दक्षिण कोरियाका नेपाली राजदूत लेख्छन्, “अन्तरिम संविधानभन्दा किन पछाडि फर्केको ?”

२०७२ असोज १३ । नेपाल आमा अहिले आन्तरिक द्वन्द्व र बाहिरी हस्तक्षेपको चक्रव्यूहमा फसेको छ । द्वन्द्वका एक पक्ष जो ज्यादै अन्तर्यामी छ उसले अरुको इच्छा-चाहना बुझ्छ अरुको मनको कुरा सबै बुझ्छ र त्यहीअनुरुप लागु गर्छ, द्वन्द्वले आक्रान्त देशमा द्वन्द्व बढाउने काम गर्छ । सबैले त्यसमा स्यालको हुइया थप्छन् ।

तर १० वर्षे जनयुद्ध १२ बुँदे र ३० बुँदे सम्झौताले २०० वर्ष पुरानो राजतन्त्र ढलेको, नेपालमा सेना समायोजन र शान्ति स्थापना ८ वर्ष कायम भएको छ । यसभित्र मधेश आन्दोलन, जनजाति आन्दोलन, दलित तथा महिला आन्दोलन, पिछडा क्षेत्र, उत्पीडित वर्ग र क्षेत्रको आन्दोलनसँगको लिखित सम्झौता र सहमतिको दस्तावेज “अन्तरिम संविधान”मा लिपिवद्ध अग्रगामी परिवर्तन, धर्मनिरपेक्ष, लोकतान्त्रिक समावेशी समानुपातिक संघीय गणतन्त्रको नयाँ नेपाल निर्माण संविधानसभाद्वारा पूरा गर्ने नेपाली मात्रको ऐतिहासिक दस्तावेज “नेपालको संविधान २०७२” आश्विन ३ गते संविधानसभाबाट घोषणा भयो । तर, अन्तरिम संविधानले तोकेअनुरुप अग्रगामी, पहिचानसहितको संघीयताको दस्तावेज नभइकन नै अन्तरिम संविधानको अवसान हुने पक्कापक्की भएपछि त्यसैको नाममा ४० जवान नेपाली सपुतहरुले आफ्नो जीवनको आहुति दिए । अन्तरयामीहरुले नबुझेको यो कुरा जनताले राम्रोसँग बुझेका छन् भन्ने मैले बुझें ।

तपाईं जनताको कित्तामा कि अन्तरयामीको कित्तामा ? नेपाली जनता यस्तो कित्तामा बाँडिनु अनुपयुक्त मात्रै नभइ यो अनिष्टको संकेत हो । विकल्प सम्झौता कार्यान्वयन गर्नेको हो न कि इच्छा-चाहना बुझेर द्वन्द्व चर्काउने ? छिटो हल खोजौं ।
साभार: इसमता ।

प्रकाशित मिति: Wednesday, September 30, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।