किराती राष्ट्रिय मुक्तिमोर्चा इटहरी उपमहानगर तेस्रो अधिवेशनका प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरु, संघसस्थावाट पाल्नुहुने अतिथिज्यूहरु, लगायत सम्पूर्ण उपस्थित आमा, बुवा, दाजुभाई तथा दिदी बहिनीहरु, कि.रा.मो. इटहरी नगर समितिको तर्फवाट तथा ब्यक्तिगत ज्ञान किरातीको तर्फ वाट स्विकार्नुहोस् सेवा तथा अभिवादन ।
आदरणिय उपस्थित माहानुभाहरु –
आज मिति २०७३ असार ३ गते
आज यस किराती राष्ट्रिय मुक्तिमोर्चा इटहरी नगर समितिका अध्यक्ष ज्ञान किरातीको कार्य समितिको अवधि दुई कार्यकाल तथा पाँच बर्ष पार भएको छ । पहिलो कार्यसमिति २०६७ साल माघ १७ गते इटहरी न.पा. सांस्कृतिक भवन स्थित कि.रा.मो. केन्द्रीय उपाध्यक्ष अशोक किरातीको प्रमुख अतिथ्यमा १३ कार्यसमिति चयन भएको थियो ।
यसै गरी दोस्रो कार्यकाल इटहरीको मन शान्त पार्टिप्यालेस स्थित किरात राई हरुको ¥यालि तथा झाँकि सहित पुर्व किरात राज्य फ्याक्सन ईन्चार्ज तथा पुर्व संस्कृति मन्त्री गोपाल किराती (साईला) को प्रमुख अतिथ्यमा दोस्रो कार्यकाल पुन ज्ञान किराती कै अध्यक्षतामा १५ कार्य समिति चयन भएको थियो ।
आदरणिय उपस्थित माहानुभावहरु,
किराती राष्ट्रिय मुक्तिमोर्चा सैयौँ बर्ष देखि पछि परेका समुदाय हरुको हक अधिकार प्राप्त गर्न तथा पहिचान सहितको किरात स्वायत्त राज्य प्राप्तिको लागी संघर्ष गर्दै आइरहेको मार्चा भएको कारणले इटहरीमा मात्र नभई देशै भरि किरती राष्ट्रिय मुक्ति मार्चाले चुनौतिहरु सामना गर्दै किरात राज्यको निम्ती संघर्ष गरिरहेको छ । यिनै संघर्ष का कारण आज आदिवासी जनजाती तथा पिछडा बर्गहरु राज्यको निती निर्माण तहमा पुग्न सफल हुनुका साथै शुरक्षा अंगहरुमा समेत प्रधान सेनापती तथा माहानिरिक्षक बन्ने अवसर आदि यि सबै मोर्चाकै उपलब्धि मान्न सकिन्छ ।
किराती राष्ट्रिय मूक्तिमोर्चाले अधिवेशन द्धारा चुनिएका अधिकाशं सदस्यहरु निष्क्रिय भएता पनि कडा चुनौतिका वाबजुत इटहरी नगर समिति विचारको हकमा व्रिmयासिल रहि रह्यो । त्यासकारण कि.रा.मो. केन्द्रकै साख जोगाउन इटहरी नगर समिति सफल भएको महसुस गरेको छु । चाहे पार्टी टुक्रा टुक्रामा विभाजन हुँदा होस् वा आन्तरिक दोन्दमा होस विभिन्न चुनौतिका वाबजुद विचार संम्प्रेशण तथा एकतामा बाँध्न मोर्चा सफल रहिरह्यो । जनताका समस्या तथा सामाजिक कार्यमा इटहरी नगर समिति सँधै लागि रह्यौँ । यिनै इमान्दार तथा कृयाशिलतको कारण पार्टीलाई विश्वासमा लिन इटहरी नगर समिति सफल भयो । मोर्चा र पार्टी बिचको सहकार्य बाट जनताको घर दैलोमा ब्यापक बजेट विनियोवन गर्न सफल भइयो ।
विकासका योजनाहरु–
जस्तै,
- २०७०÷०७१ सालमा गणतन्त्र मार्गमा रु. ५०,००,०००÷– पचास लाख को कालोपत्रे
- २०७०÷०७१ मै मादेन मार्ग टोल रु. २,००,०००÷– दुई लाख को ड्रेन ग्रावेल
- २०६८÷०६९ मा जनता बस्ती गोस लाईन ब्यावस्थापनमा रु. २ लाख
- २०६८÷०६९ मा बुद्ध टोल र गैरिगाउँ लाई रु. २,५०,०००÷–
- २०७०÷०७१ म तुलसा टोल मदन मार्ग जोड्ने बाटो कालो पत्रे रु. ५ लाख
- २०६९÷०७० मा इटहरी –५, सङ्गम सगरमाथा रु. २ लाख
- २०७१÷०७२ मा रक्तमाला शिवालय टोल रु. ४ लाख
- २०७०÷०७१ मा इटहरी –५, तासि छ्योला गुम्बा रु. २ लाख
- २०७२÷०७३ मा माननिय अनिता परियार ज्यू को सभासद कोषबाट किरात राई तायरिप्ची बहुद्देश्य भवन लाई रु. १०,००,००० न.पा. बाट २,००,००० गरि जम्मा रु. १२ लाख
- २०७२÷०७३ को माननिय अनिता परियारको सभासद कोष बाट किरात राई सुम्मीमा संघलाई रु. १,५०,००० एक लाख पचास हजार
- २०७१÷०७२ मा इटहरी –७ ध्यान केन्द्र जाने बाटो डे«न ग्रावेल रु. २,५०,०००÷–
- २०७२÷७३ हलगडा स्थित किरात मार्गलाई रु. ३,००,००० तीन लाख
आदरणिय उपस्थित महानुभावहरु,
पछिल्लो समय इटहरी नगरलाई विस्तार गर्ने क्रममा हाँसपोसा, पकलि खनार, एकम्वा लार्ई जोडेर ९ वार्ड वाट २६ वार्डको उपमाहानगर बनाईएको छ । जसमध्ये हाँसपोसा, पकलि, इटहरी वार्ड नं. २, ४ र ५ मा किरातीहरुको बाहुलियता भएको पाईन्छ । तर किरातीहरुको बसोवास रहेता पनि राजनैतिक शब्द सुन्नै चाहान्नन् त्यसकारण राजनैतिक चेतना नभएको कारण आफ्नो हक अधिकार गुमाउनका साथै पहिचान तथा किरात स्वायत्त राज्य विरोधि राजनैतिक पार्टीले प्रयोग गरिरहेको पाईएको छ ।
प्रदेश नं. १ को राजधानी इटहरी
अन्त्यमा किराती तथा आदिवासी जनजातिहरु साथै सम्पुर्ण आम जनताहरु एक भई अब बन्ने प्रदेश नं. १ को राजधानी ऐतिहाँसिकताको आधारमा नामाङ्कन किरात प्रदेश हुनु पर्छ जुन प्रदेशको राजधानी पुर्वाञ्चलको केन्द्रको हिसाबले इटहरीमा हुनुपर्छ, भन्दै किराती राष्ट्रिय मुक्तिमोर्चा इटहरी उपमाहा नगर समिति जोडदारका साथ आवाज उठाउँदै इटहरीलाई राजधानी हुने मुख्य अधारहरु—
- पुर्वाञ्चलकै सेन्टर इटहरी
- कार्यलयहरुको लगि प्रसस्त जमिनहरु खाली
- विकास उन्मुख सहर
- मजवुद जमिन, भुकम्प बाट कम क्षती
ज्ञान किराती
अध्यक्ष
किराती राष्ट्रिय मुक्ति मोर्चा
इटहरी उप माहानगर समिति
सुझबका लागि– ९८४२३७२३१७, ९८०४३३५१२९
२०७३ भदौ ३१। स्मरण शक्ति बढाउन निम्न तरिकाहरु लाभदायी हुनेछन्—
१. विषयलाई जोड्नुहोस्
तपाईं जुन चिज सिकिरहनुभएको छ, त्यसलाई पूरानो कुरासंग जोड्न सिक्नुहोस् । यसले तपाईंलाई दुवै कुराका बारेमा आवश्यक कुराहरु सम्झन सजिलो हुनेछ ।
२. दोहो¥याउनुहोस्
यदि कुनै चिजलाई मनमनै दोहो¥याउनुहुन्छ भने त्यसलाई सम्झन सजिलो हुनेछ । अथवा, कुनै पनि कुरालाई कागजमा निरन्तर लेखेर पनि स्मरण गर्न सक्नुहुनेछ । यसबाट लेखिएका शब्द स्मरण गर्न सजिलो हुनेछ ।
३. नौलो तरिका अपनाउनुहोस्
यदि तपाईं कुनै घटनाक्रमलाई याद गर्ने प्रयास गरिरहनुभएको छ भने कुनै नौलो तरिका अपनाउनुहोस् । उदाहरणका लागि तपाईं नौवटा ग्रहको नाम सम्झने प्रयास गरिरहनुभएको छ भने ‘माइ भेरी एजुकेटेड मदर जस्ट शोड अस नाइन प्लानेट’ को तरिका अपनाउन सक्नुहुनेछ । यसमा हरेक शब्दको पहिलो अक्षरबाट ग्रहको नाम आउछ । अथवा, सूत्रबद्ध रुपमा पनि शब्द सम्झन सक्नुहुनेछ ।
४. कार्डमा लेख्नुहोस्
जब महत्वपूर्ण बार, गते, सूत्रआदि सम्झने प्रयास गर्नुहुन्छ भने यसका लागि फ्लायस कार्डमा लेख्नुहोस् । जब तपाईंलाई आवश्यक पर्नेछ, त्यो कार्ड हेर्न सक्नुहुनेछ ।
५. गाउँनुहोस् र स्मरणशक्ति बढाउँनुहोस्
आफ्नो लयबद्धताका कारण संगित सजिलै तपाईंको दिमागमा बस्छ । आफ्नो मनपर्ने गितको धुनमा त्यस चिजलाई सेट गर्नुहोस्, जसलाई तपाईं सम्झन चाहनुहुन्छ । यसबाट तपाईंले कुनै पनि कुरा लामो समयसम्म याद गर्नसक्नुहुनेछ ।
६. पढेको कुरालाई महसुस गर्नुहोस्
पढेको कुरालाई मष्तिष्कमा एक तस्विर बनाउने प्रयास गर्नुहोेस्, यसबाट तपाईं चिजलाई लामो समयसम्म याद राख्न सक्नुहुनेछ । पढिरहेको बेलामा तपाईं ती शब्दका बारेमा सोच्न सुरु गर्नुहोस् । कल्पना गर्नुहोस्, त्यो चिज कस्तो देखिनेछ, त्यसको सुगन्ध, आकार प्रकार कस्तो हुनेछ, स्वाद कस्तो हुनेछ आदि ।
७. उदाहरण दिनुहोस्
