मिर्गौला तस्करी गर्न नक्कली कागजात

२०७२ पुस ७ ।  काभ्रे होक्से २ का ज्ञानबहादुर मिजारले आफ्नो एउटा मिर्गौला मकवानपुरको पालुङ निवासी सूर्यभक्त श्रेष्ठलाई बिक्री गरे । नेपालको कानुनमा नजिकका आफन्तलाई मात्र मिर्गौला बेच्न पाउने व्यवस्थाअनुसार उनले श्रेष्ठको नाममा नक्कली नागरिकतालगायतका सबै झूटा कागजात बनाएर भारत पुगी मिर्गौला बेचे ।

होक्सेकै मोहन सापकोटामार्फत् मिर्गौला तस्करी गर्ने भक्तपुर दुवाकोटका प्रेमबहादुर थापा मगरमार्फत् पालुङका श्रेष्ठलाई मिर्गौला बेच्नका लागि उनले नक्कली कागजपत्र बनाउनु परेको थियो ।

नेपालमा मिर्गौला तस्करीबारे गरिएको एक अनुसन्धानले यो तथ्य बाहिर ल्याएको हो । नागरिकता, नाता प्रमाणित, ट्राभल डकुमेन्टलगायत सबै कागजात नक्कली बनाई मिर्गौला बेचविखन गर्ने गरेको खुलेको छ । (राजधानी दैनिकबाट)

प्रकाशित मिति: Tuesday, December 22, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।