एकथुङ्गा फूल (उपन्यास) -गणेश राई चिन्तन


खण्ड- दश

क्रमश: .....
ुभागौंऽ भागौंऽऽ भागौंऽऽऽुुपर्ख पर्ख पर्खन हौ ।ु ुसाइलाऽ ए साइलोउ …॥ऽऽुुविस्तारै हिड विस्तारै ।ुुतिनेरु आए है आए भेटाउन लागे है अलिक कुध ।ुुकान्छी अगाडि हेरेर कुध ।ुुनानोउ म त लडे ।ुुजोगिएर हिड जोगिएर ।ुुनचिच्याऊ न हौं चुपचाप चुपचाप ।ुुऊ आए आए साँच्चिकै रैुछ हामीलाई पछ्याउदैछन् ।ुुतिनेरु नै हुन् त ुुहेरन कुधेको ।ुुहो हो भागौं भागौं ऽऽऽुुभागौं भागौं ए माइली अगाडि कुध अगाडि ।ुसन्ध्यागमनको पूर्वकालको यो दृष्य एउटा चलचित्रको ुएक्सनु जस्तै थियो । तर चलचित्रको दृष्य भन्दा यो गम्भिर र गहन थियो । सबैजना आ-आफ्नो ज्यान जोगाउन खोज्नेहरु तैंछाड मैछाड गर्दै दौडिरहेका । नेतृत्व दिन चाहनेहरु अरुलाई सुचना दिदै गरेका । लड्छन् उठछन् किल्चिन्छन् खुट्टा मसार्छन् । धुलो टकटकाउन नभ्याई फेरि कुद्छन् । पल्लो गाउँदेखि शुरु भएको दौडभाग तल्लो गाउँ माथिल्लो गाउँ वल्लो गाउँ हुदै गाउँमा भएका बुढाबुढी र बालबच्चा बाहेकका युवायुवती अधबैसे सबको भागदौड हुदैछ । अपहरणकारीहरु जत्ति नजिकिन्छन् । भाग्नेहरुको रफ्तार बढाउँछन् । 

अपहरणकारीहरु अझ रफ्तार बढाउछन् भाग्नेहरु ज्यान फालेर कुद्छन् । यो दोहोरी चलीरह्यो । अब गाउँ काटेर बगरमा पुगे उनीहरु । साँझ पनि झमक्कै पर् यॊ ।
 बाटो देखिन छाड्यो । झन बगरको दौडाई । यता पनि ठोकिनॆ र उता पनि ठोकिने । वर पनि लड्ने पर पनि लड्ने । लड्ने र हिड्न नसक्नेहरुलाई बलियाबाङ्गाहरुले बोकेर हिडे ।जति दौडिदा पनि अपहरणकारीहरुले पीछा छोडेनन् । खेदाएको खेदाएकै छन् । रात पनि छिपिन लाग्यो । दौडधुपले भोक र तिर्खाको आभाष नभए पनि कमजोरीपनको अनुभव भने सबैलाई छ । जत्ति दौडदा पनि नहुने । मर्दै पर्दै सातठाउँ चोट बोकेर उनीहरु नदीको किनारमा पुगे । अब यो पार गर्ने कसरी कसले पार गराउने । सबै नाविकहरु सुतीसकेका थिए । फेरि साना साना चारवटा मात्रै नाउहरु छन् । तर्ने मान्छेहरु थप्रै छन् । वाफरे वाफ अब के गर्ने सबै नदी किनारमा थुपि्रए शरणार्थी जस्तै । ऐया र आत्थुको आवाजले नदीकिनार थर्कियो । घाउ मसार्ने र चिच्याउनेको भीडमा एउटाले चिच्यायो- ुलगे लगुन मारे मारुन् म त अब सक्दिन ।ुुमर्नु भन्दा पहिल्यै खुट्टा तान्ने ु अर्को करायो । ुलौ कसले लादो रहेछ । को आउदो रहेछ । जो आउछ त्यसमाथि जाइलाग्ने । कि मरिन्छ कि मारिन्छ ।ुुहो ठीक भन्यो माइलाले ।ु अर्कोले हो मा हो थप्यो । ुआऊ आऊ तरिहाल्ााैं ।ु एउटाले डुङ्गाको डोरी खोल्यो र वहनाले खियाउँन थाल्यो । गुडुडु सबै आए कति हो कतिजना । टेक्ने ठाउँ पनि बाँकी रहेन डुङ्गामा । ुओहो उत्र उत्रु एउटाले चिच्यायो । यत्तिकैमा अपहरणकारी भनिएकाहरु नजिकै आइपुगे र भन्दै थिए- ुपर्ख है साथी हो हामी पनि जाने ।ु डरले सबैजना तसर्िए । अपहरणकारीहरु आइपुगे । जसलाई पछाडिबाट लखेट्दै गरेको भनेर भाग्दै थिए । तिनीहरु नै आइपुगे । उनीहरु त पल्लो गाउका साथीहरु पो थिएछन् । आपसमा आपुू आपुू हेराहेर गरे र छक्क परे । अहिले आइपुग्नेहरु मध्ये एकजनाको हातमा लामो खुकुरी थियो । त्यही खुकुरी फनफनी घुमाउन थाल्यो । नाविकहरुलाई छिटो पारी तारीदिनको लागि कराउन थाल्यो । सबैले होमा हो थप्दै पारी तारी मागीरहेछन् । ुछिटो तारी दिने भए तारी देउ नत्र यही खुकुरीले काट्छु । आखिर यसै बिग्रेको उसै बिग्रेको ।ु फनफनी खुकुरी घुमाएको दृष्य हेर्न एकतरहले त हेर्न लायक थियो ।