जब तपाईं कुनै पनि चिजलाई असल जिन्दगीसंग जोडेर हेर्नुहुन्छ भने, त्यो मष्तिष्कमा एक किसिमको छाप बनेर बस्छ र सम्झन सजिलो हुन्छ । के पनि भनिन्छ भने मानिसले आफ्नो मष्तिष्क आफ्नो जीवनकालमा मुस्किलले ५ देखि ७ प्रतिशत मात्र प्रयोग गर्न सक्छ, बाँकी भाग प्रयोग गर्न सक्दैन । त्यसैले ती बाँकी भाग पनि प्रयोग गर्ने प्रयास गर्नुहोस् । (साभार— स्वास्थ्य खबरपत्रिका)
१. विषयलाई जोड्नुहोस्
तपाईं जुन चिज सिकिरहनुभएको छ, त्यसलाई पूरानो कुरासंग जोड्न सिक्नुहोस् । यसले तपाईंलाई दुवै कुराका बारेमा आवश्यक कुराहरु सम्झन सजिलो हुनेछ ।
२. दोहो¥याउनुहोस्
यदि कुनै चिजलाई मनमनै दोहो¥याउनुहुन्छ भने त्यसलाई सम्झन सजिलो हुनेछ । अथवा, कुनै पनि कुरालाई कागजमा निरन्तर लेखेर पनि स्मरण गर्न सक्नुहुनेछ । यसबाट लेखिएका शब्द स्मरण गर्न सजिलो हुनेछ ।
३. नौलो तरिका अपनाउनुहोस्
यदि तपाईं कुनै घटनाक्रमलाई याद गर्ने प्रयास गरिरहनुभएको छ भने कुनै नौलो तरिका अपनाउनुहोस् । उदाहरणका लागि तपाईं नौवटा ग्रहको नाम सम्झने प्रयास गरिरहनुभएको छ भने ‘माइ भेरी एजुकेटेड मदर जस्ट शोड अस नाइन प्लानेट’ को तरिका अपनाउन सक्नुहुनेछ । यसमा हरेक शब्दको पहिलो अक्षरबाट ग्रहको नाम आउछ । अथवा, सूत्रबद्ध रुपमा पनि शब्द सम्झन सक्नुहुनेछ ।
४. कार्डमा लेख्नुहोस्
जब महत्वपूर्ण बार, गते, सूत्रआदि सम्झने प्रयास गर्नुहुन्छ भने यसका लागि फ्लायस कार्डमा लेख्नुहोस् । जब तपाईंलाई आवश्यक पर्नेछ, त्यो कार्ड हेर्न सक्नुहुनेछ ।
५. गाउँनुहोस् र स्मरणशक्ति बढाउँनुहोस्
आफ्नो लयबद्धताका कारण संगित सजिलै तपाईंको दिमागमा बस्छ । आफ्नो मनपर्ने गितको धुनमा त्यस चिजलाई सेट गर्नुहोस्, जसलाई तपाईं सम्झन चाहनुहुन्छ । यसबाट तपाईंले कुनै पनि कुरा लामो समयसम्म याद गर्नसक्नुहुनेछ ।
६. पढेको कुरालाई महसुस गर्नुहोस्
पढेको कुरालाई मष्तिष्कमा एक तस्विर बनाउने प्रयास गर्नुहोेस्, यसबाट तपाईं चिजलाई लामो समयसम्म याद राख्न सक्नुहुनेछ । पढिरहेको बेलामा तपाईं ती शब्दका बारेमा सोच्न सुरु गर्नुहोस् । कल्पना गर्नुहोस्, त्यो चिज कस्तो देखिनेछ, त्यसको सुगन्ध, आकार प्रकार कस्तो हुनेछ, स्वाद कस्तो हुनेछ आदि ।
७. उदाहरण दिनुहोस्
जब तपाईं कुनै पनि चिजलाई असल जिन्दगीसंग जोडेर हेर्नुहुन्छ भने, त्यो मष्तिष्कमा एक किसिमको छाप बनेर बस्छ र सम्झन सजिलो हुन्छ । के पनि भनिन्छ भने मानिसले आफ्नो मष्तिष्क आफ्नो जीवनकालमा मुस्किलले ५ देखि ७ प्रतिशत मात्र प्रयोग गर्न सक्छ, बाँकी भाग प्रयोग गर्न सक्दैन । त्यसैले ती बाँकी भाग पनि प्रयोग गर्ने प्रयास गर्नुहोस् । (साभार— स्वास्थ्य खबरपत्रिका)
२०७३ भदौ २६ । सरकारले लगभग सबै सचिवहरुको हेरफेर गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले १२ सचिवहरुको सरुवा गरेको हो ।
सचिव शंकरप्रसाद अधिकारीलाई सहकारी तथा गरिबी निवारणबाट पर्यटन तथा नागरिक उड्डयन, शारदाप्रसाद त्रिताललाई निर्वाचन आयोगबाट सहकारी तथा गरिबी निवारण, श्रीधर सापकोटालाई आपूर्तिबाट श्रम तथा रोजगार मन्त्रालमा र गोपीनाथ मैनालीलाई क्षेत्रीय प्रशासन कार्यालय पोखराबाट निर्वाचन आयोगमा सरुवा गरिएको छ । मैनाली भर्खरै सचिवमा बढुवा भएर क्षेत्रिय प्रशासक बनेका थिए ।
यसैगरी लक्ष्मणप्रसाद मैनालीलाई युवा तथा खेलकुदबाट श्रम तथा रोजगार, मधु रेग्मीलाई महिला बालबालिका तथा समाज कल्याणबाट लोक सेवा आयोग, विष्णुप्रसाद लम्साललाई श्रम तथा रोजगारबाट महिला, बालबालिका तथा समाज कल्याण, महेश कुमार दाहाललाई रक्षाबाट युवा तथा खेलकुद, अर्जुनकुमार कार्कीलाई भौतिक पूर्वाधार तथा यातायातबाट नेपाल ट्रष्टको कार्यालयमा सरकारले सरुवा गरेको छ ।
यसैगरी धनबहादुर तामाङलाई जल तथा ऊर्जा आयोगबाट भौतिक पूर्वाधार तथा यातायात, भीमप्रसाद उपाध्यायलाई नेपाल ट्रष्टको कार्यालयबाट जल तथा उर्जा आयोग र प्रेमकुमार राईलाई पर्यटन तथा नागरिक मन्त्रालयबाट आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।
मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले पदबाट दिएको राजीनामा स्वीकृत पनि गरेको छ । (अनलाइन खबरबाट साभार)
दिल निसानि मगर ।
२०७३ साउन १। गुगल ब्वाइको जन्मकुण्डलीको नाम के हो मलाई थाहा छैन । उनका अभिभावक कहाँ के गर्छन्, त्यो पनि थाहा छैन । तर, आफ्नो सन्तानको माया कति लाग्छ, राम्रोसँग महशुस गर्न सक्छु । गुगल ब्वाइलाई काँडाले त के, फूलले अल्झायो भने पनि उनका बाबाआमालाई धेरै पीडा हुन्छ । यतिखेर म काँडा वा फूल बन्न खोजिरहेको छैन ।
प्रथमतः म गुगल ब्वाइको शिघ्र स्वाथ्य लाभको कामना गर्न चाहन्छु । उनी चाँडै निको हुन् । आम बालबालिकाहरु जस्तै हिँडडुल गरून् । शारीरिक र मानसिकरुपमा पनि तन्दरुस्त बनुन् ।
यस्तो कामना मैले मानवीयताको नाताले मात्रै गरेको होइन । आवश्यक परेको खण्डमा उनको उपचारका लागि सहयोगार्थ अभियानमा संलग्न हुनसमेत तयार छु म ।
तर, करोडौं रुपैयाँ राज्यको ढुकुटीबाटै गुगल ब्वाइका नाममा खोलिएको प्रतिष्ठानलाई दिनुपर्ने किन ? ओली सरकारको यो व्यवहार एकदमै पक्षपाती हो । झट्ट सुन्दा यो कुरा असन्तुलितजस्तो लाग्न पनि सक्छ । तर, भावनामा बहकिएर दिलबाटै सोच्यो भने मात्र यो कुरा असन्तुलित हो भन्ने बुझ्न सकिन्छ ।
दृष्टिकोणका आधारमा, दिमाखबाट सोच्यो भने यो कुरा सन्तुलित लाग्न सक्छ । र, यो कुरा गुगल ब्वाइका बाबाआमाले पनि स्वीकार्नुपर्छ । उनीहरु पनि यो देशका नागरिक हुन् । र, देशमा भूकम्प पीडितका बालवालिकाको अवस्था के छ भन्ने उनीहरुलाई पनि राम्रैसँग थाहा छ ।
के कुरा स्वीकार गर्नुपर्दछ भने जनताले तिरेको कर गुगल ब्वाइको प्रतिष्ठान सञ्चालनका लागि होईन । यदि कसैले हो भन्छ भनेपनि त्यति ठूलो रकमको एउटा परिवारलाई दिइनु उचित होइन । राज्यले आम नागरिकलाई गर्ने सहयोगका सीमाहरु पक्कै हुन्छन् ।
असल नागरिकको कर्तव्य त राज्यलाई बाटो देखाउने हो । तर, गुगल ब्वाइको परिवारले शक्ति र सम्बन्धको फाइदा उठाए ।
गुगल ब्वाइ निर्दोष छन् । दोषी त सरकार छ । गम्भीर रोग लागेका तर आर्थिक हैसियत नभएका कैयौं बिरामीका परिवारजनले सहयोगको हात अगाडि बढाएर उपचार गरेका उदाहरण छन् । समाजिक सञ्जालका कारण त्यो सम्भव पनि हुने गरेको छ । अझ गुगल ब्वाइको परिवारको मिडिया ‘कनेक्सन’ मजबुद भएकाले यो तरिका अपनाएको भए जनताले फेसबुकबाटै एक/एक रुपैयाँ दिएर भए पनि उनका लागि करोड जुट्न सक्थ्यो ।
राज्यले स्थापित गराउन खोजेको समाज ‘भविष्यवाणीको हो ?
म भविश्यवाणीमा विश्वास गर्दिँन । मजस्ता लाखाैं नेपाली नागरिकले भाग्यवादमा भन्दा कर्ममा विश्वास राख्छन् । तर, राज्यले भजिश्यवाणी-शक्तिलाई स्थापित बनाउन चाहेको देखिन्छ । यो रुढीवादी संस्कार हो यो । यसले विभेदको प्राचीन संस्कारलाई प्रचलित कानुनको झल्को दिन्छ । राज्यको चिन्तन उजागर गर्छ । विज्ञानमा भन्दा पनि धामी झाँक्रीप्रति आस्था जगाउन प्रेरित गर्छ, ओली सरकारको यस्तो पुस्कारले ।
म गुगल ब्वाइलाई ‘कथित गुगल ब्वाइ’ भन्छु । र, म उनलाई रोगी पनि भन्दिँन । उनी अरुजस्तै शारीरिकरुपमा अशक्त बालक मात्र हुन् । उनको फरक क्षमताको जो चर्चा हुने गर्छ, त्यो चलाख मानिसहरुको प्रपोगाण्डा हो भन्ने लाग्छ । फरक क्षमताको मापदण्ड के हो ? नागरिकको फरक क्षमताको मापदण्ड निर्धारण गर्ने निकाय कुन हो ?
