मंसिर–२८, बैदेसिक रोजगारीको सिलसिलामा ठगीमा परेका खोटाङका एक युवाले एजेण्टबाट क्षतिपूर्ति लिएका छन् । सम्झौता विपरितको काममा लगाइएको र तलब नदिइएपछि ओमनबाट स्वदेश फर्किएका रतन्छा–६ का २५ वर्षीय प्रकाश राईले एजेण्टबाट ८० हजार क्षतिपूर्ति लिएका हुन् ।
तोकिए बिपरित ट्रली ब्वाईका काममा लगाइएका र तलब नपाएका राईले पिपुल फोरमको कानूनी सहयोगमा क्षतिपूर्ति पाएको बताएका छन् ।ओमन पुगेको तीन महिना नबित्दै नेपाल फर्किएका राईले एजेन्ट साईत राईबाट क्षतिपूर्ति पाएको सुरक्षित आप्रवासन परियोजना सुचना केन्द्रले जनाएको छ ।
मासिक १ सय १० रियल तलबमा वेटरको कामका लागि ओमन गएका राईलाई ट्रली ब्वाईका काममा लगाएको र तलब नदिएपछि स्वदेश फिर्ता ल्याउन तथा क्षतिपूर्तिका लागि पिपुल्स फोरमको कानूनी सहायतामा मेनपावर र एजेण्ट विरुद्ध मुद्दा लगाइएको थियो । राई असार–१६ गते केबी इन्टरनेशनल मेनपावर मार्फत ओमन पुगेका थिए ।
एजेण्टलाई १ लाख १५ हजार बुझाएका राईले लिएको भर्पाईका आधारमा क्षतीपूर्तीका लागि मुद्दा हालिएको थियो ।
खण्ड : एघार
क्रमश :
कोठामा दुईवटा दराजहरु । दराजका र् याकहरु सबै किताबहरुले भरिएका । चट्ट बेडसीट मिलाएको खाट । छेउमा टेवल । टेवल माथि किताब कापीहरु खातापाताहरु । टेवलको एक छेउमा पुूलदानी । पुूलदानीमा ताजा ताजा पुूलहरु । टेवलमा अगाडि पट्टि कलमदानी । कलमदानीमा दुईवटा कलमहरु । अनि टेवल सँगैको कूसर्ीमा छन्- सबैका आदरणीय गुरु हिराधन । ुदेश बन्नलाई विद्यार्थी शिक्षित र कर्मशील बन्नुपर्छु भन्ने भावना बोकेका उनी विगत केही वर्ष यता निकै गम्भिर देखिन्छन् । उनको विचारमा विद्यालय जस्तो शिक्षा आर्जन गर्ने तपोस्थललाई द्वन्दबाट टाढै राख्नु पर्छ भन्ने हो । उनकै शव्दमा- ुविद्यार्थीहरुले द्वन्द नबुझ्नु होइन तर यसको नकारात्मक प्रभाव कोमल विद्यार्थी मस्तिष्कमा पर्नु हुदैनु भन्ने थियो । विद्यार्थी हो भने विद्या आर्जन गर्नुपर्छ न कि विद्रोह गर्न । देशको राजनैतिक उथलपुथल द्वन्द र काटमारको स्थितिले पिरोलिएको शिक्षक विद्यालयमा द्वन्दको प्रभाव कम पार्ने सोचमा थिए ।
जिल्लाकै शिक्षक संगठन र शिक्षक सेवा आयोगका अग्रणी व्यक्तित्वमा यो भावना हुनु सामान्य नै हो । केही वर्ष यता देखि गाउँका हरेक विद्यालयहरुमा अखिल क्रान्तिकारी विद्यार्थी संगठन गठन गरिएको थियो उनै बिद्रोहीहरु द्वारा । त्यही संगठनको तर्फबाट विद्यार्थीलाई सताउन सम्म सताइएको थियो । संगठनले निरंकुश शासन चलाउन खोज्थे । विहानको