पाइलाहरूमा (नेपाली भाषामा)
खोलाको पानी बगीरहेकै थियो । बगीरह्यो, बगीरह्यो । त्यो खोला सुक्ने मौसमसम्म पनि टाङ्टुप्मीले त्यै खोला पर्खीरहेको थियो । जन्मेदेखि खाने, खेल्ने गरेको ठाउँ कहिल्यै भुल्न सकेन उसले । अनकौं प्रकारका थुप्रै चराहरू जन्मिए, हुर्के, बढे, चरे अनि बसाइँ सरे । तर टाङ्टुप्मी त्यही चरीरह्यो । ऊ खिवाली (दाजुभाइ, दिदीबहिनी नजन्मिएको) हो । खिवाली मत्रै होइन, टुहुरो भएको पनि निकै भयो । उसले एक्लोजीवन बिताउन थालेको पनि धेरै भयो । कहिले काहि त कसो कसो उसको मन बहकिन्छ । सोंच्छ, सम्झिन्छ । उसको विगत उसको आँखामा आएर मुटुमा पोल्छ । अनि अञ्जानमै उसको आँखाहरूमा पोखरी जम्छ । हृदय पग्लन्छ ।
त्यसै बेला, छेउमा एकजना मानिस आइपुग्यो । उसले त्यस मानिसलाई देख्यो । यद्यपि त्यो मानिसले उसलाई देखेन । उसको सातोपुत्लो उडेर गयो । ऊ केहि पर गएर बस्यो । उसको डर केहि कम भयो ।
मानिस घास काट्न थाल्यो, खोलाको वारीपारी । टाङ्टुप्मी चाँहि भित्र भित्रै डराइरहेको थियो । घरिघरि त्यो मानिसलाई फर्केर हेर्छ अनि कराउछ, अनि फेरि हेर्छ कराउछ । तर पनि त्यो मानिस भने आफ्नै धुनमा थियो । मानिसलाई त्यो चराको बारेमा पारीपट्टिको घाम जस्तो पनि वास्ता थिएन । त्यसैले आपूm देखि त्यो चरो डराइरहेको कुरा त्यो मानिसलाई पत्तै पाउदैन ।
खोलाको वारिपारि झोरघारीमा कोफाक्नी गर्दै मानिसले आफ्नो घासको भारी पु¥यायो । भारी बाँध्नै लागेको बेला तलबाट खाबा सिस्नु टिप्दै टिप्दै आइपुगी । दुवैजना देखादेख गरे ।
‘खाबा, तिम्रो भारी पुग्यो ?’ —उसले सोध्यो । खाबा पनि आसिकदल तिर हेरेर बोली — ‘मेरो त पुग्यो । तिम्रो पनि त पुगेछ है ।’
‘हो खाबा, अनि तिमी त राम्रो सिस्नु भेटाइछौ ।’
‘राम्रो छ र आसिक ।’
‘तिमी नै राम्री भएकोले सिस्नु पनि राम्रै भेटाइछौ ।’
‘मान्छे जिस्क्याउनमा त तिमी पनि खप्पिस छौ है ।’
‘खाबा, नबिसाउने त ?’ —कुरालाई बङ्ग्याउदै बोल्यो आसिकदल ।
‘साँच्चै राभाभावा गर्दा गर्दै थाकेछु । एकछिन त नबिसाई हुन्न होला आसिक ।’
‘मैले त तिम्रो मुहारबाटै तिम्रो मनपेटको सब कुरो थाहा पाउछु नि खाबा ।’
‘तिमीलाई अर्काको मुहार पढ्न पनि आउछ र ।’
‘नआए पनि अब त सिक्नु प¥यो नि त ।’
‘हो, ठिक भन्यो ठिक भन्यो .............. ।’ खाबा मुसुक्क हाँसी ।
आसिकदलले भारी कक्यो । दुवैजना अलिक पर थेप्चो सम्म परेको ढुङ्गामाथि बसे । घाम झुल्केर एकजुवा जत्ति माथि पुगी सकेको थियो । तर त्यसको किरण भने खोला सम्म पुगीसकेको थिएन । उनीहरू बसेको ढुङ्गामा पनि घामको किरण पुगी सकेको थिएन । त्यसैले त्यो चिसो नै थियो । तैपनि उनीहरू त्यसमाथि सजिलैसँग बसे ।
उनीहरूको मनको कुरा फुर्न थाल्यो । गफ गर्दै निकैबेर बसे । गफ गर्दा गर्दै घाम पनि निकै माथि पुगीसकेको थियो । उनीहरू गफमा भुलीसकेका थिएछन् । घामको किरणले उनीहरूको भारी भेटी सकेको बेला उनीहरूको एकाग्रता भङ्ग भयो । ढिलो भएकोमा उनीहरूको सातोपुत्लो गयो ।
दुवैजना जुरुक्क उठे अनि आ–आफ्नो भारी बोकेर घरतिर लागे ।
आसिकदल र खाबा दुवैजना विद्यालय जाने हुन् । उनीहरू बिहान उठेर एउटा एउटा कुनै काम गरेर विद्यालय जानु पर्ने हुन्छ । अलिक माथि सम्म उनीहरू सँगै गए पछि उनीहरूको बाटो छुटियो । उनीहरूले आ–आफ्नै बाटो पछ्याएर गए ।
यता, आसिकदल घास गोठमा राखेर घरतिर लाग्यो । खाना पाकी सकेको थियो । आमा बिहान उठे देखि नै घरको काममै व्यस्त बन्छिन् । बडारकुडार गर्नु, भाडाकुडा धुनु अनि खानासाना बनाउनु । त्यस्तै त्यस्तै कामहरू छन् पन्थुरीका ।
पन्थुरी र रङाहाङका एउटै मात्र छोरो आसिकदल जन्मेको हो ।
आसिकदल खाना खायो । कपडाहरू फे¥यो, किताबहरू बोक्यो र विद्यालयतिर बाटो लाग्यो । यो वर्ष ऊ नौ कक्षामा पढ्दैछ ।
सरर मीठो हावा चलीरहेको थियो । घाम तीन जुवा जत्ति माथि पुगीसकेको बेला उसको छाँया सानो हुँदै गइरहेको थियो । ऊ भने उकालो चढीरहेको थियो । बाटोमा उसका साथिहरूलाई पनि भेट्दै गइरहेको थियो ।
उता खाबाले सिस्नुको भारी सिकुवाको कुनामा बिसाई । घरमा उसकी आमा थिइन् । उनीहरूको परिवारमा उसकी आमा, भाइ पाङतेन, अनि उनी तीन जना बस्छन् । उनीहरूको बाबु पहिल्यै हराएका हुन् । पैसा कमाउन भनी कोइलाखात गएका थिए । अहिले सम्म केहि अत्तोपत्तो छैन उनको ।
उनीहरू सबैजनाले खानासाना खाए । उसले आमालाई भाडा मोल्न सघाई । अनि पाङतेनसँग विद्यालय तिर बाटो लागे ।
* * *
शनिबारको दिन थियो । आसिकदल विद्यालय जानु परेन । घाम अलि अलि गर्दै आकाशको बीचमा पुग्न लागेको थियो । ऊ पनि एउटा किताब बोकेर घरबाट बाहिर निस्क्यो । गोठमा पुगेर भैंसी, गाईगोरुहरू खोलेर चराउन हिडायो । खोलाको किनारमा खेत थियो । उसले त्यही पु¥याएर चराउन थाले गाईवस्तुहरू । केहीछिन पछि खाबा पनि आफ्ना गाईगोरुहरू लिएर आइपुगी । गोठालो गर्ने साथी मिलेमा आसिकदललाई मनमनै खुसी लाग्यो । मुसुक्क हास्यो ऊ । तर ऊ हासेको खाबाले देखिन ।
खाबा उसको छेउमा आइसकेकी थिई । खाबाको हातमा पनि एउटा किताब थियो । गाउँ बस्तीको जीवन न हो, काम सकिएर फुर्सद मिल्ला भन्न व्यर्थ हुन्छ । त्यसैले विद्यार्थीलाई पढ्नलेख्न निकै गा¥हो हुन्छ । गोठालोघास गर्दै हुन्छ कि के गर्दै हुन्छ, अलिकति समय निकालेर लेखपढ गर्ने गर्छन् । यो गाउँले सबैको बााध्यता हुन्छ । गाउमा बस्ने सबै विद्यार्थीहरूको दिनचर्या यसरी नै बित्छ । विद्यालयमा जत्ति लेखपढ हुन्छ । त्यत्तिले नै उनीहरूको पाठसार जान्नु, बुझ्नु पर्ने हुन्छ ।
सूर्यको किरण कति सुमधुर थियो । दिउसोको घाम, निक्कै पोलीरहेको पति थियो । उनीहरू नजिकैको खन्युको शितलमा गएर बसे । खाबाले मुसुमुसु हास्दै आपूmलाई हेर्दै गरेको आसिकदलले थाहा पायो । अनि सोध्यो उसले— ‘तिमी किन हासेको खाबा ?’
‘त्यसै नि ।’
‘....................’
उनीहरूको कुराकानीको बाटो खुल्यो । गाईबस्तुहरू खेतको छेउछेउ चरीरहेका छन् । कुराकानीकै क्रममा खाबाले आसिकदललाई सोधी— ‘हिजो बेलुकी तिमी कहाँ गयौ ?’
‘किन ?’
‘त्यत्तिकै .......।’
‘भनन ।’
‘त्यत्तिकै के .............. ।’
‘आम्मै, अहिलेको जमानामा त्यसरी कुरा लुकाउनु हुन्न त । मनमा लागेको सब कुराहरू भन्नु पर्छ त खाबा ।’
‘त्यसैले त सोध्दैछु । भनन तिमी कहाँ गएका थियौ ? घरमा त थिएनौ नि त ।’
यसरी खाबाले भने पछि आसिकदलले कुरा खोल्नै प¥यो । बोल्यो ऊ— ‘हो, म मल्खे दाइकोमा गएको थिए ।’
‘के काममा ?’
‘घरमा पाहुनाहरू आएका थिएछन् । अनि कुखुरा काट्नलाई बोलाउनु भएको हो के दाइले ।’
‘अनि मल्खे दाइले कुखुरा मार्नुहुन्न र ?’
आसिकदल मुसुक्क हास्यो । यद्यपी ऊ बोलेन । खाबाले उत्सुकता पूर्वक उसको मुहारमा निकैबेर नियाली । चुपचाप भए दुवैजना । निकैबेर पछि मौनतालाई चिर्दै बोल्यो आसिकदल— ‘हेर त त्यो पल्लो खेत ।’ खाबाले हेरी । खेत देखी खाबाले, तर केही पनि बुझिन । फेरि आसिकदलकै मुखमा हेरी । फेरि थप्यो आसिकदलले— ‘के देख्यो खाबा तिमीले त्यहाँ ?’
‘त्यहाँ त गाईबस्तु चरीरहेका छन् ।’
मुसुक्क हास्यो आसिकदल अनि भन्यो— ‘त्यो भन्दा अरु ............. ?’
खाबा बोलिन । मुख बिगारेर हेरी आसिकदलतिर । आसिकदलले पनि उसैगरि नक्कल ग¥यो । ‘हा. हा.. हा............ ।’ दुवैजना गललल हासे । हास्दा हास्दै आसिकदल बोल्यो— ‘ऊ हेर कान्लोहरू भत्केका छन् । खोइ त मल्खे दाइले पर्खाल लाउनु भएको छैन त ।’
आसिकदलको कुराले खाबा अक्क न बक्क भई ।
‘गाईवस्तुहरू पनि हेर्दै गर्नुपर्छ है खाबा । बाली खान सक्छन् । अनि तिमीले मेरो कुरा बुझिनौ जस्तो लाग्यो ।’ भन्दै आसिकदल उभेर गाइवस्तुलाई आखा लगायो ।
‘ठूलो मान्छेको ठूलै कुरा, म किन बुझ्न सक्थेर ।’ भन्दै थिइ खाबाले, आसिकदलले उनको कुरा बीचैमा काटेर बोल्यो— ‘म ठूलो तिमी सानो छौंर । तिमी र म त उत्रा उत्रै हैनौं र । तर के ............ ।’ यति भनेर ऊ रोकियो । फेरि खाबा बोली— ‘सुनाउ न त मलाई, के कुरा हो ?’ अनि आसिकदल बोल्यो— ‘अलिक नजिक आऊ न त । के .................... ।’
त्यति भनी सके पछि ऊ फेरि रोकियो । खाबा अरु उसको नगिचमा आई । आसिकदलले भन्न थाल्यो— ‘के .................. झेत्ना भाउजु दुई जीउको हुनुहुन्छ रे ।’
आसिकदल यति बोल्दै खाबा चुप भई । सायद सुनेकी थिइन होली, श्रीमति दुई जीउको हुँदा श्रीमानले काटमार गर्नु हुन्न भन्नेकुरा । अनि थाहा थिएन होला यस्तोबेलामा श्रीमानले पर्खाल लाउन र अरुलाई ढाट्न पनि हुँदैन भन्नेकुरा । यी यस्ता कुरा कहानीहरू आसिकदलले सारा जानकारी दियो । कति पनि अप्ठ्यारो नमानी आसिकदलले बोलीरह्यो । खाबाले चाख मानी मानी सुनीरही । आसिकदलको कुरा सुन्ने क्रममा घरिघरि मुसुक्क हास्थी ।
खाबा मनको कुरा भन्नलाई अप्ठ्यारो मानीरहेकी थिई । आसिकदलले अप्ठ्यारो नमानी सबकुराहरू खोलेकोले उनलाई पनि मनको कुरा पोख्न सजिलो भयो । कुराले कुरा ल्याएको बेला खाबाले पनि मन खोल्ने भई । बोली खाबा— ‘हामी किरातीहरूले त यी यस्ता धेरै कुराहरू जानी राख्नु पर्नेरहेछ नी आसिक ।’
उनको त्यो कुरालाई आसिकदलले अझैं प्रष्ट पारीदियो । हल्का मुस्कानमा लजाउदै अलिकति दाँत देखाएर बोली खाबा— ‘हामी छोरी मान्छेलाई त झन कति अप्ठ्यारो । महिनै पिच्छे महिनावारी हुन्छ । अनि त्यसवखतमा पलाउने, बढ्ने, फलपूmल केहि पनि टिप्न मिल्दैन । तरकारीमा नुन पनि हाल्न मिल्दैन । हामीलाई त कति असजिलो नि आसिक ।’
यसरी खाबाले आफ्नो मनको कुरा पोखी । उनको कुरामा भएको सकारात्मकता केलाउँदै खाबाको मन बुझाइदियो । उसले बोल्यो— ‘खाबा ती कुराहरूलाई त्यसरी बुझ्नु हुदैन । कुनै पनि कुराहरूलाई हामीले सके सम्म सकारात्मक रुपमा बुझ्न सक्नु पर्छ । उहिल्यै देखि हाम्रा पितापूर्खाहरूले गरि ल्याएको रीतिहरूमा पक्कै बैज्ञानिक कारणहरू हुन सक्छन् ।
जस्तो, मान्छेहरू भन्ने गर्छन् नि काचोवायुको बारेमा— ‘पराई केटा र केटीहरू आपसमा अँगालो मार्नु हुदैन । हात हालाहाल गर्नु हुदैन । बिहे गर्नु भन्दा पहिला पराई केटा र केटी सहबास गरे भने काचोवायु हुन्छ भनेर । त्यो त केटाकेटीहरूको आदत खराब नहोस् भनेर पो त । त्यसो गर्दा काचोवायु हुन्छ भने पछि खराब नियत राख्नेहरूलाई डर हुन्छ । त्यसैले पो त त्यो भनेको हो । त्यो कुरालाई त्यसरी बुझ्नु पर्छ खाबा हामीले ।
बिहे गर्नु भन्दा पहिले पराई केटा र केटी बीच खराब सम्बन्ध नरहोस् भनी राखेको सांस्कृतिक नियमलाई हामीले सकारात्मक ठान्नु पर्छ, अप्ठ्यारो मान्नु हुदैन ।’
‘हुन त हो, सही कुरा ग¥यो आसिक ।’ आसिकदलको कुरा खाबालाई पनि चित्त बुझ्यो । यसो सोची खाबाले । आसिकको कुरा सही हो । सोची मनमनै खाबाले— ‘साँच्चै यस्तो रीति संस्कृति नहुँदो हो त मानिस जत्ति सबै बिना बन्धनको पशु झैं हुँदा हुन् ।
गफ गरिरहेका थिए उनीहरू । गाइवस्तुहरू निक्कै पर पर पुगीसकेका रहेछन् । फर्काउन कुधी खाबा । आसिकदलले हेरी पठायो मात्रै । ऊ गएन । खाबालाई भन्दै थियो— ‘मेरोहरू पनि फर्काइदेउ ल खाबा ।’
आसिकदलको आँखा खाबा तिरै थियो । उसले खाबालाई धेरै धेरै माया गर्छ । उनलाई आफ्नै नजरमा राखीरहन चाहन्छ ऊ । तर ऊ केहि कुरा खाबालाई सुनाउदैन । तैपनि उसलाई थाहा छ । खाबालाई उसले भित्र भित्रैबाट मनहृदयले धेरै धेरै मन पराउछ, माया गर्छ । ऊ सोह्र वर्षको ठिटो । खाबा पनि त्यहि उमेरकी ठिटी । दुवैले जवानीको उमेर काट्दै गरेका । त्यसो त चैतको महिनामा फुलेको गराँश पूmल झैं फुलेकी खाबालाई आसिकदलले मात्रै होइन सबैले आफ्नै आँखामा राखीरहन चाहन्छन् ।
अलि अलि गर्दै घाम डाँडामा तेर्सियो । घामको छाँयाले खोला छोडेर उकालो चढीरहेको थियो । उनीहरू दुवैका गाईभैसी वस्तुहरू भेला गरेर आ–आफ्ना गोठ तिर हिँडाए ।
* * *
वल्लोबारी पल्लोबारी सबैतिर कोदाका बोटहरू बढेर मनमोहक दृश्य थियो । पाखापखेराहरू हरियै देखिन्थे । मन जित्नेगरि लहलह लहरिदै थिए अन्नका बोटहरू । यस्तो देख्दा सबैको काम गर्ने जाँगर बढेर आउँथ्यो । खोला वारिपारि उसैगरि धान लहैलहै लैवरि खेल्दै थियो हावासँग । बाटो मूनि बाटो माथि जता हे¥यो उतैतिर असाध्यै रमाइलो देखिन्थ्यो ।
बीच भदौ तिरको कुरो हो यो । बिहानै आसिकदलको बाबु घरबाट निस्के । आमाले घर लिपिन् । ऊ एकातिर बाटो लाग्यो ।
केहि क्षण पछि उसको बाबु रङाहाङ धानको बोट लिएर आइपुगे । घर पछाडि गएर अदुवा खने उनी । अदुवा बोट सँगै निकाले । आसिकदल पनि चाँडै गरेर भोर्लाको नयाँ पात लिएर आइपुग्यो । घरका सबै जना मिलेर नावाङ्गी गर्दा चाहिने सरसामग्रीहरू तयार पारीरहेका छन् । ओखल र मुस्ली चोखो गोबरले पोते । ओखल सुके पछि त्यसमै चोखो चिउरा कुट्नु पर्ने हुन्छ ।
त्यतिनै वेला उनीहरूको धामी रितुहाङ पनि आइपुगे । अनि उनले पनि आवश्यक पर्ने सामानहरू जुटाउन सिकाए, सघाए । उनीहरू सबैजना मिलेर नावाङ्गीका सामानहरू जम्मा पारे । भोर्लाको नयाँ पात, धानको नयाँ बोट, छ पात केराको पात, दुईवटा घडाहरू, दुईवटा चिन्डोहरू चाल्नेमा, माछासिद्राहरू, अदुवा जस्ता सामानहरू तयार भए । हातहतियारहरू खुर्पा, खुकुरी, तरवार, कोदालो, बञ्चरो अनि झम्पल आदि ढोकाको कुनामा दुईवटा भोर्लाका नयाँ पातहरू ओछ्याएर त्यसमाथि राख्यो आसिकदलले ।
पन्थुरीले चोखो चिउरा कुटीन् । चिउरा कुट्दै गरेको बेला छोङ्बाला (नावाङ्गीमा प्रयोग गरिने धानको नयाँ बोट) पनि त्यसमा मिसाए ।
यसरी सबचिजहरू तयार भए पछि धामी पनि नावाङ्गी शुरु गर्नको लागि ढोकाको सीधा भित्र बाट बसे । बाहिर पट्टि फर्केर बसेका उनले अघि काटेको छ वटा केराको पातहरू मिलाए । पन्थुरीले चुलोमा एकमाना चामलको चोखो भात बसाइन् । अगेनामा दनदनी आगो बलीरहेको छ । रङाहाङ र आसिकदलले पन्थुरीलाई आवश्यक सामग्रीहरू मिलाउन सघाउछन् । सानो चाल्नेमा दुईवटा घडाहरू राखे । र तिनीहरूको नजिकमा दुइवटा चोखो जाडपानी भरिएका चिण्डोहरू पनि राखे । नजिकै दाहिने पट्टि लापलावा पनि ।