मानिलिनुहोस् ‘गुगल ब्वाइ’ अशक्त बालक होइनन् र अदभुत क्षमता भएका बालक हुन् । त्यो हो भने उनको उपचार गर्न किन जरुरी छ ? उपचार गरेपश्चात यदि उनको ‘अदभुत शक्ति’ गुम्यो भने यसको जिम्मेवारी कसले लिन्छ ? किनभने उनको ‘अदभुत शक्ति’का लागि यो विभेदकारी सरकारलेे करोडौं लगानी गरेको छ । र, यो सरकारलाई भोलि कुनै पनिबेला यस्तो ‘अदभुत शक्ति’ आवश्यक पर्न सक्छ ।
यो तर्क पूर्वाग्राही लाग्यो भने अर्को तर्क गरौं । जस्तो कि राज्यको तर्फबाट नागरिकको उपचारका लागि गर्ने सहयोगका बारेमा चर्चा गरौं । कति रुपैयाँसम्म सहयोग दिने संबैधानिक अधिकार वा नियमावलीमा व्यवस्था छ ? जस्तो कि २ लाख, ५ लाख, वा १५ लाख ? कि प्रधानमन्त्रीको तजबिजी भएमा जति पनि निकाशा गर्न सकिन्छ ?
मन्त्रिपरिषदले नै निर्णय गरेर १ करोड रुपैयाँ आर्थिक सहयोग गर्नुको औचित्य पुष्टि भविश्यवाणी गरेका आधारमा हुन सक्दैन । भविश्यवाणी राज्यले प्रवर्धन गर्ने विषयवस्तु पनि होइन । यस्तो रुढीवादी कार्यलाई त निरुत्साहित गर्नका निम्ति राज्यले जनचेतना जगाउनुपर्ने थियो । तर, हामी कुन युगमा छौं भन्ने कुरा ओली सरकारले थाहा पाएन । यो हाम्रो भविश्यका निम्ति खराब नजिर बन्न पुगेको छ ।
भूइँचालो पीडितका लागि धुर्मुस, सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको बृहत आवासलाई सरकारले एक रुपैयाँ सहयोग गरेको अहिलेसम्म जानकारीमा छैन । उता साउदी, कतारका श्रमिकहरुले आँशु संगालेर कमाएको पैसा सुका-सुकामा संकलन गरेर भूइँचालो पीडितको घर बनोस् भनेर पठाएका छन्
भूइँचालो पीडितलाई पाखा, गुगल ब्वाइलाई काख
भूइँचालो पीडितलाई १५ हजार दिने कुरामा महिनौं संसदमा बहस हुन्छ । तर, गुगल ब्वाइलाई १ करोड उपचार खर्च दिन एक मिनेट मात्र लाग्छ, कसैले बहस गर्दैन । चित्रबहादुर केसी र कमल थापा चुँ बोल्दैनन् । किनभने उनीहरु जातिवादी हुन् । जातिवादीलाई साक्षी राखेर अतिवादीले निर्णय सदर गर्छन् । भूइँचालोको झुपडी बदर हुन्छ ।
भूइँचालो पीडितका लागि धुर्मुस, सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको बृहत आवासलाई सरकारले एक रुपैयाँ सहयोग गरेको अहिलेसम्म जानकारीमा छैन । उता साउदी, कतारका श्रमिकहरुले आँशु संगालेर कमाएको पैसा सुका-सुकामा संकलन गरेर भूइँचालो पीडितको घर बनोस् भनेर पठाएका छन् । यता ओली पण्डितको सोच भविश्यवाणी गर्न पट्टि छ ।
गुगल ब्वाइका कारण भूइँँचालो पीडितले राहत पाएनन् भनेर उनका आमाबाबालाई यो सन्देश सुनाउन खोजेको होइन । यदि उहाँहरुलाई यस्तो भ्रम परेमा म ह्रदयदेखि नै माफी चाहान्छु । पि्रय बालकप्रति पनि विनम्रताका साथ माफी चाहान्छु । मैले राज्यको सोच र प्रवृत्तिको कुरा गरेको हो । किनभने त्यो एक करोड रुपैयाँमा म जस्ता नेपाली नागरिकको हिस्सा र अधिकार छ । र, यो निर्णय गर्ने ओली सरकारलाई भूइँचालो पीडितहरुले माफी दिन सक्ने छैनन् । भूकम्पमा बुबा आमा गुमाएर टुहुरा बनेका बालवालिका र तिनका मृत आमाबुबाहरुले पनि माफी दिने छैनन् ।
जसरी हजाराैं भूईँचालो पीडितहरुलाई बस्ने घर बनाउनका लागि व्यक्ति-व्यक्ति मिलेर करोडौं रुपैयाँ संकलन गरियो, त्यसैगरी गुगल व्बाइको उपचारका निम्ति विश्वभर सहयोग संकलन गर्न सकिन्थ्यो । अरु धेरैले यसै गरेको देखिन्छ, सुनिन्छ, पढिन्छ । तर, ‘गुगल ब्वाइ’ माथि यो समान्य नियम लागेन र उनलाई राज्यले देवताको जस्तै व्यवहार गर्यो ।
राज्यले आफ्ना नागरिकलाई गच्छेअनुसार सहयोग गर्नुपर्छ । तर, बन्धकी बस्न मिल्दैन । असाधारण क्षमताका बारेमा हरेक मानिसहरु वीच आ-आफ्ना मत छन् । मेरो कुरा गर्नुहुन्छ भने म त यसलाई प्रपोगाण्डा ठान्दछु । केही गडबड छ भन्छू । र, अधिकांशले यस्तै भन्ने गर्छन् । त्यसो त सबै मानिसभित्र कुनै न कुनै असाधारण क्षमता लुकेकै हुन्छ । तर, के ती सबैलाई राज्यले जनही एक-एक करोड रुपैयाँ वितरण गर्न सक्छ ?
फरक क्षमता भनेको हावादार भविश्यवाणी हुन सक्दैन । फरक क्षमता वा असाधारण क्षमताका रुपहरु अनेक छन् । जो न्यानो लुगा र औषधिको अभावमा अकालमै मरे, हाम्रो नजरमा उनीहरुमा पनि फरक क्षमता हुन सक्छ ।
दिल निसानि मगरदिल निसानि मगर
शंकाको घेरा
गुगल ब्वाईको परिवारको आर्थिक हैसियत के हो ? ओलीसँगको सम्बन्ध के हो ? यस्ता कुरा बाहिर ल्याउने मिडियाहरुको सरोकार के हो ? यस्ता प्रश्नहरु पनि उठ्न सक्छन् । भविश्यवाणीजस्तो काइते कुरा राज्यको प्रथामिकतामा किन पर्यो ? अमेरिका पुगेर उपचार गराउँदासमेत किन रोग पत्ता लागेन ?
सरकारले फरक क्षमता भएका बालबालिकाहरुका लागि बर्षेनी करोडौं रुपैयाँ खर्च गर्न सक्छ । तर, योजनाअनुसार सामुहिकरुपमा । यसका लागि बालविकास केन्द्रहरु छन् । अपाङ्गता भएका व्यक्तिहरुका लागि सहयोगार्थ वर्षेनी करोडौं रुपैयाँ खर्च हुन्छ । र, यी सबै योजनाअनुसार नै सञ्चालित हुन्छन् । तर, गुगल ब्वाइले पाउने सुविधामा किन नयाँ सिस्टम ?
भविश्यवाणी गर्ने असाधारण क्षमता भएको बाहनामा राज्यको ढुकुटीमार्फत करोडौं रूपैयाँ खर्च गर्ने काम विभेदकारी छ । यसलाई राजनैतिक पहुँच, धार्मिक, जातीय र नातावादी कोणबाट विश्लेषण गर्न सकिन्छ । किनभने विश्लेषणको आधार नै यस्तै प्रष्ट रुपमा देखिने विभेदका संकेतहरु हुन् भन्ने लाग्छ । यो पहुँचका आधारमा गरिएको जातीय लुट हो ।
आज हजाराैं मधेसी दाजुभाइका बालबच्चाहरु कालाजार, औंलोका कारण बितेका छन् । उनीहरुले सामान्य औषधिसमेत सेवन गर्न पाएका छैन्न । हजारौं हिमालका सन्तानहरु निमोनियाका कारण मर्छन् । उनीहरुले न्यानो लुगा पनि पाउँदैनन् । कर्णालीमा झडापखाला जस्तो सामान्य स्वास्थ समस्याको औषधिको अभावमा महामारी फैलिन्छ, त्यहाँ सरकारको ध्यान जाँदैन ।
तर गुगल ब्वाइ किन प्राथामिकतामा परे ? यो कुरा शंकाको घेरामा छ । सामाजिक सञ्जालमा अनेक प्रश्न उठेका छन्, जुन स्वाभाविक छ ।
सरकारमा रहेको राजनैतिक पार्टीसँग हिमचिम भएका आधारमा, विभेदकारी सामाजिक संरचनाले निर्धारण गरेको कथित उपल्लो जातको सन्तान भएका आधारमा, वा नातापाता वा जिल्लावासी भएका आधारमा गुगल ब्वाइको हैसियत कुनै एक उत्पीडित थारूको सन्तानको भन्दा माथिल्लो भनेर मान्न सकिन्न । व्यक्तिगत स्वार्थका लागि राज्य कोष ब्रहमलुट गर्नेहरुलाई राष्ट्रघाती एवं भ्रष्टाचारी मान्न सकिन्छ ।
कामचलाउ सरकारको कुकर्म
वैधानिकताको लक्ष्मण रेखा पार गरिसकेको ओली सरकार अब नैतिकरुपमा सरकार होइन । नयाँ सरकार निर्माणको समीकरण बनिसकेको अवस्थामा औपचारिकरुपमा मात्रै ओलीले पद त्याग्न गर्न बाँकी छ । असमान्य अवस्थामा बाहेक यस्तो काम चलाउ अवस्थामा कुनै पनि सरकारले महत्वपूर्ण निर्णय गर्दैनन् । गरे पनि त्यो अराजनैतिक हुन्छ, वैधानिक हुँदैन ।
