जन्मथलो पाँचथर भई हाल विराटनगर राजवंशी चौंक निवासी क्याप्टेन जीवनध्वज राईद्वारा डिजाइन गरिएका किरात लिपिका विभिन्न प्रकारहरु प्रयोग गरी फाइदा उठाऔं । उहाँले नेपाली र अंग्रेजी लिपिका विभिन्न प्रकारका फन्टहरु पनि डिजाइन गरिसक्नु भएको छ । यद्यपि तिनलाई भने वहाँले सार्वजनिक गर्नु भएको छैन । तर किरात लिपि भने वहाँ विशेषगरी सन्तोष कुमार राई राम लावती र गणेश पुमा चिन्तनको अनुरोधमा बनाइदिनु भएको छ ।
पहिलै देखि प्रयोग गर्दै आएका फन्टहरु सिरिजंगा श्रीजंगा याक्थुङ आदि भन्दा विशेष डिजाइनको फन्ट हो यो । जसको फन्ट नाम उहाँले जेडीआर जेभाले दिनु भएको छ । यस फन्टमा लोप हुन लागेका किरात अक्षरहरुका साथै लिम्बू भाषामा प्रयोग नहुने तर राईहरुका विभिन्न भाषामा प्रयोग हुने अक्षरहरु जस्तै झ जस्ता अक्षरहरु पनि समावेश छन् । यसका अलावा किरात लिपिकै विभिन्न प्रकारहरु डिजाइनहरु उहाँले अथक प्रयास र मिहिनेत लगाएर बनाइरहनु भएको छ ।
ती फन्टहरु प्रयोग गर्नको लागि निम्न ठेगानामा इमेल गर्नुहोला ।
ganeshchintan@yahoo.com
pumacomputersbrt@gmail.com
२०५३ पौष २१
आँखाभरि हिमाल काखभरि नेपाल बनैभरि डाफेमुनालअबिरल रुपमा बग्ने त्यो नदी झैं वग्यो जीवन सलल
फुलैफुल्यो गुराँश लाग्छ मलार्इ उराठ जीवनमा दुखै दुख छ
मन भुल्यो बसन्तको हरियाली मुनामा मेरो आज यस्तै धुन छ
गार्इ चर्यो लेकैको हरियो त्यो चउरमा डुबेके छु म आफनै सूरमा
गीत गायो कार्इलीलेे भाखा थियो विरहमा अफनै रहरमा
नेपालको उत्तर हेर्दा सेतै चाँदी फुलेछ यो मनले संसार डुलेछ
तरार्इ हेर्दा ढपक्क ढाक्ने हरियो बनमा यो मन भुलेछ
२०५३ मंसिर १६ गते आइतबार
बसाइँ जाने साथीलार्इ गाउको माया छैन किगाउको माया यो दु:खलार्इ नदिएको हैन कि
जन्मेको गाउघर छोडेर जान्छौ धेरै टाढा
रमाइलो गाउघर तिमीलार्इ माया छ मेरो गाढा
बसाइ जाने तातिलार्इ ˜˜
आकाशको जूनले झैं शीतलता दिएर
बाँच्नु छ पहाडी गाउँमा रगत पसिना पिएर
बसाइ जाने तातिलार्इ ˜
˜बसन्तको मुनालार्इ नदेखेर कोइलीले
फुलेको सुन्दर सायपत्री शरदसंगै ओइलिने
बसाइ जाने तातिलार्इ ˜˜
हातको ठेला पसिना हेर हामी छौ कति पौरखी
पातको शीत एक चित भएका छौं हामी
बसाइ जाने तातिलार्इ ˜˜