बस दुर्घटनामा ७ को मृत्यु ४५ घाइते

२०७२ असोज १ । रामेछापको सालुमा बस दुर्घटना हुुुँदा सात जनाको मृत्यु भएको छ भने झण्डै ४५ जना घाइते भएका छन् ।

सदरमुकाम मन्थलीबाट गोठगाउँ जाँदै गरेकोे ना ४ ख ५२४८ नम्बरको बस शुक्रबार अपरान्ह मन्थली नगरपालिका ७ को गैह्राथोक भिरबाट खसेको हो । दुर्घटनामा परी चार पुरुष र तीन महिलाको मृत्यु भएको उद्धारमा खटिएका स्थानीयले बताएका छन् ।

प्रहरी निरीक्षक मखन यादवकाअनुसार मृत्यु भएका तीन जनाको सनाखत भएको छ । उनकाअनुसार मृत्यु हुनेहरुमा मन्थली ७ की दिलमाया मगर, गोठगाउँ-५ का हेमबहादुर थापा र गोठगाउँ-५ का भीमबहादुर बुढाथोकी रहेका छन् । घाइतेहरुलाई स्थानीयबासीले उद्धार गरेका थिए । कच्चीबाटो वर्षाका कारण विग्रिएको साथै क्षमता भन्दा बढी यात्रु रहेकोले दुर्घटना भएकाे बताइएको छ ।

प्रकाशित मिति: Friday, September 18, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।