“मसँग क्यान्सरको उपचार गर्ने पैसा छैन, मलाई बचाउनुहोस्” : शसिका राई

२०७२ असोज १० । “मेरो ४ र २ वर्षको छोराछोरी बिजोग हुने भए। ऋणमा डुब्ने भए। के गर्नु दाइ, म यहाँ दिनरात रोइरहेकी छु । मलाई बाँच्ने रहर छ”, दुर्छिम-४ खोटाङ गणेशटारकी शसिका राईले मेरो फेसबुक इन्बक्समा यसरी दुखेसो पोखिन् ।

उनको फोक्सोमा क्यान्सर भएको डाक्टरले प्रमाणित गरेको छ । उनले अहिले वी.पी.कोइराला मेमोरियल भरतपुर क्यान्सर हस्पिटलमा उपचार गराइरहेकी छिन् ।

दुईवटा नाबालाक च्यापेर भरतपुर क्यान्सर अस्पतालमा उपचारको लागि आइपुगेकी राई भन्छिन्, “मसँग उपचारको लागि पैसा छैन, यहाँहरुले सकेको सहयोग गरी मलाई बचाउनुहोस् ।” डा. भोलाप्रसाद रौनियार र गुरूशरण साहका अनुसार क्यान्सरपीडित राईले थुप्रै समय अस्पतालमै बसेर उपचार गर्नुपर्ने भएको छ ।

यो नम्बरमा सम्पर्क गरेर सकेको सहयोग गरेर तपाईं हाम्रो चेलीलाई बचाऊँ । सम्पर्क नं. ९८१८८९६३७८ (शकिका राई), ९८४२९६९८४५ ।

वी.पी.कोइराला मेमोरियल  क्यान्सर हस्पिटल. भरतपुर चित्वनमा  शसिका राई । विपन्न नागरिक सहायता दर्ता नं १२८३८ । के – १६२५ ।
साभार: इसमता ।

प्रकाशित मिति: Sunday, September 27, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।