मोबाइलको ब्याट्री पड्किनबाट जोगाउने उपायहरु

संसारमै शतप्रतिशत सुरक्षित भन्ने चिज केही छैन । तर पनि निम्नानुसारका सावधानीका उपाय अपनाउने हो भने तपाइँले आफ्नो मोबाइल फोन पडि्कने तथा त्यसबाट हुने सम्भावित दुर्घटनाबाट आफुलाई बँचाउन सक्नुहुन्छ ।

१. मोबाइललाई ठोकठाक नगर्नुस् 
कहिलेकाहीँ रिसका कारण मोबाइल फ्याँकिन्छ भने कहिलेकाहीँ विभिन्न कारणले ठोकठाक पारिएको हुन्छ । त्यस्तै मोबाइललाई आगो वा माइक्रोवेभको तातोमा पनि राख्नु हुँदैन । यसो गर्दा मोबाइलको ब्याट्रीमा असर पुग्ने र त्यसका कारण मोबाइलको ब्याट्री पडि्कने खतरा हुन्छ ।

२. धेरै चिसो वातावरणमा रिचार्ज नगर्नुस् 
लिथियम आयोन ब्याट्री कहिल्यैपनि पानी जम्ने चिसो अर्थात् शुन्य डिग्री सेल्सियस भन्दा चिसो मौसममा रिचार्ज गर्नु हुँदैन । किनकी यस्तो बेलामा रिचार्ज गर्दा ब्याट्रीमा ब्याट्रीभित्र हानिकारक रासायनिक प्रतिक्रिया उत्पन्न हुने र त्यसले ब्याट्रीमा लिथियमको स्थायी लेपन निर्माण भई ब्याट्री पूर्ण रुपमा निकम्मा हुन सक्छ । यस्तो बिग्रेको ब्याट्री पुन चार्ज गर्दा त्यो पडि्कने डर पनि हुन्छ।

३. ब्राण्ड विनाका कमसल ब्याट्री प्रयोग नगर्नुस् 
पछिल्ला केही दशकयताको प्राविधिक क्रान्तिले विश्वलाई ससक्तिकरण गरेको छ । प्रविधि उद्योग निकै फस्टाइरहेको छ भने विभिन्न उपकरण, पाटपुर्जा तथा ग्याजेट उत्पादक कम्पनीहरुले सस्तो सामान उत्पादन गरेर निम्न तथा मध्यमवर्गको मन जित्ने प्रयास गरिरहेका छन् ।

यस्ता सस्ता खाले मोबाइल तथा ब्याट्री लगायतका उपकरणहरु देख्दा राम्रै देखिए पनि त्यसमा सुरक्षित प्रविधिको प्रयोग गरिएको हुँदैन र निकै कमसल हुन्छन् । त्यसैले मोबाइल तथा अन्य ग्याजेट वा यसका ब्याट्री लगायतका पाटपुर्जा खरीद गर्दा ब्राण्डेड सामान मात्र खरीद गर्नुहोस् विश्वसनीय बिक्रेताबाट । केही महगो परोस् तर सुरक्षित तथा भरपर्दो सामान खरीद गर्नुहोस् जसबाट पर्याप्त सुरक्षा, सन्तुष्टि पाउन सकियोस् केही महंगो मूल्य तिर्नुपरे पनि ।

कमसल ब्याट्रीहरु पडि्कने डर धेरै हुन्छ । अझ एउटा ब्राण्डको मोबाइलमा अर्को ब्राण्डको ब्याट्री हाल्ने नगर्नुस् । मोबाइल चार्ज गर्ने चार्जर पनि जस्तोसुकै प्रयोग नगर्नुस् । किनकी कमसल चार्जरबाट बढि तथा असन्तुलित करेन्ट प्रवाह हुने र त्यसले मोबाइल पडि्कने खतरा हुन्छ ।

प्रकाशित मिति: Sunday, September 20, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।