विद्यालयको प्रार्थना घण्टी निश्चित समय भन्दा एक घण्टा अगाडि लगाउने । र त्यस समय भरि सम्पूर्ण विद्यार्थीहरुलाई लाइनमै राखेर परेड खेलाउने गर्छन् । गोली र बन्दुक कसरी चलाउने र खेलाउने भन्ने ज्ञानहरु सिकाउने क्रान्तिकारी पक्षधरहरुले । र कहिले त उनीहरुको पार्टीका मान्छेहरु आएर लामो प्रवचन दिन्थे । पढाईको समय त्यसमा नै समाप्त हुन्थ्यो । उनीहरु यतिसम्म ख्याल गर्न सक्षम थिएनन् कि यी सबैजना विद्यार्थीहरु हुन् र उनीहरु स्वस्थ र अस्वस्थ अभ्यास गर्न सक्षम असक्षम सबैखाले छन् भन्नेकुरा । सबै किसिमको परीक्षण गरेर भर्ती गराई तालिम दिइने प्रहरी र सेनाहरु सरह तालिम गराउछन् विद्यार्थीहरुलाई । थाकेको बेला कक्षामा पठाउछन् ।
अब उनीहरु थकाई मार्ने कि पढ्नेलेख्ने फेरि ग्रामिण वस्तीको गरिव परिवारका बालबच्चाहरु भोकै पनि आउथे कि आधापेट खाएर आउथे कि कसलाई चासो । छापामारहरु आएर बन्दुक चलाउन र द्वन्द गर्न सिकाउछन् त्यत्ति भए पुग्यो उनीहरुलाई । अर्काको छोराछोरी मरुन् कि बाचुन् वास्ता छैन कसैलाई । आफ्ना गुरुहरुकै टाउको काट्ने मन्त्र सिकाउछन् वस् । बेलुका विद्यार्थी बालबच्चाहरु घरमा पुग्दा थलापरीसकेका हुन्छन् । ुके भो ु भनी सोध्दा सब वृतान्त लगाउँछन् । तर गोली बम र बारुद खेलाउनेहरु सँग सीधा जनताहरु केही बोल्न सक्दैनन् आफ्ना छोराछोरीको विचल्ली देखेर आफ्नै भाग्यलाई दोष दिनु सिवाय । ुस्कूल नजा न त नानीु भ्ान्दा पनि गहभरि आँशु बनाएर ुएक दिन स्कूल नगए घरैमा आएर अपहरण गरेर लाने अरे । अनि यो स्कूल छोड्न पनि नपाइने रे एस।एल।सी। पास गरेर पनि अरु क्याम्पस जान नपाइने अरे यसै स्कूलमा एघार बाह्र पढ्नु रे ।ु भन्छन् । अनि अभिभावकहरु भन्छन् - ुरेडियोमा सुन्दै गरेका सात समुद्रपारीका कथाव्यथाहरु अव आफ्नै आगनमा थुपि्रए । आफ्नै शिरमा खनिए । आफ्नै धुरीमा आइपुगे । हरे ुशान्तिु कहाँ हराई बाहिर स्वतन्त्रता र गणतन्त्रको भाषण छाट्नॆले विद्यार्थीहरु माथि निरंकुशता लादेको देख्दा तिनीहरुको आन्तरिक सिद्धान्त सबका सामु छर्लङ्ग भएको थियो उनीहरु निरंकुश हुन् भनेर । र त्यस ताका नै दुईजना केन्द्रीय सदस्यहरुले पार्टीको खराब पक्षलाई सुधार गर्नु पर्ने सल्लाह दिदा मात्रै पनि ुपार्टीका गवारोहरु भन्ने उपनाम दिई पार्टीको साधारण सदस्यताबाट समेत निस्कासन पाएका थिए । यसबाट अझ स्पष्ट भयो कि उनीहरुको पार्टी सर्बसाधारण प्रति कति निरंकुश छ भन्ने कुरा । पार्टीको केन्द्रीय सदस्य जस्तो उच्च पदस्थ व्यक्तिले समेत एक शव्द जायज