नेपाल राष्ट्र बैंकले १ सय र २ हजारको सिक्का जारी गर्ने

२०७२ असोज ५ । संविधानसभाबाट संविधान जारी भएको ऐतिहासिक अवसरमा स्मरण जनाउन हर्षस्वरुप नेपाल राष्ट्र बैंकले  एक सय र दुई हजार रुपैयाँ मूल्य अङ्कित् विशेष सिक्का जारी गर्ने भएको छ । 

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले रु १ सयको निकेलको सिक्का र दुई हजारको चाँदीको सिक्का जारी गर्ने निर्णय गरेको राष्ट्र बैंकका वरिष्ठ डेप्युटी गभर्नर गोपाल काफ्लेले जानकारी दिए । 

उक्त सिक्कामा ‘नेपालको संविधान २०७२’ लेखिने र अन्य नमूनाका बारेमा राष्ट्र बैंकले तयारी गर्नेछ । आगामी दसैँको नजिक उक्त सिक्का जारी गर्ने तयारी गरेको उनले बताए । यो सिक्का सर्वसाधारण जनताले प्रयोगमा ल्याउन सक्नेछन् । 

प्रकाशित मिति: Tuesday, September 22, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।