सन्तान जन्माउने योजनामा हुनुहुन्छ ? यी स्वास्थ्य परीक्षण अवश्य गराउनुहोस्

यदि तपाइँ सन्तान प्राप्तिको बारेमा तयारी गर्न सुरु गर्नुभएको छ भने तपाइँले आफ्नो स्वास्थ्य सम्बन्धी विभिन्न परीक्षण गर्नु आवश्यक हुन्छ । त्यस्तो परीक्षणले गर्ने गर्भावस्थामा हुने जटिलताबाट बचाउन सक्छ ।

यस्तो परीक्षणले महिलाको स्वास्थ्यको चेकजाँच गर्छ र सरीरमा कुन तत्वको कमी छ भन्ने कुराको जानकारी गराउँछ । तत् पश्चात उक्त कमी तथा समस्या हल गर्नका लागि उपचार, व्यायाम तथा भोजनमार्फत तन्दुरुस्ती प्राप्त गरी महिलाले गर्भाधारण गर्नु उपयुक्त हुन्छ । महिलाले गर्नुपर्ने त्यस्ता परीक्षणमा बिएमआइ, ब्लड सुगर लेभल, रक्तचाप आदि हुन् ।

केवल महिलाले मात्र होइन पुरुषले पनि केही परीक्षण गर्नु आवश्यक हुन्छ । जसबाट पुरुषको स्पर्म काउन्ट पत्ता लाग्ने तथा प्रजनन सम्बन्धि कुनै समस्या भएमा पनि पत्ता लाग्दछ र त्यसको समाधान गर्न सकिन्छ । गर्भाधारण अघि गराउनैपर्ने स्वास्थ्य परीक्षण यी हुन् :

१. थाइराइड परीक्षण : 
महिलाले गर्भाधारण अघि थाइराइड परीक्षण गराउनु आवश्यक हुन्छ । थाइराइडको समस्याले गर्भपतन हुने लगायतका जोखिम हुनुका साथै बच्चाको मानसिक विकाशमा पनि असर पूराउन सक्छ ।

२. रक्त परीक्षण : 
हरेक ६ महिनामा रक्तपरीक्षण गराउनु आवश्यक हुन्छ । जसमा ब्लड काउन्ट, प्लेटलेट्स तथा हेमोग्लोबिन आदिको परीक्षण गराउनुपर्छ । यसबाट कतिपय आनुवंशिक विमार जस्तै सिकल सेल एनिमिया वा साइस्टिक फाइब्रोसिस भएमा पनि पत्ता लाग्दछ ।

३. मुत्रपरीक्षण : 
मुत्रपरीक्षणबाट ब्लड सुगर, हाइ प्रोटिन तथा ब्याक्टेरियल संक्रमणका बारेमा थाहा हुन्छ । यदि सरीरमा ब्लड सुगर बढि भएमा तपाइँले धेरै सावधानी अपनाउनुपर्ने हुन्छ र उपचार विधि अपनाइहाल्नुपर्ने हुन्छ । किनकी उच्च ब्लड सुगरका कारण मधुमेहको जोखिम हुन्छ ।

४. स्मियर टेष्ट : 
स्मियर टेष्टमा पूरै यौनांगको परीक्षण गरिन्छ । यसमा महिलाको योनी, पाठेघर तथा पेल्भिस लगायतका अंगहरुको विस्तृत परीक्षण गरिन्छ । यसले यौनांगहरुमा भएको संक्रमण पत्ता लाग्छ र समयमै उपचार गर्न सकिन्छ ।

५. भ्याक्सिनेसन : 
महिलाले नियमित रुपमा लगाउनुपर्ने विभिन्न खाले खोप लगाउनै पर्छ जसका कारण विभिन्न खाले रोगबाट बच्न सकिन्छ । यसबाट आमा र बच्चा दुबै जनालाई संक्रमणको खतरा टर्दछ ।

६. विर्य परीक्षण : 
पुरुषका लागि विर्यपरीक्षण अनिवार्य हुन्छ । यसबाट पुरुषको विर्यमा शुक्रकिटको संख्या थाहा पाउन सकिन्छ । जसबाट पुरुषमा पिता बन्ने क्षमता छ वा छैन भन्ने कुरा पत्ता लगाउन सकिन्छ । साथै पुरुषमा स्पर्म काउन्ट बढाउने उपचार पनि गर्न सकिन्छ ।
साभार: अनलाइन खवरबाट

प्रकाशित मिति: Monday, September 21, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।