दैनिक साढे ९ घण्टासम्मको लोडसेडिङ खाका

२०७२ मंसिर १७ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ हुनेछ । तालिका भोलिदेखि लागू हुने प्राधिकरणले जनाएको छ ।

प्रणालीमा अत्याधिक लोड, भूकम्पले भत्किएका जलविद्युत गृह सञ्चालनमा कठिनाई र नदीमा पानीको वहाव घटेकाले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ ।

भारतीय नाकाबन्दीका कारण राजधानीसहित देशभर खाना पकाउने ग्यास र इन्धनको अभाव भएको बेला बढेको लोडसेडिङले सर्वसाधारण झन् समस्यामा पर्ने भएका छन् ।




प्रकाशित मिति: Thursday, December 03, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।