- गणेश राई, कुम्भराज राई, काठमाडौं ।
२०७२ भाद्र १४ । सांस्कृतिक कानुनले चेपिएको किराती चाड हो– ढ्वाङ्कुमो । यसमा मुन्धुम फलाकेर परम्परालाई पुकारिन्छ । मुन्धुमी नाक्सो (कुलपुजारी) फलाक्छन्– ‘लिब्जु उपो (बाजे) उहिले त्यस्तो थिएन । हामीले माले गोरु काटेर बलि दिन्थ्यौं । राजा, काजी र हिन्दु धर्म आएपछि राँगाको बलि दिंदै आएका छौं । लिब्जु बाजे नसराप्नू । हाम्रो फलिफाप गर्नू । हामीलाई आशीर्वाद दिनू ।’
लिखित कानुन नहुँदा समाज परम्परा र संस्कारले चल्थ्यो । त्यसैको जीवन्त उदाहरण हो– ढ्वाङकुमो । वल्लो किरात प्रदेश अर्थात् ओखलढुंगाको दक्षिणी भेगका वाम्बुले राईहरूले यो परम्परा धानिरहेका छन् । यो उनीहरूको महान् चाड हो । हिन्दुहरू जनैपूर्णिमा र किरातीहरू ढ्वाङ्कुमो चाड (ढ्वाङ्कुम पनि भनिन्छ) एकै दिन मनाइन्छ, फरक–फरक मान्यताका साथ ।
ओखलढुंगाको उँबुगाउँको ढ्वाङकुमटारलाई वाम्बुले राईको उदगम् थलो मानिन्छ । यही थलोमा सामूहिक भेला भएर ढ्वाङकुमो मनाउँछन् उनीहरू । मुन्धुमी नाक्सोहरूले पूजाआजा र विभिन्न सांस्कृतिक नाचगान गर्छन् । यो चाड प्रकृति र संस्कृतिको सम्मिश्रण हो । समुद्र सतहदेखि करिब २ हजार मिटर उचाइमा रहेको लिब्जु पहाडलाई ‘लिब्जु बाजे’ भनेर पुजिन्छ ।
किरातीहरू आफूलाई प्रकृति र पितृका पूजक मान्दछन् । ढ्वाङ्कुम परम्परा कति पुरानो हो लिखित प्रमाण छैन । चाडमा भेला भएर हेर्दा सामान्य लाग्छ । ढ्वाङकुमटारमा सयौं थुन्से, सोलीहरूको लस्कर रास (चाङ) लगाइन्छ । प्रत्येक घरबाट थुन्सेमा जाँड, कागुनोको भात, मकैको झुत्ता आदि लिएर आइपुग्छन् । यसरी सामूहिक चाडमा जो जुट्दैन उसलाई समाजले बहिष्कार (असहयोग) गर्न सक्छ ।
किंवदन्तीअनुसार यो संस्कार सेन मुगल राजाको पालादेखि सुरु भएको मानिन्छ । शताब्दीअघिसम्म ‘मालेगोरु’ काटेर पूजा गरिन्थ्यो । १९१० मा मुलुकी ऐन लागू भएपछि गोरु काट्न प्रतिबन्ध लाग्यो । त्यसपछि भने राँगा काट्न थालियो । यसमा अन्य सिकारी देवताहरू पनि पुजिन्छ ।
ढ्वाङ्कुममा चारजना प्रमुख नाक्सोको भूमिका अपरिहार्य रहन्छ । उनीहरूलाई सिसी नाक्सो, बुलु नाक्सो, ढ्वाङ्कुर्मो नाक्सा र काउर्मो नाक्सो भनिन्छ । चारैजनाको काम मुन्धुम फलाक्ने हो । तर भूमिका फरक फरक हुन्छ । सिसीले चारचौरासको प्रकृति पुकार्दै भूमि बाँध्छन् । बुलुले पितृहरू सामूहिक रूपमा बोलाउँछन् । ढ्वाङ्कुर्मोले जिमी भूमिलाई मनाउँदै आकाश, पाताल, पाखापर्वत, वनजंगलको पूजा गर्दछन् । काउर्मोले नदीनाला, बोटबिरुवा, सिकारी बेखारी पुकार्दै समृद्धिको कामना गर्दछन् ।
