निस्वार्थी तिमी (कविता)

२०५३ फाल्गुण
छङछङ गर्ने छहरा झैं तिमी
शान्तिको गीत सुनाउनु
सगरमाथाको चुचुरा झैं तिमी
स्वाभिमानी शिर नझुकाउनु
कहिलेकाही हासिदेउ पनि तिमी
आँशुमै नडुब सधैँ सधैँ
सत्य नै साथी मान्नु तिमी
अन्धबिश्वासमा नडुब सधैँ सधैं
चहराईरहेको घाउलाई अझ नदुखाई तिमी
बरु पीडा कम गराउने बोलीले बोल
मनभित्र गुम्सिएका पीडाहरुलाई तिमी
सबैको सामुन्ने सुस्तरीखोल
अरुको मन कहिल्यै नदुखाउ तिमी
बरु रोइरहेको आत्मालाई सान्त्वना देउ
आफनो स्वार्थलाई पर पन्छाएर तिमी
अरुको भलाईको लागि ज्यान समेत खुसीसाथ देउ ।।

प्रकाशित मिति: Monday, September 07, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।