गुगल ब्वाइले गरेका सबै भविश्यवाणी सही छैनन् । जस्तो कि युरोकप फुटबल त फ्रान्सले जित्छ भनेका थिए । आखिर जित्यो पोर्चुगलले
जाँदाजाँदैको समयमा कथित गुगल ब्वाइलाई संरक्षण गर्न भनेर सरकालेर छुट्टाएको एक करोड रुपैयाँ अराजकता र भ्रष्टाचारको कडी हो । यसले सम्पूर्ण नेपालीहरुको भावनालाई न्याय दिन पनि सक्दैन । बरु विभेद र असमानता नयाँ प्रारूप तयार गर्दछ । ओली सरकार मूलतः विभेदकारी छ भन्ने कुरा मधेसमा गोली खाने निर्दोष बालकको परिवारलाई नहेर्नुबाटै बुझिन्छ ।
लेखक |
सायद ओली प्रधानमन्त्री नहुँदै गुगल ब्वाइले सही भविश्यवाणि गरेका थिए । बक्सिस स्वरुप एक करोड हो भने पनि त्यो गलत नै हुन जान्छ ।
गुगल ब्वाइले गरेका सबै भविश्यवाणी सही छैनन् । जस्तो कि युरोकप फुटबल त फ्रान्सले जित्छ भनेका थिए । आखिर जित्यो पोर्चुगलले । त्यसैले यी सबै कुरा अपवादमा मेल खाने अनूभुतिजन्य विषय मात्रै हुन् ।
उनले हातले अनेकभाँती लेख्ने कुरा पनि शंकाको घेरामा छ । उनी स्कुल नगए पनि घरमा पढेका हुन सक्छन् । सांकेतिक भाषाको पढाइ गरेको हुन सक्छन् । बोल्न नसक्ने चर्चित साहित्यकार झमक घिमिरे पनि लेख्छिन्, उनले पनि विद्यालयको ढोका टेकेकी छैनन् । तर, झमकले आफूलाई कहिल्यै ‘दैविक’ दाबी गरेकी छैनन् ।
मैले गुगल ब्वाइको उपचार नहोस् भन्ने एकप्रतिशत भावना बोकेको रहेंछु भने गाईको मासु खाए समानको पाप लागोस् । पि्रय निर्दोष बालकप्रति सदभाव राखेर राज्यले गरेको विभेद, एकल जातीय पृष्ठपोषण अनि उनको परिवारले प्रश्रय दिइरहेको भाग्यवादी चिन्तनका बारेमा सैद्धान्तिक असन्तुष्टि राखेको हुँ ।
किनभने विसंगति र विकृतिको विरुद्धमा बोल्न र सोच्न छाडेपछि मानिसहरु मर्छन् । जिवितै भएर पनि जब मानिसहरु बोल्न र सोच्न छाड्छन्, ती पनि मरे समान हुन्छन् । म मरे समानको हुन चाहान्न । (अनलाइन खवरबाट साभार)
नाक काटेको प्रमाण भएकालाई एक मोहर लिएर अनि जाँच गराउन नआएका अटेरीहरूलाई दुई मोहर लिएर जग्गा दर्ता गरिदिनू भन्ने अर्को आदेश भएको उक्त विन्तीपत्रबाट बुझिन्छ।
नाक काटेकै हो
शुक्रसागर।
२०७३ जेठ २६। २०१५ सालमा म पाँच वर्षको थिएँ। बसाइ थियो– मामाघर नुवाकोटको थानसिङमा। दी बगैंचा भन्ने ठाउँमा मतदान हुँदै गर्दा अचानक हुलदंगा भयो। हूलमा कसैले ‘ए… ए… नाक काट्या भान्जा’ भन्दै च्याप्प समातेर सुरक्षित ठाउँतिर पुर्यानइदिए, म जोगिएँ। नाक पनि यसो छामी हेरें, काटेको रहेनछ।
त्यसपछि पनि म चार/पाँच वर्ष मामाघरमै रहें। जो पनि मलाई ‘नाक काट्या भान्जा’ भन्थे। कतिले त मेरो नेप्टो नाक तान्दै ‘यसरी बिहान–बिहान तान भान्जा, तिम्रो नाक पनि हाम्रो जस्तै लामो र राम्रो हुन्छ’ भन्थे। कुराको छेउटुप्पो नबुझी ट्वाल्ल पर्थें म। २०२१ सालमा कीर्तिपुरकै पाँगाको सरकारी स्कूलमा कक्षा ६ को इतिहासको क्लासमा गोर्खालीले कीर्तिपुरमा नाक–कान काटेको घटनाको चर्चा भएपछि मात्र मैले थानसिङे मामाहरूको कुरा बुझें । नाक काटिने र डबल दस्तुर तिरेर जग्गा पाउने कीर्तिपुरेमध्ये कुन पुर्खाको शाखा–सन्तान हुँ भन्ने चाहिँ अझै थाहा पाएको छैन।
२०२१ सालमा कीर्तिपुरकै पाँगाको सरकारी स्कूलमा कक्षा ६ को इतिहासको क्लासमा गोर्खालीले कीर्तिपुरमा नाक–कान काटेको घटनाको चर्चा भएपछि मात्र मैले थानसिङे मामाहरूको कुरा बुझें ।
लुकाउन खोजिएको इतिहास
गोर्खाली राजा पृथ्वीनारायण शाहलाई काठमाडौं उपत्यका विजय गरेर शान्ति कायम गराइराख्न कीर्तिपुर नजिती नहुने भयो। पहिलो आक्रमणमा हुनसम्मको खति बेहोरेर फर्केका गोर्खाली फौज त्यसको सात वर्षमा फेरि सूरप्रताप शाहको नेतृत्वमा चढाइ गर्न आए। तर, कीर्तिपुरेको बाण सूरप्रतापको आँखामा लागेपछि त्यो प्रयास पनि असफल भयो।
गोर्खालीहरूले अब कीर्तिपुर दक्खल गर्न शेरको शैली छाडेर ब्वाँसोको युक्ति लगाए। उनीहरूले सबै किसिमको धोखाधडी र घेराबन्दीको नीतिबाट चारैतर्फका नगाउँ, पाँगा, चोभार, भाजंगललगायतका बस्तीहरू कब्जामा लिएपछि कीर्तिपुर रणनीतिक हिसाबले टापू बनी केही गर्न नसक्ने अवस्थामा पुग्यो। केन्द्र पाटनमा पनि अक्षम राजा थिए– तेजनरसिंह मल्ल। त्यसरी कीर्तिपुर पूर्णतः निरीह बन्यो।
नभन्दै, ६–७ महीनामै नाकाबन्दीले नतीजा देखाउन थाल्यो। शहरभित्र भकारीहरू रित्तिसकेका थिए, आङका कपडा पनि थोत्रिए। नगाउँ, पाँगा, चोभार, सतुंगललगायतका बस्ती र कीर्तिपुरका नातागोताबीच शंका उपशंका उब्जाई पूरै सामाजिक वातावरण भताभुंगै पारिएको थियो। आत्मसमर्पण गरे हुने फाइदा र आममाफीको प्रचार भइराखेकै थियो।
धनवन्तका छोरा वीरनरसिंह र अर्का एक सरदारलाई पाटन, कान्तिपुर र भादगाउँको बीचमा पर्ने वाभु कब्जा गर्दा अपहरण गरी नुवाकोट पुर्याएर तादी नदीमा चोपी चोपी यातना दिइँदैथियो।
केन्द्र पाटनका कीर्तिपुर हेर्ने धनवन्त सिंह पनि गोर्खालीकै हितैषी थिए। उनले एक वर्षअघि मात्रै दलमर्दन शाहलाई आफ्नो घरमा लुकाएर सकुशल गोर्खा पुर्याइदिएका थिए। दलमर्दनसँग मीत समेत लगाएर पृथ्वीनारायणका मीतभाइ बनेका थिए, धनवन्त। धनवन्तका छोरा वीरनरसिंह र अर्का एक सरदारलाई पाटन, कान्तिपुर र भादगाउँको बीचमा पर्ने वाभु कब्जा गर्दा अपहरण गरी नुवाकोट पुर्याएर तादी नदीमा चोपी चोपी यातना दिइँदैथियो।
वीरनरसिंहलाई आत्मसमर्पण गरे बाँच्ने मात्र नभई प्रशस्त जग्गा र पद पाउने पत्र लेखाई पाटन पठाइएको थियो। अर्का सरदार भने चरम यातनाले मरिसकेका थिए। पुलमा बाँधेर राखिएका धनवन्तका छोराले नदीमा हाम्फालेर आत्महत्या गर्ने प्रयास पनि गरे, तर मर्न दिइएन। यता धनवन्त पुत्रको समाचार र सुर्ताले आकुल–व्याकुल बनेका थिए। त्यही तोडमा उनले ९ चैत १७६६ का दिन कीर्तिपुरका क्वाथः नायक सिख्वांल प्रधानलाई शहरको ढोका खोल्न आदेश दिएपछि गोपुर (हाल सागल टोल) को ढोका खोलियो। त्यसरी भित्र पसेका गोर्खालीहरूले सिख्वांल प्रधानले आत्मसमर्पण गर्दागर्दै हत्या गरेर सबै पूर्व प्रतिज्ञा र आश्वासनहरू लत्याए। गोर्खालीहरूले मुख्य–मुख्य कीर्तिपुरेको तुरुन्तै हत्या गरे।
अघि बाबु मारिएका वंशराज पाण्डे र आँखा फोडिएका सूरप्रताप शाहको अगुवाइमा दुई दिनमा १२ वर्षभन्दा माथिका ८६५ जनाको नाक र ओठ काटियो। भाग्न सक्नेहरूको मात्र नाक जोगियो।
अघि बाबु मारिएका वंशराज पाण्डे र आँखा फोडिएका सूरप्रताप शाहको अगुवाइमा दुई दिनमा १२ वर्षभन्दा माथिका ८६५ जनाको नाक र ओठ काटियो। भाग्न सक्नेहरूको मात्र नाक जोगियो। पृथ्वीनारायणले ९ वर्षअघि आफ्ना काजी कालु पाण्डे मारेको र १७ महीनाअघि भाइ सूरप्रतापको आँखा फुटाएको रीस विजित जनतामाथि फेर्ने मौका पाण्डे पुत्र वंशराज र सूरप्रतापलाई नै दिएका थिए। त्यसबेला वंशराज १७/१८ वर्षका र सूरप्रताप २५ आसपासका थिए। नाक–कान काट्न भोटे रैतीलाई लगाइयो। पछि ती भोटेहरूको पनि प्राण हरण गरियो। त्यसो गर्नुको कारण भने थाहा छैन।
