छ महिनादेखि तलब नपाएपछि ६ नेपालीले दूतावासको शरण लिए

२०७२ असोज ७ । क्वालालम्पुर । मलेसियामा लगातार ६ महिनादेखि तलव नपाएका ६ जना नेपाली श्रमिकहरु दूतावासको शरणमा आईपुगेका छन् ।

डेड बर्ष अगाडि रोजगारीको शिलशिलामा मलेसिया आएर वेगन कन्ट्रक्सन कम्पनीमा कार्यरत उनीहरुले पछिल्लाे ६ महिनादेखि तलव नपाएकाे गुनासो गरेका छन् । तलब नपाउनेहरुमा ओखलढुङगाका वीरसिंह तामाङ, हस्तबहादुर तामाङ, खोटाङका कुमार खड्का, गोबिन्द आचार्य, ईन्द्रबहादुर भुजेल र धनकुटाका ताराबहादुर बुढाथोकी रहेका छन् ।

काठमाण्डौको राज ओभरसिजवाट आएका उनीहरुले आफनो गुनासो मेनपावरमा राख्दा कुनै पनि सुनुवाई नभएको गुनासो पोखे । काममा गई रहदा र पैसा माग्दा नदिएपछि दुई महिना पहिलेदेखि उनीहरुले काम काज रोकेका थिए । खानको लागि दुई महिनापछि कम्पनीले दिएको दुई सय रिंगेटले आजसम्म बाँचिरहेका उनीहरुले बताए ।

कम्पनीलाई कि तलब दिनु पर्‍यो कि हामी नेपाल जान्छौ भन्दा पनि कम्पनीले बेवास्ता गरेपछि दूतावासको शरणमा आईपुगेको उनीहरुले वताए । दुतावासले पीडित नेपालीहरुको लागि पहल गर्ने वताएको छ । अनलाइन खवरमा समाचार छ ।

प्रकाशित मिति: Thursday, September 24, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।