गणतन्त्र नेपालले नयाँ संविधान असोज ३ गते पाउने

२०७२ भदौ २८ । गणतन्त्र नेपालले नयाँ संविधान असोज ३ गते पाउने भएको छ । असोज ३ गते आइतबार बेलुका ५ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा विशेष समारोहकाबीच राष्ट्रपति डा। रामवरण यादवले नयाँ संविधान जारी गर्नुहुने भएको छ ।

संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलका अनुसार ३ गते संविधान जारी गर्ने गरी सचिवालयले तयारी गरिरहेको छ । समारोमा सहभागी हुन राष्ट्रपति डा. यादवलाई संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सोमबार बेलुका  भेटेर निमन्त्रण दिँदै हुनुहुन्छ ।

प्रकाशित मिति: Monday, September 14, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।