आजको बुझाइमा विजित जनतामाथि त्यस्तो पासविक दमन गर्नु मानवता विरुद्धको अत्याचार हो। कीर्तिपुरमा त आत्मसमर्पण गर्न आएकाहरूको हत्या र अंगभंग गरिएको थियो। आममाफीको घोषणा नगरिएको भए यसो भनिरहनुपर्ने थिएन। त्यसबेला दुई अक्षर पढ्न र लेख्न सक्ने सबैले त्यो पासविक घटनाको टिपोट गरेर राखे। त्यो बेलाको कुनै टिपोट छैन, जसमा यो घटना उल्लेख नभएको होस्।
एउटा विन्तीपत्रले गोर्खाली शासकले नाक काटिएका कीर्तिपुरेको जग्गा तुरुन्त दर्ता गर्ने र नाक काट्न बाँकी रहेकाको जाँच गर्नुपर्ने भएकोले जँचाउन आउन आदेश जारी गरेको देखाउँछ।
प्रतिशोधको तुष्टि
वाघभैरव मन्दिर जहाँ कालु पांडेका हतियार झुण्ड्याइएको विश्वास गरिन्छ |
गोर्खालीहरूले कीर्तिपुरे जनतामाथि पछिसम्म पनि प्रतिशोधको आगो बालेरै बसे। हालसालै फेला परेको एउटा विन्तीपत्रले गोर्खाली शासकले नाक काटिएका कीर्तिपुरेको जग्गा तुरुन्त दर्ता गर्ने र नाक काट्न बाँकी रहेकाको जाँच गर्नुपर्ने भएकोले जँचाउन आउन आदेश जारी गरेको देखाउँछ। (हे. प्रतिलिपि) कीर्तिपुरेहरूलाई प्रति परिवार दुई रोपनी पानी नलाग्ने जग्गा दिएको पनि उक्त पत्रबाट थाहा हुन्छ।
नाक काटेको हो, होइन जाँच गर्न आउनु भन्दा कोही गएनन्, फेरि काटिदेलान् भन्ने डरले। पछि नाक काटेको प्रमाण भएकालाई एक मोहर लिएर अनि जाँच गराउन नआएका अटेरीहरूलाई दुई मोहर लिएर जग्गा दर्ता गरिदिनू भन्ने अर्को आदेश भएको उक्त विन्तीपत्रबाट बुझिन्छ। उनीहरूको जग्गा दर्ता पनि मूल पुरोहितको तिरोतिरानमा पारियो, जुन त्यस बेलाको सबभन्दा कठिन तिरान थियो। पुरोहितको तिरानमा सुक्खा या अति वर्षाले उब्जनी नभए पनि आधा बाली बुझाउनै पर्थ्यो, ऋण काढेर भए पनि। त्यस्तो तिरान राजाले पनि मिनाहा गर्न सक्दैनथे।
नाक काटिएका कीर्तिपुरेका १२/१३ औं पुस्ताको यो पंक्तिकारको बाल्यकालीन अनुभव, कीर्तिपुरमा सुन्दै आएको स्थानीय भनाइ र कतिपय इतिहासकारको किटानीलाई हेर्दा गोर्खालीले कीर्तिपुरेको नाक–कान काटेको होइन भनेर थप मसी सुकाउनुपर्ने देखिन्न। हिजो जो भयो, त्यो भइसक्यो। त्यसलाई स्वीकारेर वर्तमानलाई सच्याउँदै अगाडि बढ्ने हो। (इसमताबाट साभार)
२०७३ बैशाख २४। उदयपुर मैनामैनीका भक्तकुमार राई (ओमनन्द)ले स्वर्गीक मार्ग संघ मार्फत किरातीहरुले मान्दै आएको धार्मिक, साँस्कृतिक परम्परा बिगारेको भन्दै पम्प्लेट, पुस्तिका र पुस्तक प्रकाशन गर्दै आएका भद्रगोल किरातीलाई केहीबेर अघि प्रहरीले पक्रेको छ ।
उनको पछिल्लो पुस्तक ‘गड होइन ठग एन्जल’ भोलि २५ गते प्रज्ञा भवन कमलादीमा सार्वजनिक गर्ने कार्यक्रम थियो । कमलपोखरी प्रहरी कार्यालयले फोन गरेर उनलाई भोलिको कार्यक्रमबारे बुझ्नु छ भनेर बोलाएर आज अपरान्ह भेनमा राखेर महानगरीय प्रहरी परिसर टेकु लगेको छ ।
भक्तकुमार राईले किरात राईहरुले मान्दै आएको धार्मिक संस्कार भन्दा भिन्न संस्कारको बिकास गरेर भक्तहरु बनाएर प्रचार प्रशार गर्दै आएका छन् ।
नयाँ संस्कारको बिकास गरेर पुस्तौदेखि गर्दै आएको धार्मिक परम्परा बिगारेको भन्दै किरात राई समुदायले विरोध गर्दै आएका छन् । किरात राईहरुले पितृको रुपमा तीन चुलालाई पुजा गर्दछन् । भक्तकुमार राईले नयाँ संस्कारको बिकास गरेर पितृ र प्रकृति पुजक राई समुदायको परम्परागत संस्कारमाथि प्रहार गरेको भन्दै विरोध आइरहेको छ ।
यसै विषयमा भद्रगोल किरातीले ‘ठग एन्जल’ नामक पुस्तिा निकाल्दै आएका थिए । किरातीले किराती इन्टरनेश्नल कल्चर (किक) समुह बनाएर अभियान समेत चलाउदै आएका छन् । पछिल्लो पुस्तकमा ओमनन्द समुहले भारतको सिक्किम र दार्जेलीङमा भनेको नमानेको भन्दै दुई जनालाई पिटेर, आगो लगाएर हत्या गरेको समेत तथ्य आउने किरातीले जनाउदै आएका छन् । त्यो मुद्धामा केही जेल परेको र भक्तकुमार राई (ओमनन्द) फरारलिष्टमा रहेको पुस्तमा उल्लेख रहेको बताइएको छ । ओमनन्दको दुई वटा नागरिकता, दुईवटा पासपोर्ट समेत रहेको यसअघि प्रकाशित पुस्तिका उल्लेख छ । (इसमताबाट साभार)
प्रवेशाज्ञा खारेजविरुद्ध वीरगञ्जमा विरोध प्रदर्शन
२०७३ बैशाख २२। नेपालका विषयमा सामाजिक सञ्जालमार्फत सीमान्तकृत नेपालीको पक्षमा लेख्ने रोबर्ट पेन्नर नामका क्यानडेली नागरिकको गृहमन्त्रालयले प्रवेशाज्ञा खारेज गरेको छ ।
नेपालमा लामो समयदेखि कार्यरत पेन्नरलाई गिरफ्तार गर्ने र उनको प्रवेशाज्ञा खारेज गर्ने सरकारी कामकारबाहीविरुद्ध वीरगञ्जमा प्रदर्शन भएको छ । ती क्यानडेलीलाई अध्यागमन विभागको अनुरोधमा सोमबार ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई २६ घण्टासम्म हिरासतमा राखेर छाडिएको छ ।
क्यानडेली नागरिक पेन्नरले नेपाल बसाइका लागि लिएको कामदार प्रवेशाज्ञा खारेज गर्दै दुई दिनभित्र देश छोड्न निर्देशन दिइएको गृहमन्त्रालयका प्रवक्ता यादव कोइरालाले राससलाई जानकारी दिए । प्रवक्ता कोइरालाले भने–“प्रवेशाज्ञा खारेज भएपछि टिकट पाए आजै उनी स्वदेश फर्किनुपर्छ, नपाए दुई दिनभित्र उनी फर्किनैपर्ने व्यवस्था छ ।”
क्यानडेली नागरिक पेन्नरले सामाजिक सञ्जालमार्फत नेपालको सामाजिक सद्भाव भड्काउने गरी टिप्पणी गर्दै आएको उजुरीका आधारमा छानबिनका लागि सोमबार पक्राउ गरिएको थियो । उनी कामदार प्रवेशाज्ञामा नेपाल बस्दै आएका थिए । उनी सफ्टवेयर इन्जिनियरका रुपमा क्लाउड कम्पनीमा कार्यरत छन् ।
उनले मधेस आन्दोलनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीका विषयमा समेत सामाजिक सञ्जालमा टिप्पणी गर्दै आएका थिए । उनको आलोचनात्मक टिप्पणी मन नपाएका केही मानवअधिकारवादीले समेत सामाजिक सञ्जालमा उनलाई देशनिकाला गर्न अभियान चलाएका थिए । कामदार प्रवेशाज्ञामा आएको व्यक्तिले सोही अनुरुप काम गर्नुको साटो सम्बन्धित देशको राजनीतिक विषयमा टिप्पणी गर्नु अध्यागमन कानुन उल्लङ्घन गरेको सरकारी भनाइ छ ।
यसबारे सोसल मिडियामा सरकारको व्यापक आलोचना भइरहेको छ । एक राजनीति विश्लेषक उज्ज्वल प्रसाईंले सरकारी व्यवहार ज्ञानेन्द्र शाहको व्यवहारभन्दा फरक नभएको टिप्पणी गर्दै नयाँ राजाको उदय भएको हो कि भनी प्रश्न गरेका छन् । उनले लेखेका छन् : जनआान्दोलन २ मा पुलिसको कुटाइले घाइते भएका आन्दोलनकारीको उपचार गर्दै हिँड्ने एक विदेशी डाक्टरलाई देश निकाला गरेका थिए हैन ज्ञानेन्द्रले ? अहिले केही महत्वपूर्ण प्रश्नसहित आफ्ना फरक मत राख्ने एक विदेशी नागरिकलाई निकाला गरे खड्गप्रसादले । (साभार: इसमताबाट)
डा. ज्योति रायमाझी ।
