प्रहरीद्वारा १४ सय ६१ हेक्टर गाँजाखेती नष्ट

ऋषि राई, उदयपुर। 
२०७२ मंसिर १७ । उदयपुरको पश्चिमी पहाडी गाविसहरुमा लगाइएको १४ सय ६१ हेक्टर गाँजा खेती प्रहरीले नष्ट गरेको छ । 

नेपाल प्रहरी र शसस्त्र प्रहरीबाट खटिएको पचास–पचास जनाको अलग–अलग टोलीले ठानागाँउ, रुपाटार, लिम्पाटार, इनामे, ओख्ले, सिरीसे लगायतका गाविसहरुमा गाँजा नष्ट गरेर टोली फर्किएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरिक्षक दिपक कुमार बस्नेतले बताउनुभयो । 
उक्त क्षेत्रका  दर्जन गाबिसमा स्थानीयले गाँजा तस्करीसँग मिलेर खेती लगाउने गरेको सूचना प्राप्त भएपछि विशेष कार्ययोजना बनाएर नष्ट गरिएको  पनि  प्रहरी नायव उपरिक्षक दिपक कुमार बस्नेतले बताउनुभयो । 

तत्कालिन जनयुद्धको सुरुवातसँगै लगाउन थालिएको गाँजा खेती पछिल्लो समयमा निकै फस्टाउन थालेको थियो । अन्तर्राष्ट्रियस्तरमा नै प्रतिबन्धित गाँजा खेती हरेक बर्ष कृषकहरुले व्यवसायिक रुपमै लगाए पनि प्रहरीको टोलीले पाक्ने समयमा फडानी गर्दै आएको छ । दोस्रो चरणमा फेरी गाँजा नष्ट गर्ने बारेमा योजना बनाइने प्रहरीले जनाएको छ । 



प्रकाशित मिति: Thursday, December 03, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।