पर्खीबसें (कविता)

पर्खीबसे तिमीलाई चौतारीमा साँझ
पर्खाइमै दिन वित्यो पर्खीरहे अझ
ढलीरह्यो साझ ।

प्रतिक्षाका पलहरु ढिलो बित्दा रैछन्
समयका प्वाखहरु ढिलो चल्दा रैछन्
बाढी पहिरो जान थाल्छ कोमल मुटु माझ
तिम्रै तस्बिर नाँचीरह्यो परेलीको माझ
ढलीरह्यो साँझ ।

हुरी आइ चौतारीको बरपीपल ढल्छन्
कुरी बसौं तिमीलाई मनको बाध बग्छन्
पानी पर्छ चट्याङ् पर्छ यो छातीको माझ
छिया छिया भयो हजुर पोल्यो मुटुु माझ
ढलीरह्यो साझ ।

गणेश पुमा चिन्तन
दिप्लुङ्ग–७, खोटाङ

प्रकाशित मिति: Friday, June 29, 2012

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।