२०७३ बैशाख १७ । हालको आधुनिक र अप्राकृतिक जीवनशैली, खानपान, वातावरणीय प्रदूषण एवं विविध रसायनका कारण विश्वका वयस्कमात्रै नभएर यौवनावस्थाका महिलासमेत स्तन क्यान्सरको सिकार हुन थालिसकेका छन्।
पश्चिमी राष्ट्रहरू अझ भनौ विकसित मुलुकमा त प्रत्येक आठ महिलामध्ये एकलाई स्तनसम्बन्धी कुनै न कुनै जटिलता देखा पर्नु निश्चय नै भयावह स्थिति भएको स्वीकार्नुभन्दा अर्को विकल्प छैन। एसियाली महिलामा चाहिँ प्रत्येक २२ जनामा एकजनालाई उक्त समस्या देखा पर्ने गरेको तथ्यांक उपलब्ध छ।
स्तन क्यान्सर कुनै पनि उमेरसमूहका महिलाहरूलाई हुन सक्छ। तर पनि बढ्दो उमेरका महिला नेपालमा मात्रै नभएर विश्वव्यापी रूपमै यस रोगको सिकार हुन थालेका छन्। महिलामा हुने क्यान्सर रोगमध्ये पहिलो पाठेघरको मुखको क्यान्सर रहेको छ भने दोस्रो स्तन क्यान्सर नै हो। संख्याका हिसाबले हेर्दा नेपालमा क्यान्सरका कारण मृत्यु हुने महिलामा स्तन क्यान्सरका कारण मर्ने महिलाको संख्या दोस्रो स्थानमा रहेको छ। रोग लागेपछि विशेषज्ञ चिकित्सक कहाँ बिरामी ढिला गरेर पुग्नु नै त्यो स्थिति आइपर्नुको प्रमुख कारण हो।
रोगीलाई जब रोगले ग्रस्त पार्छ, त्यसपछि मात्रै बिरामीहरू चिकित्सककहाँ जाने गर्छन्, जुनबेला क्यान्सर रोग फैलिइसकेको वा दोस्रो÷तेस्रो श्रेणीमा पुगिसकेको हुन्छ। त्यस अवस्थामा पुग्दा सफल उपचार सम्भव नहुन पनि सक्छ, यदि भइहाले पनि बिरामीलाई धेरै समय बचाउनै सकिँदैन।
बिरामीहरू रोगको प्रारम्भिक अवस्थामै विशेषज्ञ चिकित्सककहाँ पुग्ने हो भने धेरै भन्दा धेरै रोगीको सफल उपचार सम्भव हुन्छ। तिनको स्तन काटेर फ्याक्नुपर्ने अवस्था आइपर्दैन, उपचार खर्च कम हुन्छ र अमूल्य जीवनसमेत बचाउन सकिन्छ।
नेपालमा बढ्दो उमेरका युवतीहरूसमेत यस समस्याबाट पीडित हुने गरेको पाइनु निश्चय नै चिन्ताको विषय हो। युवतीमा उक्त रोगले तीव्र रूपमा आक्रमण गर्ने गरेको पाइएको छ। आश्चर्यको कुरा त यो छ कि स्तन क्यान्सर केवल महिलामा मात्रै नभएर पुरुषमा पनि हुने गरेको छ। रोगी जनसंख्यामध्ये करिब एक प्रतिशत पुरुषलाई सो रोग लागेको पाइन्छ। रोगका कारणमध्ये पाँचदेखि १० प्रतिशत वंशानुगत देखिएका छन् भने ९० प्रतिशत चाहिँ रोगको पारिवारिक इतिहास भएको कारणले हुने गरेको देखिन्छ।
रोगका लक्षणहरू
करिब ६० देखि ८० प्रतिशत महिला आफ्नो जीवनकालमा क्यान्सर नभए पनि स्तनसम्बन्धी कुनै न कुनै समस्याबाट ग्रसित हुने गरेको पाइएको छ।
स्तन क्यान्सरको सुरुसुरुको अवस्थामा बिरामीले सामान्यतया कुनै लक्षणको अनुभव गर्न सक्दैनन्। त्यस कारणले नै सबै महिलाले नियमित पहिले आफैंले आफ्नो स्तनको परीक्षण गर्ने र कुनै शंका भएमा त्यसपछि विशेषज्ञ चिकित्सकसँग परामर्श गर्नु अत्यन्तै महत्वको विषय हुनेछ। जब स्तन क्यान्सर बढ्दै जान्छ, तब लक्षणहरू देखा पर्न सक्छन्। लक्षणहरूमध्ये केही निम्न छन्:
- कुनै एक वा दुवै स्तनमा नदुख्ने डल्लो वा कडा गिर्खाहरू आउने
- कुनै एक वा दुवै स्तनको आकार प्रकारमा परिवर्तन हुने
- स्तनको मुन्टोबाट रगतसहित वा रगतरहितको तरल पदार्थ बगिरहने, छालाको अल्सर हुने
- स्तनको छालामा परिवर्तन आउने, गाढापन बढ्ने वा छालाको रङ परिवर्तन हुने
- स्तनको मुन्टो वरिपरि वा मुन्टो मै स-साना घाउ÷खटिरा÷बिमिराहरू देखा पर्ने
- स्तनको मुन्टो पहिलेको भन्दा फरक रूपमा देखा पर्ने वा मुन्टो स्तनभित्र धस्सिने आदि।
- अकस्मात शारीरिक तौल घट्ने
- शरीरका हड्डीहरू दुख्ने
स्तन क्यान्सर महिलामा हुने क्यान्सरहरूमध्ये दोस्रो र क्यान्सरकै कारण हुने महिला मृत्युको पनि दोस्रो ठूलो कारण रहेको छ। धेरै महिलाले सर्वप्रथम थाहा पाउने स्तनसम्बन्धी समस्यामध्ये स्तन वा काखीमा आउने नदुख्ने गिर्खा÷कडा डल्लाहरू नै हुन्।
४० वर्षमुनिका महिलामा ८०-९० प्रतिशत गिर्खाहरू क्यान्सर नहुन सक्छन् भने ४० वर्ष माथिका महिलामा ती गिर्खाहरू क्यान्सरकै लक्षण हुन सक्ने सम्भावना बढी हुन्छ। तर सबै महिला स्तन क्यान्सरको जोखिममा भने रहेकै हुन्छन्।
लक्षणप्रतिको बेवास्ता, जनचेतनाको कमी र प्रभावकारी रोग निदान योजनाको अभावका कारण एसियाली महिला रोगको पछिल्लो अवस्थामा मात्रै चिकित्सककहाँ पुग्ने हुँदा मृत्युदर एकदमै ज्यादा हुने गरेको छ।
तसर्थ, २० देखि ४० वर्षका महिलाले स्तनको नियमित स्वयं परीक्षण गर्नुका साथै प्रत्येक दुई-तीन वर्षमा विशेषज्ञ चिकित्सकबाट जाँच गराउनु बुद्धिमानी हुनेछ। ४० वर्ष माथिका महिलालाई बर्सेनि स्क्रिनि· म्यामोग्रामका साथ विशेषज्ञ चिकित्सकसँगको परामर्श अपरिहार्य छ। समयमै रोग पत्ता लाग्दा सफल उपचारका साथ स्तन बचाउनुका साथै अमूल्य जीवन गुम्नबाट पनि बचाउन सकिन्छ।
आफैं स्तन परीक्षण गर्ने तरिका
१) २० वर्षमाथिका हरेक महिलाले महिनावारी भएको ५-७ दिनमा परीक्षण गर्ने।
२) महिनावारी सुकेको र गर्भवती महिलाले हरेक महिनाको एउटै गते ÷दिनमा परीक्षण गर्ने।
३) आफ्नो स्तनको बारेमा थाहा पाउने जसले गर्दा सानोतिनो परिवर्तनमा आफू जानकार हुन सकियोस्।
४) परीक्षण हरेक महिना अनिवार्य रूपमा गर्ने।
५) परीक्षणका लागि जम्मा जम्मी १० मिनेट लाग्ने हुँदा अल्छी गर्ने वा हेलचेक्रयाइ गर्ने बानी हटाउने।
तरिका
क) पहिलो तरिका
१) ऐना अगाडि बसेर कमरमा हात राखेर आफ्नो स्तन परीक्षण गर्ने
२) स्तनको आकार, प्रकार एकनास छ छैन परीक्षण गर्ने
३) गिर्खा छ, छैन परीक्षण गर्ने
४) स्तनको मुन्टोभित्र गएको छ, छैन परीक्षण गर्ने
५) छालाको रङमा फरक छ छैन हेर्ने, सुन्तलाको जस्तो रङ छ छैन हेर्ने।
ख) दोस्रो तरिका
दुवै हातमाथि उचालेर हेर्ने, दुवै स्तन एक प्रकार र किसिमले माथि जान्छ कि जाँदैन भनेर जमिनमा पल्टिएर पनि हेर्ने।
ग) तेस्रो तरिका
अनि बायाँ हातले दायाँ र दायाँले बायाँपट्टिको स्तनको मुन्टो वरिपरिबाट पूरै स्तन छाम्ने। फोटोमा देखाए जस्तैः
घ) चौथो तरिका
अनि काखीमुनि छाम्ने
ङ) पाँचौ तरिका
स्तनको मुन्टो निचोरेर पीप, रगत वा पानी आएको छ छैन हेर्ने
माथिका जाँचहरू गर्दा यदि गिर्खा फेला परेमा स्तनसम्बन्धी विशेषज्ञ शल्य चिकित्सक कहाँ गई विशेष परीक्षण गराउने।
क्लिनिकल परीक्षण
रेडियोलोजीकल परीक्षण, भिडियो एक्स-रे, म्यामोग्राम, एमआरआई, टिस्यु डायग्नोसिस, एफएनएसी, बायोप्सी आदि गराउँदा रोगबारे यकिन गर्न सकिने हुन्छ। तसर्थ अनुभवी शल्यचिकित्सकको सल्लाह-सुझावमा ती परीक्षणहरू गराउनु वाञ्छनीय हुन्छ।
विशेषज्ञबाट स्तन परीक्षण र सुझाव
- ४० वर्ष माथिका महिलाको हरेक वर्ष कम्तीमा एक पटक गरिन्छ।
- २०-४० वर्षका महिलाका लागि हरेक तीन वर्षमा कम्तीमा एक पटक जाँच गर्नुपर्छ।
- बढी जोखिमको संकेत भएका महिलाका लागि अरूभन्दा चाँडै यो किसिमको जाँच गरिन्छ।
- यो विशेषज्ञ चिकित्सकबाट मात्र गरिने परीक्षण हो।
म्यामोग्राम कहिले गरिन्छ ?