कुरा पार्टीमा बोल्न पाउदैन भने एकजना सामान्य नागरिकको त के स्थान भन्ने कुरामा प्रत्यक्ष प्रश्नचिन्ह खडा हुन्छ । यस्तै शैक्षिक समस्याहरु कहाँबाट कसरी उत्पन्न हुन्छन् र समाधानको बाटो के हुन सक्छ भन्ने कुरामा अध्ययन गरीरहेका थिए हिराधन सरले विगत देखि नै । समाधानको निष्पक्ष खोजीमा थिए उनी । शान्तिपूर्ण समस्या समाधानको बाटोमा खोज अनुसन्धानमा तल्लीन थिए ।दिउसो एक बजेको हुँदो हो ।
अचानक हतियारधारीहरुको एक समूह हिराधन सरको घर घेर्न पुग्छन् । केही क्षणमै उनलाई पेस्तोलले ताकिएको अवस्थामा बाहिर निकालिए । उनलाई हिडाए त्यो टन्टलापुर घाममा । चप्पल टेक्नसम्म दिएनन् । केही पर पुर् याए पछि आँखामा रातो रुमाल बाँधिदिए । सडकबाट छेउ लगाएर वारीका कान्ला भित्ताको बाटो हिडाए । पेट लागेका मोटो र पाको उमेरका थिए उनी । हिड्न नसक्दा पेस्तोलको नाल कन्चटमा राखेर ज्यान मार्ने धम्की दिन्छन् । उकालो ओरालो तलमाथि गराउँदै हिडाए । दुःख र पीडा दिदै उकालो हिडाए । पसिनै पसिनाले निथ्रुक्कै भिजे उनी । गलेर भुतुक्कै भए । यद्यपी एक शव्द पनि बोलेका छैनन् उनीले । स्याँस्याँ र फ्याँफ्याँ हुदै पनि हिडिरहे हिडिरहे । दुई घण्टा जत्तिको हिडाई पछि उनलाई एक सुनसान ठाउँमा पुर् याए । जहाँनेर एउटा पोखरी पनि छ । लगभग तीन बजेको थियो दिनको । आँखाको पट्टि खोलीदिए र चारैतिर संसारलाई अन्तिम पटक हेर्ने आदेश दिए । यद्यपी उनले कतै पनि हेरेनन् सामु अगाडि बाहेक । उनी उभीरहेका थिए नचट्पटाई । अचानक बन्दुक पट्कियो । दुईवटा बन्दुकबाट एकै चोटी दुईवटा गोलीहरु उछिट्टिए । एउटा काचटमा र अर्को टाउकोमा लाग्यो । हिराधन सर लडे । अन्तिम श्वास फेरे उनले । जीवनको अन्तिम श्वासमा- ुमेरो विद्यार्थी …………………॥ु सुनियो । घटनाको केही घण्टा बिते पछि हिराधन सरको हत्याको कुरा टोलभरि छ्याप्छ्याप्ती भयो । घरमा रुवाबासी शुरु भयो । छोराछोरी श्रीमति सब बेहोसीको सिकार बन्न पुगे । साँझ परिसकेको थियो । विविध अप्ठ्याराहरुले त्यो रात उनको शव घटनास्थलबाट ल्याउन सकेनन् । यद्यपी गाउका युवा र विद्यार्थीहरुको ठूलै जमात जम्मा भइसकेको थियो । घट्नास्थलमा गाउँटोल भरिका सबै विद्यार्थीहरु रोइरहेका थिए ।