ओली र भारतीय राजदूतबीच बालकोटमा गोप्य वार्ता

२०७२ असोज ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत रञ्जित रायवीच बालकोटस्थित ओली निवासमा शुक्रबार गोप्य वार्ता भएको छ ।

एक घण्टाभन्दा लामो समय भएको दुईजनाको गोप्य भेटमा भएको कुराकानी बाहिर आएको छैन । भेटमा ओलीले भारतले सीमानामा नाकाबन्दी गरेकोबारे राजदूतसँग चासो राखेको बालकोट स्रोतले बताएको छ । जवाफमा भारतीय राजदूत रायले यसबारे आजै विदेश मन्त्रालयको भनाइ सार्बजनिक भैसकेको भन्दै भारतको अडान त्यसैमा उल्लेख भएको बताएका थिए ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालकै तर्फबाट सीमानाकामा अवरोध भएको भन्दै राजनीतिक समस्या भएकाले राजनीतिक नेतृत्वले यसलाई समाधान गर्नुपर्ने उल्लेख छ । पछिल्लो समयमा भारतसँगको सम्बन्ध चिसिँदै गइरहेका बेला भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीलाई भेट्न भारतीय राजदूत राय शुक्रबार बिहान ओली निवास पुगेका हुन् ।

राजदूत रायले माधव नेपाललाई भेटे
ओलीलाई भेटेपछि राजदूत राय एमाले नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित निवास पुगेका थिए । नेपालसँग करिब १५ मिनेट उनको भेटवार्ता भएको थियो ।

राजदूत रायसँग परराष्ट्र मन्त्रालयले स्पष्टिकरण सोध्ने तयारी गरेलगत्तै उनले एमाले नेताहरुसँग भेटवार्ता तीव्र पारेका हुन् । अनलाइन खवरमा समाचार छ ।

प्रकाशित मिति: Friday, September 25, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।