बलिदान (गीत)
म हु एउटा नेपाली समाजमा बाँच्दछु
बिहानीको मिर्मिरेमा घामको न्यानो किरण
पसिनामा डुबाउछु परिश्रमी जीवन ।
कोइली गाउने हरियाली मयुर नाच्ने बन
हरियाली बसन्तमा रमाउने यो मन ।
झ्याउरे गाउदै धाउदछु सधैभरि बनपाखा
रमाइलो लाग्छ है हिउचुलीको काख ।
गाउको माया राख्दछु छाती भित्र मुटुमा
रगत अनि पसिनालार्इ भिजाउछु यै माटोमा ।
देशको खातिर आफुले बलिदान दिनु छ
आखिर जीवन अन्त्य पछि यै माटोमा मिल्नु छ ।
गणेश पुमा राई चिन्तन
रचनाकाल: २०५३ पौष ६ गते शनिबार
प्रकाशित मिति:
Saturday, December 05, 2015
0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।