आङकाजी शेर्पा रिहा

२०७२ भदौ २८। जिल्ला अदालत काठमाडौंले जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पालाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

आदेश लगतै तोकिएको धरौटी बुझाएर रिहा भएका छन् । फेसबुक स्टाटसलाई लिएर शेर्पालाई प्रहरीले भदौ
१६ गते बौद्धबाट पक्राउ गरेको थियो ।

उनीविरुद्ध साइबर क्राइममा मुद्दा चलाइएको थियो । न्यायाधीश शिशिराज ढकालको इजलासले शेर्पालाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनको रिहासँगै यसलाई पहिचानवादीहरुले पहिचान पक्षधरको विजय भएको कुरा बताएका छन् ।

प्रकाशित मिति: Monday, September 14, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।