चार प्रमुख नाक्सोका साथै कारबारी, गौरुङ र थरीलगायत पदवी लिएका समाजका व्यक्तिले दिएको निर्देशनबमोजिम यो चाड मनाउने गरिएको पाइन्छ । अघोषित रूपमा ती पदवी विद्यमान छ ।
राँगा र कुखुरा बलि दिँदै नयाँ अन्नबाली चढाउनु र ढ्वाङकुमटार घुमेर नाचगान गर्नु यसको विशेषता हो । प्रत्येक घरले थुन्सेमा कागुनीको भात र राँगाको मासु बोकेर पुर्याउनुपर्छ । पूजा दुई दिनसम्म रहन्छ । त्यतिन्जेल गाउँका जोसुकैले खेतबारीमा पसेर कृषिकर्म गर्न नपाउने चलन छ । सबैले चाड मनाउनैपर्दछ । ढ्वाङकुममा नयाँ अन्नबाली चढाएर पूजा गरेपछि वर्षभरि दु:खबिमार नलाग्ने र शान्ति समृद्धि हुने विश्वास गरिन्छ ।
यो पुरानो संस्कार आधुनिकीकरणसँगै लोप हुने हो कि भनेर पिरिएका छन् अगुवाहरू । त्यसैले यो संस्कार जोगाउन संस्थागत पहल भइरहेको वाम्बुले राई समाजका जिल्ला अध्यक्ष महाजित राई बताउँछन् ।
ढ्वाङकुमो चाडमा यस भेगका अन्य जातजाति पनि उत्तिकै सहभागी भएर मनाउँछन् । यसले एउटा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गरेको उँबु–४ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका प्रधानअध्यापक रमेशकुमार अधिकारी बताउँछन् ।
उहिले–उहिले किराती वाम्बुले समुदायले एकै ठाउँ ढ्वाङकुमटारमा भेला भएर पूजा गर्थे । अहिले उनीहरूको जनसंख्या १३ हजार ४ सय ७० छ । ओखलढुंगाको उँबु, वाक्सा, केत्तुके, मोली, मानेभञ्ज्याङ, थाक्ले गाविसमा यो पूजा गरिन्छ । खोटाङको बाहुनीडाँडा, डिकुवा र च्यास्मिटार, उदयपुरको कटारी, सुनसरीको धरान, काठमाडौं उपत्यकाको इमाडोल र बेलायतमा समेत यस अवसरमा भेटघाट तथा शुभकामना आदानप्रदान गरिन्छ ।
साभार : कान्तिपुर (काेसेली)
प्रकाशित: भाद्र १२, २०७२
हेङ्खामा एउटा सामान्य ब्लगसाइट हो । यसले तपाईं र तपाईं जस्तै सृजना र लेखनकलाका पारखीहरुको लेख रचना तथा समसामयिक परिवेशलाई अनलाइन गर्ने गर्दछ । तपाईं जस्तै सृजनशील व्यक्तित्वहरुको सृजनालाई निसन्देह यस हेङ्खामाले प्रकाशित गर्ने गर्दछ । लेखनका कुनै पनि विधा (कथा, कविता, गीत, गजल, उपन्यास, निबन्ध, समाचार आदि) र जुनसुकै भाषाका मौलिक रचनालाई यसले समेट्ने गर्दछ । त्यसैले आजै अहिल्यै तपाईको कलम उठाउनुहोस् या किबोर्डमाथि अौंला उठाउनुहोस् र फेसबुक इनबक्स, इमेल वा अन्य कुनै माध्यम मार्फत तपाईंका ती सृजना हामीलाई उपलब्ध गराउनुहोस् । तपाईंको सृजनाले तत्काल स्थान पाउनेछ । साथै यस हेङ्खामा ब्लगस्पोट डटकमलाई समयको अनुकुलतासँगै हेङ्खामा डटकम बनाउने रोडम्याप रहेको सम्पूर्ण साथीहरुलाई जानकारी गराउँदछु । धन्यवाद ।
