बिहानी किरण रमाइलो (गीत)

रचनाकाल: २०५६ कात्तिक १० गते
बिहानी किरण रमाइलो उज्यालो ज्योति छरेर
चन्द्रमा छुने प्रण गरौ लौ हातेमालो गरेर

शिरको फेटा हिमाल पगरी बुट्टा बुनेर
नेपालको माया मुटुमा देखाउन सक्छौ खुलेर
गुराँशको लाली साथैमा नक्कली लाली चाहिन्न
सुन्दर दृश्य आखैमा ब्यर्थको सिंगार चाहिन्न

पहाडी झरना सुसाउँदै क्या राम्रो झर्छ झरर
गाउँ र बेसी पाखैमा क्या मिठो हावा सरर
धानको बाला क्या राम्रो खेतैको आलीमा झुलेको
सायपत्री फूल क्या राम्रो आगनको डिलैैमा फूलेको

हात छ आफ्नै बलियो अरुको सार चाहिन्न
खुटा छ आफनै दरिलो अरुको भर चाहिन्न
मिठो छ आफनै संगित अरुको धुन चाहिन्न
नाच्ने छौ आफनै तालमा अरुको नक्कल चाहिन्न
*   *   *

प्रकाशित मिति: Sunday, September 13, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।