२०७३ बैशाख २४। उदयपुर मैनामैनीका भक्तकुमार राई (ओमनन्द)ले स्वर्गीक मार्ग संघ मार्फत किरातीहरुले मान्दै आएको धार्मिक, साँस्कृतिक परम्परा बिगारेको भन्दै पम्प्लेट, पुस्तिका र पुस्तक प्रकाशन गर्दै आएका भद्रगोल किरातीलाई केहीबेर अघि प्रहरीले पक्रेको छ ।
उनको पछिल्लो पुस्तक ‘गड होइन ठग एन्जल’ भोलि २५ गते प्रज्ञा भवन कमलादीमा सार्वजनिक गर्ने कार्यक्रम थियो । कमलपोखरी प्रहरी कार्यालयले फोन गरेर उनलाई भोलिको कार्यक्रमबारे बुझ्नु छ भनेर बोलाएर आज अपरान्ह भेनमा राखेर महानगरीय प्रहरी परिसर टेकु लगेको छ ।
भक्तकुमार राईले किरात राईहरुले मान्दै आएको धार्मिक संस्कार भन्दा भिन्न संस्कारको बिकास गरेर भक्तहरु बनाएर प्रचार प्रशार गर्दै आएका छन् ।
नयाँ संस्कारको बिकास गरेर पुस्तौदेखि गर्दै आएको धार्मिक परम्परा बिगारेको भन्दै किरात राई समुदायले विरोध गर्दै आएका छन् । किरात राईहरुले पितृको रुपमा तीन चुलालाई पुजा गर्दछन् । भक्तकुमार राईले नयाँ संस्कारको बिकास गरेर पितृ र प्रकृति पुजक राई समुदायको परम्परागत संस्कारमाथि प्रहार गरेको भन्दै विरोध आइरहेको छ ।
यसै विषयमा भद्रगोल किरातीले ‘ठग एन्जल’ नामक पुस्तिा निकाल्दै आएका थिए । किरातीले किराती इन्टरनेश्नल कल्चर (किक) समुह बनाएर अभियान समेत चलाउदै आएका छन् । पछिल्लो पुस्तकमा ओमनन्द समुहले भारतको सिक्किम र दार्जेलीङमा भनेको नमानेको भन्दै दुई जनालाई पिटेर, आगो लगाएर हत्या गरेको समेत तथ्य आउने किरातीले जनाउदै आएका छन् । त्यो मुद्धामा केही जेल परेको र भक्तकुमार राई (ओमनन्द) फरारलिष्टमा रहेको पुस्तमा उल्लेख रहेको बताइएको छ । ओमनन्दको दुई वटा नागरिकता, दुईवटा पासपोर्ट समेत रहेको यसअघि प्रकाशित पुस्तिका उल्लेख छ । (इसमताबाट साभार)
प्रवेशाज्ञा खारेजविरुद्ध वीरगञ्जमा विरोध प्रदर्शन
२०७३ बैशाख २२। नेपालका विषयमा सामाजिक सञ्जालमार्फत सीमान्तकृत नेपालीको पक्षमा लेख्ने रोबर्ट पेन्नर नामका क्यानडेली नागरिकको गृहमन्त्रालयले प्रवेशाज्ञा खारेज गरेको छ ।
नेपालमा लामो समयदेखि कार्यरत पेन्नरलाई गिरफ्तार गर्ने र उनको प्रवेशाज्ञा खारेज गर्ने सरकारी कामकारबाहीविरुद्ध वीरगञ्जमा प्रदर्शन भएको छ । ती क्यानडेलीलाई अध्यागमन विभागको अनुरोधमा सोमबार ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई २६ घण्टासम्म हिरासतमा राखेर छाडिएको छ ।
क्यानडेली नागरिक पेन्नरले नेपाल बसाइका लागि लिएको कामदार प्रवेशाज्ञा खारेज गर्दै दुई दिनभित्र देश छोड्न निर्देशन दिइएको गृहमन्त्रालयका प्रवक्ता यादव कोइरालाले राससलाई जानकारी दिए । प्रवक्ता कोइरालाले भने–“प्रवेशाज्ञा खारेज भएपछि टिकट पाए आजै उनी स्वदेश फर्किनुपर्छ, नपाए दुई दिनभित्र उनी फर्किनैपर्ने व्यवस्था छ ।”
क्यानडेली नागरिक पेन्नरले सामाजिक सञ्जालमार्फत नेपालको सामाजिक सद्भाव भड्काउने गरी टिप्पणी गर्दै आएको उजुरीका आधारमा छानबिनका लागि सोमबार पक्राउ गरिएको थियो । उनी कामदार प्रवेशाज्ञामा नेपाल बस्दै आएका थिए । उनी सफ्टवेयर इन्जिनियरका रुपमा क्लाउड कम्पनीमा कार्यरत छन् ।
उनले मधेस आन्दोलनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीका विषयमा समेत सामाजिक सञ्जालमा टिप्पणी गर्दै आएका थिए । उनको आलोचनात्मक टिप्पणी मन नपाएका केही मानवअधिकारवादीले समेत सामाजिक सञ्जालमा उनलाई देशनिकाला गर्न अभियान चलाएका थिए । कामदार प्रवेशाज्ञामा आएको व्यक्तिले सोही अनुरुप काम गर्नुको साटो सम्बन्धित देशको राजनीतिक विषयमा टिप्पणी गर्नु अध्यागमन कानुन उल्लङ्घन गरेको सरकारी भनाइ छ ।
यसबारे सोसल मिडियामा सरकारको व्यापक आलोचना भइरहेको छ । एक राजनीति विश्लेषक उज्ज्वल प्रसाईंले सरकारी व्यवहार ज्ञानेन्द्र शाहको व्यवहारभन्दा फरक नभएको टिप्पणी गर्दै नयाँ राजाको उदय भएको हो कि भनी प्रश्न गरेका छन् । उनले लेखेका छन् : जनआान्दोलन २ मा पुलिसको कुटाइले घाइते भएका आन्दोलनकारीको उपचार गर्दै हिँड्ने एक विदेशी डाक्टरलाई देश निकाला गरेका थिए हैन ज्ञानेन्द्रले ? अहिले केही महत्वपूर्ण प्रश्नसहित आफ्ना फरक मत राख्ने एक विदेशी नागरिकलाई निकाला गरे खड्गप्रसादले । (साभार: इसमताबाट)