तथा हेङ्खामा परिवार ।
सम्पर्क तथा सृजना उपलब्ध गराउने ठेगाना
facebook मार्फत: ब्लगर गणेश पुमा
gmail मार्फत: roserai2007@gmail.com
फोन: ९८४२०७४७२२
ऋतुहरु फेरिदै फेरिदै
अर्को शरद आइपुग्दा
बारीका कान्लाकान्ला, आँगनको डिल डिल
सयपत्री, मखमली ढकमक्क फुलेको
हावाको सुसेलीमा लहराउँदै पुष्पगुच्छाहरु
परदेशिएको कान्छोलाई
आउ ए कान्छा आउ भनी
गाउँभरि सुबास छरेर निम्तो दिइरहेको पल
म परदेशको तातो घाममा राँपिएर
खलखली पसिना चुहाएर, फलाम पग्लने तापमा
कोमल मनको कुनाकुना
गाउँवेशीको माया बोकेर
मखमली, सयपत्रीको निम्तोलाई
आँसुका ढिक्का ढिक्कामा तिलाञ्जली दिदै
मुटुलाई पत्थर भन्दा कठोर बनाउन बाध्य म
बैनीको भाइटिकामा घर पुग्न असमर्थ छु ।
अभावमा पिल्सिएको वास्तविकतालाई
निकास दिने अजङ्गको सपना साकार पार्ने
गुलिया मिठा मनलाई तानतुन पारेर
आशाको त्यान्द्रो मस्तिष्कमा अल्झाएर
सात समुद्रपारको यात्रा तय गर्न विवश म
भाइटिकासँगै गुञ्जिएका मादल, बाँसुरी, मुर्चुङ्गाको
सुरिलो र कर्णप्रिय धुनलाई
मनभित्र अनन्य सँगालेर
बैनीको हात खाली राख्न विवश म
र निरस मेरो जिन्दगी
तातो तावामा सेकाउन बाँध्य छु
रापिलो झिरमा उनेर ।
अर्को शरद आइपुग्दा
बारीका कान्लाकान्ला, आँगनको डिल डिल
सयपत्री, मखमली ढकमक्क फुलेको
हावाको सुसेलीमा लहराउँदै पुष्पगुच्छाहरु
परदेशिएको कान्छोलाई
आउ ए कान्छा आउ भनी
गाउँभरि सुबास छरेर निम्तो दिइरहेको पल
म परदेशको तातो घाममा राँपिएर
खलखली पसिना चुहाएर, फलाम पग्लने तापमा
कोमल मनको कुनाकुना
गाउँवेशीको माया बोकेर
मखमली, सयपत्रीको निम्तोलाई
आँसुका ढिक्का ढिक्कामा तिलाञ्जली दिदै
मुटुलाई पत्थर भन्दा कठोर बनाउन बाध्य म
बैनीको भाइटिकामा घर पुग्न असमर्थ छु ।
अभावमा पिल्सिएको वास्तविकतालाई
निकास दिने अजङ्गको सपना साकार पार्ने
गुलिया मिठा मनलाई तानतुन पारेर
आशाको त्यान्द्रो मस्तिष्कमा अल्झाएर
सात समुद्रपारको यात्रा तय गर्न विवश म
भाइटिकासँगै गुञ्जिएका मादल, बाँसुरी, मुर्चुङ्गाको
सुरिलो र कर्णप्रिय धुनलाई
मनभित्र अनन्य सँगालेर
बैनीको हात खाली राख्न विवश म
र निरस मेरो जिन्दगी
तातो तावामा सेकाउन बाँध्य छु
रापिलो झिरमा उनेर ।
+++ +++ +++
लेखनकाल: २०७०।०६।११
लेखनकाल: २०७०।०६।११