५१ हजार १ सय ३७ जनाले कोरिया जान ईपीएस भाषा परीक्षा दिदै

२०७२ असोज २। राेजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा दिएर दक्षिण कोरिया काम गर्न जान इच्छुक नेपालीहरुका लागि शनिबार परीक्षा हुँदैछ ।

भाषा परीक्षा यस पटक पोखरामा पनि एकैसाथ गरिने भएको छ । राजधानी काठमाडौबाट मात्रै फारम भर्ने ब्यवस्थाले समस्या भएको भन्दै काठमाडौ उपत्यकाबाहिर पनि फारम भर्ने ब्यवस्था मिलाइएकोमा यो वर्ष पोखरामा भाषा परीक्षा नै सञ्चालन गर्न लागिएको हो ।

यसपटकको भाषा परीक्षामा सहभागी हुने ५१ हजार १ सय ३७ जनाले आवेदन फारम भरेका छन् । काठमाडौका १५ र पोखराका ३ गरी १८ वटा परीक्षा केन्द्रमा परीक्षा हुने ईपीएस कोरिया शाखाले जनाएको छ । विहान साढे ८ बजे र दिउँसो १ बजे गरी दुई सिफ्टमा परीक्षा सञ्चालन हुँदैछ । परीक्षाको समय अवधि २ घण्टा ४० मिनेटको हुनेछ ।

परीक्षा लिन कोरियाबाट ५२ जनाको टोली काठमाडौ आएको ईपीएस कोरिया शाखाले जनाएको छ । कोरियामा रोजगारीका लागि भाषा परीक्षा दिने नेपालीहरुको लाम लाग्ने गरे पनि ईपीएस शाखाले भने भाषा परीक्षा पास गरे पनि कोरिया लैजाने ग्यारेन्टी नहुने जनाएको छ ।

यसअघि ईपीएस भाषा परीक्षा दिएर पास भएका अधिकांश कोरिया जान पाएका छैनन् ।

प्रकाशित मिति: Saturday, September 19, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।