अर्को दिन घाम नझुल्कदै काठमाडौंबाट दुईवटा हेलीकोप्टरहरु आइपुगे । एउटा सेनाको र अर्को मन्त्रीको थियो। हेलीकोप्टरमा नै राखेर उनको शवलाई स्कूलसम्म ल्याए । श्रद्धााजली अर्पण गर्ने कार्यक्रम शुरु भयो । हजारौंले श्रद्धााजली स्वरुप पुूल गुच्छाहरु चढाए । सरु रसिला र सपनाले पनि भिडमै श्रद्धासुमन अर्पण गरे । खै किन हो श्रद्धाको पुूल चढाउदै गर्दा सपनाको आँखामा बादल लागे जस्तो भो । सपना लडी । पानीको फोहराले केहीबेरमै ठीक भयो । श्रद्धााजली कार्यक्रम दुईदिन सम्म यथावत चलीरह्यो । तेश्रो दिन उनीहरुको रीतिसंस्कृति अनुसार उनको शवलाई गाडियो विद्यालयकै जग्गामा । खै कुन हदको दुष्मनी हो । चारमहिना पछि सुन्नमा आयो- बिद्रोहीहरु आएर उनको चिहानबाट हड्डीखुड्डी समेत निकालेर जलाईदिए रे । विद्यार्थीहरु गएर हेरे । साँच्चिकै रहेछ । उनीहरुले फेरि त्यो हड्डीखुड्डीको खरानी त्यही चिहानमा राखेर माटोले पुरीदिए । यहाँ स्मरणीय कुरा के छ भने राईहरुको शव डराउदैनन् सुरक्षित साथ माटोमूनि गाड्छन् ।
खण्ड ः बाह्रसमय हो जसरी पनि वित्दो रहेछ बित्नको लागि । समय आउछ र जान्छ । जस्तॊ परिस्थिति आउछ त्यसलाई मानिसले भोग्नै पर्ने प्राकृतिक नियमलाई कसले रोक्न सक्छ र दिनहरु हप्ता महिना गर्दै वर्ष वित्न थालेछ । उस्तै छ देशको राजनीतिक द्वन्द । क्रान्ति र प्रतिक्रान्ति कि्रया अनि प्रतिकि्रया ।आतङ्क र द्वन्दका कारण गाउँका युवाहरु बस्न छाडे । एस्ा।एल।सी। पास गर्नै हँुदैन । भागीहाल्छन् शहरतिर । जनधनको सुरक्षा गाउँको तुलनामा केही हदसम्म बढी हुन्छ यहाँ । द्वन्द र राजनैतिक अस्थिरताले पीडित विद्यार्थीहरु शहरका क्याम्पसमा पुगे पछि शान्तिको श्वास फेर्छन् ।रबिन पनि आजकल कमैमात्र गाउँ आउँछ । गाउँ आउँदा पनि छोटो समयको लागि मात्रै आउँछ । यसपाली सपनाले पनि बाह्र कक्षा पास गरी । राम्रो अङ्क ल्याई । घरमा बाबाआमा पाको उमेरका भए । घरको कामकारवाही सबै उनैले मिलाउछे । घरव्यवहार कसरी चलाउने भन्ने राम्रो तालिम पाई । बाबाआमाले त्यसको निम्ति टाउको दुखाउनु पर्दैन । तर छोरीचेलीको जात माइतैमा राखेर पनि नहुने । पोहोरपरारदेखि सपनाको मगनी भएको हो तर उनको पढ्ने इच्छाले गर्दा नै होला सबै प्रस्तावहरु अस्वीकार गर्दै आई । यसपाली पनि प्रस्ताव आयो । सदा जस्तै सीधै उनले अस्वीकार गरी । उनको भनाई हो- ुदाइको पढाई नसकिएसम्म विहे नगर्ने ।ु तर बाबाआमाको स्ाल्लाहलाई उनले शिरोपर गर्नुर् यो ।