यसरी सबै सामग्री पूरा भए पछि धामीले नावाङ्गी शुरु गर्न लागे । पित्रीमातृहरूको नाम फलाक्न थाले । केहि छिनमा चोखो भात पनि पाक्यो । त्यो पनि धामीको नावाङ्गी सामग्रीहरूको छेवैमा राखिदिए ।
धामीले पित्रीमात्रीहरूलाई रोपेका नयाँ अन्नहरू फले, पाके भनेर जानकारी दिए, र खान दिए । चोखो भात, माछा, सिद्रा, गाईगोरुको मासु समेत दिए । र अन्तमा सबै हातहतियारहरूलाई पनि मुन्दुम शव्दहरू फलाक्दै चोखो भात, माछा सिद्रा अनि नयाँ अन्नहरू बाँडीदिए । तिनीहरूले काम गरेको भाग पाए, अनि खाए । त्यो सकिए पछि बाहिर निस्केर चोर्दा मरेको, लडेर मरेको, झरेर मरेकोे लगायत आस गरेर खाने सबैलाई धामीले खाना पानी दिए ।
यसरी त्यो नावाङ्गी सकियो ।
आसिकदलले चोखो भात बाड्यो । सबैले खाए तर धामीले चाँहि खाएन । मल्खेकोमा पनि नावाङ्गी गर्नु पर्ने भनेर उनी केही नखाई गए । जाँदा जाँदै भन्दै थिए— ‘लहै नानी हो, आज देखि नयाँ अन्नहरू फुक्यो है । गिठा, भ्यागुर, नयाँ अदुवा खान, मुरली, बासुरी बिबिलिमा बजाउन सबै आजदेखि फुक्यो है ।’
के के गर्दा गर्दै ढिलो भयो आसिकदललाई । उसले विद्यालय जान भ्याएन आज । अनि गिठा, भ्यागुरका दानाहरू खोज्यो कोठेबारीतिर । सिन्कामा उनेर पोल्यो, अनि खायो । बिबिलिमा ताछ्न अनि बजाउन सिक्यो । रङाहाङले बिबिलिमा, बाँसुरी ताछ्न अनि बजाउन सिकाए । उसले उहिले उनीहरूका पूर्खाहरूले बनाउने, बजाउने गरेका बिनायो, मुर्चुङ्गाको बारेमा कथा कहानीहरू सुनाए । उहिले उनीहरूका पितापूर्खाहरू यसरी नै यी बाजाहरू बजाउदै गीत गाउदै गोठालो गर्थे रे ।
बेलुकी भयो । फेरि रितुहाङ आए । नावाङ्गीको जोरी उधौली सेवाको साम्खा गर्नु पर्छ बेलुका । घरकाहरूले आवश्यक सामग्री जुटाइसकेका थिए । झमक्कै रात पनि प¥यो । बिजुली छैन । बत्ती बाले । रातको समयमा मट्टितेल बालेर उज्यालो पार्छन् । गाउँघरतिरको समस्या यस्तै छ ।
आवश्यक सामग्रीहरू तयार भइसके— दुईवटा चिण्डोका सोलोनवाहरूमा चोखो जाडपानी भरेको । तिनीहरूको मुखमा केराको पत्ता बेरेर लगाइदिएको धामीले । चार पात केराको पत्ता टुप्पी सहितको । एउटा बटुकामा लापलावा पानी र त्यसमा पनि चोखो जाड मिसाएको । ओखलमा कुटेको एक माना चोखो चामल दुइपत्ता केराको पात माथि राखेर दुई पत्ता माथिबाट राखे । एक मानाको मात्रै चोखो भात चाँहि पकाएको । मूल ढोकाको सीधा भित्र पट्टि एउटा पोथी कुखुरा छोप्ने सानो डोकोले छोपेको ।
अब धामीले साम्खा शुरु गरे । आसिकदलले बत्तीलाई सबैतिर देखिने ठाउँमा राख्यो । ‘सोइ’ भनेर लापलावा र सोलोनवाले चुलो छर्काएर साम्खा शुरु गरे धामीले । आसिकदलले भने धामीलाई हेरीरह्यो ।
धामीले सबभन्दा पहिले पित्रीमात्रीहरूलाई फकाउने बचन बोले । त्यसपछि दाहिने पट्टिको सोलोनवाले छर्काएर पित्रीहरूको नाम एक एक गरेर बोलाउन थाले । पित्रीहरूको पालो सकिए पछि देब्रे पट्टिको सोलोनवाले छर्काएर मातृहरूको नाम एक एक गरेर बोलाउन थाले ।
पालो पालो गरेर धामीले पितृमातृहरूको नाम पुकारी सके । नाम पुकार्ने क्रमको बीच बीचमा सोलोनवा र लापलावाले पनि छर्कीरहेका थिए । एकसरो सबैको नाम फलाकी सके पछि अगाडि पट्टि छोपेर राखेको पोथी समात्नको लागि उनले भने । आसिकदलले त्यो पोथी समातेर धामीको हात लगायो ।
पखेटाहरू समेत चलाउन नसक्ने गरि धामीले पोथीको खुट्टाहरूमा समाते । दाहिने पट्टि तोत्लामा थुपारिएको चामल टिप्दै त्यसको टाउकोमा राख्दै दाहिने पट्टिकै सोलोनवाले छर्किन थाले । पोथीले टाउको झट्का¥यो, सबैले बुझे पितृहरूको चित्त बुझेछ । उसैगरि देब्रे पट्टिको चामल टिपेर टाउकोमा राख्दै देब्रे पट्टिकै सोलोनवाले छर्किन थाले । अघि झैं फेरि पोथीको टाउको झट्का¥यो । मातृहरू पनि खुसी भए भने ।
यसरी त्यो पोथीले पितृमातृ सबैको नाममा टाउको झट्कारे पछि उनीहरूको चित्त बुझ्यो, उनीहरू हासी खुसी भए भन्ने बुझे । धामीले ढिडो मस्काउने दाबिलो मागे । पन्थुरीले निकालेर दिइन् । धामीले त्यस पोथीको ढाडमा बजारे ।
पोथी छट्पटीन थाल्यो । त्यही अवस्थामा पोथीलाई केराको पत्ता माथि उधेमुण्टे बनाए । पोथीको छट्पटाउने क्रममा उछिट्टिएको रगत केराको पातमाथि खस्यो । सबैले भने साम्खा राम्रो भयो । त्यसपछि धामीले त्यसलाई अघि छोपिएकै डोकोमा छोपी दिए । पोथी अझैसम्म फत्रेक फत्रेक छट्पटाइ नै रहेको थियो ।
पोथी जत्ती धेरै बेर सम्म छट्पटिइरहन्छ, त्यत्ती नै साम्खा सही भएको मानिन्छ । जसले गर्दा त्यस घरमा दुख बिरामी हुने, लड्नेपड्ने, लडाइझगडा अनि मरौ पर्ने सम्भावना कम रहन्छ भन्ने मान्यता छ । त्यसैले त धामीले अझै सम्म फलाकी रहेका थिए— ‘छट्पटाइदेऊ है पितृमातृहरूहो, छट्पटाइदेऊ है अझै । छट्पटाइदेऊ, छट्पटाएर लैजाऊ । खाऊ, पिऊ र लिएर जाऊ । तिमीहरूको साम्खा लाम्खा पो निस्केको बेला । तिमीहरूको साम्खा लाम्खा पो गर्दै गरेको बेला तिमीहरू रिसाउने, कुरा काट्ने काम गर्ने होइन । हासी खुसीका दिनहरू छोडेर जाऊ । शान्ति सुरक्षा दिएर जाऊ । लहै पितृमातृहरूहो शुभ संकेत देखाउछौ है । यस घरमा तिमीहरूले दुखबिमार ल्याउने होइन । तिमीहरूको सुन्दर, पवित्र पोथी निस्केको बेला खाएर जाऊ, लिएर जाऊ ।’
केहिबेर पछि पोथीले छट्पटाउन छोड्यो । त्यो म¥यो । बोले धामी— ‘ल नानी हो, अब यसलाई भुत्लाउनु प¥यो । अनि आसिकदलले त्यो छोप्नेबाट पोथी ल्याएर भुत्लाउन थाल्यो । चुलोमा आगो बलीरहेको थियो । उसले त्यो पोथीलाई राम्ररी भुत्ल्यायो । एकदम चोखोनितो गरेर सफा ग¥यो ।
साम्खा गर्ने समयमा त्यहाँ भएका कसैले केहि चिज पनि मुखमा लाउन समेत हुदैन । पानी समेत पिउनु हुदैन । मकै, फापर, गहुँ यिनीहरूलाई त छुनु पनि हुदैन । साम्खा शुरु गर्नु भन्दा पहिले नै यी यस्ता चिजहरू पर पर पञ्छाएर राख्नु पर्ने हुन्छ । भारमा मकै, फापर, गहुँ जस्त चिजहरू सुकाइएको छ भने त्यो भार नै निकाली पठाउनु पर्छ । चुलोको सीधा माथि मकै झुण्ड्याइएको छ भने त्यसलाई पनि अन्तै सार्नु पर्छ । हैन भने भारमा चोखो चित्रा (वार्लो या लिप्मा) नै उत्तानो पारेर राख्ने गरेका छन् ।
आसिकदलले पोथी भुत्ल्याएर सफा गरी सक्यो । ‘तैले फोर्न सक्दैनस् होला, ले त म फोर्छु,’ उसको बाउले भने । उसले बाबुलाई दियो । उसको बाबुले तरिका पु¥याइकन पोथी फुटाए । अनि भित्री संकेतहरू सबैले हेरे । कलेजोले पित्त छोपेकै थियो राम्रैगरि । कलेजो भन्दा बाहिर देखिइएको थिएन पित्त । रङाहाङले पोथीको मुटु छामी हे¥यो । त्यो पनि चाम्रै थियो । त्यो संकेत हेरी सकेपछि भने— यो साल यस घरमा मरुमारु नपर्ने रहेछ । अनि अन्न धन्नको सह पनि रहने नै रहेछ ।
साम्खा पोथीको पित्त कलेजो भित्र नै सिमित रहेर बाहिर देखिएन भने त्यो साल त्यस घरमा दुखबिमार पर्दैन भन्ने मान्यता रहेको छ । अनि मुटु चाम्रो भयो भने अन्नधन्नको सह रहने भन्ने मान्यता छ । उनीहरूले पनि सोही मान्यता मुताविक बोले । यसको ठीक उल्टो पित्त कलेजोले छोपेन, निक्कै लामो निस्केर जान्छ, भने त्यस घरमा दुख बिमार मात्रै होइन मरुमारु पनि पर्न सक्छ भन्ने मान्यता रहीआएको छ । मुटु चाम्रो नभई कमलो, गिलो भयो भने त्यस वर्ष धेरै नै अनिकाल लाग्छ भन्ने किरात राईहरूको मान्यता रहेको छ ।
सबैले चित्त बुझुञ्जेल साम्खा पोथीको संकेतहरू हेरे पछि रङाहाङले पोलुवा मासुहरू छुटाए । पोलुवामा दाहिने खुट्टा फिला समेत सिङ्गै, देब्रे खुट्टा घुडा भन्दा मूनिको भाग, पखेटाहरू दुईवटै, मुटु कलेजो आदि छुटाए उनले । आसिकदलले पोल्यो ती पोलुवा मासुहरू ।
रङाहाङ्ले चाँहि बाँकी मासु चोक्टा पारे । पोलुवा मासुहरू पाके पछि केराकै पातमा राखेर धामीलाई दियो आसिकदलले । धामीले अघि केराको पात माथि राखेको चामल एउटा थालमा उठाए र त्यसको बदला त्यहाँ उनले चोखो भात राखेका थिए । त्यसकै छेउमा पोलुवा मासुहरू उनले राखे । अनि फेरि उनले बाँकी रहेको साम्खा थात्तुम शुरु गरे ।
अघि जस्तै पितृहरूको नाम बोलाउनु भन्दा पहिले दाहिने पट्टिको सोलोनवा उठाएर चुलोमा छर्काए र साथमा लापलावाले पनि छर्काए— ‘सोइ लहै पितृहरूहो तिमीहरूको भाग यहाँ निस्क्यो है, लिएर खाऊ, पिऊ है, चोखो भात पो निस्क्यो, साथमा अरु अन्न पनि निस्क्यो, लापलावा पो निस्क्यो शुद्ध पवित्र पानी पो निस्क्यो । यी सब निस्कदा तिमीहरूले कुरा काट्ने, रिसाउने होइन है’ भनेर शुरु गरे उनले । अझै फलाक्दै लगे— ‘कुखुराको पखेटा पो निस्क्यो, खुट्टा पो निस्क्यो, फिला पो निस्केको बेला, बाँडीचुडी गरेर खाउ अनि यहाँ त माछा सिद्रा पो निस्कदा, यहाँ मिलेर बाडेर खाइ पिइ गर है लहै पितृहरूहो । त्यसैगरि यहाँ गाईको मासु गोरुको मासु पो निस्कदाखेरि साथमा लापलावा समेत दिदैछु, पिएर जाऊ है पितृहरूहो ।’
आसिकदलले बत्ती फेरि अघिकै ठाउँमा झुण्ड्यायो ।
धामीले सबै पाछाका पितृहरूको नाम बोलाई सके । त्यसैगरि मातृहरूको नाम पुकार्ने पालो आयो । देब्रे पट्टिको सोलोनवाले चुलो छर्किएर— ‘सोइ ऽ अब त मातृहरूहो तिमीहरूको पनि निस्क्यो है, चोखो भात निस्क्यो है, खाई पिइ गर है, चोखो भात अनि अरु पनि खानाहरू निस्के, साथमा लापलावा शुद्ध पानी पनि निस्केको बेला यहाँ कुरा काट्ने रिसाउने गर्ने होइन है’ भनी फलाके उनले । अझैं फलाक्दै थिए— ‘कुखुराको पखेटा निस्क्यो, खुट्टा पो निस्क्यो अनि तिघ्रा पो निस्केको बेला बाँडी चुडी खाउ पिउ र यहाँ त माछा सिद्राको पो मासु निस्केको बेला बाँडीचुडी खाई जाउ पिई जाउ है मातृहरूहो । त्यसरी नै यहाँ गाईको मासु, गोरुको मासु पनि निस्केको बेला साथमा पवित्र लापलावा पनि दिदैछु । साथमा पिई जाउ है मातृहरूहो ।’
यसरी फलाक्दै मातृहरूलाई पनि खानापानी दिन थाले धामीले । सबै पाछाका मातृहरूको नाम बोलाए उनले । सोलोनवा र लापलावा समेत पालैपालो खानाको साथमा दिदा दिदै मातृहरूको पनि पालो सकियो ।
रितुहाङले सबै पाछा उपपाछाका पितृमातृहरूलाई खाना पानी बाँडी सके । साम्खाको लागि प्रयोग गरिएका पातहरू भत्काउने बेला भएको थियो । रितुहाङले फेरि फलाक्न थाले— ‘लहै पितृमातृहरूहो बेला समयले छोडेको बेला समयले डाडा काटेको बेला, यहाँ खाना पो दिए पानी पो दिए । यहाँ तिमीहरूको दरदौतरी पनि छैन । मैले खाना पानी दिंदा कुरा काट्ने रिसाउने होइन । तिमीहरूको चित्त बुझुञ्जेल बाँडीचुडी खाई पिई गरेर जाऊ ।’ यसरी भन्दै मुन्दुम फलाक्दै चोखो भात र पोलुवा मासु छोपिएको दुई पत्ता केराको पात उठाएर अगाडि सारे ।
फलाक्दै फलाक्दै चोखो भात अगाडि राखेको केराको पातामा दिए । पोलुवा मासु पनि त्यही एकै ठाउँमा दिए । दुईपट्टिकै सोलोनवाहरूले पनि छर्किएर ‘साथमा यो पनि पिएर जाउ है’ भनी फलाके । लापलावाले पनि छर्किदिए । त्यसपछि त्यै लापला पात नै त्यो आगाडि सारेको केराको पातमा फ्याकिदिदै बोले धामी— ‘लहै त सबै तिमीहरूले नै खाई जाऊ पिई जाऊ ।’ त्यसपछि सोलोनवाले पनि छर्किदिए । सोलोनवाहरूको मुखमा लगाइएको केराको पात पनि उसैगरि झिकेर पितृमातृहरूलाई नै फ्याकी दिए ।
त्यसपछि फालामचा पस्केको मूनिको केराको पातहरूको टुप्पो काट्दै फलाके— ‘लहै पितृमातृहरूहो समयले डाडा काटेको बेला म त तोत्ला पो काट्दैछु, यस उपलक्ष्यमा मलाई सय छ बिसाको आयु दिएर जाऊ । लहै ..................... ।’ यसरी भनी सक्दा उसले तोत्ला काटी सक्यो । तोत्लाको पितृमातृहरूको खाना भाग र लापलावाको भाडो बोकेर बाहिर निस्के धामी । आसिकदलले एक ल्होटा पानी बोकेर उनलाई पछ्याउदै निस्क्यो । धामीले उसको हातका चिजहरू पूmलबारीमा राखी दिएर हातबाट निकालेको चोखो भात अनि पोलुवा मासुहरू आगनमा छर्दै फलाके— ‘लहै, चोर्दा मर्ने, लडी मर्ने, चाली गर्ने सबैले मनचित्त बुझाएर जाऊ है ।’ त्यसपाछि उनले लापलावा पूmलबारी तिर फ्याकी पठाए ।
अनि हात धोएर घरभित्र पसे रितुहाङ । साम्खा साह्रै राम्रो भएकोले सबै जना खुसी भए । सबैजना चुलोको छेउमा वरिपरि बसेका थिए । पन्थुरी जाड छानिन् । चोखो भात र पोलुवा मासु खादै जाड पिउदै केहीबेर उनीहरू गफसफ गरी बसे । रात बितिरहेको थियो ।
साम्खाको पोलुवामासु सबैले खाइसके । खाइसके चोखो भात पनि । साम्खा केही पनि नखाई धेरै चोखो नितो गरेर गर्छन् । मङेन भने मोङछामाको शिर उभ्याउनी हो । त्यसैले खादै पिउदै गर्छन् । उनीहरूले जाड खादै खादै मङेन थाल्न लागे । आसिकदलले बल्दै गरेको बत्तीको सलेतो माथि तानेर ठूलो बल्ने बनायो ।
पन्थुरीले एउटा चिण्डोमा चोखो जाडपानी भरेर ङापोङलाई दिइन् । दुई पत्ता भोर्लाको पात, कचुर काट्ने अदुवा र एउटा सानो मोङ्छामा खुर्पी पन्थुरीले रितुहाङलाई ल्यादिइन् । रितुहाङले ढिडो मस्काउने दाबिलो मागे । आसिकदलको बाबुलाई मङेन पोथी समाउन भने । उनीहरू चुलोको नजीकै तयार भए । पन्थुरीले चुलोका दाउराहरू घचेटिन् । आसिकदलले बल्दै गरेको बत्ती सोझ्यायो ।
मङेन गर्दाखेरी ङापोङको स्वरमा स्वर खाप्ने साथी एकदुई जना भए झन राम्रो हुने हुँदा रङाहाङलाई रितुहाङले आफ्नो छेउमा बस्न लगाएर सघाउन भने । रङाहाङले पोथी समेत समाते । रितुहाङले भने दाबिलो टेके । अगाडि पट्टि भोर्लाको दुईवटा पात उल्टो सुल्टो राखी त्यसमाथि एउटा सोलोनवा, अदुवा र सानो खुर्पी राखेका छन् । रितुहाङले फलाक्न थाले । साथमा रङाहाङले माङ्छो युकुप्मो भनेर स्वर खापे ।
मङेन गर्नेहरू अन्नको बिऊ छर्ने याममा ‘सोनेउ रिमोरिम्दोङबियो’ र अन्न उठाउने याममा ‘माङ्छो युकुप्मो’ भन्ने गर्छन् ।
