कतारमा दुई नेपाली ओछ्यानमै मृत फेला

२०७२ असोज ४ । पाँच महिनाअघि मात्रै बैदेशिक रोजगारीका लागि कतार पुगेका दुई नेपाली ओछ्यानमै मृतक अवस्थामा भेटिएका छन् । 

कतारस्थित् गल्फारअल मिस्नाद कम्पनीमा कार्यरत मोरङका २७ वर्से जरिया चौधरीको पनि सोही दिन सुतेकै ठाउँमा मृतक भेटिएका छन् । डेढ महिना अघि मात्रै कतार पुगेका चौधरी हेल्परको रुपमा काम गर्दै आएका थिए । मृतक चौधरीको घरमा एक नाबालक छोरी र श्रीमती सहित् बृद्व आमा छन् । चौधरीको मृत्यु खवरपछि आमा र श्रीमती बेहोस् अवस्थामा रहेको भेना किस्नलाल चोधरीले जानकारी दिए । उनको शव नेपाल ल्याउन प्रक्रिया सुरु भइसकेको छ ।

त्यस्तै, थाउजेन्ड रेन्टकार कम्पनीका लागि स्कुल बसको हेल्फर काम गर्ने उदयपुर बलम्ता ९ का ४० वर्षीय तुलसीराम राई बेलुकाको खाना खाएर सुतेकै ठाउँमा मृत्त फेला परेका हुन् । ‘बिहान कम्पनीका अरु सबै साथीहरुले बाबालाई उठाउन खोज्दा प्राण त्यागीसक्नुभएको खवर आयो’ कतारमै अर्को कम्पनीमा रहेका मृतक तुलसीरामका माईला छोरा चन्द्र राईले भने, ‘बिदेशमै बाबाले ज्यान गुमाउनुप¥यो । घरमा आर्थिक बेहाल छ ।’ मृत्युको कारण नखुलेपनि गर्मीको समय एसीको कारणले हुनसक्ने बताइएको छ । उनको शव कतारस्थित हमाद हस्पिटलमा राखिएको छ ।

तीन छोरी सहित आधादर्जन सन्तानका बाबु मृतक राईको शव तथा रिपोर्ट आएपछि उनको छोरा चन्द्रमार्फत नेपाल ल्याउने तयारी भइरहेको छ । शव कम्पनीले नेपाल पठाउन आवश्यक कागजात तयारी गरे पनि हस्पिटलबाटै रिपोट आउन ढिला भईरहेको छोरा चन्द्रले बताए ।

प्रकाशित मिति: Monday, September 21, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।