सपनालाई थाहा छ कोहीकसैका पनि बाबाआमा आफ्ना छोराछोरीको कुभलो सोच्दैनन् । तैपनि आपुू पराईघर गए पछि बाबाआमा एक्लैलाई गृहस्थी चलाउन गाह्रो हुन्छ भन्ने सोंचेर उनले विहे गर्न नचाहेकी हुन् । तर यसपाली उनी हारी । र सो विहेको प्रस्ताव स्वीकार्नु पर् यो । सपनाको विहेको अवसर पारेर रबिन घर आयो । उसले पूजालाई पनि साथै ल्यायो यसपाली । पूजालाई सबैतिर घुमायो रबिनले । खोलानाला झरना हिमाल सबैको दृष्यावलोकन गरायो । पूजाले रमाइलो मानी । यो नै उनको पहिलो पहाडको भ्रमण थियो । कुरैकुरामा एकदिन रबिनले सोध्यो- ुपहाडका यी दृष्यहरु तिमीलाई मन परे कि परेनन् ुुमलाई त असाध्यै मन पर् यो ।ुुधेरै सुन्दर छ नि नेपाल । वास्तविक नेपाल त यस्तै त छ नीुुनेपाल सुन्दर त छदैछ । तर अझ ज-जसले जे-जे भने पनि आपुू जन्मेको ठाउँ कहिल्यै दोश्रो हुन्न । कि कसो ुुअँ तिमीले ठीक कुरा गर् यो ।ु……………………॥ कुराकानी चलीरह्यो ।सपनाको विहे पनि ठीकठीकैसँगले भयो । केही रमाइलो अनि केही खल्लो पनि । खल्लो हुनुको कारण बाजागाजा बजेका थिएनन् बिहेमा । बिना बाजागाजाको बिहे रबिन लगायतका गाउँलेहरुलाई बिहे जस्तो पनि लागिरहेको थिएन । देशमा संकटकाल र गृहयुद्धको कारण सरकार र बिद्रोही पक्षले आ-आफ्नो पकडको क्षेत्रमा बिहे व्रतबन्ध भोज आदिमा बाजागाजा बजाउन निषेध गरेका थिए । त्यहीकारण बढी रमझम गर्न पाएनन् बिहेमा । यद्यपी गाउँका सबैजनाले आ-आफ्नो स्तरबाट सहयोग गरॆ बिहेमा । वरवधुको जोडी वास्तवमै प्रशंसा गर्न योग्य थियो । छिमेकीहरुले गर्वका साथ भन्दै थिए- ुछोरी राम्रो भए पछि ज्वाई पनि गतिलै पाइने रहेछ ।ु आफ्नै संस्कृति अनुसार रितहरु गरे । एकछिन बेहुला र बेहुली प्ाक्षहरुको जुहारी पनि चल्यो । अनि भोज भतेर भयो । बेहुलीलाई अन्माउने बेला भो । बेहुली अन्माउने वेला सबै चौरङ्गे भेला भए । बेहुलीको आँखाहरु रसाए । आमा र बाबा पट्टि फर्किई उनी । अनि नजिकै उभिएको दाइकॊ छातीमा लुकेर ग्वा ग्वा रोई । कति नमिठो कति नरमाईलो । बोल्दै थिई रोदनसँगै- ुदाइ बाबाआमा कोसँग बस्नुहुन्छ पढाई सकेर चाँडै घर आउनु ल वहाँहरु एक्लै बस्न सक्नुहुन्न अब ।ुुल बैनी ल । तिमीले भनेको के नै पो नमानेको छु र मैले ।ुजत्ति रोए कराए पनि आखिर जानु नै थियो । सबैबाट बिदा भई र बाटो लागी ।
रबिनका गहबाट झरेको आँशु गाला हुदै बग्यो । चौरङ्गे उभिएका सबैजनाको अनुहार बेखुसी र बेमज्जाले बेस्सरी निचोर् यो । बेहुलाबेहुली लिएको जन्तीले डाँडा काट्यो । रबिन कोठामा गएर खाटमा लमतन्न घोप्टियो । खाटमाथि बिछ्याइएको तन्ना अश्रुधाराले भिजीरह्यो भिजीरह्यो ।सपनाको शुभ विवाह सकियो । रबिन र पूजाको फर्कने दिन आयो । जानु भन्दा एकदिन अगाडि नै सरुले भनी- ुदाइ तिहारमा त कसैगरी आउनुहोस् है ।ु सरुको आग्रहलाई स्वीकारेर ुहुन्छु भन्यो रबिनले ।अर्कोदिन बिहानै रबिन र पूजा फर्किए ।
खण्ड- दश
क्रमश: .....