रितुहाङले फलाक्ने काम अगाडि बढाए— ‘सोइ ऽऽ मोङ्छाबुङ्मो युयुकुम्मो, अन्नको भण्डारमा बस्ने देबी .................’ भनेर शुरुमा फलाके । अनि लामो लेघ्रो तानेर भने— ‘आई ऽऽ टारको बुनेकोमा ....’ अनि ‘माङ्छो युकु्प्मो’ भन्न रङाहाङले स्वर खापे । फेरि, ‘बस्ने तिमी मामा माङ्छोइ–माङ्छो युकुप्मो, खेतबारी पाखाबारीको बाटो–माङ्छो युकुप्मो, बाटो लागौ मामा माङ्छोइ–माङ्छो युकुप्मो .................... ।’
यसैगरि रितुहाङले धन तथा अन्नकी देबी मोङ्छामाको नाममा फलाकी रहे । रङाहाङले साथमा ‘माङ्छो युकुप्मो’ स्वर थपीइरहे ।
मङेन पुज्ने क्रममा मोङ्छामालाई ङापोङले फलाक्दै फलाक्दै अन्नको भकारीबाट बाहिर निकाल्छन् । अलि अलि गर्दै फलाक्दै बिस्तारै बिस्तारै घरबाट बारी अनि खेत तिर लान्छन् । त्यसलाई अन्नको सह बटुलेको भन्ने गर्छन् उनीहरू । यसरी बारी अनि खेतभरि अन्नधन्नको सह बटुल्दै उनलाई पहिले उधो घुमाउन लान्छन् मङेन गर्ने ङापोङहरूले । उदाहरणको लागि— निगालबासको एउटा घरमा मङेन गर्दै गरेको हो भने पहिले उनीहरूको खेत बारी खोरिया लाखापाखा सबतिर डुलाउछन् । अनि त्यहाँबाट मधेस झार्छन् अन्नको सह बटुल्न । घरबाट हिडे पछि राम्चे हुदै पौवा, फेदी हुदै बुवाखोलामा पु¥याउछन् । एकोहोरो हिडाइले थाकिने हुँदा ठाउँ ठाउँमा बिसाउदै बिसाउदै जान्छन् उनीहरू । यसो गर्दै कोशीमा पुगेर यो पनि तर्छन् ।
कोशी तर्नेक्रममा यसरी फलाक्छन्— ‘नदी सागरको बाटो–माङ्छो युकुप्मो, बाटो काटौं मामा माङ्छोइ–माङ्छो युकुप्मो, छोडी जान हुदैन है–माङ्छो युकुप्मो, बिर्सीजान हुदैन है–माङ्छो युकुप्मो, ............................... ।’ त्यस पछि उकालो लाग्छन् । ‘छुइलाको उकालो बाटो–माङ्छो युकुप्मो, .........................., ए सुघाचरीको तेर्सोबाटो–माङ्छो युकुप्मो, ........................’ भन्दै फेरि फेरि बिसाउदै जान्छन् । ‘............................, बाबा बोक्ने खोरोङ तोङ्वात–माङ्छो युकुप्मो, आमा बोक्ने लाही तोङवात–माङ्छो युकुप्मो ।’ यसैगरि फलाक्दै अन्नधन्नको सह बटुल्न अन्नधन्नकी देबी मोङ्छामालाई लिएर ङापोङ जान्छन्, साथमा रङाहाङ पनि छन् ।
‘बाबा बुन्ने खोरोङ् तोङ्वात–माङ्छो युकुप्मो । आमाले बोक्ने लाहि तोङ्वात–माङ्छो युकुप्मो ।’
यसरी फलाकदै नाँच्दै रमाइलो गर्दै जान्छन् उनीहरू । जाँदा धामीले फलाक्दै लान्छन् । फलाक्दा त्यो काल्पनिक यात्रामा जो जो जान्छन्, उनीहरूलाई छोड्दैनन् । छोडीए भने सो छोडिने मान्छे बिरामी हुन्छ । बिरामीको औषधि उपचार, उकार पुगेन भने त्यस मानिसको मृत्यु पनि हुन सक्छ भन्ने मान्यता छ । त्यसैले रितुहाङले मोङ्छामा, रङाहाङ अनि ऊ तीन जनालाई बराबरी फलाक्दै जान्छन्, कसैलाई छोड्दैनन्, बिर्सदैनन् ।
रितुहाङले फलाकी नै रहेको छ— ‘लुङ्गीनटारको सम्म बाटो–माङ्छो युकुप्मो, बाटो लागौ मामा माङ्छोइ–माङ्छो युकुप्मो ..................... ।’
रितुहाङले फलाक्दै लगे मोङ्छामा । रङाहाङले उनको स्वरमा स्वर खाप्दै लगे । रितुहाङले ढिडो मस्काउने दाबिलो टेकेका छन् भने रङाहाङले मङेन पुज्ने पोथी समातेका छन् । उनीहरूको नजिकै आसिकदल बसेको छ । उसको आमा खाना बनाउदैछिन् ।
रितुहाङले मोङछामा फलाक्दै फलाक्दै वीरेन्द्र बजारमा पु¥याए । त्यहाँबाट दुवार खोला हुदै बेल्टार पुगे । बेल्टारमा चारैतिर आँखा घुमाए पछि उनीहरू अझै उधो लागे । अलि अलि गर्दै उनीहरू त्रियुगामा पुगे । त्यस वखत रितुहाङले फलाक्दै थिए— ‘बिसाऔ है मामा माङछोइ–माङ्छो युकुप्मो ।’
उनीहरू तीनै जना बिसाए । ‘त्रियुगाको दोभानैमा–माङ्छो युकुप्मो ।’ यसरी फलाक्दै फलाक्दै त्यहाँ बसे उनीहरू । अनि फेरि केहीबेर पछि— ‘फर्कौ अब मामा माङछोइ–माङ्छो युकुप्मो’ भनी फलाके पछि उनीहरू आफ्नो बोबीतिर फर्के ।
धेरै तल सम्म घुमेर आउँदा पनि हुने भए पनि समय कम भएकोले उनीहरू त्यही देखि फर्के । कोही कोही ङापोङहरूले चाँहि घरमूलीहरूको खेतबारी तिर डुलाए पछि त्यत्तिमै मङेन पुजा सक्छन् । वाबुमा वालेमा कतै पनि लादैनन् ।
अघि गएको बाटो मै फेरि फर्के ङापोङ, रङाहाङ अनि मोङ्छामा । मोङछामा, किरातीहरूको अन्न र धनकी देबी सँगको यात्रा फर्कियो । त्रियुगाबाट फर्के पछि सिरुवानी, बेल्टार, दुवारखोला, वीरेन्द्रबजार ,लुङ्गीनटार हुँदै आएर सुघाचरीमा एकछिन बिसाए । त्यहाँ तीनै जना बसे एकैछिन् ।
‘...................माङ्छो युकुप्मो, सुघाचरी शिखरैमा–माङ्छो युकुप्मो, बिसाऔं है मामा माङछोइ–माङ्छो युकुप्मो’ भनी फलाके रितुहाङले । उनीहरू कल्पना कल्पनामै बिसाइराखेका थिए । एकैछिन बिसाए पछि उनीहरूको थकाइ म¥यो । उनीहरू फेरि अगाडि बढे रितुहाङ, रङाहाङ र मोङछामा तीनैजना । सुघाचरीबाट तेर्सै तेर्सो आएर छुइलामा पुगे । त्यहाँबाट ओरालै ओरालो लागे उनीहरू ।
आसिकदल चुलोको छेउमा बसेर उनीहरूलाई रमाइलो मानेर ध्यान पूर्वक सुनीरहेको छ । घरि न घरि अगेनाको दाउरा झोस्छ । सोंच्छ— ‘उनीहरू बोब्बी डुल्दै डुल्दै आइरहेका छन् । उनीहरूको शरिर मात्रै यता छ, तर मनआत्मा चाँहि पर परडुलिरहेकोछ ।’ ऊ सोंच मग्न नै छ— ‘मान्छे भनेको मन अनि आत्मा मात्रै त रहेछ । मन अनि आत्मा नहुँदो हो त मान्छे त काठको मुढो मात्रै रहेछ । मन, आत्मा अनि माया हुने हुँदा हामी एक आपसमा चिनजान हुन्छौं अनि हामीलाई मान्छे भन्दा सुहाउँछ । त्यसैले नै हामी एकआपसमा जान पहिचान हुन्छौं र आपसमा सम्झना राख्छौं ।’
उसले यस्तै यस्तै कुराहरू सोंचीरहेको थियो । खोइ कसो गर्दा झल्यास्स उसको झझल्कोमा खाबालाई देख्यो । खाबा र ऊ दुवैजना सँगसँगै विद्यालय जान्छन् । मनका सबै बहहरू साटासाट गर्छन् । त्यसैले त उनीहरू एक आपसमा सम्झना राख्छन् र माया गर्छन् । आसिकदल मनमनमा कुरा खेलाउदै गर्दा केहि पनि थाहा पाएन । उसको आमाले पर खोन्द्रयाङगै थाल झारी पठाउदा पो ऊ तर्सियो । मनको तन्द्रा भत्कियो ।
रितुहाङले मोङछामा फलाक्दै फलाक्दै घर भन्दा अलिक माथि डाँडामा पु¥याए । भञ्ज्याङ्ग भन्ने ठाउँमा बिसाएर मङेन पोथीलाई सोलोनवाले छर्किन थाले । सोलोनवाले छर्किदै फलाक्दै गरे । पोथीले शिर झट्कारे पछि रितुहाङले अदुवा र सानो खुर्पी समाते । अनि कचुर काट्न तम्तयार भए । कचुर काट्नु भन्दा अगाडि पितृमातृहरू, खलीमलीमूलीहरूको नाम पुकारे । अनि क्रियाकष्ट, मुखदोष, वचनदोष सबैलाई सम्झाए ।
त्यस पछि कचुर काटे । कचुर काट्दै गर्दा अदुवाको दुवै टुप्पो काटिने गरि काटेका रहेछन् । एकैचोटी दुइ फक्लेटा झरेर दुई तरहमा पल्टीए । एउटा सप्लेटो अर्को बिप्लेटो भए । त्यसले गर्दा सबैले भने, यो पालीको मङेन साह्रै नै राम्रो भयो । सबैजना खुसी भए । त्यसरी कचुर काट्दा एकै कटाइमा एउटा सप्लेटो अर्को बिप्लेटो भयो भने त्यस घरको मान्छेमा दुखबिमार हुदैन, मरुमारु पर्दैन भन्ने मान्दछन् ।
कचुर काटी सके पछि रङाहाङले समातेको पोथी ङापोङले लिए । उनले खुट्टामा समात्दा पखेटाहरू समेत भेट्ते तरिकाले समाते । अनि सोलोनवाले छर्काए । पोथी झट्कारियो । अँ राम्ररी देबीले लिइन् भने । अनि ढिडो मस्काउने दाबिलोले पोथीको ढाडमा हिर्काए । त्यो पोथीको मुण्टो बटारियो । पोथी छट्पटिदै गर्दा समेलेर राखेको भोर्लाको पातमा त्यसको खुन थाप्दै थिए । एकैछिनमा पोथीको मुखबाट खुन छिटियो । त्यस पछि पोथीलाई भुइंमा राखेर दाबिलोले टाउकै टाउकामा दिए । पोथी म¥यो ।
‘ल नानी यो भुत्लाउ’ रितुहाङले भने पछि आसिकदलले त्यसै गर्न थाल्यो । अगेनाको आगोमा पोल्न थाल्यो । कुखुराको गन्ध आयो । चोखो गरि भुत्लायो र त्यसलाई फुटायो । फुटाए पछि सबैले अङ्ग संकेत हेरे । त्यसको अङ्ग संकेत राम्रा थिए । त्यसको मुटु छामे । कडा थियो त्यो । भने— ‘मुटु कडा भयो भने त्यसवर्ष त्यो घरमा अन्नधन्नले सम्पूर्ण हुन्छ । अन्नधन्नको सह रहन्छ ।’ अनि आसिकदलले पोथीको खुट्टापखेटाहरू पोलेर टुक्रा पा¥यो ।
त्यसपछि पोलुवा मासु बनाउन थाले । पोथीको अरु मासु पनि टुक्रा पा¥यो उसले । रितुहाङ, रङाहाङ अनि मोङछामा भञ्ज्याङ्गमा बिसाएर पोथी पुजा गरेका थिए । उनीहरू अब उकालो बाटो लागे । भञ्ज्याङ्गको डाँडाबाट उकालो लागेर खारीचोङपा, चिसापानी हुँदै गए । पोखरी हुँदै बेच्छुसम्म पुगे ।
‘फर्किऔं है मामा माङछोइ–माङछो युकुप्मो’ भनी रितुहाङले फेरि फलाके ।
त्यसपछि अघि गएकै बाटो फर्किए । आगनमा आइपुगे— हाम्रो आगन खुला आगन–माङछो युकुप्मो । त्यसपछि आसिकदल र पन्थुरीलाई आगनमा निस्केर नाँच्ने भने । उनीहरू उठीहाले तत्कालै । पन्थुरीलाई हातमा अदुवा र सानो खुर्पी पनि दिए । त्यो मोङ्छामा खुर्पी समाएर अदुवा चिमोट्दै छर्दै नाँचे उनीहरू । सिली मिलाउदै मिलाउदै नाँचे । उनीहरूको हात र खुट्टाहरूको इशारामा टाङटुप्मी, तित्रा, मुप्मा आदिको नक्कलमा सिली टिप्दै आगनमा एकदुई फन्को घुमे । अनि भित्र पसे । भित्र पनि मूल खम्बामा उल्टो सुल्टो दुई फन्का घुमे ।
अनि पन्थुरीले घडामा जाड, त्यसको माथिबाट ढकनीमा पोलुुवा मासुको छोम्पोरी राखेर ङापोङलाई ढोग गर्दै दिइन् । ङापोङले उनलाई त्यहाँ प्रयोग गरिएको पोथीको ढाड र मुटु दिए ।
त्यो लिएर पन्थुरीले टारमाथि तिर लागिन् ।
पन्थुरी टारमाथि चढ्दा चढ्दै ङापोङले मोङ्छामालाई फलाक्दै फलाक्दै टारमाथि नै लगे । ती चिजहरू भकारीका राखेर तल ओर्लीइन् पन्थुरी । ङापोङले मोङ्छामालाई त्यही भकारी भित्र बस्न लगाए— ‘तिम्रो बस्ने आमा बस्ने–माङछो युकुप्मो, भकारीको भित्र भित्रै–माङछो युकुप्मो, बसीराख मामा माङछोए–माङछो युकुप्मो, अन्नधन्न बटुल्नेकाम–माङछो युकुप्मो, गर्नु है मामा माङछोइ–माङछो युकुप्मो, सुख ल्याउने समृद्धि ल्याउने–माङछो युकुप्मो, तिमी गर मामा माङछो–माङछो युकुप्मो ।’
यसरी नै ङापोङले टारमाथि भकारीको वरिपरि मोङछामा फलाके । अन्नधन्नकी देबीलाई भकारीमा बसाउने काम गरे । यत्ति गरे पछि त्यसपालीको मङेन सकियो ।
एकछिन पछि अघि भकारीमा पु¥याई आएको पोथीको कलेजो र ढाड रितुहाङले पन्थुरीलाई ल्याउन भने ।
भकारीमा मोङ्छामाको नाममा चढाइएका चिजहरू घरका बुढाबुढीले मात्र खान्छन् । अरु बालबच्चाले खादैनन् । कान बन्द हुने र रिङ्गटा चल्ने रोग लाग्छ ।
किरातीहरूको मोङछामा बित्तल प¥यो भने कान नसुन्ने, रिङ्गटा चल्ने रोगले सताउछ भन्ने मान्दछन् ।
मङेन सकिएपछि सबैजना खाना खाए । ङापोङ पनि आज यसै घरमा बास बसे । राती रङाहाङ सँग बात मार्दा मार्दै उनीहरू निदाइ गए ।
मोङ्छामा पुजेको तीन दिन सम्म किरातीहरू अन्नधन्न घरबाट बाहिर लान कसैलाई दिदैनन् ।
* * *
अलि अलि गर्दै घाम अस्तायो । दिन र रात एक आपसमा लड्दा लड्दै दिन हारेर भागेको जस्तै भाग्दै थियो दिन । चराहरू उनीहरूको आ–आफ्नै गुड तथा बासस्थान तिर हुइकिदै थिए । माथि आकाशको एक कुनामा अलिकति बादलले निन्याउरो मुख लगाएर बसेको थियो । सायद दिनसँगको बिछोडले गर्दा रोइरहेको थियो होला त्यो । वास्तवमै त्यो रोइरहेको थियो । तर उसले आसु झारेको कसले देख्ने र । आसु झरेकै भएपनि कसले पो पुछीदिन्थ्यो र ।
तल माथि, वारिपारि मानिसहरू पनि उनीहरूको गाईवस्तुलाई घास लगाएर आइरहेका थिए । कोही कोही भने उनीहरूको गाई भैसीहरूको दुध दुहुएर ल्याउदै गरेका देखिन्थे । कोही पनि चुपचाप बसेका त थिएनन् ।
त्यसैबेला आसिकदल पनि रितुहाङको घरमा धुनीफुनी काममा व्यस्त थियो । रितुहाङ सुप्सङ्मी राहाङ्मी पनि भएको हुँदा उनका दुईजना सधैका केन्छारिवाहरू पनि आएका छन् । उनीहरूलाई आसिकदलले पनि सघाउँछ । बिहान रितुहाङले उसको गुरुपूजा गरेका थिए । बिहान भरि गाउँलेहरू रक्सी बोकेर आए र उनको मान सम्मान राख्दै शिर उभ्याए । रक्सी राखीदिंदै ढोग भेट गरे ।
‘साल भरि तपाईलाई दुःख दिन्छौं । अलिकति बिरामी हुने बित्तिकै तपाईलाई खोज्छौं । तपाईको शिर नढलोस् । हामीलाई छेदबेद, बोक्सीदाइनी, भूतप्रेतबाट जोगाउनु हुन्छ । ल यसैले तपाईको शिर उभ्याउनु है’ भन्दै ढोगभेट गरे । यसरी सुप्सङ्मी राहाङ्मीले आफ्नो गुरुपूजा गर्दै गर्दा रक्सी राखीदिएर शिर उभ्याउनी गर्नुलाई नै सुप्सङ्मी राहाङ्मी भेट भन्छन् ।
अब त झमक्कै साँझ परिसकेको थियो । केन्छारिवाहरूले धामी बस्ने थान बनाउन थाले । सकयक्वा खुर्केका थिए । तिनीहरू मध्ये तीनवटा चाँहि ठड्याएर गाडे । बीचमा अग्लो अनि छेउ छेउमा होंचो होचो । एउटा दुई पट्टि खुर्काएकोलाई तेर्सो हाले । अनि सबै सकयक्वाहरूलाई धागोले एक आपसमा बाँधे । सुप्सङमीले हातमा लिएर नाँच्ने सानासाना सेउलाका मुठाहरू बनाए । सेउलाहरूमा सुप्सङ, राहाङ, जाखी, सकयक्वा, तुम्पली मिसाइएका थिए् । थानको पछाडि खुनथुन्से, फेदमा दाहिने बाँया दुईवटा टपरीहरू । दुइवटै टपरीहरूमा एउटा एउटा बत्तीहरू सल्काए । धुपौरोमा आगो राखे । दुनामा सालको धुप पनि तयार पारे । बाराङसङ, ग¥वाल्होटा, मकलिवा समेत राखे त्यही । बल्दै गरेका बत्तीहरूको मूनि चामलमा अलि अलि देखिने गरि गरुभेटी पैसा पनि राखे । गुरुभेटी दाहिने पट्टिको धामीको र देब्रे पट्टिको केन्छारिवाहरूको हुन्छ । धामी बस्नेकाम सकिए पछि त्यो उनीहरूले लान्छन् ।
यस्तै यस्तै अरु सब चिजहरू उनीहरूले तयार पारे । सबै सामान तयार भइसके पछि रितुहाङ पगरी सेतै गुथेर थानको अगाडि बसे । उसले धुप ज्वलनको सँगसँगै आफ्नो वालेमा सोहोनको गुरुपूजा शुरु गरे ।
