सशस्त्रमा दुर्जकुमार राई निमित्त आईजी

२०७२ पुस २ । सशस्त्र प्रहरी बलका आईजीपी कोषराज वन्त निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न सिफारिस गरेपछि बढुवाको लागि एक नम्बर रोल क्रममा रहेका एआईजी राई महानिरीक्षकमा बढुवा भएका हुन् ।
राई सिनियारीको आधारमा वन्तपछि आईजीपीका दाबेदार हुन् । भावी आईजीपीमा राई र कृष्ण कुमार तामाङबीच प्रतिस्पर्धा थियो । निमित्त पाएसँगै राईले एक वर्ष सशस्त्र प्रहरीको नेतृत्व सम्हाल्ने छन् ।


किरात मुलका राईले पहिलो पटक सशस्त्र प्रहरी महानिरीक्षक पद जस्तो उच्च जिम्मेवारी सम्हाल्दै इतिहाँस रचेका छन् । प्रहरी संगठन भित्र खरो र निडर अनि इमान्दार छबि भएका राई प्रभावशाली प्रहरी अधिकृत भनेर चिनिन्छन । राईले भोजपुरको अन्नपुर्ण मावि र भोजपुर बहुमुखी क्याम्पसमा अध्ययन गरेका थिए । 


प्रकाशित मिति: Thursday, December 17, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।