'माटाेकाे मुन्धुम' लाेकार्पण तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न (फोटो फिचर)

  • चन्द्री माेक्तान, जोहोर मलेसिया ।
२०७२ असोज १२ । गजलगाे सन्ताेष मावुहाङकाे गजल सङ्ग्रह "माटाेकाे मुन्धुम" लाेकार्पण साथै साहित्यिक स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।

अाइतवार २७ सेप्टेम्वर २०१५ का दिन मलेसियाकाे जाेहाेर राज्यकाे जाेहाेर जेवि सेन्टरहलमा प्रवासी नयन साहित्य समाज जाेहाेरका अध्यक्ष राज अाङदेङ्वे सहयात्री र पहिचानवादी साहित्यकार ईन्द्र नारथुङेद्वयले बृहत साहित्यिक सम्मान समाराेहका वीच कृतिकाे लाेकार्पण गर्नुभएकाे थियाे ।

हम्वे राईकाे प्रकाशन रहेकाे ९६ पृष्ठकाे माटाेकाे मुन्धुम गजल कृतिमा जम्मा ८६ वटा गजलहरु समावेश रहेका छन् । कृतिकाे लाेकार्पण पछि गजल कृतिको समीक्षा गर्दै साहित्यकार तथा प्रवासी कलम मलेसियाका वर्तमान अध्यक्ष प्रकाश "पुष्पक" राई पुमाले बाेल्नु भएकाे थियाे ।

विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्दिजिवी, व्यापारी, व्यावसायी, पत्रकार लगायत उपस्थित साहित्यकारहरुले शुभकामना मन्तव्य दिएका थिए । वैदेशिक राेजगारकाे शिलसिलामा मलेसियामा कार्यरत भएता पनि नेपाली भाषा साहित्य क्षेत्रमा समर्पित भई निरन्तर साधना गरेर साहित्यमा अतुलनीय याेगदान पुर्‍याए वापत क्रमश सोमनाथ सुवेदी, देव "बिरही", कपिल आचार्य "माैशम", रिना बम्जन तामाङ, दिल "दु:खी" जन्तरे, दिलिप "सगर" राई, राजेस शर्मा "विरही", चतुरमान राई, जीवन देवान "गाउँले", जितमान राई "सबिन", प्रकाश "पुष्पक" राई पुमा, भिम "स्नेही" लिम्बू, बजिन लिम्बू, थलिन्द्रबहादुर भुजेल "उदय", रतनराज पुन मगर र थाकुहाङ् मेरिङ सम्बाहाम्फे गरि जम्मा १७ जना स्रष्टाहरुलाई प्रवासी नयन साहित्य समाज जाेहाेरले उच्च कदर गर्दै कार्यक्रमका प्रमुखअतिथि ईन्द्र नारथुङेकाे बाहुलीबाट सम्मान पत्र सहित् कदर गरिएकाे थियाे ।

कार्यक्रमकाे अन्त्यमा गजलकार सन्ताेष मावुहाङ्काे गजल कृति 'माटाेकाे मुन्धुम' विमाेचन तथा स्रष्टा सम्मान कार्यक्रम गर्नकालागि निस्वार्थ भावले अतुलनीय आर्थिक सहयाेग गर्नुभएकाेमा उच्च कदर गर्दै सगुन सांस्कृतिक मञ्च जाेहाेर मलेसियाका अध्यक्ष मानवीर राई, जाेहाेर क्षेत्रका व्यापारी तथा सफल ब्यावासायी कविन्द्र कुलुङ राई नेपाल अादिवासी जनजाति महासंघ क्षेत्रीय जाेहाेर मलेसियाका अध्यक्ष भिम तामाङ, नयन मञ्जरी नेपाली पत्रिका लगायत अनिरूद्र थारू, चतुरमान राई, दिप गुरूङ, सानु गुरुङ र तुलसी दिप थापालाई कार्यक्रमका सभापति राज अाङदेम्वे सहयात्रीले धन्यवाद पत्र प्रदान गर्नु भएकाे थियाे ।

प्रवासी नयन साहित्य समाज जाेहाेरकाे अायाेजनामा रहेकाे यस विमाेचन तथा स्रष्टा सम्मान कार्यक्रम रवि अाश्रय लिम्वूले संचालन गरेका थिए भने गंगा चाम्लिङ्काे शुभकामना मन्त्वयबाट पहिचानवादी साहित्यकार ईन्द्र नारथुङेकाे प्रमुख अतिथ्य तथा प्रवासी नयन साहित्य समाज जाेहाेरका अध्यक्ष राज अाङदेम्वे सहयात्रीकाे सभापतित्वमा समापन गरिएकाे थियाे ।









प्रकाशित मिति: Tuesday, September 29, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।