हिमाल बोल्छ (गीत)
रचनाकाल: २०५६ कात्तिक १०
हिमाल बोल्छ पहाड बोल्छ आ–आफनै बोलीमा
झरनाले गाउँछ सुरिलो गीत मधुर स्वरले
देउरालीसँग मितेरी लाउछ पिपलु बरले
हिमाल भन्छ हामी सबै एक भएर उठौ न
पहाड भन्छ नेपाली सबै विकासमा जुटौ न
बिहानपख झुल्किन्छ घाम गाउँबेसी घमाइलो
शरदमास सायपत्री फुल्छ गाउँघरै रमाइलो
घामले भन्छ ज्योति लिएर अब त उठ है
सायपात्री भन्छ बासना छरेर अब त जुट है
चैतको महिना बतासै चल्छ गाउँबेशी सरर
असारै महिना बादल बर्षा पसिना तरर
हूरिले भन्छ विकासमूल उडाई लेउ है
झरीले भन्छ प्रगतिपथ बगाई लेउ है
प्रकाशित मिति:
Monday, September 07, 2015
0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।