दाहिने र बाँया पट्टि बसेर केन्छारिवाहरूले ढोल बजाउन शुरु गरे । दुइटा कासका थालहरू अर्कौ दुइजना केटाहरूले बजाउन थाले । रितुहाङले ‘सोइ ऽ’ भनी शुरु गरे । अब देबीदेउताहरूको नाम फलाक्न थाले । उसका लामाहरू पुकार्ने बित्तिकै ऊ थरथरी काँप्न लागे । तैपनि अहिले सम्म उनी बसी राखेकै छन् । उसको हातको स्याउला पनि लगलगी काँपीरहेको छ । झन उसले देबी देउता अनि लामाहरूको नाम पुकार्छ, झन उसको कम्पन बढ्छ । एकछिनमा उभिएर नाँच्न थाले । उभिएर सिली टिपी टिपी धामी नाँच्दा जत्ति जत्ति सिली टिप्छन् । उत्ती उत्ति नै ढोल र थाल जोसका साथ बजाउछन् केन्छारिवाहरूले । गाउँका सबै बुढापाका, युवायुवती, केटाकेटी सबैजना धामी नाँचेको हेर्न आएका छन् ।
खाबालाई आज जाँड बनाउने बाँड्ने खेतालो बोलाएका रहेछन् । उनीहरू घरभित्रै धुनीफुनी धन्दा गरिरहेका छन् । घरिघरि बाहिर निस्केर धामी नाँचेको हेर्छन् । आउनेजानेहरू रक्सी खानेलाई रक्सी र जाँड खानेलाई जाँड दिन्छन् उनीहरूले । आगनमा बेच्छुतिर फर्काएर बनाइएको पारुको वरिपरि दर्शकहरूको ठूलो भिड छ । टेक्ने ठाउँ समेत छैन वरिपरि । घरभित्र, सिकुवा, आगन सबैतिर भरिएका छन् धामी हेर्ने दर्शकहरूले ।
धेरै धेरै मन्त्र फलाके, नाँचे, सिली टिपे अनि पारुमा पनि चढे सुप्सङमी राहाङमीले । उनीहरू भन्छन्— पारुमा पस्नु भनेको उनीहरूको देउताहरू सँग भेटघाट गर्नु हो । त्यसैले पारुमा पसेको बेला सबै गाउँबासी मानिसहरूको दुखबिमार र दशाग्रह देख्छन् । को बिरामी छ ?, को बिरामी हुन आट्यो ?, को मर्नेवाला छ सबै देख्छन् । पारुबाट झरे पछि उनी बक्छन् । पारुमा पसेको बेला देखेको सबैकुराहरू बक्नेक्रममा भन्छन् ।
शिर उभ्याउनी रक्सी पिए पछि उसको बक्ने लामा गयो । उसको कम्पनमा आएको ह्रास सँगै ढोल अनि थालहरूको आवाज पनि क्रमैसँग ह्रास भयो । ढोल, थाल बजाउनेहरूलाई रोकिने संकेत दिए पछि उनीहरूले बजाउन बन्द गरे । एकछिन सबै जना बिसाए ।
केहीछिन मै फेरि निरन्तरता दिए उनीहरूको धामी बसाई । सुप्सङमी राहाङमीले पारुमा पसेको बेला देखेको मान्छेहरूको दुखबिमार र दशाग्रह अनुसार उकार गर्दै लगे । ज–जसको सातो थिएन, उनीहरूको सातो समाती दिए उनले । कसैको खड्गो काटे भने कसैको दशाग्रह पन्छाइदिए । खुनदोष, वचनदोष लगायतका दोषहरू नदी सागरमा बगाई दिए ।
बिहानी हुने समयमा उनको वालेमा सोहोन गुरुपूजा सिद्ध गरे । नावाङ्गी सोहोन यसरी नै सकियो । अब फागु सोहोन पछि फागुनतिर गर्छन् । सुप्सङमी राहाङमीहरू एकवर्षमा दुई पटक उनीहरूको गुरुपूजा गर्छन् ।
बिहानीले धर्तीमा पाऊ राख्न लागेको थियो । आकाशका ताराहरू विलिन हुने क्रम जारी थियो । सानासाना देखिने ताराहरू हराइसकेका थिए । अलिक ठूला आकारका देखिने ताराहरू भने अझै सम्म देखिइनै रहेका थिए । निंद्राले केन्छारिवाहरूको आँखा पोलीरहेको थियो । सुप्सङमी राहाङमी नाचेको हेर्न आएकाहरू अघि देखि नै एकजना एकजना गर्दै गइरहेका थिए । अहिले सम्ममा प्रायः सबै गइसकेका थिए । कोही कोही चाँहि माचमा राखेको नलपरालमा निदाएका रहेछन् । उनीहरूले चाँहि त्यसमै रात बिताए । थालढोल बजाउने केन्छारिवाहरू पारुको नजिकमा सामानहरू उठाएर त्यो पारु भत्काइदिए । अनि त्यहाँ ओछ्याइएको गुन्द्रीमै उनीहरू पनि ढल्किए ।
बिहान घाम उदाएर माथि पुगेको वेला उनीहरू व्युझिए र आ–आफ्नो घरतिर लागे ।
* * *
बारीको डिल डिलमा सयपत्री ढकमक फुलेको थियो । कार्तिकको महिना, सबैजना रमाइरहेका थिए । सबैको मनमनमा खुसी र उमंग छाएको थियो । यस रमाइलो घडीमा खुसी मनाउदै मानिसहरू छरछिमेकमा वल्लो घर पल्लो घर डुलीरहेका थिए । भैलो देउसी खेल्दैमा केटाकेटी, बुढाबुढी, युवायुवती सबैको मनमा खुसी छाएको थियो ।
आसिकदल पनि उसका साथीहरूसँग देउसी भैलो खेलीरहेका थिए । वल्लोघर, पल्लोघर, तल्लोघर अनि माथिल्लोघर उफ्री हिड्दे थिए । यता खाबा पनि उनका साथीहरूसँग भैलो खेलीरहेकी थिई । भाइटीकाको एक दिन अगाडि देखि नै खाबाको टीमले चाँहि भैलोदेउसीमा हिड्न छोडे ।
उनीहरू पूmलमाला उन्नतिर लागे । आगनको डिल डिल कति राम्रो ढकमक फुलेको पूmल उनीहरूले टिपे । खाबा अनि उनका साथीहरू आ–आफ्नै घरमा फूलको माला उन्न थाले । सबैका चेलीहरू कति मन पगाल्ने गरि राम्रो धागोमा सायपात्री पूmलको माला उने ।
भाइटिकाको दिन बिहान उठे पछि पधेरो तिर नुहाउन गइ खाबा । नुहाएर आइ उनी । त्यसपछि भाइटिकामा चाहिने सम्पूर्ण सामग्रीहरू बटुल्न तिर लागी ।
एक वर्षमा आउने चाड तिहारमा सके सम्म विदेश गएका आफन्तहरू पनि घर आउने गर्छन् । किरातहरूको लागि यो भाइटिका नै सबभन्दा ठूलो चाड हो । यस पटक देशको अस्तव्यस्तताले धेरै जसो विदेशीएका आफन्तहरू स्वदेश आउन सकेका थिएनन् । बाँकी गाउँघरमा बसेका सबैजनालाई खाबाले पनि भाइटिकाको दिन पूmलटिका लगाउनको निम्तो बाडेकी थिई ।
घाम अलिक माथि पुगेपछि उसका निम्तालु माइतीहरू एकदुई गर्दै आउन थाले । उनले टीका अनि सायपत्रीको पूmल लगाइदिई सबलाई । यस्तै यस्तै रमाइलोका साथ त्यो दिन पनि बित्यो ।
तल्लो टोलको एउटा घरमा आज एकजनाको पास्नी छ । टोलछिमेकका धेरै जस्तो आफन्तहरू त्यही पास्नी खान भेला भएका छन् । छोरामान्छेको पास्नी छ महिनामा र छोरीमान्छेको पास्नी पाँच महिनामा गरिदिन्छन् ।
त्यो बच्चा पनि आजभन्दा छ महिना अगाडि जन्मेको थियो ।
बच्चा जन्मेको दिन उसलाई मनतातो पानीले नुहाइदिन्छन् । त्यसपछि उनीहरू दुवै आमाबच्चालाई घरको कुनामा सुरक्षित साथ राख्छन् । त्यसरी कुनामा राखे पछि छोरा हो भने भालेले र छोरी हो भने पोथीले पुज्छन् । त्यो भाले या पोथीको मासु सुत्केरी, सुडेनी र छोरी मान्छेले मात्रै खान्छन् । त्यसको पाँच दिनमा आमाछोरीलाई कुनाबाट निकाल्छन् । त्यसलाई कुमबाट निकाल्नु भनिन्छ ।
कुमबाट आमाबच्चालाई निकाल्ने क्रममा छोरा हो भने हलो, जुवा अनि कापीमा लेखेको कखले पुज्छन् र छोरी हो भने तान, त्यसका रसीहरू अनि कापीमा लेखेको कखले पुज्छन् । त्यस दिन देखि सुत्केरीले घरभित्र बाहिर गर्न थाल्छ । तर सुत्केरी भएको बाइस दिन सम्म उसले आगो र पानी छुनु हुन्न भन्ने मान्यता राख्दछन् । त्यसरी बाइस दिन काटे पछि मात्रै सुत्केरीले पहिले जस्तो सब काम गर्न मिल्छ ।
त्यो बच्चा छोरो हो भने छ महिना र छोरी हो भने पाँच महिनामा पास्नी गरिदिन्छन् ।
त्यस दिन बच्चाको पास्नी थियो । उसलाई दौरा पहि¥याए । खाना पनि ख्वाए । कुममा बसेको बेला उसको आमाले बच्चालाई खाना खुवाएको हो भने पास्नीको दिन जसले पनि खुवाउन सक्छन् । होइन भने दौरा पहिराईदिने साइत जसको नाउँमा जुरेको हुन्छ, उसैले खानाको पहिलो गाँस पनि ख्वाइदिन्छ । उसैगरि पहिलो कोक्रो बुन्ने बेलामा पनि साइत जुराएर शुभ दिनमा बुनीदिने गर्छन् ।
त्यो बच्चा छ वर्ष पुगे पछि उसको छेवर गरिदिन्छन् । छोरा हो भने दौरा सुरुवाल र छोरी हो भने गुन्युचोलो दिन्छन् त्यो दिन ।
पास्नी खाइ सके पछि त्यहाँ जम्मा भएका सबैजनाले गाउँ चाहार्न थाले । वल्लोघर पल्लोघर सायपात्रीको माला लगाउदै लगाउदै । यसरी माला लगाउदै लगाउदै डुल्ने क्रममा उनीहरू खाबाकहा पनि पुगे । पल्लो टोलका केटाकेटीहरूलाई माला लगाइदिएर सेलरोटी अनि रक्सी दिई राखेकी थिई । उनीहरू खाइरहेका थिए, मल्खे चाँहि आगनबाटै कराउदै आउदै थिए— ‘लहै खाबा, हामी त आइपुग्यौं नि । तिमीसँग माला छ कि छैन कुन्नी ?’
‘माला त धेरै धेरै नै छ नि दाजु । दाजुहरूको लागि भनेर राम्रो राम्रो पूmलको माला उनेको छु त ’ खाबाले भनी ।
एकैछिनमा केटाकेटी खाइसकेर बाहिर निस्के । ढोकानेर पुगेको वेला नै भन्दै थिए— ‘दिदी, पूmलको माला पनि कति राम्रो राम्रो लगाइदिनुभयो । हामी त गयौं है ।’
घरभित्र बाटै खाबा बोली— ‘ल ल भाइहरू जाउ । अन्त पनि त पूmलमाला लाउन बाँकी नै छ होला ।’
‘हो नि दिदी’ भन्दा उनीहरू पर पुगीसकेका थिए ।
मल्खे र उसका काकाबडाहरूलाई भित्र बोलाइ खाबाले । उनीहरू पूmलमाला लाउन ओछ्याइएको गुन्द्रीमा बसे । खाबा, पूmलले उनीहरूलाई पर्छाएर ल्होटामा सजाएर राखेको डाठ सहितको पूmलको थुङ्गाले पानी छर्किदै छर्किदै घुमी । उनीहरूको वरिपरि । त्यसपछि उनीहरूको निधारमा टिका र गलामा माला पहिराइदिई । ढोगभेट पनि चल्यो । ढोगभेट पछि सेलरोटी, रक्सी, भुटेको मासु इत्यादि सबैलाई खान दिई ।
उनीहरूले पनि गफ गर्दै गर्दै खान थाले ।
* * *
बिहानको घाम उदाउनु भन्दा पहिले नै असरथेको आमा व्युझेर घर लिपिन् । यताउता सबै चिजहरू सफा गरिन् । असरथे पनि खुसीले यता र उता उफ्री हिड्छ । उसकै छेवर गर्ने दिन भएकोले ऊ खुसी भएको रहेछ ।
शनिवार थियो । असरथेको बाबु शनिवारे बजार गएर सुँगुरको मासु ल्याए । घरको ठूलो भाले पनि काटे । त्यतिखेर सम्ममा घरमा तल्लोघर माथिल्लो घर, वल्लोघर पल्लोघर सबैतिरबाट दरदाजुभाइ, नरनाताहरू आइसकेका थिए । असरथेको मावलीका बाजेबज्यु समेत आइपुगे । सम्धी सम्धीनीहरू एकआपसमा ढोगभेट गरे । असरथेले पनि आफ्ना मावली बाजेबजुहरूलाई ढोग्यो ।
घाम छिपीइरहेको थियो ।
भात तरकारी पाक्यो । तरकारी परिकार परिकारको मीठो मीठो बनाइएको थियो । ङापोङ रितुहाङलाई बोलाएका थिए । ऊ पनि आइपुगे । उनले कन्य औतारीको चित्त दुख्नु होइन भनी एउटा चल्ला लाई पानी पार्दै फलाके— ‘यहाँ हामी सबै तिमै्र छोरा नाति हौं, शान्ति सुरक्षा दिन्छौं है । तिम्रो चित्त दुख्नु होइन है बजु । यो तिम्रो छेउर भाग हो है बजु’ भनी फलाकी सकेपछि त्यो चल्लालाई छोडीदिए ।
त्यसपछि असरथेको कपाल काट्न बेला भयो ।
मल्खेको नाउँमा कपाल काट्ने साइत जुरेकोछ । उसले असरथेको कपाल काट्न थाल्यो ।
जसको नाममा कपाल काट्ने साइत जुर्छ उसैले छेवरको कपाल काटुनुपर्छ भन्ने भनाई र रीति छ । कपाल काट्न नजान्ने मान्छेको नाममा सो साइत जु¥यो भने उसले हात लाए पछि अरु कपाल खौरन जान्नेले खौरि दिने गरेका छन् ।
आसिकदल पनि त्यही नजीकै बसेको थियो । मल्खेले असरथेको कपाल खौरीदिदै गरेको उत्सुक्ताका साथ हेरिरहेको थियो । कसरी कपाल खौरिनु पर्ने भन्ने हेरेर सिक्दै गरेको थियो उसले । त्यहाँ उपस्थित भएका सबै पाहुना पाछाहरू खाट सिकुवा सबै तिर बसेर गफ गरिरहेका थिए ।
बुढापाकाहरूको एकथुप्रो, बुढीपाकीहरूको अर्को थुप्रो, अनि युवायुवतीहरू एक एक थुप्रो भएर गफ छाटीरहेका थिए । केटाकेटीहरूको समूह फेरि बेग्लै थियो ।
त्यो बच्चाको कपाल काट्ने कार्य सकियो । नयाँ दौरा सुरुवाल पनि पहि¥याइदिए । बच्चा धेरै धेरै खुसी भयो । नयाँ कपडा पहि¥याइ दिए पछि गुन्द्रीमाथि बसाएर टीका पनि लगाइदिन शुरु गरे । सबभन्दा पहिला उसको बाबाआमाले टीका लगाइदिए, अनि उसको बाजेबजुले, मावली बाजेबजुले, दाजुभाइहरूले, नातानाला आनि सबै निम्तालुहरूले । यसरी छेउरको सबै रीत सकिए पछि निम्तालुहरू सबैलाई बसाएर खाना खुवाउने व्यवस्था मिलाए । घरभित्र, सिक्वा, आगन सब मान्छेले भरियो । खाबा उसका साथीहरूसँग भात बाड्न थाली ।
कोही तरकारी, कोही तरकारीको रस, कोही अचार, खाना बाड्ने सबै मिलेर सबैतिर सबचिज पु¥याए । सबैले खान शुरु गरे । त्यसरी खाना बाड्दा बेहेरी टुटाउन दिएका थिएनन् ।
सबैजना खानासाना खाईसके पछि खाना बाड्नेहरूले खान थाले । अघि खाएकाहरूले बाड्न थाले । घाम माथि डाडामा तेर्सिइसकेको थियो । सबै दरदाजुभाइ, नलनाता, गाउघरका छरछिमेकीहरू आ–आफ्नो घर जान थाले । त्यसदिनको कार्य यसरी नै सिद्ध भयो । रमाइलो खुसीयालीका साथ नै त्यो बच्चाको मानव रीत पुरा गराए ।
* * *
मंसिर पूर्णिमाको आगमन भइसकेको थियो । अन्न बटुल्ने काम गाउँ गाउँमा चलीरहेको थियो । कोदो, धानहरू पाकेर धर्ती मगमगाउदै थियो । पृथ्वी यस वखत उज्यालो अनुहार देखाएर हाँसीरहेकी थिइन् । धानका बालाहरू आलीभरि लर्कीएका थिए । कोदाका कपनीहरू बारीका गह्रा गह्रा झुलीरहेका थिए । त्यसवखत छिन्वाहरू कोदोबारी र बोटबिरुवामा चरीरहेका थिए । जाडो महिनामा यी चराहरू पहाड झर्ने गर्छन् । गर्मीको बेला हिमालको छेउतिर जान्छन् । हलेसो, मुक्मा, तित्राहरू लगायतका धेरै धेरै खालका चराहरू वनमा मात्र होइन, घर छेउछाउ पनि गाइरहेका थिए ।
त्यसै अवसरमा पूर्णिमाको दिन बिहान आसिकदल एउटा पोथी र सानो चल्ला बोकेर घरबाट बाहिर निस्क्यो । जुन बेला राम्ररी उज्यालो पनि भएको थिएन । जाँदा जाँदै बाटोमा एउटा कुवा भेटायो उसले । त्यही मुख पनि धोयो । हातखुट्टा धोयो र फेरि अगाडि बढ्यो । एकैछिनमा ऊ होङमाथानमा पुग्यो । त्यहाँ पुग्दा रितुहाङले सबै सबैको कुखुराहरूले होङमाको पूजा गरिदिदै थिए ।
केहीक्षण पछि आसिकदलको पनि पालो आयो ।
उसले हातमा पोथी र चल्लालाई समात्यो । रितुहाङले तिनीहरूलाई देबीको नाममा फलाके र काटी मारेर रगत देबलिाई चढाए । कुखुराको टाउको पूजा गर्नैवालाको हुन्छ । विना टाउकाका पोथी र चल्लाहरू फेरि पेरोङ्गोमा हालेर घरतिर फक्र्यो आसिकदल ।
त्यहि दिन गोठमा पनि गोठ पूजा गर्छन् । गोठ पूजा वर्षमा दुई पटक गर्ने गर्छन् । फागुन र मंसिरको पूणिमामा यो पूजा गर्ने गर्छन् । गोठमा मंसिर पूर्णिमामा चल्ला पानी पारेर फागुनको पूर्णिमामा त्यही चल्लाहरू भाले पोथी भइसकेको वेला पूजा गर्छन् । मानिसहरूले गोठमा धेरै जसो महादोव, गैदु, गोसाइ र गैया भन्ने देवताहरूको पूजा गर्छन् । यसरी तिनीहरूको पूजा गर्दा अरु छेदबेद उनीहरूले नै टाढा टाढा हटाउने काम गर्छन् । पात्ला, खायामोङ जस्ता छेदबेदले गाईवस्तुलाई खादैनन्, भन्ने मान्यता राख्दछन् ।
यस अवसरमा आसिकदल उसको बाउसँग गोठमा गयो । पेरोङगोेमा तीनवटा चल्लाहरू बोके उनीहरूले । गोठमा पुगे पछि गोठपूजाको लागि चाहिने आवश्यक चिजहरू तयार पारे । मही पारे । खीर समेत पकाए । चल्ला पानी पार्ने क्रममा गैदु, गोसाइ, र गैयाका बेग्ला बेग्लै चल्लालाई पहिचानको लागि अलग अलग तरिकाबाट धागोको कल्ली खुट्टामा लगाइदिए । महादेवलाई चाँहि चल्ला पानी पार्ने र पूजा गर्ने गर्दैनन् ।