सबैजना आतुर थिए पारी तर्नलाई उनीहरुलाई डर थियो अपहरणकारीले भेटाए भने लान्छन् भनेर । होहल्ला बढ्दै गयॊ । बल्ल बल्ल नाविकहरु उठे र डुङ्गामा बसेर भन्दै थिए- ुकस्तो युग आएछ घर छोडेर रातारात भाग्नु पर्ने । अहिले भर्खरसम्म कतिलाई तारी पठाएको । गाउका सबका सब गए भने गाउँमा को बस्ने हे हत्ते आज त सुत्नै नपाइने रहेछ ।ुुहामीलाई बाँच्न मात्रैको सुर्ता छ तपाईलाई चाँहि सुत्नकै सुर्ता भयो बाँचियो भने सुत्न त कति सुतिन्छ कति । पहिला तार्नु न खुरुखुरु । नौ दिन बाँच्नुभो भने नौ रात नै सुत्न पाउनुहुन्छ ।ु एउटाले करायो । त्यो नाविक बोलेन । अब दुईवटा डुङ्गाहरु चल्न थाले । एक एक गर्दै सबका सब पारी तरे । सबैले एकदुई रुपैयाँ उठाएर खेवा पैसा दिए। जब नदी तरे । सबैजनाले शान्तिको श्वास फेरे । नाविकहरुलाई धन्यबाद दिदै उनीहरु अगाडि बढे । सबका सबको हातमा लाठी खुकुरी अझ छदैथियो । बिहानको रिमझिममा शहरमा पाइला टेके उनीहरुले । शहरमा गाउँलेहरुको चाप बढीसकेको थियो । एउटा शहरले मात्रै थाम्नेवाला थिएन त्यत्रो मान्छेलाई । गाउँलेहरु आ-आफ्नो नातेदार पहिल्याउदै विस्थापित हुन थाले । जहाँ जहाँ उनीहरुलाई सहुलियत थियो त्यही त्यही । आफ्ना नातेदार नभएकाहरु कोठाभाडा लिएर पनि बसे भने कम आय भएकाहरु होटल लगायतका ठाउँहरुमा विस्थापित भए । अलिक खर्च बोकेकाहरु काठमाडौं र कोही सिलोङ्ग र मेघालय तिर पनि हानिए । यसरी द्वन्दका कारण विस्थापित भए निर्दोष जनताहरु । त्यसको केही दिनसम्म पत्रिका तथा रेडियो टि।भी।हरुमा प्रमुख समाचार भएर आइरह्यो- ुबिद्रोहीहरुले अपहरण गर्ने डरले हजारौ जनताहरु विस्थापित भए ।ुउता सरुको बाबा विरामी छन् । बाबा विरामी भएकै कारण सपना र सरु अरुहरु भाग्दा भागेनन् । अपहरणकारीहरु आएर अपहरण गरी लान्छन् भन्ने कुरा उनीहरुले पनि नसुनेका त होइनन् अनि बाबाआमाहरुले तिमीहरु पनि भाग भनी नभनेका पनि होइनन् ।

