आन्दोलनमा घातक बल प्रयोग नगर्न सर्वोच्चको आदेश

२०७२ भदौ २९। सर्वोच्च अदालतले मधेसमा भइरहेको आन्दोलनमा घातक बल प्रयोग नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

विस्मिलाह खातुनलगायतले दायर गरेको रिटमा न्यायाधीश बैद्यनाथ उपाध्याय र दीपकराज जोशीको
इजलासले राज्यले शान्ति सुरक्षा कायम गर्न कानून बमोजिम आवश्यक कदम चाल्ने ठहर गरेको छ । तर, रिट निवेदकले दाबी गरे जस्तो रसायनिक पदार्थ मिसिएको अश्रुग्यास र घात हतियार प्रयोग गरेको भए नगर्नु भन्ने आदेश भएको सर्वोच्चका सहरजिष्टार नकुल सुवेदीले जनकारी दिए ।

अदालतले स्थानीय प्रशासन ऐनले तोकेको मापदण्ड बमोजिम मात्र बल प्रयोग गर्न गराउन अन्तरिम आदेश दिएको छ । रिटमा घातक बल प्रयोग नगर्न र ज्यानै जाने गरी गोली नचलाउन माग गरिएको थियो, रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश भएको छ ।’

मधेसमा भइरहेको आन्दोलनमा सुरक्षाकर्मीले दमन गरेको आरोप आन्दोलनकारी दलहरुसँगै एमाओवादीले समेत लगाएको छ । एमाले अध्यक्ष केपी ओलीले समेत संविधानसभामा मन्तव्य दिने क्रममा ताकेर गोली हानिएको भए त्यो गलत कार्य भएको बताएका थिए ।

प्रकाशित मिति: Tuesday, September 15, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।