गोठमा महादेवको पूजा गर्दै अन्य देवताहरू गैदु, गोसाइ, गैयालाई पनि पुकारे । पूजा गर्ने क्रममा गाईवस्तु स्वस्थ बनुन्, यिनीहरूको संख्या बढोस् बाघले नखाओस् भनी फलाक्छन् । गाईवस्तुहरू दुखबिमार नपरुन्, बढ्दै जाउन् भनेर यो पूजा वर्षमा दुई पटक वालेमा सोहोन र वाबुमा सोहोन, मंसिर पूर्णिमा र फागुन पूर्णिमाको दिन गर्ने गर्छन् ।
आसिकदल र उसका बाबुआमा सबै मिलेर उनीहरूको गोठको पूजा सके। गोठमा चलाइने धुनेरी, ठेको, डाडुु, मन्धने, कुडे यी सबको भाग खिर दिने गर्छन् । पातले खन्यु, राईखन्युको या खन्युको पातको दुनो गासेर एक एक दुना तिनीहरूलाई दिन्छन् । उनीहरूले उसैगरि गोठ पूजा सम्पन्न गरे ।
अनि फेरि सबजना चल्ला, ठेको, मन्धने, धुनेरो आदि बोकेर घरतिर फर्के । त्यसवर्षको मंसिर पूर्णिमाको गोठ पूजा यसरी नै सिद्ध समापन गरे ।
उनीहरू घरमा पुगे पछि गोठको प्रसाद, पूर्णिमाको पर्साद भनेर अलिअलि मही र खिर वल्लोघर पल्लोघर सबै तिर बाडे । छरछिमेकमा आसिकदलले मंसिर पूर्णिमाको प्रसाद लगिदियो, खिर, कुखुराको मासु अनि महि पनि ।
जसरी उनीहरूले प्रसाद बाड,े उसैगरि अरुहरूबाट पनि प्रसाद आउँने गर्छ । छरछिमेकका यो चलन चली आएको छ ।
एकछिन पछि खाबा पनि खिर, कुखुराको मासु र महीको प्रसाद बोकेर डुल्दै डुल्दै आइपुगी । उनी पनि त्यसरी नै घरघर बाड्दै आएकी थिई ।
यसलाई उनीहरू, खाएर पेट अघाउने नभइ गाउँ छरछिमेकमा बसे पछि सबैजना एकआपसमा मिलेर दुख सुख साटेर बस्नु पर्छ भन्ने एउटा अद्वितीय सन्देश बोकेको चलन मान्दछन् ।
* * *
मंसिरको महिना सबै मानिसहरूलाई मन पर्छ । सबै मानिसहरू यो महिनामा रमाइलो बाडेर बस्छन् । यो महिना पानी पर्न छाडेर घामको मधुर प्रकाश धर्तीमा छर्ने मास हो । कति मीठो हुन्छ घामको किरण पनि यस महिनामा ।
पारि पाखामा चराहरू वल्लो रुख पल्लो रुख गर्छन्, गीत गाउछन् । मानिसहरू पनि असार, साउन र भदौको कामले आएको थकान यसमासमा मेटाउछन् । दरदाजुभाइ र नलनाता भेट्घाट गर्ने वखत पनि यही नै हो । वल्लोगाउँ, पल्लोगाउँ, तल्लोगाउँ र माथिल्लोगाउँमा मानिसहरू आपसमा भेट्छन् यही महिनामा । त्यत्ति मात्र होइन, यस माहिनामा मानिसहरूले नयाँ नयाँ नाता पनि गाँस्ने गर्छन् । आफ्ना जवान भएका छोराहरूको लागि केटी हेर्छन् । अनि दुई पक्षको कुरा मिल्यो भने बिहे पनि गराइ दिन्छन् ।
यस गाउँमा बिहेहरू यसपाली थुप्रै थुप्रै छन् । त्यस मध्ये एउटा बिहे बलधोजेको पनि हो । उसको बिहे पल्लो गाउँको चामचुरीसँग हुने पक्का भएको छ ।
बिहेको तीन दिन अगाडि देखि नै बिहेको लागि धेरै धेरै मानिसहरू खट्न थाले । कोही के कोही के । सबैले आफ्नो–आफ्नो रुचीको काममा जिम्मेवारी लिएका थिए । पूजा पनि भुजा पनि हुने भने जस्तै बिहेको बेला होङमादेबीको पूजा गर्ने गर्छन् ।
त्यसै गरि उनीहरूले पनि बिहेको एक दिन पहिले रागाले होङ्मा देबीको पुजा गरे । त्यसको मासु काटकुट गरे । केहीबेर पछि बलधोजेलाई बेउलाको पहिरनमा पहि¥याए । आज जन्ती जाने दिन हो । बिहेले गर्दा सबैमा व्यस्तता पनि बढेको थियो ।
एकछिन पछि ढाङढाङ ढुङढुङ बजन थाले बाजागाजाहरूले । केटाकेटी, बुढाबुढी सबै सबै चौरङ्गे भेला भए । तर जन्ती जाने चाँहि कमै छन् ।
जन्ती अन्म्हीन लागे । सबभन्दा अगाडि कलियाहरू बाटो लागे । उनीहरूले शिरमा सेतो कपडाको पगरी गुथेका छन् । झोलामा बुलु बटुको र चिण्डोमा रक्सी बोकेर अघि लागे । उनीहरूको ठीक पछाडि बाजागाजा बजाउनेहरू लागे । त्यसको पछाडि बेउला अनि जन्तीहरू लहरै बाटो लागे । जन्तीको ताती रङ्गीबिरङ्गी भएर बाटो लाग्यो ।
आसिकदल अनि उसका साथीहरू चाँहि मासु छिले, काटे अनि अलिअलि भुटेर जाडसँग खाए पनि । भोली पकाउनको लागि केही मासु छुट्याए । आज बेलुकाको लागि भने टुक्रा पारेर पकाए । पाहुनाहरू आइसकेका थिए । उनीहरूलाई त्यै मासुसँग खाना खुवाए ।
बेलुका धेरै बेर सम्म आसिकदल उसका साथीहरूसँग खात्राकखुत्रुक काम गरिरह्यो ।
खाबा चाँहि उसका साथीहरूसँग रातभरि गफ गर्दै अचार कुटे । राती धेरै बेर सम्म मानिसहरू सुतेनन् । रमाइलो कुराकानी गरि बसे । रातभरि समुह समूहमा मानिसहरू गफ गरिरहे ।
उनीहरूको काम सकिए पछि खाबा र आसिकदल पनि एक कुनामा गफ गर्न बसे । उनीहरूको गफ साह्रै मिल्छ । आज उनीहरू चित्त बुझुञ्जेल गफ गर्ने भए । धेरै खुसी छन् आज । साँच्चीकै, उनीहरू एक–आपसमा माया गर्छन् । तर मुखले भन्न सक्दैनन् ‘म तिमीलाई माया गर्छु’ भनेर । उनीहरू अलग अलग पाछाका भएकाले बिहेवारी चल्छ उनीहरूमा ।
उनीहरू एकआपसको यादले तड्पिन्छन् । उनीहरू दुवैजना उसैगरि अव्यक्त मायामा फसेका छन् । अव्यक्त मायाको चोटले पिरोलिइ रहेका उनीहरूको घर पनि टाढा टाढा भने होइन ।
त्यसदिन त्यो वखतको गफ गर्ने क्रममा उनीहरू एकपटक एकटकले हेराहेर गरे । चुपचाप हेराहेर गर्दागर्दै खाबाको आँखाहरू आँसुले रसाए । उनी केही बोल्न सकिन । यो देखेर आसिकदल छक्क प¥यो ।
‘के भयो खाबा ?’ सोध्यो । नबोली एकैचोटी खाबा आसिकदलको छातीमा घोप्टीएर रुन लागी । आसिकदललाई लाज लागेर उसलाई उठायो । यताउता हे¥यो उसले । अलिक अध्याँरो थियो । लाजलाई पचाएर आसिकदलले उनको गालामा दुवैपट्टी म्वाई खायो । दुवैको मन बहकियोे ।
खाबाले उसलाई अँगालो मात्र हालेकी के थिई, उता भतेरको नजीकबाट उसका साथीहरूले बोलाए । उनी जुरुक्क उठी । आसिकदललाई फर्की हेर्दै हेर्दै गई । आसिकदलको मन कटक्क खाएर आयो । उसले सोच्यो— ‘किन उनलाई यति धेरै माया गर्छु कुन्नि ? उनी मेरो सामुन्ने नहुदो हो त म त सायद मर्छु नै क्यार । उनले मलाई पनि धेरै माया गर्दी रैछ । तर उनको मनको कुरा न उनीले भन्छे, न त मेरो मनको कुरा मै भन्न सक्छु । आपूm आपूm मनमनै माया साटेर राख्यो ....................... बीचैमा ..................... छक्कै पर्नु ।’
जन्तीहरू बेउलीको घरमा पुगे । रीत संस्कृति अनुसारको कार्य अगाडि बढाए । बेहुलीको घरमा बेहुलाको घरबाट कलियाहरूले बोकेको बुलु बटुको र एक चिण्डो रक्सी बुझाए । बेहुली पट्टिको ङापोङले त्यो बटुकाको साथमा चुला पुजे । चुलामा पितृमातृहरूको नाममा फलाक्दै थिए— ‘लहै पितृमातृहरूहो, आज देखि तिमीहरूको छोरीनातिनी अर्कै पाछाको चुलोमा गई है । यसमा तिमीहरूले चित्त दुखाउनु, रिसाउनु होइन है ।’
त्यसपछि ‘ल के नै पो पाउछौ भनेर धाइरहनु भएको थियो । यी लहै बाक्चाक्वा पो पाउनु भएछ है ............................. ।’ भन्दै भन्दै बेहुली पट्टिको कलियाहरूले बेहुला पट्टिको कलियाहरूलाई बुलु पुजेको चल्ला दिए । त्यसलाई उनीहरूले केहि पर लगेर पोली खाए ।
त्यसरी नै सबै रीति संस्कृति पुरा भए पछि लगभग बिहानको नौ बजेतिर जन्तीहरू बेउली लिएर अन्म्हिए ।
बाटैभरि मीठो मीठो गीतहरूको आवाज गुञ्जीरहेको छ । बाजा बजाउनेहरू पनि कोही बाजा बजाउदैछन्, कोही गीत गाउदैछन् भने कोही नाँच्दैछन् । बेहुलीलाई बुहुलाले अगाडि लाएको छ । यसैगरि उनीहरूले बाटो काटीइरहेको थियो ।
जन्ती बेउलाको घरमा पुग्न धेरै बेर लागेन ।
जन्तहिरू बेहुलाको घर पुगेको केहीबेरमा बेहुला र बेहुलीलाई घरभित्र लगे । बेहुलाको घरमा बेहुली भित्राउने क्रममा बेहुलीको सासु भए सासु, होइन भने साइनोमा सासु पर्नेले ढोकामा भित्र पट्टि उभिएर बुहारीलाई तानेर भित्राउने गर्छन् । र भित्र पस्दै गरेको बेला बुहारीले ढोकालाई तल र माथि तीन तीन पटक खुर्पीले ठुंग्छन् ।
सासुले बुहारीलाई बेहुली भित्राउने बेलामा तानेर भित्राइ । ङापोङले सोलोनवाको चोखो जाड पानीले चुलो छर्काउदै फलाके । पितृमातृहरू सबैलाई सम्झाइ गरे उनले । चुलो छर्काइसके पछि उनीहरूलाई बाहिर निकाले ।
एकछिन पछि बुढापाकाहरू कराउदै भन्दै थिए— ‘खाना खाने बेला भयो, खाना खान सबै जना लहरै बसौं है दाजुभाइ, नरनाता, छरछिमेकी ............................ ।’
बोलाइएका निम्तालुहरू सबैजना बारीको गह्रामै लहरै बसे । लहरको बीचमा गुन्द्रीमाथी बेहुलाबेहुलीहरूलाई राखे । बेहुलाबुहुली अनि उनीहरूका साथेहरूलाई चाँहि थालबाट अनि बाँकी सबैजनालाई टपरीमा भात र दुनामा तरकारी बाड्न थाले । कसैले मासुको चोक्टा, कसैले रस, कसैले तरकारी, र कसैले दाल बाडीरहेका छन् । खाबा चाँहि सबैको भातको माथि अचार लगाइदिदै गई । सोध्दै सोध्दै बाडी । खुर्सानी नखाने केटाकेटीलाई चाँहि अचार दिइनन् । एकसरो सबैतिर खाना, तरकारी, रस अनि दाल पुगे पछि ‘हात छोड्ने बेला भयो है साथीहरू हो, ल हात छोड्नुहोस्’ भनी त्यो खाना खान बसेको लहरको पल्लोछेउ वल्लोछेउ डुल्दै बुढापाका कराए ।
त्यसपछि सबभन्दा पहिला बेहुला बेहुलीले हात छोडे । शुरुमा उनीहरूले मुखमा गाँस लगाए पछि सबैले खान थाले । खाना, मासु, तरकारी, दाल ओख्याइपोख्याइ गरुञ्जेल खाए ।
खाना खाइसके पछि सबैजना आ–आफ्ना घर तिर बाटो लागे । सम्पूर्ण गाउबासी, नरनाता र छरछिमेकीले रमाइलोका साथ बलधोजे र चामचुरीको बिहे खाए ।
त्यस गाउँमा एकजना कसैको चेली बुहारी बनेर आई । बाबुआमाले जन्माए, हुर्काए र त्यति ठूलो बनाए र आज तिनै बाबाआमालाई छोडेर अरुको घरलाई आफ्नो बनाउन आउनु परेको छ । प्रकृतिको निष्ठूरी नियमलाई उनले पनि उल्लंघन गर्न सकिन ।
आज भोलि भन्दै विस्तारै विस्तारै त्यो घरलाई आफ्नो सम्झन थाली चामचुरीले । शुरु शुरुमा त अर्काको घरलाई आफ्नो सम्झी काम व्यवहार गर्न त साह्रै गाह्रो प¥यो उनलाई ।
पुमा राईहरूको संस्कृतिमा धेरै राम्रा राम्रा पक्षहरू पनि छन् । मन खाने, मन जित्ने रीति रिवाजहरू हुन्छन् । पितृमातृहरू हुन्छन् । परमधाम गई सकेका पूर्खाहरूलाई पितृमातृको नामले चिन्छन् उनीहरू । कालगतिले मरेको छोरामान्छे र महिनावारी सुकेर कालगतिले मरेको छोरी मान्छे पितृमातृमा जान्छन् । तर झुण्डिएर मरेको, ठोकिएर मर्ने, लडेर मर्ने, डुबेर मरेको र महिनावारी नरोकिइ मेरेकी छोरी मान्छे पितृमातृमा जादैनन् ।
ठोकिएर, लडेर मरेको, डुबेर मरेको, झुण्डिएर मरेको छोरा मान्छे हो भने हिमा र छोरी मान्छे हो भने मामोङ हुन्छ भन्ने भनाइ छ किरात राई संस्कृतिमा । हिमा मामोङ हुनेहरूको क्रिया सकिए पछि सधैलाई सकिन्छ । तर पितृमातृमा गएकाहरूलाई चाँहि एकवर्षमा कम्तिमा दुई पटक खाना पानी दिने गर्छन् । खली चाँहि बिहे गरेको साल र चुला सारेको बेला गर्छन्, नभए पनि तीन चार वर्षमा एक पटक त अवश्य गर्छन् नै ।
गत मंसिरमा बलधोजे र चामचुरीको बिहे भएको थियो । आज उनीहरूको घरमा खली पुज्ने कार्यक्रम छ । बिहान राम्रोसँग उज्यालो नभएकै बेला चामचुरी व्युझी । गोठमा गएर गोबर टिपेर ल्याई । घर लिप्ने माटो पनि खनेर ल्याई । पानी भरेर ल्याई र लिपपोत गरी । अनि अरु सबै चिजहरू सफासुग्घर गरी । बलधोजेले कुखुराहरू र गाईवस्तुहरूलाई थुनछेक गरे । यस दिन घरका खली गर्ने कार्यक्रम नसकुञ्जेल कुखुरा, सुँगुरलाई चारो दिदैनन् । अघिल्लो दिन चोखो जाड पकाउछन् । त्यो खलीपुजा गर्दा सोलोनवा अनि लापलावामा समेत मिसाएर चलाउछन्, अनि वाचीपामा पनि त्यै प्रयोग गर्छन् । वाचीपा मूलढोकाको छेउको कुनामा तीनवटा किला गाडेर त्यसमाथि राखिएको घैलालाई भन्ने गर्छन्, जसमा चोखो जाड पानी भरिएको हुन्छ । त्यस घैटाको पिधमा जाडपानी झर्न मिल्ने गरि सानो प्वाल पारेका हुन्छन् ।
केन्छारिवा आइपुगे पछि त्यसमा चाहिने पूmल लगायतका सामग्रीहरू तयार पार्दैछ । त्यसैवेला ङापोङ पनि आइपुगे । सिकुवाको खाटमा गुन्द्री ओछ्याएका थिए । ङापोङ त्यसमै बसे ।
घर बडारकुडार, साफसुग्घर भइ सके पछि केन्छारिवाले सबै सामानहरू मिलाएर पुजा गर्ने ठाउँमा राख्न थाल्यो । चामचुरीको सासुले सोलोनवाहरू टारबाट झारिन् । चारवटा सोलोनवाहरूमा चोखो जाडपानी भरिन् ।
ढोकाको सिधामा किला गाडेर त्यसमा माउ सुँगुर बाधे । दाम्लोले त्यसको खुट्टामा नखुस्किने गरि कसे । सुँगुर बाँधेको किलाको टुप्पोमा केराको दाम्चा बाँधेर त्यो दाम्चालाई ढोकाको माथितिरबाट वाचीपा सम्म पुग्नेगरि ताने । वाचीपाको मूनि एउटा सानो भाडा राखे । पुमा राईको अरु पाछालाई छोडेर पालुनले चाँहि खलीपूजा गर्ने पहिलो दिन बेलुका पितृमातृ जाड चोरेर खाने रीत छ । चोरेर ङापोङ अनि घरका सबै जना मिलेर कि त जाडको छोक्रै खाने या त त्यसको जाड छानेर पिउने गर्छन् । अनि मात्रै त्यो मातृपितृजाड अर्को दिन पितृमातृ रीतमा प्रयोग गर्छन् ।
केन्छारिवाले सबै सामान तयार पारे पछि ङापोङले खली पुज्न थाले पितृहरूको नाममा । खली पुज्नको लागि मुुसुरी कटुस लगायतका पूmलहरू प्रयोग गर्ने गर्छन् ।
चाल्नेमा दाहिने र देब्रे पट्टी गरि दुईवटा घडाहरू छन् । तिनीहरूको मुख केराको पातले छोपेर केराकै डाठले बाँधेका छन् । अनि ढकनीको बीचमा केराको पातको नली घुसाइदिएका छन् । त्यसैगरि ङापोङको दाहिने र देब्रे पट्टि दुई दुई वटा गरि चारवटा चोखो जाडपानी भरिएको सोलोनवाहरू राखे । यिनीहरूको बीचमा आठपात केराको पात पनि मिलाएर राखे । ती मध्ये चारवटा पातको माथि एक माना चामल राखेर बाँकी चार वटा पातले माथि बाट छोपे ।
यसरी पितृमातृ रीति रिवाज गर्दा जहिले पनि ङापोङको दाहिनेपट्टिे पितृहरूको र देब्रे पट्टि मातृहरूको चिजहरू राख्ने गर्छन् ।
पहिले रितुहाङले पितृहरूको नाम फलाके । पालो पाली उसले तोङमालुन, मिथाहाङ, मेत्लङथङ, वाबिहाङ, खाहोङ पाछाका पितृहरूको नाम लिए । त्यसैगरि मातृहरूको पनि नाम पुकारे । पितृहरूको नाम पुकार्दै गर्दा दाहिने पट्टिको र मातृहरूको नाम पुकार्दा देब्रे पट्टिको सोलोनवा र चामल चलाउने गर्छन् । लापलावा चाँहि पितृमातृ सबैलाई एउटै चलाउछन् ।
पितृमातृ सबैको नाम पुकार्ने कार्य सकिए पछि माउ सुँगुरलाई उनै पितृमातृहरूको नाममा मार्न लागे ।
