन्य जिल्लामा केही दिनअघि गरी दुईचरणमा परीक्षा सञ्चालन गर्नेबारेमा समेत छलफल भइरहेको कार्यालय स्रोतले जनाएको छ ।
यसबर्षको एसएलसी परिक्षामा विद्यार्थी फेल नहुने भएका छन् । सररकाले यो बर्षदेखि एसएलसी परिक्षामा ग्रेडिङ प्रणाली लागु गर्ने भएपछि अनुत्तिर्ण निर्धारण गर्न मंगलबार बसेको बैठकले ग्रेडिङ निर्धारण गर्न तत्काल कार्यविधी बनाउने निर्णय गरेको छ ।
शिक्षा मन्त्रालयले गत साल २०७१ को एसएलसी प्राविधिक विषयमा ग्रेडिङ प्रणाली लागु गरेको थियो । यो बर्षदेखि साधारणतर्फ ग्रेडिङ गर्ने विषयमा निर्णय हुने काम अन्तिम चरणमा रहेको परिक्षा नियन्त्रक विष्णु बहादुर द्धारेले जानकारी दिए । ‘यो बर्षदेखि एसएलसी परिक्षाको परिक्षाफल ग्रेडिङ प्रणालीबाट हुने निश्चित भइसकेको छ ।
अब कार्यविधी बनाएर राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्यांकन परिषदमा लैजाने तयारी गरेका छौँ।’ उनले भने । उनले अबको परिक्षामा फेल शब्द नराखेर लब्धांकपत्रमा एभरेज वा बिलो एभरेज राख्ने तयारी भइरहेको जानकारी दिए ।
कार्यविधि निर्माण गर्न पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुंगेलको संयोजकत्वमा समिती गठन गरिएको छ। ‘हामीले केही दिनमै कार्यविधि तयार गरी निर्णयार्थ पेश गर्ने योजना बनाएका छौँ’ उनले भने । परिक्षा नियन्त्रक द्धारेले ग्रेडिङ प्रणालीमा लैजाने विषयमा अन्तिम तयारी भइरहेको जानकारी दिए ।
परिक्षणका रुपमा प्राविधिक विषयमा ए प्लस, ए, बि, सी, डी, र ई गरी छ तहमा ग्रेडिङ गरिरहेको थियो । अब सो तहलाई नौ तहमा पुर्याउने योजना गरिएको छ।
प्रकाशित मिति:
Friday, December 04, 2015
0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।