ुभागौंऽ भागौंऽऽ भागौंऽऽऽुुपर्ख पर्ख पर्खन हौ ।ु ुसाइलाऽ ए साइलोउ …॥ऽऽुुविस्तारै हिड विस्तारै ।ुुतिनेरु आए है आए भेटाउन लागे है अलिक कुध ।ुुकान्छी अगाडि हेरेर कुध ।ुुनानोउ म त लडे ।ुुजोगिएर हिड जोगिएर ।ुुनचिच्याऊ न हौं चुपचाप चुपचाप ।ुुऊ आए आए साँच्चिकै रैुछ हामीलाई पछ्याउदैछन् ।ुुतिनेरु नै हुन् त ुुहेरन कुधेको ।ुुहो हो भागौं भागौं ऽऽऽुुभागौं भागौं ए माइली अगाडि कुध अगाडि ।ुसन्ध्यागमनको पूर्वकालको यो दृष्य एउटा चलचित्रको ुएक्सनु जस्तै थियो । तर चलचित्रको दृष्य भन्दा यो गम्भिर र गहन थियो । सबैजना आ-आफ्नो ज्यान जोगाउन खोज्नेहरु तैंछाड मैछाड गर्दै दौडिरहेका । नेतृत्व दिन चाहनेहरु अरुलाई सुचना दिदै गरेका । लड्छन् उठछन् किल्चिन्छन् खुट्टा मसार्छन् । धुलो टकटकाउन नभ्याई फेरि कुद्छन् । पल्लो गाउँदेखि शुरु भएको दौडभाग तल्लो गाउँ माथिल्लो गाउँ वल्लो गाउँ हुदै गाउँमा भएका बुढाबुढी र बालबच्चा बाहेकका युवायुवती अधबैसे सबको भागदौड हुदैछ । अपहरणकारीहरु जत्ति नजिकिन्छन् । भाग्नेहरुको रफ्तार बढाउँछन् ।
अपहरणकारीहरु अझ रफ्तार बढाउछन् भाग्नेहरु ज्यान फालेर कुद्छन् । यो दोहोरी चलीरह्यो । अब गाउँ काटेर बगरमा पुगे उनीहरु । साँझ पनि झमक्कै पर् यॊ ।
बाटो देखिन छाड्यो । झन बगरको दौडाई । यता पनि ठोकिनॆ र उता पनि ठोकिने । वर पनि लड्ने पर पनि लड्ने । लड्ने र हिड्न नसक्नेहरुलाई बलियाबाङ्गाहरुले बोकेर हिडे ।जति दौडिदा पनि अपहरणकारीहरुले पीछा छोडेनन् । खेदाएको खेदाएकै छन् । रात पनि छिपिन लाग्यो । दौडधुपले भोक र तिर्खाको आभाष नभए पनि कमजोरीपनको अनुभव भने सबैलाई छ । जत्ति दौडदा पनि नहुने । मर्दै पर्दै सातठाउँ चोट बोकेर उनीहरु नदीको किनारमा पुगे । अब यो पार गर्ने कसरी कसले पार गराउने । सबै नाविकहरु सुतीसकेका थिए । फेरि साना साना चारवटा मात्रै नाउहरु छन् । तर्ने मान्छेहरु थप्रै छन् । वाफरे वाफ अब के गर्ने सबै नदी किनारमा थुपि्रए शरणार्थी जस्तै । ऐया र आत्थुको आवाजले नदीकिनार थर्कियो । घाउ मसार्ने र चिच्याउनेको भीडमा एउटाले चिच्यायो- ुलगे लगुन मारे मारुन् म त अब सक्दिन ।ुुमर्नु भन्दा पहिल्यै खुट्टा तान्ने ु अर्को करायो । ुलौ कसले लादो रहेछ । को आउदो रहेछ । जो आउछ त्यसमाथि जाइलाग्ने । कि मरिन्छ कि मारिन्छ ।ुुहो ठीक भन्यो माइलाले ।ु अर्कोले हो मा हो थप्यो । ुआऊ आऊ तरिहाल्ााैं ।