बञ्चरोले त्यसको कनजडीमा हाने । अनि तीरले त्यसको मुटुमा लाग्ने गरि घोपे । तीर सुँगुरको करङको माथिल्लो भागबाट छि¥यो । तीरले मुटुमा भेट्दैन भने सुँगुर मर्दैन भन्ने बुझाई छ । मुटुमा तीरले भेटे पछि, त्यसको चोटले त्यो छट्पटाउन थाल्यो । त्यो केहीबेरमै म¥यो । त्यसपछि त्यसको पनि जगर उखेले । खरको आगो लगाएर खुइल्याए । अनि त्यसलाई सङलो, चोखो पानीले राम्ररी सफा गरे । अनि जान्ने मान्छेले त्यसलाई फुटाउन अघि बढे । फुटाउदै गर्दा विशेष गरि त्यसको आन्द्राभुडीलाई हतियारबाट निकै जोगाउने गर्छन् । भन्छन्, हतियारले अलिकति मात्रै लाग्यो भने त्यसको आन्द्राभुडी फुट्ने सम्भावना हुुन्छ ।
त्यो फुटाइसके पछि सबै अङ्गहरू बेग्ला बेग्लै भाग लगाए । त्यसमध्ये पोलुवा मासुका लागि कलेजो, मुटु, लाम्टा, फोक्सा छुटाए । तिनीहरू राम्ररी पाकुञ्जेल पोले । त्यसैगरि टाउको, ह्याकुलो र पुच्छर पनि बेग्लै छुटाए । पुच्छर चाँहि मुखमा खादीदिए । त्यसरी नै त्यसलाई केराको मिलाएको पात तोत्लामा राखे । ह्याकुलो समेत त्यसमै राखे । खली पुज्ने कार्य सकिएपछि त्यहाँ राखिएको ह्याकुलो धामीले र टाउको केन्छारिवाले लान्छन् । यो खलीको रीत हो ।
पोलुवामासु पाक्यो । त्यसलाई चोक्टा पारेर केराको पातमाथि राखे । यसरी पोलुवा मासु राखेर ङापोङले फेरि पितृमातृहरूको नाम पुकार्न थाले । अघि जस्तै पितृनामबाट पुकार्न शुरु गरे । सबैलाई बोलाउदै खाना, पानी, मासु सब चिज दिइसकेपछि तोत्ला पनि काट्नेबेला भयो । केराको पातको टुप्पो (तोत्ला) काट्ने क्रममा ङापोङ आपूmलाई सयौं वर्षको आयु मागे । अनि केराको पात बाहिर पूmलबारीमा पु¥याउदै खली पुज्ने कार्य सकियो ।
त्यसपछि पोलुवा मासु काटेर केटाकेटी, बुढापाका, सबैलाई बाडे । मुटु कलेजो पहिला छोरी मान्छेलाई बाडे र बाँकी अरुलाई । लाम्टा चाँहि छोरा मान्छेहरूले मात्र खान्छन् । त्यसै वखत वाचीपाको जाड पनि पोलुवा मासु सँग पिए । ‘त्यो वाचीपाको जाड सकिए अरु जाड पनि छदैछ’ भन्दैथिए कोही । साथमा चोखो भात पनि सबैले बाँडेर खाए ।
सुँगुर मरे पछि ङापोङले खली फलाक्न नसकी नै मासु काटेर पकाउदै गर्न थाले । त्यसलाई चोखो राखेर पकाए ।
जहाँ भात तिहुन बनाउन सजिलो हुन्छ, त्यही चुलो बनाएर खाना बनाउदा हुन्छ । त्यसैले उनीहरूले आगनको एककुनामा खाना तरकारी पकाउने चुलो बनाएका थिए ।
ङापोङले खली पुजी सके पछि उपस्थित भएका दरदाजुभाइ, नरनाता र छरछिमेकीहरूसँग गफसफ हुन थाल्यो । उनीहरूको आ–आफ्ना कुराहरू एक आपसमा साटासाट गर्नथाले ।
खाना पाक्यो । बुढापाकाहरूले अब खाना खानु पर्छ भन्ने कुरा गरे । पाहुनाहरू सबै जना हात धोएर लहरै बसे । भान्छेहरू भात तिहुन बाड्न तयार भए । त्यही समूहमा खाबा अनि आसिकदल पनि सम्मिलित छन् । नरनाता, दरदाजुभाइ, छिमेकीहरू सबै जना खाना खान तयार भए ।
सबैको अगाडि पातको टपरीमा खाना आयो । अर्कोजनाले तरकारी बाड्दै ल्याए । त्यसैगरि तरकारीको रस, अर्कोले अचार, अर्कोले सागको तिहुन, अर्कोले दाल यसरी नै बाड्दै बाड्दै ल्याए । बिहेमा जस्तो खलीमा ‘हात छोडौं’ भन्दैनन् । आफ्नो अगाडि ज–जसको जे जे आउदै गर्छ त्यसैगरि उ–उसले खान थाल्ने हो ।
सबै जनाले खान थाले । अनि कोही खाना, कोही तरकारीको रस बाडीरहेका छन् । खाबा पनि खाना बाडीरहेकी छे । आसिकदल चाँहि मासुको रस बाड्दै बाड्दै वल्लोछेउ र पल्लोछेउ गर्दैछ ।
यसरी बाड्नेहरू बाड्दैछन्, खानेहरू खाइरहेका छन् । पहिला खानेहरू खाइसके पछि अघि बाड्न बसेका भान्छेहरू खान बसे । अघि खाइसकेकाहरू भान्छे गर्न थाले ।
केहीबेरमै सबैजना खाइसके । भान्छा उठ्यो । त्यसपछि केटाकेटी सबैजना आ–आफ्ना घर गए । एकजना एकजना गर्दै अरुहरू पनि गए । दश बाह्र जना जत्ति गाउँका बुढापाकाहरू बाँकी रहे ।
खली पुजेको घरको चुलो मुलीहरूले त्यो खली सुँगुरको मासु खान हुदैन । त्यो मासु लागेको भाडाकुडामा पनि मुख लाएर खान मिल्दैन । त्यत्तिमात्रै होइन, कसैको घरको पनि थालबटुका मुखमा लाएर खान मिल्दैन । त्यसैले खली पुज्नेकार्य सकिदै गर्दा घरमुलीहरूले प्रयोग गर्ने थाल बटुका छुटाएर टारमाथि छुट्याएर राख्छन् । ती थालबटुकाहरू उनीहरूको मुख बाड्ने नखुले सम्म अरुको सँग मिसाउदैनन् । ती पनि अरुले चलाउदैनन् ।
कति दिन मुख बाड्ने भन्ने निक्र्योल गर्न खलीपुजा सकी खाना खाइसके पछि बुढापाकाहरूले छलफल गर्छन् । त्यस छलफललाई सारीमा छोड्ने कुरा भन्ने गर्छन् । सारीमा छोड्ने कुरा गर्नलाई सबै जान्नेबुझ्ने बुढापाकाहरू अगेनाको छेउमा बसेर सरसल्लाह गर्न थाले । उनीहरू ङापोङ, चुलामुलीहरू, बुढापाका मिलेर बोल्न थाले सारीमा छोड्नेकुरा ।
सारिमा छोड्ने दिन पहिले आँठ छाकको थियो । अहिले त्यसलाई घटाएर छ छाकमा झारेका छन् । सारिमा छोड्ने दिन सम्ममा त्यो खलीको पुजेको सुँगुरको मासु सकिएको हुनु पर्छ भन्ने भनाइ रहेको छ ।
उनीहरूले पनि आज छ छाकको खली सारिमा छोड्ने दिनको सल्लाह गरेर गए । खलीको रीत अनुसार केन्छारिवाले सुँगरको टाउको, धामी (ङापोङ) ले ह्याकुलो लगे ।
घरको सिकुवा र आगनतिर छरपष्ट भएका टपरीहरू बटुले । र तिनीहरूलाई बारीमा थुपारेर आए । घर वरिपरि सबैतिर सफासुग्घर गरे ।
* * *
रितुहाङ घरको आगनमा टेकेका मात्रै के थिए । भुइमा पिध राख्न नपाउदै दले आइपुग्यो । भन्न थाल्यो— ‘बडा, मेरो छोरो बिरामी भो, त्यसैले तपाईलाई बोलाउन आको ।’
‘के हुदैछ त ?’ भनी रितुहाङले सोधे ।
‘बडा के भयो कुन्नि, रातभरि सुतेन । रोइमात्रै रह्यो । त्यसैले बडालाई एकछिन दुख दिऊँ भनेर ।’
‘यी हेर, भर्खर म पनि आइपुग्दैछु ।’
‘हो नि बडा, त्यसो त तपाई हुनुहुन्छ र पो हामी बाँचेका छौं ।’
‘बाँच्नु त होइन, जानेबुझेको गरिदिनु त हो नि नानी’ भन्दै रितुहाङ उठे । अनि उनीहरू गए ।
एकैछिनमा दलेको घरमा पुगे । उसको श्रीमतिले छोरालाई काखमा बोकेकी थिई । छोरा सानो छ । रातभरि सुतेन, रोयो । उधै–उभै भएरै रात बितेको रहेछ । सिकुवाको छेउमा बसे ङापोङ पिरा ओछ्याएर । उनको छेउमा बिरामी छोरा काखमा राखेर बसी दलेको श्रीमति ।
रितुहाङले त्यो बच्चाको नारी समातेर जोखाना हेर्न थाले । अलिअलि गर्दै धेरै धेरै काँप्न थाले धामी । काँपी सके पछि उनी बोले— ‘यो बच्चाको त सातो पो रैनछ । सातो पक्रिनु पर्छ । सामातामा पो छ कि छैन कुन्नि ।’
‘खोज्छौं नि बडा एकैछिनमा’ दलेले भन्यो । अनि श्रीमतिसँग दुवैजना सामा बटुल्न थाले ।
एकदाना अण्डा, सानो हाडीमा भात, धागो, अक्षता, चिण्डो अनि त्यस भित्र लाउने मकैको दाना तयार पारे । ती सब सामग्रीहरू रितुहाङको अगाडि राखे । र दलेको श्रीमति छोरोलाई समातेर बसी उनकै नजिकमा ।
रितुहाङले बच्चाको सातो पक्रिने कार्यक्रम शुरु गरे । चिण्डोमा मकैको दाना लगाएर त्यो हल्लाउदै बजाउदै मन्त्र जप्न थाले । धेरैबेर मन्त्र जपे पछि अण्डादेखि बिरामी सम्म तानेको धागोको बीचमा धामीले केहि समाते । सायद त्यो नै बच्चाको सातो थियो । त्यो समाने बित्तिकै उसले त्यो धागो बिच्छेद गराए ।
त्यसलाई हातमा मुट्ठी पारेर कानमा सुने । सुघे पनि । मुट्ठी भित्रै पानीले छर्किएर त्यस बालकको शिरबाट त्यो भित्र तिर फुकि पठाए ।
सातो पक्रि सकिए पछि बच्चालाई आमाले घरभित्र लगी । रितुहाङ र दलेले उकार गर्न प्रयोग गरिएको अण्डा फुटाएर दुनामा झारे र हेरे ।
त्यो अण्डामा त्यस बच्चाको बिमारी व्यथा सरेको हुन्छ भन्ने मान्यता राख्दछन् । त्यसमा खैरा खैरा धर्साहरू र डाबरहरू पनि थिए । उनीहरूले अण्डालाई केराको पातले फर्लक्कै पल्टाएर हेरे । त्यो पाटोमा पनि निकै सेता सेता धर्साहरू र साना साना थोप्लाहरू थिए ।
चित्त बुझ्नेगरि हेरे पछि त्यो अण्डा दलेले अगेनामा लगेर पोल्यो । घरभित्रै ढोकाको सिधा आमाछोरा बसे । यता रितुहारूले धेरै बेरसम्म बच्चालाई उकार गरे । पेट दुख्ने, टाउको दुख्ने, खुट्टा दुख्ने सबै राम्रो होस् भनेर सबै देबदेबीहरूलाई पुकारेर उकार गरे रितुहाङले । उकार गर्ने क्रममा होङ्मादेबी, पितृमातृहरू, अरु देवीदेवताहरू सबैलाई पुकारेर सेवा सुनाउदै यो तिमीहरूको छोरा नातीलाई स्वस्थ सुरक्षित साथ राख है भनेर उनीहरूको शिर उभ्याउनी गरे ।
उकार गर्दा गर्दै बच्चा बिस्तारै निदाइगयो । उकार सकिए पछि आमाले उसलाई खाटमा सुताई । अनि जाड बनाई । ङापोङ र उसको श्रीमानलाई जाड दिई । दलेले अघिको अण्डा ङापोङलाई दियो । उनले जाडसँग खाए ।
एकछिन उनीहरू गफसफ गरे । दुखसुखको कुराहरू निस्के । अनि गाउँको रीति संस्कृतिको सम्बन्धमा पनि कुराकानी गरे । उहिले देखि यसरी दुखबिमार हुने, उकार गर्नुपर्ने र निको हुने सुम्निमा पारुहाङको जमाना देखि नै रहीआएको सँस्कृति हो भन्ने कुरा गरे । एकछिन पछि ङापोङ पनि ‘म जादैछु है नानी हो’ भनेर उठे । उनी हतारिदै थिए, गए पनि ।
निकैबेर पछि बिमारी बच्चा व्युझ्यो । उसलाई धेरै आराम भइसकेको थियो । आमाको दुध पिउन मान्ने भइसकेको थियो । एकछिन पछि उसले भात पनि माग्न थाल्यो— ‘आमा भोक लाग्दैछ ।’
* * *
गाउँगाउँमा फागु भित्रीएर रमाइलोले आश्रय पाइसकेको थियो । चैतबेसाखमा सबै राईहरू घरघरमा ढोलमानो बजाउदै नाँच्ने गर्छन् । आज एउटा घरमा, भोलि अर्को घरमा । पालो फेरि फेरि फागु गर्छन् ।
दिनभरि आ–आफ्नै घरको काममा व्यस्त रहे पनि बेलुका सारा गाउँलेहरू एउटै घरमा जम्मा हुन्छन् र दिनभरिको थकाईलाई बिर्साउने गरि नाँचगान गर्छन् । सम्पूर्ण बुढाबुढी, युवायुवती, केटाकेटी बुढापाका सँगसँगै उफ्रीन्छन्, अनि रमाउछन् ।
आज बलधोजेको घरमा फागु फुकाउने दिन हो । चामचुरीले खाबालाई बोलाएकी थिई । बिहानै आइपुगेर चामचुरीलाई सघाउँन थाली । गोबर टिपेर ल्याए, माटो कुटेर बिहान बिहानै घर लिपे उनीहरूले । त्यसैगरि हिजो बेलुका गोबरले लिपी राखेको ओखल मुस्ली बडारकुडार गरेर चोखो भात पकाउने धान कुटे ।
अघिल्लो दिन बेलुकी नै यी ओखल, मुस्ली, नाङ्लो अनि माना चोखो गोबरले पोती सफा गरि राखेका थिए । घर सफासुग्घर गरि सक्न लागेका बेला ङापोङ रितुहाङ पनि आइपुगे । बलधोजेले फागुका लागि चाहिने आवश्यक सामग्रीहरू तयार पारी सकेका थिए । छ पात केराको पात पनि तयार पारे । चामचुरीको सासुले सोलोनवा तयार पारी ।
फागु छर्किने बेला हुन लाग्यो । पल्लो घरको मनजीते आइपुग्यो । आसिकदल पनि उफ्रिदै आइपुग्यो । पितृ गर्नेबेलामा ढोलमाने बजाउनको लागि हिजै उनीहरूलाई बलधोजेले बोलाइराखेको थियो ।
घरभित्र ढोकाको सीधा आसिकदल र मनजीते बसेर ढोलमाने बजाउन थाले । ढोलमाने बजेको लयमा ङापोङले फागु फलाक्न शुरु गरे । पितृमातृहरूको नाममा फलाके । साम्खा पुजेकोमा जस्तै पालैपालो गरेर पितृमातृहरूको नाम पुकारे । सोलोनवाले पनि घरि घरि छर्किदै थिए । त्यसपछि माने र ढोललाई पनि मुन्दुम फलाक्दै सोलोनवाले छर्किए ।
फागु पुज्ने काम सकिए पछि त्यहाँ जम्मा भएका सबै जना आगनमा निस्केर नाँच्न थाले । कल्चुरी सिली, टाङटुप्मी सिली, तोङवामा खिवामा सिली लगायतका थुप्रै सिलीहरू टिप्दै नाँचे । लाक नाँची सके पछि चामचुरी र खाबाले जाड बनाए । खाबाले सबैजनालाई बाडी । सबैजना जाड पिए ।
भरै बेलुका लाक नाँच्न भेला हुने सल्लाह गरेर सबैजना आ–आफ्नो घरतिर गए ।
सिकुवाको खाटमा रितुहाङ ङापोङ बसेका थिए । उसकै छेउमा आसिकदल पनि आएर बस्यो । छेवैमा भतिजो आएर बसेको देखेर रितुहाङले कुरा निकाले—
‘तिमीहरूको लागि त यी सब रिस उठ्दो मात्रै हुन्छ होइन ।’
‘होइन नि बडा, हाम्रो यस्तो रीति संस्कृति त मलाई असाध्यै मन पर्छ’ भनी उत्तर दियो आसिकदलले । फेरि बोले उसको बडा ङापोङ— ‘अचेलका केटकेटी त पितृमातृका सँस्कृति जान्दैनन् । जाने पनि त्यति वास्ता गर्दैनन् । बरु यस्ता रीति सँस्कृति गर्न उनीहरूलाई झमार लाग्छ । हुँदा हुँदा आफ्नो पितृमातृ सँस्कृति छोडेर अर्काको धर्ममा जान्छन् । त्यसपछि त पितृ सँस्कृति न मातृ सँस्कृति । केही पनि गर्नु पर्दैन ।’
त्यसैवेला खाबा पनि आएर उनीहरूको छेउमा टुक्रुक्कै बसी । आसिकदलले ‘मलाई अर्काको रीति सँस्कृति भन्दा त आफ्नै रीति सँस्कृति मन पर्छ’ भन्यो । खाबाले पनि त्यही अवसर पारेर बोलीहाली— ‘तिमीलाई मात्रै हो र आसिक, हामीलाई चाँहि मन पर्दैन र ।’
रितुहाङ दुवैको कुरा सुनेर मुसुमुसु हासे । फेरि बोली खाबा— ‘ए बडा, अचेल किरात धर्म किरात धर्म भन्छन् । उनीहरू त मासु पनि खादैनन् अरे । अनि के के पो भन्ने गरेका छन् ....। हाम्रो किरात धर्म भनेको त्यही हो त ?’
‘होइन’ —बोले रितुहाङ— ‘अचेल भन्ने गरेको किरात धर्म भनेको नक्कली किरात धर्म हो । एकदुई जना मानिसहरूको मनमा लागेको कुरालाई आधार मानेर बनाएको काल्पनिक धर्म हो त्यो । जस्तो सोंच मनमा आयो त्यै सोंचलाई धर्मको रुप दिइएको हो । त्यो हाम्रो वास्तविक किरात धर्म होइन । अनि सुन तिमीहरूले । हाम्रो धर्म भनेको कसैको मनखुसीले उत्पत्ति गराएको धर्म होइन । उहिले हाम्रो पिता पुर्खाहरूले जसो गर्दा राम्रो नतिजा आउथ्यो र जसो गर्दा नराम्रो नतिजा आउथ्यो, त्यो बुझेर त्यसै अनुरुप काम कारवाही गर्दै आए । त्यही कार्यशैलीले पछि आएर हाम्रो धर्मको रुपमा विकसित भएको हो । हाम्रो धर्मको उत्पत्ति त्यसरी भएको हो ।
स्वर्गीय पितामाता र पुर्खाहरूलाई खाना पानी दिनुपर्छ । भाग्य लक्ष्य बटुल्नु हो हाम्रो धर्म भनेको । हेर न, हाम्रा पितामाता पूर्खाहरू नै माछामासु सिद्रा खाएका थिए । हामीले त्यही चिन बार्छौं भने केको किरात धर्म भन्नु बिचैमा ।’ बोल्दै थिए रितुहाङ । आसिकदलले उनको कुरा काटे—
‘अनि बडा, एउटा कुरो सोध्न मन लाग्यो ।’
‘कस्तो कुरा हो ? भनन ।’ ङापोङका कानहरू ठाडा भए ।
‘कि बडा, हिवादोङ्वा भनेको के हो ? अनि यो कसरी हुन्छ नि ?’
