रबिभवनमा शंकास्पद वस्तु

२०७२ असोज ३। काठमाडौ रबिभवनमा राखिएको शंस्कास्पद बस्तुलाई प्रहरीको बम डिस्पोजल टोलीले डिस्पोज गराएको छ ।

विप्लव माओवादीले आइतबार गरेको नेपाल बन्दको दिन बिहानै काठमाडौको रविभवनमा शंकास्पद बस्तु भेटिएको हो ।

शंकास्पद वस्तु भेटिएको भन्दै स्थानीयले बिहान ६ बजे प्रहरी वृत्त कालिमाटीमा खबर गरेका थिए । शंकास्पद वस्तु भेटिएपछि प्रहरी प्रधान कार्यालयबाट खटिएको बम डिस्पोजल टोलीले डिस्पोज गराएको प्रहरीवृत्त कालीमाटीले जनाएको छ ।

काठमाडौमा बन्दको पूर्ण प्रभाव नपरेपछि बन्दकर्ताहरुले नै शंकास्पद वस्तु राखेर आतंकित पार्न खोजेको हुन सक्ने प्रहरीले जनाएको छ ।

संविधानसभाबाट आइतबार जारी गर्न लागिएको नयाँ संविधान जनविरोधी भएको आरोप लगाउँदै विप्लव माओवादीले संविधानविरुद्ध नेपाल बन्दको आहृवान गरेको छ ।

संविधान जारी गर्न लागिएको विरोधमा आइतबार मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चा र उपेन्द्र यादव नेतृत्वको मोर्चाले संविधानसभाको कार्यक्रमलाई प्रभावित तुल्याउन आमहड्तालको आहृवान गरेका छन् । अनलाइन खवरमा समाचार छ ।

प्रकाशित मिति: Sunday, September 20, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।