 यद्यपी मातृपितृ प्रेमलाई सर्बोपरी सम्झेर भागेनन्। ुमूर्ख देखि भूतै डराउँछु भने झै न त कोही अपहरणकारी आए न त केही अप्ठ्यारो नै पर् यो । केहि असजिलो परेन त्यस कुरामा । बरु गाउँका सबैजना भागेकाले विपीन दाईको औषधि पसल पनि बन्द थियो । त्यसैकारणले सपना र सरुले विरामी बाबालाई औंषधी किन्न पाएनन । जसका कारण घरेलु जडीबुटी नै प्रयोग गर्नु पर् यो उनीहरुले । शौभाग्यबस जसरी विहानीले विस्तार जित्दै गयो उसैगरी त्यही रफ्तारमा सरुको बाबालाई साचो हुँदै गयो । झुल्के घाम माथि पुग्यो । गाउँमा बुढापाका र बालबच्चा बाहेक अरु छैनन् । मात्रै जवान भनेका सरु र सपना । अब उनीहरुको मन कटक्क खायो । आफ्नो दौतरीहरु कोही छैनन् गाउमा । अब कहिले आउने हुन् । उनीहरुले सुने कोही उतै उतै ुभिसाुको बन्दोबस्त मिलाएर विदेश जाने रे । कोहीको त ुभिसाुको व्यवस्था पनि भैसकेको थियो रे । अबको गाउँ कति खल्लो र उराठ लाग्न थाल्यो सरु र सपनालाई । साँच्चिकै के नपुगेको के नपुगेको जस्तो । तरकारी मीठॊ भइकन पनि नुन कि अमिलो नपुगेको जस्तो गाउँको जीवन हुन थाल्यो । 

खै यो कस्तो इतिहास बन्ने हो । हिजो जनताहरुको निम्ति लड्दैछौ भन्नेकै डरका खातिर आज गाउँका सब युवाहरुले गाउँ छोड्नु पर् यो । अब झन जनतालाई कुनै राजनैतिक पार्टी र संघ संगठनहरु प्रतिको विश्वास शुन्यमा झर् यो । युवा जमात नै नभएको गाउँमा विकासको ुविु समेतको उच्चारण गर्नु मूर्खता मात्रै हो । अनि गाउँका बुढापाकाहरुले भन्दै थिए- ुअब जमाना साँच्चिकै सकिएकै रहेछ । आफ्नो घरमै आफू शरणार्थी बन्नु पर्छ भने युवा जमात कसरी गाउँ बस्न सम्भव छ । युवा जमात नै गाउँमा बस्दैनन् भने विकास कसले गर्ने यो एउटा चिन्ताको विषय बनेको छ गाउँभरि- ुअब देशमा विकास कसले गर्ने कि विश्व अगाडि बढ्दै गर्छ नेपाल चाँहि पछाडि फर्किने हो

+ + +

क्रमश : ........

प्रकाशित मिति: Tuesday, October 08, 2013

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।