ु एउटाले डुङ्गाको डोरी खोल्यो र वहनाले खियाउँन थाल्यो । गुडुडु सबै आए कति हो कतिजना । टेक्ने ठाउँ पनि बाँकी रहेन डुङ्गामा । ुओहो उत्र उत्रु एउटाले चिच्यायो । यत्तिकैमा अपहरणकारी भनिएकाहरु नजिकै आइपुगे र भन्दै थिए- ुपर्ख है साथी हो हामी पनि जाने ।ु डरले सबैजना तसर्िए । अपहरणकारीहरु आइपुगे । जसलाई पछाडिबाट लखेट्दै गरेको भनेर भाग्दै थिए । तिनीहरु नै आइपुगे । उनीहरु त पल्लो गाउका साथीहरु पो थिएछन् । आपसमा आपुू आपुू हेराहेर गरे र छक्क परे । अहिले आइपुग्नेहरु मध्ये एकजनाको हातमा लामो खुकुरी थियो । त्यही खुकुरी फनफनी घुमाउन थाल्यो । नाविकहरुलाई छिटो पारी तारीदिनको लागि कराउन थाल्यो । सबैले होमा हो थप्दै पारी तारी मागीरहेछन् । ुछिटो तारी दिने भए तारी देउ नत्र यही खुकुरीले काट्छु । आखिर यसै बिग्रेको उसै बिग्रेको ।ु फनफनी खुकुरी घुमाएको दृष्य हेर्न एकतरहले त हेर्न लायक थियो ।
सबैजना आतुर थिए पारी तर्नलाई उनीहरुलाई डर थियो अपहरणकारीले भेटाए भने लान्छन् भनेर । होहल्ला बढ्दै गयॊ । बल्ल बल्ल नाविकहरु उठे र डुङ्गामा बसेर भन्दै थिए- ुकस्तो युग आएछ घर छोडेर रातारात भाग्नु पर्ने । अहिले भर्खरसम्म कतिलाई तारी पठाएको । गाउका सबका सब गए भने गाउँमा को बस्ने हे हत्ते आज त सुत्नै नपाइने रहेछ ।ुुहामीलाई बाँच्न मात्रैको सुर्ता छ तपाईलाई चाँहि सुत्नकै सुर्ता भयो बाँचियो भने सुत्न त कति सुतिन्छ कति । पहिला तार्नु न खुरुखुरु । नौ दिन बाँच्नुभो भने नौ रात नै सुत्न पाउनुहुन्छ ।ु एउटाले करायो । त्यो नाविक बोलेन । अब दुईवटा डुङ्गाहरु चल्न थाले । एक एक गर्दै सबका सब पारी तरे । सबैले एकदुई रुपैयाँ उठाएर खेवा पैसा दिए। जब नदी तरे । सबैजनाले शान्तिको श्वास फेरे । नाविकहरुलाई धन्यबाद दिदै उनीहरु अगाडि बढे । सबका सबको हातमा लाठी खुकुरी अझ छदैथियो । बिहानको रिमझिममा शहरमा पाइला टेके उनीहरुले । शहरमा गाउँलेहरुको चाप बढीसकेको थियो । एउटा शहरले मात्रै थाम्नेवाला थिएन त्यत्रो मान्छेलाई । गाउँलेहरु आ-आफ्नो नातेदार पहिल्याउदै विस्थापित हुन थाले । जहाँ जहाँ उनीहरुलाई सहुलियत थियो त्यही त्यही । आफ्ना नातेदार नभएकाहरु कोठाभाडा लिएर पनि बसे भने कम आय भएकाहरु होटल लगायतका ठाउँहरुमा विस्थापित भए । अलिक खर्च बोकेकाहरु काठमाडौं र कोही सिलोङ्ग र मेघालय तिर पनि हानिए । यसरी द्वन्दका कारण विस्थापित भए निर्दोष जनताहरु । त्यसको केही दिनसम्म पत्रिका तथा रेडियो टि।