- ३५ वर्षभन्दा माथिका उमेरसमूहका महिलाका लागि मात्र यो जाँच गरिन्छ।
- ४० वर्षमाथिका महिलाको लागि हरेक वर्ष एक पटक गर्नुपर्छ।
- अति जोखिम भएका महिला जस्तै जसको परिवारमा यो किसिमको रोग भएको इतिहास छ, उनीहरूका लागि अरू महिलाको तुलनामा बढी गर्नुपर्ने सक्छ।
यो जाँचको माध्यमले ८५ प्रतिशत क्यान्सर पत्ता लगाउन सकिने हुँदा यो अत्यन्तै महत्वपूर्ण जाँच हो।
यसले पाँच मिलिमिटरसम्मको अर्थात् चामलको दाना जत्रो क्यान्सरयुक्त ट्युमर पनि पत्ता लगाउन सक्छ र यस्तो अवस्थामा पत्ता लाग्दा स्तन जोगाउन सकिने त निश्चितै हुन्छ र बिना किमोथेरापी बाँच्ने समय ९७ देखि १०० प्रतिशत बिरामीमा पाँच वर्ष या बढी हुन सक्छ।
एसियाली महिलामा पश्चिमी देशका महिलाका दाँजोमा यो रोग निश्चित रूपमा कम हुने गरेको पाइएता पनि रोगसम्बन्धी ज्ञान नभएकोले हाम्रोजस्तो देशमा महिला यो रोगको विकसित अवस्थामा अथवा यो रोग फैलिसकेको अवस्थामा मात्रै डाक्टरको सल्लाह लिन आउँछन्।
त्यसैले यो रोगसँग लड्ने तरिका भनेको नै रोगसम्बन्धी ज्ञान आर्जन गर्ने, नियमित आफ्नो स्तन परीक्षणका साथ नियमित म्यामोग्राम परीक्षण र विशेषज्ञद्वारा स्तन परीक्षण नै हो।
रोगसम्बन्धी आवश्यक जनचेतनाको विकास होस् भनेर हामीले नर्भिकमा नियमित रूपमा रोग परीक्षण शिविरहरू सञ्चालन गर्ने/गराउने, आफ्नो स्तन आफैंले कसरी जाँच्ने, जीवनशैलीमा कस्तो र कसरी सुधार ल्याउने, खानपान कस्तो हुनुपर्ने, नियमित गर्नुपर्ने व्यायाम कस्तो, कति र कसरी गर्ने आदि बारे पनि बिरामीहरूलाई आवश्यक सरसल्लाह/सुझाव दिने गर्दै आएका छौं।
ती प्रक्रियाहरूले पनि समयमै रोग पत्ता लगाउन धेरै हदसम्म मद्दत गर्ने हुँदा तिनको अनुसरण गर्नु अति आवश्यक हुन्छ। किनकि रोग लागि अथाहा धनराशिका साथ रोगको उपचार गराउनुभन्दा रोग लााग्नै नदिनु अति उत्तम हो। रोक्न सकिने रोग लागी अकालमै ज्यान गुमाउनुभन्दा भविष्य सुरक्षित पार्नु अझ उत्तम हो। (अन्नपूर्ण पोष्टबाट साभार)
खिलानाथ ढकाल ।
२०७३ बैशाख १७। उपप्रधान तथा रक्षामन्त्री भीमबहादुर रावल सुदूरपश्चिमका जिल्ला भ्रमणमा जाँदैछन् भन्ने थाहा पाएपछि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्यपुस्तक लगिदिन अनुरोध गर्यो। जनक शिक्षाको तर्फबाट रक्षामन्त्रीका स्वकीय सचिवलाई फोन गरेर केन्द्रका प्रतिनिधिले अनुरोध गरे, ‘पाठ्यपुस्तक लैजान सहयोग गरिदिनू।’
रक्षा मन्त्रीको सचिवालयबाट जवाफ आयो, ‘हेलिकप्टर खाली छैन, सिट सबै प्याक भइसके।’
दुई क्वीन्टल तौल किताब अछाम जिल्ला पुर्याउनु थियो, रक्षामन्त्री चढ्ने हेलिकप्टर त्यही जिल्ला जाने भएकाले केन्द्रले अनुरोध गर्यो।
(सेतोपाटी) |
लिमिटेडका प्रतिनिधिले सोचेका थिए, ‘हेलिकप्टरमा छिटो र एकैचोटीमा पुर्याउन सकिन्छ, १० गते मंगलसेनमा वितरणको कार्यक्रम राख्ने।’
वितरण कार्यक्रमको मुख्य अतिथि भने उनै रक्षामन्त्री रावल थिए। तर दुई टन क्षमता भएको नेपाली सेनाको महंगो हेलिकप्टर एमआई–१७ मा रक्षामन्त्री रावल, एमाले केन्द्रीय सदस्य लालबहादुर थापा, वैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह, पूर्वमन्त्री कर्णबहादुर थापालगायत पार्टीका नेता कार्यकर्ताको ‘दलबल’ अँट्यो, किताब अँटेन।
केन्द्रका प्रतिनिधिले १० गतेको कार्यक्रम स्थगित गरे। काठमाडौं र धनगढीबाट केही किताब बोकेर प्लेनमा गए। १२ गते महेन्द्र माविमा उनै रावलको मुख्य आतिथ्यमा किताब बाँडियो। ती र धनगढीबाट अगाडि नै लगिराखिएका किताब रावलले बाँडे।
‘मन्त्रीलाई जानकारी भएन होला, पिएलाई भनेको थिएँ,’ केन्द्रका एक अधिकारीले भने, ‘हेलिकप्टर प्याक भनेपछि किताब लैजान सकिएन।’
रक्षामन्त्री रावलले हेलिकप्टर लिएर जाँदा महत्वपूर्ण सरकारी काम ‘पाठ्यपुस्तक’ वितरण गरेको भनेका थिए। डडेलधुरा, अछाम र बाजुरामा रक्षामन्त्री रावल आफू र पार्टीका कार्यकर्ता भरेर हेलिकप्टरमा उडे।
ठूला–ठूला विपद् र राष्ट्रलाई पर्दा प्रयोग गर्न भनेर महाभूकम्पपछि नेपाल ल्याइएको एमआई–१७ मा चढेर रक्षामन्त्री रावलले चार दिन ती जिल्ला घुम्दा छात्राबासदेखि मन्दिर उद्घाटन र एमाले पार्टीको नगर कमिटी अधिवेशन उद्घाटन गरे।
नेपाली सेनाको एमआई–१७ हेलिकप्टर कस्तो हो? यो कति खर्चिलो छ? र कस्ता ठाउँमा प्रयोग हुन्छ?
‘यो सुन्दैगर्दा एउटा नागरिकको तर्फबाट म भन्छु, एमआई–१७ मा रक्षामन्त्रीको त्यो भ्रमण औचित्यपूर्ण देखिएन,’ पूर्व रक्षासचिव देवेन्द्र सिटौलाले भने, ‘यस्तो महत्वपूर्ण चिजको दुरूपयोग हुनु हुँदैन, यस्तो सामग्री प्रयोग गर्दा औचित्य प्रष्ट खुल्नुपर्छ।’
सिटौलाका अनुसार यो हेलिकप्टर चार दिन फन्फनी उडाउँदा लाख दुईलाख मात्रै खर्च हुँदैन, साइकलले काम चल्ने ठाउँमा रेल लिएर किन जानुपर्यो भन्ने चाही महत्वपूर्ण हो। ‘आपत–विपद आइलाग्यो भने लिएर हिँड्ने चिज हो, अथवा भीभीआईपीको विशेष भ्रमणमा दुई चार घन्टा लान सकिन्छ तर चार–चार दिनसम्म लगिनु र पार्टीका कार्यकर्ता घुमाइनु यो चानचुने विषय होइन,’ सिटौला भन्छन्, ‘मैले रक्षा मन्त्रालयमा सात वर्ष काम गरेँ, बाढीपहिरो आएको अवस्थामा भए एउटा कुरा हुन्थ्यो, सानो काममा घुमफिर गर्ने, व्यक्तिगत हिसाबले हिँड्ने प्रवृत्ति पहिलेदेखि नै छ।’
यत्रो हेलिकप्टर नै लानुपर्ने काम के थियो? सेनासँग अरू पनि हेलिकप्टर थिएनन्? भन्दै सिटौलाले प्रश्न गरेका छन्। ‘राष्ट्रलाई ठूलो क्षति, बाढी पहिरोका बेला प्रयोग गर्नुपर्ने यो चिज सामान्य ज्ञान पनि नराखिकन डुलाउँदा राज्यलाई क्षति र व्ययभार परेको छ,’ सिटौलाले भने।
जंगी अड्डा स्रोतका अनुसार रक्षामन्त्रीले ठूलै हेलिकप्टर मागेपछि एमआई–१७ पठाइयो। र, ब्यारेक भ्रमणको औपचारिक कार्यक्रम थिएन। यहाँबाट हेलिकप्टर उडेपछि मात्र स्थानीय ब्यारेकलाई जानकारी दिइएको थियो। रक्षामन्त्रीको औपचारिक भ्रमण हुँदा प्रधानसेनापति आफैं जाने परम्परा छ। सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरी भ्रमणबारे जानकारी दिन्छ। रक्षामन्त्रीको त्यो भ्रमणमा दुबै भएनन्।
सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीका अनुसार लामो दूरीमा जानुपर्ने भएको र एमआई–१७ भरपर्दो हेलिकप्टर भएकाले पठाइयो। ‘हामीसँग जे उपलब्ध छ, त्यही दिने निर्णय भयो, लामो दूरीका लागि भरपर्दो हुन्छ भनेर पनि हो,’ कार्कीले भने। एमआई–१७ हेलिकप्टरमा मन्त्री रावल बाहेक को–को चढे जंगी अड्डाले भन्न सकेको छैन। ‘त्यो रक्षाको समन्वयमा भएको भ्रमण भएकाले विस्तृतमा हामीलाई थाहा हुने कुरा पनि भएन,’ उनले भने।
एमआई–१७ बाट चार दिन चक्कर लाउँदा रोचक घटना भए। अछामको रामारोशनमा राखिएको एउटा कार्यक्रममा एमआई–१७ बस्न सकेन, आवश्यक ठाउँ नभएका कारण। त्यसैगरी, बाजुराबाट फर्किंदा ऋषिदेवामा एउटा स्कुल उद्घाटन कार्यक्रम थियो, त्यहाँ पनि बस्न सकेन।
बुढाकोटमा पनि कार्यक्रम थियो बस्न सकेन। फर्कियो। लुङग्रा गाविसमा एकपटक बस्न नसकेपछि मंगलसेन ल्याइयो। स्थानीयहरू परिचालन गरेर लुङ्ग्रामा बारीको गह्रो नै खनाइयो हेलिकप्टर बसाउनका लागि।
मार्कु गाविसमा पनि बस्न सकेन, अन्त्यमा एक स्थानीयको गहुँ रोपेको ठूलो गह्रामा बसाइयो। स्रोतका अनुसार गहुँमा बसाउँदा भएको क्षतिको ‘हर्जाना’ तिर्ने सहमति भएको छ। तर अहिलेसम्म हर्जाना नपाएको भन्दै स्थानीयले गुनासो गरेका छन्।
घन्टामै पाँच लाख खर्च गर्ने एमआई–१७
डडेलधुरा वा अछाम हेलिकप्टरबाट त्यहाँ पुग्दा डेढ घन्टाभन्दा बढी समय लाग्छ। रक्षामन्त्री रावल ९ गते गएका थिए र १३ गते फर्केका थिए। चार दिन पुरापुर हेलिकप्टरमा डडेलधुरा, बाजुरा र अछामका विभिन्न गाविस घुमे।
चार दिन तीन जिल्ला उड्दा हेलिकप्टर कति घन्टा उड्यो? सेनाले दिन मानेको छैन। तर यो एमआई–१७ हेलिकप्टरको खर्चबारे केही जानकारी प्राप्त भएको छ। सेनाको अति महंगोमध्येको हेलिकप्टर हो एमआई–१७। यस्ता हेलिकप्टर सेनासँग चार वटा छन्। दुई वटा महाभूकम्पपछि ल्याइएको थियो। त्यसअघि रहेका दुईमध्ये एउटा उडिरहेको छ भने एउटा मर्मतको क्रममा ग्राउन्डेड छ।
सैनिक मुख्यालय स्रोतका अनुसार यसको खर्च भनेको प्रतिघन्टा पाँच लाख रुपैयाँ हो। यसले प्रतिघन्टा इन्धनमात्रै सातदेखि आठ सय लिटरसम्म खपत गर्छ। अहिले हवाई इन्धन प्रतिलिटर १०९ रूपैयाँ छ। हिसाब गर्ने हो भने यो हेलिकप्टरले घन्टामा झन्डै एक लाख त इन्धनमात्र सिध्याउँछ।
‘चार्टर गरेर लैजानुपर्थ्यो भने नेपाल राष्ट्र बैंकमा पाँच लाख रूपैयाँ डिपोजिट गरेपछि मात्र यो हेलिकप्टर उड्छ,’ सैनिक स्रोतले भन्यो। साधारणतया प्रधानमन्त्री र रक्षामन्त्रीले हेलिकप्टर प्रयोग गरेको खर्च सरकारले तिर्दैन, आफैंले व्यहोर्नुपर्दा अन्ततः सेनालाई नै व्ययभार पर्न जान्छ।
‘राष्ट्रको संवेदनशील क्षेत्र हो सेना त्यसमाथि उसले प्रयोग गर्ने स्रोतसाधनमा रणनीतिक कुरा हुन्छन्,’ पूर्वरक्षासचिव सिटौलाले भने, ‘मैले प्रश्न गरेको चाहीँ कुन कार्यका लागि यति धेरै खर्चिलो साधन प्रयोग गरियो? भन्ने हो।’ (सेतोपाटीबाट साभार)
दुर्जकुमार राई निर्दोष छन्
राजु स्याङ्तान ।
२०७३ बैशाख १६। दोस्रो जनआन्दोलन दबाउन भूमिका खेल्ने दुर्जकुमार राई सशस्त्र प्रहरीको महानिरीक्षक पदमा बढुवा भएका छन् । उनको पद पढुवा भएसँगै फेरि एक पटक नेपाली जनमानस तातिएको छ । पटक पटक जनविरोधी व्यक्तिहरु पुरस्कृत हुँदै जाने त्यही बेला साउनको भेल झैं मानिसहरु एक पटक जाग्ने, फेरि निधाउने यो रोग अब नेपालमा दिर्ध रोग जस्तै भएको छ । मानिसलाई गहिरो गरि लागेको छ की, एउटा हत्यारालाई किन बढुवा गरियो ? सिधा अर्थमा हेर्दा कुरा सही हो ।
दुर्ज कुमार राईलाई नियुक्ति गरिएको होइन । उनलाई बढुवा गरिएको हो । नियुक्ति भनेको नयाँ भर्ना हो र बढुवा भनेको पहिला नै काम गरिरहेको व्यक्तिको पदोन्नति मात्रै हो । यस अर्थमा राई दोषी भएको भए त्यतिबेलै (जतिबेला देशमा शाही सत्ता ढल्यो) जनहत्यारा भनि निलम्बन गर्नु पथ्र्यो । एउटा व्यक्ति अपराध गरिसकेपछि यथास्थानमा रहँदासम्म निर्दोष, बढुवा हुने वित्तिकै दोषी, यस्तो दुनियाँमा कतै हुँदैन । त्यसबेला बादशाहलाई गद्दिबाट खसाले लगत्तै उनका भरौटेहरुलाई लखेट्नु पर्ने थियो । आज आएर उनको बारेमा अनावश्यक टिका टिप्पणी गर्नु समयको बर्बादी मात्रै हो ।
राज्यले कस्तो नीति अख्तियार गरेको छ भन्ने प्रवृतिबाट यस्ता व्यक्तिहरु बाहिर आउने गर्छन् । जनताको छातिमा बन्दुक दाग्न आदेश दिनेहरु देशको सम्मानित पदमा आसिन भइरहेको अवस्थामा एक जना निमित्त पात्रलाई गाली गर्नु बचपना मात्रै हुन्छ ।
दुर्जकुमार राई एक निमित्त पात्र मात्रै हुन् । उनको पछाडि आजको सिङ्गो राज्य व्यवस्था छ । यो कोणबाट सोँच्न थाल्दा मात्र समस्याको चुरो कुरा भेटिन्छ । अब प्रश्न उठ्छ त्यसो भए दोषी को हो त ? दोषी खोज्दै जाँदा सबैभन्दा पहिला आजको राज्य व्यवस्थाको संचालक प्रधानमन्त्रीको बारेमा सोच्नु पर्ने हुन्छ ।
जनताका छोराछोरीहरु नाङ्गो छाति बोकेर सडकमा उर्लिरहेको बेला ठेलागाडा चढेर अमेरिका पुगिन्न भन्ने को हो ? अहिलेको प्रधानमन्त्री होइन ? गृहमन्त्रीको आसनबाट जनताको हत्या गर्न आदेश दिने को हो ? तिनै आजका उप्रधानमन्त्री होइन ? आदेश दिने चाँही राष्ट्रिय झन्डा फहराउँदै हिड्न मिल्ने, आदेशपालक चाँही बढुवा हुन नहुने ?
