२०७२ फागुन १५। कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रिया सुरु भएको भन्दै सरकारले निर्वाचन सम्पन्न नहुँदासम्म कर्मचारीको सरुवा रोेक्ने तयारी गरेको छ ।
कर्मचारीको अधिकाररिक ट्रेड युनियनको निर्वाचन गर्न स्थापना गरिएको केन्द्रीय निर्वाचना अधिकृतको कार्यालयले सबै सरुवा रोक्न आग्रह गर्दै सरकारलाई पत्र लखेको छ ।
प्रमुख निर्वाचन अधिकृत सहसचिव राजिव गौतमले निर्वाचन सम्मपन्न नहुँदासम्म देशभरका सबै सरुवा तथा काज सम्बन्धी व्यवस्था रेाक्न सरकारलाई पत्रचार गरिएको जानकारी दिए ।
सरकारले आगमी २८ चैतमा आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउने घोषणा गरिसकेको छ । (अनलाइन खबरबाट)
डेरराज गुरुङ
२०७२ फागुन १४। भर्खरै अनेरास्ववियुको २१औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हाम्री आदिवासी चेली नविना लामा अहिले निकै लोकप्रिय भएकी छिन् ।
जबजब अनेरास्ववियुको अध्यक्षमा आदिवासी जनजाति समुदायका विद्यार्थीहरुले जित्ने गर्छन्, त्यो निकै चासो र चर्चाको विषय बन्ने गर्छ । ती विद्यार्थीहरु निकै लोकप्रिय बन्ने गर्छन् । जस्तो- तुलबहादुर गुरुङ, राजेन्द्र राई, रामकुमारी झाँक्री र अहिले नविना लामा चर्चित र लोकप्रिय भएका छन् ।
त्यसको प्रमुख मनोविज्ञान भनेको त्यो सफलता भनेको अलि दुर्लभ हुने गरेकोले हो । हुन त सबैभन्दा बढी ३८% जनसंख्या भएको आदिवासी जनजाति समुदायको धेरैजसो ठाउँमा नेतृत्वमा हुनुपर्ने हो तर त्यस्तो नहुने भएकोले कहिलेकाहीँ सफलता पाउँदा हामी सबै के के नै पायो जस्तो गरेर बुरुक्क उफ्रने गर्छौं ।
नविना बैनी जुन पार्टीमा क्रियाशील छिन् त्यो पार्टीमा उनको प्रजाति छेपारो हो, गोही हैन । केपी कमरेडसँग विचार मिल्यो भन्दै म पनि केपी कमरेड जस्तै प्रधानमन्त्री बन्छु भन्ने उनको सपना फरक प्रजाति भएको कारणले सम्भव छैन भन्ने कुरा उनले बिस्तारै बुझ्ने छिन् ।
सोही प्रकारले सेना प्रमुख हुँदा, प्रहरी प्रमुख हुँदा, कुनै मन्त्रालयको सचिव हुँदा, कोही नेता मन्त्री हुँदा उनीहरुको बढी नै चर्चा हुने गर्छ ।
यथार्थमा यस्ता सफलताहरु सधैं हामीले देखिरहन पाउनुपर्ने हो, स्वाभाविक रुपमा यस्तो हुनुपर्ने हो तर कहिले कहिले मात्रै देख्न र सुन्न पाइने भएकोले हाम्रो इमोसन र उत्तेजना एक्कासी बढेर धेरै चर्चा विचर्चा हुने गर्छ ।
चर्चाको शिखरमा पुगेका हाम्रा मान्छेहरुले पनि उत्तेजित भएर दायाँबायाँ नसोची के के त भनिहाल्छन् । त्यस्तै नविना लामा बैनीले पनि म एक दिन यो देशको प्रधानमन्त्री हुन चाहन्छु भनिन् अरे । राम्रै हो, हरेक सफलताको सुरुवात सपनाबाटै सुरु हुन्छ ।
