नेपालमा सञ्चालित भारतीय विद्यालयहरु खारेजीको प्रक्रियामा
२०७२ मंसिर १५ । शिक्षा मन्त्रालयले अनुमतिबेगर नेपालका विभिन्न स्थानमा सञ्चालित भारतीय केन्द्रीय माध्यमिक शिक्षा बोर्ड(सिबिएसई) अन्तर्गतका विद्यालय खारेज गर्ने तयारी गरेको छ ।
कानूनी प्रक्रियामा आउन बारम्बार आग्रह गर्दा पनि अटेरी गरेपछि यस्ता १४ वटा विद्यालय खारेज गर्न मन्त्रालयले तयारी गरेको हो ।
मन्त्रालयकी सह–प्रवक्ता सरस्वती पोखरेलका अनुसार नेपालमा विदेशी बोर्डको सम्बन्धनमा कुनै पनि शिक्षालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको स्वीकृति अनिवार्य छ ।
यसका लागि निश्चित प्रक्रिया पुर्याई अनुमित लिएर मात्र कक्षा सञ्चालन गर्नुपर्छ । तर, नेपालमा हाल सञ्चालित सिबिएसईका १४ विद्यालयले शिक्षा मन्त्रालयको अनुमति लिएका छैनन् । नागरिक दैनिकमा खबर छ ।
प्रकाशित मिति:
Tuesday, December 01, 2015
0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।