जनआन्दोलन ताका जनताका छोराछोरीहरु नाङ्गो छाति बोकेर सडकमा उर्लिरहेको बेला ठेलागाडा चढेर अमेरिका पुगिन्न भन्ने को हो ? अहिलेको प्रधानमन्त्री होइन ? गृहमन्त्रीको आसनबाट जनताको हत्या गर्न आदेश दिने को हो ? तिनै आजका उप्रधानमन्त्री होइन ? आदेश दिने चाँही राष्ट्रिय झन्डा फहराउँदै हिड्न मिल्ने, आदेशपालक चाँही बढुवा हुन नहुने ? आदेश पालक दोषी हो भने आदेश दिने कसरी निर्दोष हुनसक्छ ? जनआन्दोलनको खुङ्खार विरोधी प्रधानमन्त्री र हत्या गर्न आदेश दिने उपप्रधानमन्त्री बन्न हुने देशमा एउटा सिपाही बढुवा हुन किन नहुने ? आज भइरहेको परिदृष्य जुन विरुवा रोपिएको हो त्यही फलेको हो । चिलाउनेको रुखमा चिलाउनेकै गेडा फल्छ । त्यहाँ सुन्तला फल्दैन ।
यस अर्थमा आज दुर्जकुमार राईको बिरुद्ध खनिएका विरोधका स्वरहरु उनलाई संरक्षण गर्ने राज्य व्यवस्थाका सञ्चालकहरुतिर सोझिन आवश्यक छ । सारतः आजको सिङ्गो परिपाटी नै बेठिक छ । एउटा व्यक्ति विशेषको बारेमा चियापसलमा बसि टिकाटिप्पणी गर्ने भन्दा सिङ्गो राज्यव्यवस्थाको चरित्रको बारेमा प्रश्न उठाउने सचेत पुस्ता आजको आवश्यकता हो । (साभार, खबरडबलीबाट)
२०७३ बैशाख १६। पहुँच र प्रभावका भरमा राजनीतिक नियुक्ति पाएका करिब ५०० कर्मचारी बर्खास्त गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई निर्देशन दिएको छ ।
मापदण्ड र नियमविपरीत शक्तिकेन्द्रको सिफारिसमा विभिन्न मन्त्रालय, विभाग, संस्थान, परियोजना, स्वास्थ्य, इन्जिनियरिङ, बोर्ड, विश्वविद्यालयलगयतमा नियुक्ति पाएका कर्मचारी बखार्नस्त गर्न अख्तियारले निर्देशन दिएको समाचार छ ।
निदेशन दिनुअघि प्रमुख आयुक्त लोकमानसिंह कार्कीको अध्यक्षतामा आयोगका पदाधिकारी, सचिव तथा सम्बन्धित महाशाखाका अधिकारी संलग्न विशेष बैठक बसेको थियो ।
कारबाहीको सिफारिसमा पर्नेमा सत्तरुढ एमाले, एमाओवादी, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका राजनीतिक दलका नेता कार्यकर्ता बढी छन् ।
अख्तियारले ती कर्मचारी बर्खास्त गर्न निर्देशन दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलार्य पत्र पठाएको छ । (अनलाइन खबरबाट)
२०७३ बैशाख १२। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागडोर सम्हालेको एक वर्ष नहुँदै आधा दर्जनभन्दा बढी पटक भोजभतेर आयोजना गरी राज्यको ३ करोड रुपैयाँ सिध्याएका छन् ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई खाजा, भोजलगायत खर्च (विविध शीर्षक) का लागि एक करोड ५० लाख रुपैयाँ दिइएको थियो ।
प्रधानमन्त्री ओलीले अनावश्यक भोजभतेर गर्दा रकम अपुग भएपछि अर्थ मन्त्रालयले थप एक करोड ५० लाख रुपैयाँ निकासा दिएको छ ।
अर्थले बजेट उपशीर्षक नम्बर ६०२०२३३ बाट यो रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निकासा दिएको हो । (रातोपाटीबाट) ।
२०७३ बैशाख १०। पूर्वराष्ट्रपति डा रामवरण यादवले पत्रकार जगत नेपालको ‘पहिलो संसद्ः बिपी–महेन्द्र टकराव’ नामक पुस्तक आज व्यवस्थापिका–संसद् भवनमा आयोजित समारोहमा सार्वजनिक गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जीवनी ‘आफ्नै कुरा’ र ‘सदन, सत्ता र सडकमा नेपाली काँग्रेस’ नामक पुस्तक प्रकाशित गरिसक्नुभएका पत्रकार नेपालको यो तेस्रो कृति हो । सो अवसरमा पूर्वराष्ट्रपति डा यादवले इतिहासको एउटा कालखण्डका बारेमा लेखिएको यो पुस्तकले वर्तमानको विश्लेषण र भविश्यका लागि मार्गनिर्देश गरेको बताउनुभयो ।
उहाँले राष्ट्र, राष्ट्रियता र देशभक्तिका बारेमा जतिकुरा गरे पनि सबै समुदायलाई संविधानमा समेट्न नसकिएको उल्लेख गर्नुभयो । डा यादवले भन्नुभयो– “मधेस र पहाडलाई जोडेर अघि बढ्नसके हामी वास्तविक राष्ट्रवादी बन्न सक्छाँै, यो पनि इतिहासको एउटा कालखण्ड हो ।”
उहाँले मधेसको समस्या समाधान नहुनु पीडा भए पनि तीन करोड नेपालीको भावनाबमोजिम यो संविधान जारी गरेको बताउनुभयो ।
पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले जनताको भावनाअनुसार संविधान संशोधन गर्न सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो– “छिमेकी मुलुक भारतले जारी गरेको संविधान १२२ पटक संशोधन गरिसकेर पनि जनभावना समेट्न अझ प्रयन्त गर्दै छ भने हामीले पाँच वर्ष आठ महिना लगाएर बनाएको संविधान एकपटक मात्र संशोधन भएको छ । यसलाई समयसापेक्ष बनाउँदै लैजान सकिन्छ ।”
पहिलो संसद् एकपटक आधा घन्टाका लागि बहिस्कार भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो– “लामो समयसम्म संसद् बहिस्कार हुुनु राम्रो होइन, हिजो नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा एमाओवादीलगायतले संसद् अवरुद्ध गर्न जे–जस्तो गरे त्यो बेठीक भयो ।”
अर्का पूर्वसभामुख दमननाथ ढुङ्गानाले २००७ साल पछिको संसद्लाई अधिकार दिन नचाहे पनि बिपीको कूटनीतिक पक्ष भने राम्रो भएको बताउनुभयो ।
उहाँले राजतन्त्रको जरा अझै विद्यमान रहेकाले हामी सुरक्षित छाँै भन्न नसकिनेतर्फ पुस्तकले सङ्केत गरेको र विगतका अन्दोलनमा जनताको त्यागलाई वर्तमान संविधानले समेट्न नसकेको उल्लेख गर्नुभयो ।
प्राध्यापक लोकराज बरालले पृथ्वीनारायण शाहदेखि अहिलेसम्म आइपुग्दा नेपालको इतिहास कुनै तार्किक दृष्टिले अघि नबढी एक ठाउँबाट अर्को ठाउँमा उफ्रेर फड्को मारेको टिप्पणी गर्नुभयो । (गोरखापत्रबाट)
२०७३ बैशाख ९। सामाजिक सञ्जाल, फेसबुकले अबदेखि म्यासेन्जरमा ग्रुप कल गर्ने नयाँ सुविधा थप गरेको छ ।
यो सुविधा अन्तर्गत एक पटकमा तपाइ बढिमा ५० जनासँग ग्रुप कल गर्न सक्नुहुन्छ । फेसबुकले यो ग्रुप कल सुविधा विश्वव्यापी रुपमा ल्याएको हो ।
यो फिचर आईओएस र एन्ड्रोइड डिभाइसका लागि उपलब्धछ, यदि तपाइ पनि यो फिचर प्रयोग गर्न चाहनुहुन्छ भने फेसबुक म्यासेन्जरलाइ अपडेट गर्नुपर्ने हुन्छ । (गोरखापत्र अनलाइनबाट)