नविना बैनी प्रधानमन्त्री बन्न सक्षम छिन् वा विस्तारै हुनेछिन्, त्यसमा कुनै शंका छैन । शंका छ भने त्यो हो, उनी जुन पार्टीमा क्रियाशील भएर त्यो सपना बुन्दै छिन्, त्यो कुनै हालतमा र कहिल्यै पूरा हुने सपना नै हैन ।
माथि चढ्ने भन्दैमा स्वयम्भूको डाँडामा चढेर पोखरा त देखिंदैन नि । छेपारोले गोहीको रुप आफ्नो जस्तै देखेर म पनि कुनै दिने गोही बन्छु भनेर सपना देख्न सक्छ तर त्यसलाई के थाहा उसको प्रजाति नै फरक हो भनेर । गोही बन्ने सपना देख्दादेख्दै उसको प्राण पखेरु समाप्त हुन्छ ।
नविना बैनी जुन पार्टीमा क्रियाशील छिन् त्यो पार्टीमा उनको प्रजाति छेपारो हो, गोही हैन । केपी कमरेडसँग विचार मिल्यो भन्दै म पनि केपी कमरेड जस्तै प्रधानमन्त्री बन्छु भन्ने उनको सपना फरक प्रजाति भएको कारणले सम्भव छैन भन्ने कुरा उनले बिस्तारै बुझ्ने छिन् । जसरी आफ्नो समयमा नविना बैनीभन्दा कयौं गुणा बढी चर्चित तुलबहादुर गुरुङ, रामकुमारी झाँक्री, राजेन्द्र राईहरुले अहिले बुझ्दैछन् ।
वर्षौं भयो नेकपा एमालेमा आदिवासी जनजाति, मधेशी, मुस्लिम, शिल्पी, अझै खसहरु पनि शिर्ष स्थानमा पुग्नै सकेका छैनन् । क्षमता नै नभएर त्यसो भएको हैन । क्षमता भए पनि अरु प्रजातिको प्राणीहरुको बोलवाला भएको संगठनमा किन शिर्ष स्थानमा पुर्याउने भन्ने मनोविज्ञानकै कारणले हो ।
जतिसुकै बाठो भए पनि नोकरलाई मालिक त बनाइँदैन । प्रजाति नै फरक भएको छेपारो गोही बन्ने कुरै आउँदैन । हाम्रा मान्छेहरु जबजब माथि माथि पुग्न थाल्छन्, उनीहरुको मनोबल यसरी गिराउने काम हुन्छ कि म यिनीहरुको बीचबाट शिर्षस्थ नेतृत्वमा पुग्न सक्छु भन्ने आत्मविश्वास नै हराउन थाल्छ ।
म संघीय समाजवादी फोरम नेपालको कार्यकर्ता हुँ । बरु मैले त्यो सपना देखें भने नाजायज भन्न मिल्दैन । मात्रै मेरो पार्टीलाई ठूलो बनाउन मेहनत गर्नुपर्यो, नविना लामामा भएकोजस्तो नेतृत्व क्षमता विकास गर्न सक्नुपर्यो । मलाई कुनै पनि अरु कुराले छेकथुन गर्ने छैन ।
नविना लामाजस्ता बैनीहरुले नेकपा एमालेमा धेरै मेहनत, त्याग तपस्या, योगदान दिने छन् । धेरै उमेरसम्म जिन्दगीको सुनौलो समयहरु बलिदान गर्ने छन् र अन्तमा या त “हस् कमरेड” नेताको रुपमा वा विद्रोही बन्ने छन् ।
पृथ्वी सुब्बा गुरुङ पहिले विद्रोही बन्ने कोसिस गरे, फेरि आफ्नो स्थान सुरक्षित गर्न “हस् कमरेड नेता” बन्न बाध्य भए । यही एटिच्युड कायम राखे उनी मर्ने बेलासम्म उपाध्यक्षसम्म बन्ने सम्भावना छ ।
कुनै बेलाको लोकप्रिय विद्यार्थी नेता तुलबहादुर गुरुङ अहिले माधव नेपालको “हस् कमरेड नेता” बनेर बल्लबल्ल १ पटक राज्यमन्त्री भएका छन् । रामकुमारी झाँक्री र राजेन्द्र राई विद्रोही भएर बसेका छन् । त्यस्तो परिस्थितिमा नविना लामा बैनीले यो देशको प्रधानमन्त्री बन्ने सपना देख्नु छेपारोको सपनाभन्दा बढी अरु के हुन सक्छ ?