ङापोङको मन खुसी भयो । रीति सँस्कृतिमा चासो राखेकाले उनले खाबा र आसिकदललाई मन पराए । खाबा स्वाट्ट भित्र छिरी । एकैछिनमा एक बटुको जाड लिएर फर्की— ‘ल बडा, यो पिउदै पिउदै भन्नुहोस् । तपाईको घाटी सुकी सक्यो ।’ साँच्चै समाउदे उनले एक सन्को लिए । अनि भन्न थाले—
‘त नानी हो हिवादोङवा भनेको के हो भने, मान्छे मान्छे नै लडाई झगडा गर्छौं, काटमार गर्छौं नत्र यस्तो गर्छु उस्तो गर्छु भन्ने कुरा गर्छौं भने त्यो नै हिवादोङवा हुन्छ । अब कुटाकुट गर्छौं, काटाकाट गर्छौं, हतियारले काट्नको लागि अडकल्छौं भने त्यो हिवादोङवा हुन्छ । तर उसलाई कुट्छु, लात्तीले हिर्काउछु, काट्छु, मार्छु भन्यों भने त्यो यासानवा दोसानवा मात्र हुन्छ ।
यस्ता दोषहरू बेला बेलामा सच्याउदै सच्याउदै अनि पञ्छाउदै लानु पर्छ । ङापोङ र धामीहरूले सच्याउछन् । नत्र भने यी यस्ता हिवादोङवाहरूले हामीलाई धेरै दुख दिन्छन् । घर परिवारमा दुखबिमार भइरहन्छ ।’
आसिकदल र खाबा यस्ता कुराहरू अझ धेरै सुन्न उत्सुक थिए । तर ङापोङ अलिक हतारमा थिए । जाड स्वाट्ट पारेर बोले उनी— ‘ल नानी हो, गफ गर्न त मीठो छ, तर घरमा काम धेरै छ । म जान्छु ल । अब आजलाई यति नै होस् । फेरि फेरि पनि म यस्ता कुराहरू तिमीहरूलाई सुनाउँदै गर्छु । तिमीहरू यस्तो कुरामा चासो राख्ने रहेछौं । मलाई खुसी लाग्यो ।’ बोल्दै बोल्दै उनी आगनको छेउमा पुगी सकेका थिए ।
‘धन्यवाद बडा’ दुवैजनाले एकैचोटी भने । रितुहाङले पल्लो डिल काटी लगे । उनीहरू पनि एकैछिन पछि आ–आफ्नो घरतिर गए ।
साँझको झिसमिस भयो । लाक नाँच्नेहरू भेला हुन थाले । सबैजसो गाउँलेहरू आइसकेका थिए । त्यहाँ पारुहाङ, चासुम, बिर्धु, भोला, धनसिङ, साकखाने, रितुमाने, इन्द्रकला, साइकर्ना, मसरा, पाङतेनमुरा, रुकमती, रामकृष्णे, फेङमारानी चेयोङरानी, ङाइबुङ्मा, तालावती, सुम्निथङ्मा, झेत्ना, सतलच्छी, रुपमति, आइजला, बुकिमरानी लगायतका थुप्रै थुप्रै मानिसहरू जम्मा भए ।
एकजनाले ढोल बजाउदै थियो । अर्कोले त्यसकै लयमा माने बजाउन थाल्यो । बाँकी अरु सबैजना भने गीत गाउदै लाक खेल्दै थिए । स्वरमा स्वर मिलाएर आगनमा उफ्री उफ्री लाक खेल्दै थिए । गीतको बोल यस्तो थियो—
‘सोइसोइला खोलामा माछा टिपीयो सोइसोइला हो सोइसोइला । इ टिपीयो टिपीयो बाँचेको छौं र पो भेट भइयो सोइसोइला हो सोइसोइला ।’
लाक खेल्ने अरुहरूको ताती टुटेको छैन । आसिकदल र खाबा पनि सँगसँगै आएर मानिसको हुलमा हराए ।
‘सोइसोइला सिन्कौली सेउली सेलेले सोइसोइला हो सोइसोइला । सेलेले सेलेले नाँचेर जाउँ है पेलेले सोइसोइला हो सोइसोइला ।’
लाक नाँच मनमोहक लाग्थ्यो । कति रमाइलो थियो । सबैजना खुसीले रमाइरहेका देखिन्थे । मानिसको भिडले आँगन खचाखच भरिएर घुम्न पनि त्यति सजिलो थिएन । गीत गाउँदा गाउँदै दुई पक्ष भइ गए गीत गाउनेहरू । एक पक्ष केटा र अर्को पक्ष केटी भएर जुहारी खेल्न थाले । केटा पट्टि पनि केटा र केटी मिसिएका छन् भने केटी पट्टि पनि त्यसैगरि मिसिएका छन् । केटा पक्षका सबै जना केटा र केटी पक्षका पनि सबैजना केटी बनेर जुहारी खेल्न थाले । यसैगरि जुहारी खेल्दै रात भरि लाक नाँचीरहे ।
‘सोइसोइला तिमी त को हौ चिनिन सोइसोइला हो सोइसोइला । चिनिन चिनिन यहाँबाट जान दिदिन सोइसोइला हो सोइसोइला ।’ भनी केटा पक्षकाहरूले गाए ।
अनि केटी पक्षले गीतबाटै जवाफ फर्काए— ‘सोइसोइला नचिनी किन बोल्दैछौ सोइसोइला हो सोइसोइला । बोल्दैछौ बोल्दैछौ कसरी जान दिदैनौ सोइसोइला हो सोइसोइला ।’
त्यसपछि फेरि केटा पक्षले गाए— ‘सोइसोइला नचिने पनि देखेको सोइसोइला हो सोइसोइला । देखेको देखेको तिमीलाई जान देला को सोइसोइला हो सोइसोइला ।’
अनि केटी पक्षबाट उत्तर आयो— ‘सोइसोइला सरापले भिंmगा मर्छ र सोइसोइला हो सोइसोइला । मर्छ र मर्छ र देख्दैमा आफ्नो हुन्छ र सोइसोइला हो सोइसोइला ।’
‘............................................ ।’
रातभति जुहारी चली रह्यो । जुहारीमा दुवै पक्ष खप्पीस थिए । कोही भन्दा कोही कम थिएन । हारजीत कसैको हुन सकेन । यत्तिकैमा आकाशको पूर्वमा उज्यालोले छाउन थाल्यो । बिहानीको झिसमिसेले उनीहरूलाई गीत बन्द गर्न बाध्य गरायो । उनीहरूले गीतलाई बिसाए । घरबाट एक भाडो जाड निस्क्यो । सबैले बाडेर पिए त्यो । त्यसपछि सबैजना आ–आफ्नो घरतिर बाटो लागे । जाँदा जाँदै भन्दै थिए— ‘भरै बेलुका सुम्निथङमाकोमा लाक खेल्नु पर्ने है साथी हो ।’
‘हुन्छ हुन्छ, धन्यवाद साथीहो भरै भेटौला ल’ भन्दै जाँदै थिए । सुम्निथङमा पनि ‘तपाईहरू सबैजना आउनुहोस् है’ भन्दै भन्दै जादैथिई ।
‘हुन्छ हुन्छ’ भन्ने उत्तर दिंदै सबैजना गइरहेका थिए । अब त्यस घरमा बलधोजे, चामचुरी घरमुलीहरू मात्रै बाँकी रहे । त्यतिखेर कति सुनसान लाग्यो उनीहरूलाई ।
* * *
न्याहुलीहरू न्याहुल न्याहुल कराइरहेका थिए । घामको किरण भर्खर जङ्गलका रुखहरूमा पर्न थाल्दैथियो । जङ्गलभरि मानिसहरू छिरीसकेका थिए । शनिबार भएकोले केटाकेटी पनि विद्यालय जानु परेन । दाउरा घाँस गर्न जङ्गल भरिएको थियो मान्छेहरूले ।
सबैजना आ–आफ्नै धुनमा छन् । कोही गीत गाउदैथिए, कोही एक आपसका गफ गर्दै थिए, कोही जुहारी खेल्दै दाउराघाँस गरिरहेका थिए । आसिकदल र खाबा एकछेउमा दाउरा ठङठङ बज्नेगरि काट्दै छन् । दाउरा काट्दै भए पनि गुनगुन गफ पनि चलीरहेको छ उनीहरूको । अरुहरूको भन्दा पहिल्यै भारी पु¥याए उनीहरूले ।
अनि अलिक पर ढाल्नेको रुखमूनि बसेर मनको कुरा साटासाट गर्न थाले उनीहरूले एक आपसमा । आसिकदलले खाबालाई हे¥यो । अनुहार अलिक अर्कै भावको देख्यो । त्यसैबेला खाबा बोली— ‘आसिक, म त टाउको दुखे जस्तो के पो भएर मर्न लागे ।’
‘कहिले देखि ?’ छिटो सोध्यो आसिकदलले । तर खाबा बोलिन । आसिकदलले उसको अनुहारमा हे¥यो । खाबाको परेलीहरू आँसुले भिजीसकेका थिए । आसिकदल छक्क प¥यो ।
‘तिमीलाई के भयो खाबा ? तिमी किन रोएको ? यसरी रुन हुदैन ।’ यसो सोचेर आसिकदल बोल्यो— ‘तिम्रो त कपाल दुखेको त होइन होला । टाउको दुख्दा पनि त्यसरी रोइन्छ त ।’
उसले त्यति भनी सक्न नपाउदै खाबा त एकैचोटी उसको काखमा घोप्टिएर धूरुधुरु रुन थाली ।
‘के हुदैछौ ? भनन’ उसले भने सोधीरह्योे । धेरैबेर पछि सुक्क सुक्क गर्दै बोली खाबा— ‘आसिक म त अर्काको भए । मलाई अर्काको हातमा सुम्पिए ............ ।’
‘ह ....... ।’ आसिकदल छक्क प¥यो ।
फेरि बोली खाबा— ‘साच्ची हो आसिक, हिजो पल्लो गाउँबाट मेरो मगनीमा आएका थिए । मेरो घरबाट मलाई अरुको बनाइ सके । म त यो गाउँ अनि तिमीलाई छोडेर जान सक्दिन आसिक । अब म के गर्नु ? भनन ।’
यसरी विलौना गर्दै खाबा रोइरही ।
आसिकदललाई भने अच्चमै लाग्यो । उसको काखमा घोप्टीएकी खाबालाई उठायो । हेराहेर गरे दुवैजना । एकछिन पछि आसिकदल बोल्यो—
‘हैन तिमीले के कुरा गरेको खाबा ? यो सपना कि विपना ?’ यति सासैले बोल्यो आसिकदल । उसका पनि परेलाहरू आँसुले भिजीसकेका थिए । खाबाको बिहेको कुराले उसको मुटु टुक्रियो । हुरुरुरु मन बहकिएर गयो ।
उसको मन कति रोयो कति । खाबालाई नरोउ भनेर अर्ती दिइरहेको छ, तर ऊ आफै धुरुधुरु रोइरहेको छ । ऊ अब रोदनको पीडाले केही बोल्न सकेन । दुवैजना हेराहेर मात्रै गरे ।
धेरैबेर पछि बोल्यो आसिकदल— ‘खाबा, अब हामी रुनु हुदैन । मान्छे जन्मिदै खेरि निधारमा लेखिएको हुन्छ । जन्मेको छैंटौ दिनमा भावीले जसरी लेख्छ, उसैगरि हामीले भोग्नु पर्ने हो त । .................... तर ................ ।’ आसिकदल बोल्दा बोल्दै रुन थाल्यो । अनि ऊ बोल्नै सकेन । उसका आँखाहरूबाट आसुका दानाहरू तपतपी झरे ।
‘आसिक, तिमी समेत यसरी रोयौ भने म झन के गर्नु’ खाबाले भन्न थाली । खाबाको सलको टुप्पोले आसकलदको आँसु पुछिदिई । आफ्नो पनि त्यसैले पुछी । त्यसैवेला सबै जना आपसमा बोलाउन थाले । उनीहरू पनि सम्हालिएर उठे । उनीहरूको गफ टुङ्गोमा पुगेकै थिएन ।
उनीहरूको मनको कुरालाई मनमनै राखेर साथीहरू भएको तिर निस्के । सबैजना एकै ठाउँमा भेला भएपछि घरतिर एकैचोटी सँगसँगै बाटो लागे ।
आज दिन भरि आसिकदल नुन खाएको कुखुरा झैं झोक्रिइ रह्यो । दिउसो गाइवस्तु हेर्न खोलाको किनार तिर गए । दिनभर चुपचाप भइरह्यो । मनमनै उसले खाबाको पनि गाईवस्तु ल्याए त हुन्थ्यो भनी कामना गरिरह्यो । तर बिडम्बना आज खाबाले गाइवस्तु ल्याइन । बेलुका भए पछि उसले आफ्ना गाइवस्तुहरूलाई खेदाउदै खेदाउदै ल्यायो । गोठमा सबै गाइवस्तुलाई बाधेर ऊ घरतिर आयो ।
बेलुकी साँझ पर्नु भन्दा पहिले नै उसको बाबुले गाईवस्तुलाई घास लगाएर आए । उसको आमा खाना बनाइन् । तीनै जना खाना खान बसे । आज आसिकदलले खाना खान सकेन । आमाबाबाहरू छक्क परे । सधै तरकारी बिना पनि पेट अघाउञ्जेल खाने केटो आज सुँघे जस्तो मात्रै ग¥यो ।
उनीहरू आ–आफ्नो बिछ्यौनामा गए । रङाहाङ र पन्थुरी सुते । आसिकदल पनि आफ्नो ओछ्यानमा पल्टियो । तर पनि उसको निद्रा लागेन । त्यो रात उसको मन बहलाउदै रात बित्यो । झिपिक्क समेत आँखा नपारी नै बिहान भयो ।
बिहान भए पछि हातमा हसिया समात्यो, डोको बोक्यो र घाँस काट्न बाटो लाग्यो ।
आसिकदललाई धेरै सुर्ता लाग्यो । खाबाको माया लाग्छ । मुटु फुटुञ्जेल दुख्छ । तर ऊ के गरोस् र । खाबालाई अर्काको नाम लागी सक्यो । मन बहकिएर उड्छ कहाँ कहाँ आसिकदलको । उनीहरू बच्चै देखि सँगसँगै उकाली ओराली गरेका । एक अर्काको माया लाग्न स्वभाविक नै हो । दाजुबहिनीको रुपमा भए पनि, एउटै कक्षाका सहपाठीको रुपमा भए पनि, मायालु मायालुको रुपमा भए पनि या सँगसँगै घाँसदाउरा गरेका साथीसाथीको रुपमा भए पनि उनीहरू एकआपसमा धेरै धेरै माया गर्छन् ।
मनमनै याद पाल्दछन् र सम्झना साँच्दछन् । तर मुखले कहिल्यै पनि ‘म तिमीलाई माया गर्छु’ भन्न सकेनन् । यस्तै होला सच्चा माया भनेको, अद्वितीय माया भनेको । अब त्यही मायाको यादले आसिकदल बिरामी पर्न थाल्यो । साँच्चैको बिरामी सरह ।
यता खाबा झन मर्नु कि बाँच्नुको दोधारमा पुगी सकेकी छे । जन्मी हुर्केर यत्रो भएको ठाउँ । बाल्यकाल देखि सँगै लुकामारी खेलेको साथीलाई छोडेर जानु परेको छ । त्यो पनि आफ्नै मान्छे सम्झेको व्यक्तिलाई छाती माथि ढुङ्गा राखी बिर्सनु परेको छ । यस्तो अवस्थामा खोइ कसको मन खुसी हुन सक्थ्यो र । उसको बा पनि उहिल्यै हाराएका थिए । पैसा कमाउन भनी बिदेश गएका थिए । आज सम्म अत्तोपत्तो छैन । घर सम्झिन्छे खाबाले, आमा मात्रै । एक्लै कसरी जीवन गुजारा गर्लिन् । उसको घरआगन, गाउँ र साथीसँगी सम्झिन्छे । आँखामा आसु जम्छ । परेलीबाट तपतपी तप्किन्छ मनको पिडा आसु बनेर ।
धेरै भो उसको निद्रा नलागेको पनि । आसिकदललाई सम्झिन्छे । तर उसले स्पष्ट भन्न सक्दिन— ‘म तिमीलाई मन पराउँछु, हामी नै बिहे गरौ है’ भनेर । खाबाले उसलाई आफ्नो ज्यान भन्दा बढी मन पराउछे, माया गर्छे । तर के गरुन र । मनको कुरा भन्न सक्दिन उसलाई ।
अरु कुराहरू त सबै साटासाट गर्न सक्छन् । तर मायाको कुरा भने उनीहरूले स्पष्ट ओकल्न सक्दैनन् । न त आसिकदलले खाबालाई भन्न सक्छ, न त खाबाले नै आसिकदललाई नै । उनीहरूलाई आ–आफ्नो मनमा गुम्सिएको कुराले मार्न लागे । उनीहरू आ–आफ्नै मनमा जलेको आगोमा सुकेको खर जले झैं जली नै रहे । भेटघाट र कुरो बुझाइको कमीले नै यसो हुन गएको हुन सक्छ यो ।
खाबाले मनको पीडा थाम्न सकिन । विद्यालय पनि जान छोडीदिई । सबै कामकारवाही बिर्सेको जस्तै भइ उनी । सम्झिन्छ, रुन्छ तर कसले बुझ्छ र उसको मनको कुरा । उनी पागल बन्न मात्रै बाँकी छ ।
‘उहिल्यै पितापुर्खाको पाला देखि चहीआएको रीति सँस्कृति हो भनेर हामी छोरी चेली चाँहि अर्काको घर जानै पर्ने, त्यत्रो जन्मेको हुर्केको घरआगन छोडेर । आफ्नो बाबाआमा, दाजुभाइ, दिदीबहिनी साथीसँगीलाई बिर्सेर छाती माथि पत्थरले राखेर अर्काको घरलाई आफ्नो घर बनाउन जानु पर्ने । कस्तो भाग्य यो छोरीचेलीको । कस्तो हारेको कर्म’ मनमा यस्तै यस्तै कुराहरू खेलाउछे, सोच्छे खाबा ।
मनको कुरा भन्नु कति डर हुन्छ उसलाई । आफ्नो आमाले कराउछन्, रिसाउछन् भनेर मनको कुरा मनमै छोपेर राख्छे, खाबा । आसिकदलसँग भेट नभएको पनि अब त धेरै दिन भयो ।
‘कहिले काही त भेट गर्न आए त हुन्थ्यो भन्ने लाग्छ उसलाई । फेरि म अर्काको भइसके भनेर उसलाई रिस पनि उठेको होला । खोइ कसरी भन्नु मेरो मनको कुरा । ऊ उसको घरमा भएको भए त जिउ छाडेर नै बिहे गर्ने प्रस्ताव राख्थे अब त । अचेल त ऊ पनि कहाँ हरायो । म प्रतिको मायाले कता पागल भएर भौतारियो कि ?’ भन्ने नानाथरी सोंच्दै दिन अनि रातहरू बित्छन् खाबाका ।
आसिकदलले उसको घर छोडेको धेरै दिन भइसकेको थियो ।
* * *
खै के भन्न सकिन्छ र । जीवन बिताउने क्रममा सबै उकालो ओरालो गर्नै पर्ने हो । पानीको मूल फुटे पछि त्यो जमेर बस्दैन, बग्छ नै । पानी पर्छ, त्यो पनि बगेर जान्छ । हिऊ पर्छ, त्यो पनि बिलेर जान्छ । पूmल फुल्छ, अनि सुकेर झर्छ । घाम उदाउँछ अनि अस्ताउँछ । बिहान हुन्छ अनि रात पर्छ । यी सब प्रकृतिको नियम हो । कसैले यसलाई रोक्न, छेक्न सक्दैन । अनि यसरी नै मानिस जन्मिन्छ र बढ्छ । बुढाबुढी हुन्छ । अनि एकदिन मरेर जान्छ । बुढाबुढी नभइ सानो छँदै पनि मरेर जान सक्छ ।
पल्लो गाउँमा धेरैवटा घरहरू छन् । ती घरहरू मध्ये एउटा घर आज नराम्ररी रोइरहेको छ । त्यो आसिकदलको मावलीघर हो । आसिकदलको मावली बाजे बिरामी हुन थालेको पनि निकै भएको थियो । उसको हजुरबुवालाई बिसञ्चो भएकै कारण ऊ मावलीमा बस्न थालेको पनि एक महिना भन्दा बढी नै भयो ।
उसको हजुरबुवालाई धामी लगाए, अस्पताल लगे, औषधि ख्वाए । तर मान्छेको काल आए पछि जूनघाम धर्तीमै झारे पनि मान्छे मर्ने नै रहेछ । कति गर्दा पनि उनी निको भएनन् । भन्थे, मुटु दुख्ने बिमार थियो उनको । आज त बिहानको झिसमिसे मै उनी खसे ।
