लागुऔषध दुर्व्यसनी न्युनिकरण गर्न विशेष कक्षा संञ्चालन अभियान

ऋषि राई, उदयपुर । 
२०७२ मंसिर १७ । उदयपुरको कटारी नगरपालिका भित्रका विद्यालयहरुमा लागुऔषध दुर्व्यसनी न्युनिकरण गर्न विशेष कक्षा संञ्चालन अभियान सुरु गरिएको छ । 

किशोर किशोरीहरुलाई दुर्व्यसनी न्युनिकरणका विषयमा ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरिक्षक दिपककुमार बस्नेतले सहजीकरण गर्दै आइरहनुभएको छ । कटारी नगरपालिका र सामुदायिक प्रहरी सेवा केन्द्र कटारीको संयुक्त आयोजनामा हालसम्म ३ मावि र १ उच्च माविमा कक्षा संञ्चालन गरिसकिएको नगरपालिकाले जनाएको छ । 

नगरका सवै विद्यालयमा कार्यक्रम गरिने भएको छ । कार्यक्रममा प्रनाउ बस्नेतले कक्षा कोठामा नै गएर लागुऔषध दुर्व्यसनीले निम्त्याउने खतराका विषयमा प्रोजेक्टरको माध्यमबाट प्रभावकारी रुपमा सहजीकरण गर्दै आउनुभएको विद्यालयका शिक्षकहरुले बताएका छन् । विशेषगरी नगरका बालबालिका लागुऔषध दुर्व्यसनीमा फस्न थालेपछि यस्तो अभिायन संञ्चालन गरिएको हो । प्रहरी प्रमुखले विद्यालयको कक्षा कोठामा नै कक्षा संञ्चालन गर्नुभएपछि विद्यार्थीहरुमा सकारात्मक चेतना प्रवाह भएको अभिभावकहरुले बताएका छन् ।


प्रकाशित मिति: Thursday, December 03, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।