राष्ट्रघाती, नरसंहारकारी र भ्रष्टाचारीलाई मृत्युदण्ड नदिइने

२०७२ भदौ २८ । नेपालको संविधानमा मृत्युदण्डको व्यवस्था गर्न भनी राखिएको संशोधन प्रस्तावलाई संविधानसभाले अस्वीकृत गरेको छ ।

संविधानको धारा १६ को उपधारा २ मा कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानुन बनाइने छैन भनिएको छ । सो धारामा नेपाल मजदूर किसान पार्टीकी सभासद अनुराधा थापा मगरले संशोधन प्रस्ताव राखेकी थिइन् ।

उनको संशोधन प्रस्तावमा देशको हित विरुद्ध विदेशीसँग सन्धी सन्झौता गर्ने, भ्रष्टाचार गर्ने, मानव हत्या, आगजनी तथा मानवता विरोधी गम्भिर अपराध गर्नेलाई मृत्युदण्ड समेतको साजय दिइने छ भनी उल्लेख गर्नुपर्ने माग गरिएको थियो ।

तर संविधानसभाको दुई तिहाई बढी मतले उनको प्रस्ताव अस्वीकृत गरेपछि नेपालमा कुनै पनि अपराधमा मृत्युदण्ड नहुने निश्चित भएको छ ।

यसअघि एमालेका सभासद यज्ञराज सुनुवारले संविधानसभामा भ्रष्टाचारी, बलात्कारी र नरसंहारकारीलाई मृत्यदुण्ड दिने गरी संविधान बनाउन माग गरेका थिए । तर दलीय ह्वीपका कारण उनले त्यो संशोधन प्रस्ताव ल्याउन पाएनन् र अनुराधाको प्रस्तावमा समर्थन जनाउन पनि सकेनन् ।

प्रकाशित मिति: Monday, September 14, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।