उनको सुत्ने ठाउँ घरभित्र थियो । स्वासप्रश्वास बन्द भए पछि बाहिर सिकुवामा निकाले । उसको ओढ्ने बर्की ओढाईदिए । गाउँका मानिसहरू सबैजना भेला भए । अनि कोही कात्रो किन्न बजार गए । घरको मान्छेहरू भने रोएर खपी सक्नु थिएन । रुवाबासी चल्दैथियो घरमा । आसिकदल पनि एक कुनामा धरधरी रोइरहेको थियो । टाढाटाढाका नरनाताहरू आइपुग्न थाले । उनीहरू पनि आइपुग्न नपाउदै रोदनको पीडामा जुहारी खेल्न थाल्थे । गाउँको बुढापाकाले चाँहि सम्झाउदै थिए उनीहरूलाई, मन बुझाउने कथा कहानीहरू सुनाउँदै थिए— ‘तपाईहरू नरुनुहोस्, जन्मे पछि एकदिन मर्नै पर्ने हो । अघिपछि मात्रै भइने हो । सबै जना मरिन्छ नै । हामी पनि भरै कि भोलि मरिन्छ, कसलाई थाहा छ र । यसरी रुनु हुदैन । यसरी रुँदा एकथोपा हाम्रो आँसु नै ठूलो सागर बनेर उसको बाटो छेक्छ । र ऊ आफ्नो लक्ष्यमा पुग्न सक्दैन । रुनु होइन तपाईहरू । तपाईहरूको आँसुले उसलाई बाटो छेक्छ .......................... ।’
यसरी गाउँको ठूला मान्छेहरूले भने पछि रुवाइको आवाज कम भएको जस्तो भयो । तर मुटु भित्र लागेको चोट कहाँ त्यति सजिलै निको हुन सक्थ्यो र । हिक्क हिक्क भइरहेका थिए । उनीहरूको मन कति रोइरहेको थियो, तर भावीले नै लेख्ने बेलामा यस्तै लेखिदिए पछि मानिसले के नै पो गर्न सक्दो रहेछ र ।
कात्रो कपडा पनि किनेर ल्याइसके । बास त अघि नै काटेर ल्याइ सकेका थिए । त्यो बास मूल ढोकाको सीधा आगनमा तेस्र्याए । अनि दुइटुक्रा काटेर लास बोक्ने बनाए । ती दुई टुक्राहरूमा दुई दुईवटा भाटा कैचे बनाएर तीन ठाउँमा बाधे । भाटामा नै कात्रो बाधेर छाता बनाइदिए । उल्टो ढुङ्ग्रो बनाएर भारको किलामा झुण्ड्याइदिए । चोखो भात पकाए । लासको हातमा पैसा लगाइ दिए ।
यसरी सबचिज बनाइसके पछि लासलाई उठाउने बेला भयो । लास बोक्न लागेका थिए । लास उठाउन मृतकको छोरा नाती या नजीकको नाता पर्ने चाहिन्छ भन्ने मान्यता राख्छन् किरातीहरू । उनको एउटै मात्र छोरा रनजीते थिए । उसले एकापट्टि उठायो । पछाडिबाट काँध लाउनको लागि आसिकदल उठ्यो । अनि लास उठाए ।
अघि रुँदा रुँदा गरेर अलिक मत्थर भएकाहरू लास उठ्दै गरेको बेला फेरि आकाश खस्ने गरि एकैचोटी व्हा ऽऽ गरेर रोए । लास बाटो लगाए । सबभन्दा अगाडि अगुल्टो बोकेर एकजना बाटो लागे । त्यसको पछाडि उल्टो ढुङ्ग्रो र छाता बोकेर हिडे । तिनीहरूको पछाडि लास बोके । लासको पछाडि पछाडि सम्पूर्ण गाउँबासी मलामीहरूको लामो ताती बन्यो ।
त्यो ताती ओरालै ओरालो झरेर पारी निस्क्यो । खरबारीमा पुगे पछि बिसाए । लासलाई भुइमा राखे । अनि कोदालोले च्यान खन्न थाले । कोही चाँहि ढुङ्गा बटुलीरहेका छन् । च्यानमा लाउने ढुङ्गा टिप्ने क्रममा जुन छोइन्छ, त्यो लानै पर्छ, छुदै छोड्दै गर्नु हुन्न भन्ने मान्यता राख्दछन् ।
मलामीहरू धेरैजना भएकोले एकैछिनमा च्यान खनी सके र पर्खाल पनि लाइ सके एकैछिनमा । अनि त्यहाँ लासलाई राखे । अनि लासलाई पुर्नु भन्दा पहिले अन्तिम पटक उसको अनुहार देखाए । सबैले त्यसतिर अन्तिम नजर लगाए । र फेरि छोपीदिए । सबै मलामीहरूले तीन–तीन पटक देब्रे हातले माटो दिए । माटो दिई सकेपछि लासलाई पुरीदिए । ढुङ्गाको पर्खालको घर बनाइदिए । लास बोक्न प्रयोग गरिएकै बास फुटाएर त्यो चिहानको छाना बनाइदिए ।
ठीक त्यसैवेला माथिल्लो गाउँमा एउटा जन्ती निस्क्यो । त्यहाँबाट सबैले छर्लङ्गै देखे । आसिकदलको आँखाबाट पनि त्यो छुप्न सकेन । उसले थाहा पाइहाल्यो खाबाको बिहे हो भनेर । उसले देख्यो जन्तीहरूको लामो ताती । त्यस तातीको बीचमा खाबा उसको बेउलासँग अघि लागेर जादैथिई ।
उसले त्यो दृश्य हेरिरहन सकेन । एकैचोटी उसको रिङ्गटा चल्यो । अञ्जानमै ऊ लड्यो । कान्लाको डिलबाट मूनि झ¥यो ऊ । सबैले छोपेर लगे के भयो भनेर । बोलाउन र झट्काउन थाले उसलाई । केहिबेर पछि उसको होस आयो ।
मलामीहरूको फर्किने समय पनि भइसकेको थियो । ‘बोक्छौं ल’ भन्दा ऊ बोक्न मानेन । ‘भो, मलाई केही पनि भएको छैन । आफै हिड्छु’ भन्यो । बिस्तारै बिस्तारैऊ हिड्यो । सबैले उसलाई अगाडि लगाएर ल्याए । ऊ किन यसरी भइरहेको छ भनी कसैलाई थाहा थिएन । उसले चाँहि सोचीरहेको थियो— ‘मलाई यो के लेखेको रहेछ । हजुरबुवा पनि यसैबेला खस्नु, अनि खाबाको बिहे पनि यतिबेलै हुनु, अभागी खप्परमा के लेखेको रहेछ ।’
सबैजना घरमा आइपुगे । तीन दिनमा नुनतेल छुने भन्ने सरसल्लाह गरे । नाताले भाञ्जा पर्नेले नुनतेल छुवाइदिने चलन छ । दश दिनमा मृतकको काजक्रिया गर्ने भन्ने सल्लाह गरे । धेरैजसो आ–आफ्ना घर गए । चार पाँच जना बुढापाकाहरू चाँहि बाँकी रहे ।
आसिकदलको मामा र माइजुहरू अलापबिलाप गरिरहेका थिए । ती बुढापाकाहरूले अर्ती, उपदेश, साहस दिइरहेका थिए । उहिले उहिलेका कथा कहानीहरू सुनाउदै थिए । मनको पीडा कम पार्नको लागि हर तरह उनीहरू प्रयासरत थिए । त्यो घरकाहरूको भने बोली नै बन्द भइसकेको थियो । बोलुन पनि कसरी र । घरको अभिभावक सधैं सधैंको लागि गुमाएको बेला कसको मन रुदैनथ्यो र । अर्कालाई अर्ती उपदेश दिन पो सजिलो हुन्छ । तर त्यही अवस्था आपूmलाई आइपर्दा असह्य हुन्छ ।
अब त रात पनि पर्न लागि सकेको थियो । गाउँका ती बुढापाकाहरू आज उनीहरूको घर गएनन् । त्यहि घरमा रातभरि गफ गरि बस्ने भए । गुन्द्रीमै ढल्कीएर रातभरि कुराकानी गरे । त्यसो गर्दा गर्दै उज्यालो भयो ।
मरौ परेको घरमा पाँच–छ दिनसम्म बास बस्न सघाउने चलन छ ।
आसिकदल चाँहि सिकुवाको खाटमा एकोहोरियो । अमुक अनि मुण्टो घोप्टाएर बसीरह्यो धेरै बेर । निकैबेर पछि भित्र पसेर अगेनाको छेवैमा गुन्द्री ओछ्याएर ढल्कियो । निद्रा भने लागेन उसको । रात भरि मन खेलाउदै बस्यो ऊ ‘................... मान्छेलाई यस्तै हुँदो रहेछ । आ–आफ्नो बाटो हुँदो रहेछ । त्यो आ–आफ्नो बाटोमा आ–आफ्नो पाइला राख्दै राख्दै जानु पर्ने रहेछ । मेरो हजुरबुवाको बाटो पछ्याएर लगे, पाइला बाँकी रह्यो । खाबाको पनि आफ्नो बाटो पछ्याएर लगी, उसको पाइला मसँग छोडेर गई । उनीहरू मेरो जिन्दगीबाट सधै सधैंका लागि टाढा भएर गए ।
अचेल आसिकदल घाँस दाउरा गर्न एक्लै जान्छ । विद्यालय पनि एक्लै जान्छ । ऊ जता जता जान्छ, उता उता बाटो भरि खाबाको पाइला मात्रै देख्छ, पाइला मात्रै भेट्छ । उसको मनभरि खाबा नै खाबा छे । तर विचरा के नै पो गरोस् । रोएर, कराएर पनि नहुने । जो नहुनु थियो सो भइसकेको थियो । खाबा र उसको पाइलाहरू आ–आफ्ना बाटाहरूमा उल्टोसुल्टो फर्किइसकेका थिए ।
* * *
मानिस जन्मेको दिन उसको पाइला धर्तीमा टेक्छ । ऊ आफ्नी आमाको साथ २२ दिनसम्म घरको कुनामा बस्छ । सानो बालक बिस्तारी आफ्नै पाराले बढ्छ । पाँच या छ महिना पुगे पछि उसको पास्नी गर्छन् । त्यसबेला सम्म त्यो बच्चा सानै हुन्छ । पाँच या छ वर्षमा छेवर पनि गरिदिन्छन् उसको । त्यसपछि मात्रै उसले मानवको परिचय पाउछ । उसलाई मानिसको रीति संस्कृतिले लिन्छ ।
अलि अलि गर्दै ऊ बढेर जवान मान्छे बन्छ र एकदिन उसको बिहे पनि हुन्छ । एकदिन त त्यो मानिस मर्छ पनि । यसरी ऊ मरे पनि उसले जन्मे देखि नमरुञ्जेल सम्म गरेका कार्यहरू र देखाएका व्यवहारहरू मर्दैनन्, सबैको सामु छोडेर जान्छ । उसले हिडेको बाटो राम्रो थियो भने त्यो बाटो अरुहरूले पनि पछ्याउछन् । त्यो मानिस मरेर माटो बने पनि उसका चालेका राम्रा पाइलाहरू कहिल्यै पनि मर्दैनन् । कहिल्यै पनि बिलेर जाँदैनन् ।
त्यो मात्रै होइन, मानिस जन्मेदेखि नमरुञ्जेल सम्म थुप्रै उसका रीति र संस्कृतिहरू गर्छ । समयको परिवर्तन सँगै उसका रीति र संस्कृतिहरू अलि अलि परिवर्तन हुदै जान्छन् । त्यसलाई खराब भन्न मिल्दैन । र यसरी रीति संस्कृति गर्ने मान्छेलाई गाली गर्न हुदैन । मानिसहरूको परिचय उनीहरूले मान्ने धर्म, रीति र संस्कृतिमा हुन्छ भन्ने भनाइ छ ।
यसरी हुँदा किरातीको घरमा जन्मेको बच्चालाई साँच्चीकै किरात संस्कृतिमै हुर्काउछन् । उसले किराती रीति संस्कृति नै बुझ्छ, लिन्छ । केही केहीले पछि गएर अरुको रीति संस्कृति लिए पनि अरु सबैले आफ्नै संस्कृति लिन्छन् । उनीहरू आफ्नै रीति संस्कृतिमा रमाउँछन् ।
वर्षभरिमा मान्नु पर्ने थुप्रै थुुप्रै रीति संस्कृतिहरू हुन्छन् । बैसाख देखि कोदोको बिउ राख्न थालेर जेठ, असार सम्म राख्छन् । तर त्यो भनेको उनीहरूको गाउँठाउँमा भर पर्छ । बिउ छिटो या ढिलो राख्नु पर्ने हो भन्ने सवालमा । बैसाखमा राखेको कोदोको बिउ जेठमा रोप्न हुन्छ । जेठमा राखेको असरमा र असारमा राखेको बिउ साउनमा रोप्न हुन्छ ।
त्यसैगरि धानको बिउ जेठमा राख्छन् । त्यो असारमा रोप्न हुन्छ । त्यो खेतमा रोप्छन् । धान र कोदोको फलाउने तरिका फरक हुन्छ । कोदोको लागि पानी जमाउनु पर्दैन भने धानको लागि पानी जमाउन आवश्यक हुन्छ । तर जसरी रोप्नेबेलामा अघिपछि रोप्छन्, उसैगरि पाक्ने बेलामा पनि अघिपछि हुन्छन् । जस्तो, असारमा रोपेको धान र त्यही महिनामा रोपेको कोदो सँगै पाक्छन् ।
जेठ बाट रोप्न थालेको कोदो असार, साउन सम्ममा सक्छन् । त्यतिखेर पनि नसकिएको भदौको शुरुतिर सक्छन् । तर यो ठाउँले पनि फरक पार्छ । असार र साउन महिना सम्ममा सबै धान कोदोहरू रोपी सके पछि तिनीहरू बढ्छन् । अनि साँच्चीकै फल्छन् पनि । तर पाक्ने बित्तिकै त्यसलाई टिप्दै ल्याएर खान थाल्न मिल्दैन । तिनीहरूलाई पहिले पितृमातृहरूकोमा देखाउछन् । त्यसलाई नावाङ्गी गरेको भन्दछन् । नावाङ्गीमा बोलाएर उनीहरूका पितृमातृहरूलाई तिमीहरूको अन्न पाक्यो है भनेर देखाउछन्, खान दिन्छन् अनि मात्रै उनीहरूले खान्छन् । धेरै जसो नावाङ्गी भदौं महिनामा गर्ने गर्छन् । लगाएका बालीहरू सबै उनीहरूको चुलोमा देखाउछन् । यसरी उनीहरूको नयाँ अन्न खान फुकिन्छ ।
त्यसपछि उनीहरूका ती अन्नहरू असोज देखि पाक्न थाल्छन् । उनीहरूले त्यो टिप्दै, भण्डारण गर्दै गर्छन् । असोज देखि कार्तिक, मंसिर अनि पुस सम्ममा उनीहरूको अन्न बटुली सक्छन् । अन्न टिप्ने बटुलने क्रमसँगै मंसिर महिनामा लेवा (अन्नपूजा) पुज्छन् । लेवामा अन्नको थुुप्रोमा भाले काट्छन् । मंसिरबाट बारी जोत्न शुरु गर्छन् । मंसिर, पुस अनि माघ सम्ममा सबै जोती सक्छन्, सफा गरिसक्छन् उनीहरूको बारी । फागुनबाट फेरि मकै छर्न शुरु गर्छन् । फागुनबाट चैत, बैसाख सम्ममा सबैजना मकै छरीसक्छन् । त्यो मकै छरेको पाँच महिनामा पाकी सक्छ । तर त्यो कुरा पनि ठाउँ अनुसार अघिपछि हुन्छ ।
यसरी किरातीहरूको धेरै धेरै खालका कार्यहरू र रीति संस्कृतिहरू हुन्छन् । तिनीहरू भनेको उनीहरूले जन्मे देखि नमरुञ्जेल सम्म आफै आफैले गर्दै ल्याउछन् । जन्मे देखि नमरुञ्जेल सम्म के के कार्यहरू गर्छन्, कसो कसो गर्छन् । त्यो सबै उनीहरूको रीति संस्कृति अनुसार नै गर्छन् । साँच्चै भन्ने हो भने उनीहरूको त्यो रीति संस्कृति नै किरातहरूको पाइला हो । त्यो उनीहरूको पाइला कहिल्यै पनि हराएर जाँदैन । उनीहरू जहाँ जहाँ जसरी जसरी टेक्दै जान्छन्, त्यहाँ त्यहाँ त्यसरी त्यसरी नै पाइला छोड्दै जान्छन् । अझै भन्नै पर्छ भने उनीहरूसँग पाइला छ । पाइलाहरूमा उनीहरू छन् ।
* * *
दस वर्ष पछिको कुरो हो । खाबा, उसको श्रीमान र छोरा उसको माइतीघर तिर आइरहेका थिए । आउने क्रममा उनीहरू खोलाको किनारमा आइपुगे । खोलाको किनारको खेतमा दुईजना साना साना केटाकेटीहरू गाईवस्तु हेरिरहेका थिए । उनीहरूको नजीकमा पुग्दा जान पहिचन थिए । एकजना आसिकदलको छोरा किमपोङ र अर्को बलधोजेको छोरी रुकमिला ।
केहिबेर उभिए । खाबाले तिनीहरूलाई सँगसँगै गाईवस्तु हेरिरहेको देखे पछि उसको आँखामा बिगत झलझली आयो । सम्झी ‘ती दुई किङकोङ र रुकमिला उ र आसिकदल हुन् ।’ पहिले आसिकसँग उ पनि यसरी नै गाईवस्तु चराउँथी ।
‘किमपोङ र रुकमिला वस्तु हेरेको ?’ खाबाले बोलाए तिनीहरूलाई ।
‘हजुर, आज आउँदै हुनुन्छ पूmपु ।’ दुवैजना बोले ।
‘हो, आमाबाबाहरू के गर्दै हुनुहुन्छ नि ?’ खाबाले सोधे ।
‘घरतिरै हुनुहुन्छ पूmपु ।’ दुवैजना एकैचोटी बोले ।
‘आज तिमीहरू किन विद्यालय नगएको नि त ?’
‘आज त शनिबार हो नि त पूmपु ।’ रुकमिलाले बोलीहाली ।
खाबालाई आफ्नै विगतको याद आयो । पहिले शनिबारको दिन आसिकदलसँग दुईजना यसरी नै घास दाउरा गर्थे ।
‘बस ल किमपोङ र रुकमिला, हामी जान्छौं’ खाबाले भनी र उनीहरू गए ।
‘हुन्छ पूmपु’ भनेर दुवैजनाले हेरि पठाए ।
आसिकदल कता हिडेको हो कुन्नि । बाटोमा उनीहरूको जम्काभेट भयो । खाबाले उसलाई ‘दाई’ भनेर ढोगे पछि उसको श्रीमान र छोराले पनि ढोगे । आसिकदलले ढोग फर्कायो ।
‘कहाँ सम्म लाग्नुभयो दाई ?’ खाबाले सोधी ।
‘यसो गाउँ डुल्न जाउँ भनेर बहिनी’ आसिकदलले जवाफ फर्कायो ।
‘एकछिन उभिनुहोस् न दाई’
खाबाले गिलासमा उसको ‘लाम्वा’ सारेर दिई । आसिकदलले त्यो स्वाट्टै पियो ।
‘धन्यवाद लाम्वा पनि पिउन दियौ बहिनी, ज्वाइँहरूसँग हिड्दै गर्नु ल, म एकछिन डुलेर आउँछु’ आसिकदलले भन्यो ।
‘हुन्छ हुन्छ दाइ’ सबैले जवाफ फर्काए । ‘भरै कोसेली खान आउनुहोस् ल दाइ’ खाबाले बोलाई ।
‘कोसेली खाइसके त के’ आसिकदलले भन्यो ।
‘यो त लाम्वा मात्रै हो त दाइ, आउनुस् न आउनुस्’ मुसुक्क हाँसेर बोली खाबाले ।
‘ल ल बहिनी, धन्यबाद म आउछु‘, भन्दै आसिकदल गयो । उनीहरू पनि गए । आसिकदल र खाबा दशबर्ष अगाडिको उनीहरुवीचको माया प्रेमको याद गर्दै अगाडि बढे विपरीत बाटोमा । उनीहरुको आ–आफ्नै पाइलाहरूमा आ–आफ्नै बाटोहरूमा । केही पर पुग्दा बारीको कान्लाले दुवै छेलिए ।
किरातीहरू
मिल्दै जान्छन् बोलीहरूमा
टेक्दै जान्छन् पाइलाहरूमा
***
+ + + +
+ + + +
आलाङ्ने सेवा
प्रकाशित मिति:
Sunday, September 20, 2015
0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।