भी।हरुमा प्रमुख समाचार भएर आइरह्यो- ुबिद्रोहीहरुले अपहरण गर्ने डरले हजारौ जनताहरु विस्थापित भए ।ुउता सरुको बाबा विरामी छन् । बाबा विरामी भएकै कारण सपना र सरु अरुहरु भाग्दा भागेनन् । अपहरणकारीहरु आएर अपहरण गरी लान्छन् भन्ने कुरा उनीहरुले पनि नसुनेका त होइनन् अनि बाबाआमाहरुले तिमीहरु पनि भाग भनी नभनेका पनि होइनन् ।
यद्यपी मातृपितृ प्रेमलाई सर्बोपरी सम्झेर भागेनन्। ुमूर्ख देखि भूतै डराउँछु भने झै न त कोही अपहरणकारी आए न त केही अप्ठ्यारो नै पर् यो । केहि असजिलो परेन त्यस कुरामा । बरु गाउँका सबैजना भागेकाले विपीन दाईको औषधि पसल पनि बन्द थियो । त्यसैकारणले सपना र सरुले विरामी बाबालाई औंषधी किन्न पाएनन । जसका कारण घरेलु जडीबुटी नै प्रयोग गर्नु पर् यो उनीहरुले । शौभाग्यबस जसरी विहानीले विस्तार जित्दै गयो उसैगरी त्यही रफ्तारमा सरुको बाबालाई साचो हुँदै गयो । झुल्के घाम माथि पुग्यो । गाउँमा बुढापाका र बालबच्चा बाहेक अरु छैनन् । मात्रै जवान भनेका सरु र सपना । अब उनीहरुको मन कटक्क खायो । आफ्नो दौतरीहरु कोही छैनन् गाउमा । अब कहिले आउने हुन् । उनीहरुले सुने कोही उतै उतै ुभिसाुको बन्दोबस्त मिलाएर विदेश जाने रे । कोहीको त ुभिसाुको व्यवस्था पनि भैसकेको थियो रे । अबको गाउँ कति खल्लो र उराठ लाग्न थाल्यो सरु र सपनालाई । साँच्चिकै के नपुगेको के नपुगेको जस्तो । तरकारी मीठॊ भइकन पनि नुन कि अमिलो नपुगेको जस्तो गाउँको जीवन हुन थाल्यो ।
खै यो कस्तो इतिहास बन्ने हो । हिजो जनताहरुको निम्ति लड्दैछौ भन्नेकै डरका खातिर आज गाउँका सब युवाहरुले गाउँ छोड्नु पर् यो । अब झन जनतालाई कुनै राजनैतिक पार्टी र संघ संगठनहरु प्रतिको विश्वास शुन्यमा झर् यो । युवा जमात नै नभएको गाउँमा विकासको ुविु समेतको उच्चारण गर्नु मूर्खता मात्रै हो । अनि गाउँका बुढापाकाहरुले भन्दै थिए- ुअब जमाना साँच्चिकै सकिएकै रहेछ । आफ्नो घरमै आफू शरणार्थी बन्नु पर्छ भने युवा जमात कसरी गाउँ बस्न सम्भव छ । युवा जमात नै गाउँमा बस्दैनन् भने विकास कसले गर्ने यो एउटा चिन्ताको विषय बनेको छ गाउँभरि- ुअब देशमा विकास कसले गर्ने कि विश्व अगाडि बढ्दै गर्छ नेपाल चाँहि पछाडि फर्किने हो
+ + +
क्रमश : ........