एनसेल बिक्री भयो १ खर्ब ४० अर्बमा, आजदेखि एक्जियाटाको स्वामित्वमा
२०७२ पुस ६ । नेपालको दुरसंचार प्रदायक संस्था एनसेल विक्री भएको छ। टेलिया सोनेराले नेपालको अपरेटर एनसेलमा आफ्नो स्वामित्वमा रहेको ६० दशमलब चार प्रतिशत शेयर मलेसियन कम्पनी एक्जियटालाई विक्री गरेको छ।
एनसेल बेच्ने बारे आजै सम्झौता भएको टेलियासोनराका सिनियर एड्भाइजर सालोमन बेकेलेले सेतोपाटीलाई जानकारी दिएका छन्।
एसियाको सबैभन्दा ठूला टेलिकम्युनिकेसन समुह मध्ये एक्जियटालाई १ हजार ३० मिलियन डलर अर्थात् करिब एक खर्व ४० अर्व रुपैयाँमा विक्री गरेको हो। त्यस्तै एनसेलको औपचारिक स्वामित्वमा रहेको २० प्रतिशत शेयर पनि टेलिया सोनेराले ४८ मिलियन डलर अर्थात् करिब ४ अर्व ८० करोड रुपैयाँमा विक्री गरेको छ।
नयाँ टेलिसोनेरा स्थापना गर्ने रणनीतिका आधारमा, गत सेप्टेम्बरमा यूरोसिया क्षेत्रका ७ वटा देशहरुबाट टेलिसोनेराले आफ्नो लगानी फिर्ता लिने घोषणा गरेको थियो। टेलिसोनेरको पुनःनिर्माणका लागि गरिएको यो पहिलो कदमको घोषणा गर्न पाउँदा र एक्जियटा नयाँ हकदार कम्पनी भएकोमा आफु खुसी भएको टेलिसोनेरका अध्यक्ष तथा सिइओ जोहान डेन्नेलीन्डले बताएको टेलिसोनराले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। (सेतोपाटीबाट)
प्रकाशित मिति:
Monday, December 21, 2015
0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।