मन नपरेकोमा डिस्लाइक गर्न पाइने फेसबुक अप्सन आउँदै

२०७२ भदौ ३१ । फेसबुक प्रयोगकर्ताहरुको लामो पर्खाई पछि डिसलाइक गर्ने अप्सन आउने भएको छ । यसअघि ‘डिसलाइक’ राख्ने कुनै योजना नभएको’ बताउँदै आएका फेसबुकका सिइओ मार्क जुकरबर्गले
मंगलबार एक प्रश्नोत्तरमा यस्तो खुलासा गरेका हुन् ।
‘धेरै वर्षदेखि हामीलाई डिस्लाइकको विषयमा आग्रहहरु आइरहेका छन्,’ उनले भने, ‘आज म के भन्न सक्ने अवस्थामा छु भने हामी यसमा काम गरिरहेका छौं र चाँडै सबैले यसको स्वाद लिन पाउनेछन् ।’

मेन्लो पार्कस्थित फेसबुकको प्रधानकार्यालयमा आयोजित प्रश्नोत्तर सत्रमा ३१ वषिर्य सिइओले भने लाइक जस्तै डिस्लाइक पनि स्वतन्त्र रुपमा भने प्रयोग गर्न नमिल्ने आशय व्यक्ति गरे । ‘अरुको पोष्टलाई नकारात्मक जनाउ दिने खालको बनाउन चाहन्न । खाली दुखका घटनाहरुका लागि यो विकल्प दिइनेछ ।’

प्रकाशित मिति: Thursday, September 17, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।