संविधानका सबै धारा आजै पारित हुने

२०७२ भदौ ३० । संविधानको परिमार्जित विधेयकको सबै धारा आज बुधबार पारित गर्ने तयारी भैरहेको छ । बुधबार बैठकको सुरुमै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले तीजको शुभकामना दिँदै सबै धारा पारित गर्न प्रयास गरिने जानकारी दिनुभएको थियो ।

बुधबार पारित भएका धारा १८१ र धारा २०३ तीन दलको संयुक्त संशोधन प्रस्तावसहित पारित भएको छ । अरु धाराहरुमा संशोधन परे पनि बहुमतले अस्वीकार गरेको छ । बाँकी धारा पारित गर्ने क्रम अहिले पनि चलिरहेको छ ।

विधेयकको हरेक धारालाई ध्वनि मतका आधारमा पारित गरे पनि सिंगै संविधान भने लिखित मत विभाजनबाट गर्नुपर्ने व्यवस्था छ । संविधान पारित हुन दुई तिहाई सभासदको समर्थन चाहिन्छ ।  

प्रकाशित मिति: Wednesday, September 16, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।