एसएसपी डा.सुव्बा बिज्ञान तथा प्रविधि प्रबर्द्धन पुरस्कारबाट सम्मानित

२०७२ मंसिर २४ । प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक डा. राजिव सुव्वा नेपाल बिज्ञान तथा प्रविधि प्रतिष्ठानबाट प्रदान गरिने २०७२ सालको प्रज्ञा प्रतिष्ठान बिज्ञान तथा प्रविधि प्रबर्द्धन पुरस्कारबाट सम्मानित हुनुभएको छ । 

प्रतिष्ठानद्धारा बुधबार आयोजित एक समारोहमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले सुव्वालाई ५० हजार रुपैयाँ पुरस्कार राशी सहित सम्मान गर्नुभएको हो । सूचना तथा संचार प्रविधिहरुको समुचित एवं प्रभावकारी प्रयोग मार्फत नेपालमा बिज्ञान तथा प्रविधि सम्बन्धी सूचना सम्प्रेषण, लेख, रचना प्रकाशित गरी नेपाली समाजमा बैज्ञानिक सचेतना जगाउन योगदान पुर्‍याए बापत सुव्वालाई सम्मान गरिएको हो । 
Embedded image permalink
फोटो: ट्विटरबाट
डा. सुव्वाले पुरस्कारबाट पाएको रकमबाट २५ हजार रुपैयाँ गत बैशाख १२ गते गएको बिनाशकारी भुकम्पबाट पीडित प्रहरी कर्मचारीको सन्ततीको उच्च शिक्षाका लागि नेपाल प्रहरीद्धारा स्थापित “प्रकोप पीडित प्रहरी सन्तति छात्रबृत्ति अक्षयकोष”लाई प्रदान गर्नुभएको छ । 

पुरस्कृत सुव्वाले भुकम्पका बेला सामाजिक संजाल मार्फत प्रहरी उद्धार, राहत लगायतका विषयमा प्रभावकारी रुपमा सूचना प्रवाह गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले संचार तथा सूचना विज्ञानमा बिधाबारिधी गर्नुभएको छ । 

प्रकाशित मिति: Thursday, December 10, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।