म संघीय समाजवादी फोरम नेपालको कार्यकर्ता हुँ । बरु मैले त्यो सपना देखें भने नाजायज भन्न मिल्दैन । मात्रै मेरो पार्टीलाई ठूलो बनाउन मेहनत गर्नुपर्यो, दिमाग लगाउनुपर्यो, समय दिनुपर्यो, त्याग तपस्या गर्नुपर्यो, योगदान दिनुपर्यो अनि म आफूमा नविना लामामा भएकोजस्तो नेतृत्व क्षमता विकास गर्न सक्नुपर्यो ।
मलाई कुनै पनि अरु कुराले छेकथुन गर्ने छैन । मेरो पार्टीले सरकारको नेतृत्व गर्यो भने मूलतः आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, खस अनुहारहरु नै त्यो सरकारमा धेरै हुनेछन् । हामी जस्तैहरु नै हुनेछन् । त्यति बेला प्रधानमन्त्री र मन्त्री हुनेहरु धेरैसँग मेरो प्रजाति मिल्नेछ । त्यसैले म भन्छु, फेरि पनि भन्छु, मनकामनाको बाटो हिँडेर गोसाईकुण्ड पुगिंदैन ।
लेखक: डेरराज गुरुङ |
नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा एमाओवादी, नयाँ शाक्ति जस्तो पार्टीमा क्रियाशील भएर कुनै पनि आदिवासी जनजाति, मधेशी, मुस्लिम, शिल्पी, खसहरुले नेपालको प्रधानमन्त्री बन्ने सपना देख्नु भनेको छेपारोले गोही बनेको सपना देखेजस्तै हो । त्यसो कहिले भएको छैन, हुने वाला पनि छैन ।
न इतिहासमा गणेशमान श्रेष्ठ प्रधानमन्त्री भए, न भीमबहादुर तामाङ भए, न बलबहादुर राई भए, न सहाना प्रधान भए, न अशोक राई भए, न त कुलबहादुर गुरुङ नै हुनेछन्, न त प्रकाशमान श्रेष्ठ नै हुनेछन्, न त सुवास नेम्बाङ हुनेछन्, न त पृथ्वी सुब्बा गुरुङ नै हुनेछन् ।
यत्रा यत्रा हस्तीहरु इतिहासमा बिलाएर गए नविना लामा को हो ? साँच्चै भन्ने हो भने उनलाई एमालेमा बसेर प्रधानमन्त्री हुन्छु भन्ने छुट पनि छैन । प्रधानमन्त्री हुने कुरा त परै जावोस् । बिचरा ! कहिल्यै पूरा नहुने नविना लामाहरुको सपना । (इसमताबाट साभार)
२०७२ फागुन ४। चालक दलका एक सदस्यको विमान भित्रै तथा अर्का व्यक्तिको दुर्घटना भएको अढाई घण्टापछि मृत्यु भएको उपचारमा संलग्न चिल्खाया स्वास्थ्य चौकीका अहेव जङ्गबहादुर रावलले जानकारी दिएका छन् ।
“एक जनाको विमानमै मृत्यु भइसकेको थियो, च्याप्पिएर रहेका कारण बाहिर निकाल्न सकिएन” – अहेव रावलले भने । चालक दलका अर्का सदस्यको विमान दुर्घटनाको अढाई घण्टापछि मृत्यु भएको उनले बताए ।
“बाहिर निकालेको एक घण्टासम्म दुख्यो दुख्यो भनेर कराइरहनु भएको थियो,” अहेव रावलले भने – “हामीले सक्दो उपचार ग¥यौँ तर बचाउन सकिएन । समयमै हेलिकप्टर पुग्न सकेको भए सायद बाँच्थे कि ।”
विमान दुर्घटनाको खबर पाएपछि गाउँदेखि आधा घण्टा टाढा रहेको स्वास्थ्य चौकीबाट रावलसहित स्वास्थ्य सहायक किशोर श्रेष्ठ, अर्का अहेव कमलबहादुर शाही र कार्यालय सहायक रनबहादुर खत्री दगुर्दै घटनास्थल आइपुगेका थिए ।
चारैजना स्वास्थ्यकर्मीले घाइते यात्रुको खेतमै उपचार गरेका थिए । घाइते नौ जनामध्ये पाँच पुरुष, तीन महिला तथा एक नाबालक रहेका छन् । घाइतेमध्ये जुम्ला पटमाराका लक्ष्मण खड्काको अवस्था चिन्ताजनक रहेको अहेव रावलले बताए ।
अन्य यात्रुहरु जुम्ला चन्दननाथ नगरपालिका– ६ का जगदम्बा खत्री गिरी, उनका एक वर्षीय छोरा अनिल गिरी, चन्दननाथ नगरपालिका– ८ कार्कीवाडाकी लक्ष्मी सुनार, चन्दननाथ– ५ का गणेश भट्टचन, उनकी छोरी सोनाली भट्टचन, चन्दननाथ– ६ का मेघराज गिरी, चन्दननाथ– ५ का धनञ्जय केसी तथा नुवाकोट थान्सिङ गाविस– ३ घर भई हाल काठमाडौँ स्वयम्भू बस्दै आएका धु्रवप्रसाद भण्डारीको अवस्था खतरामुक्त रहेको छ ।
“सबै जना होसमै छन्” – उपचारमा संलग्न अहेव रावलले भने। घटनास्थलमा तीन घण्टा टाढाको पादमघाट प्रहरी चौकीबाट चार जना प्रहरी आएका छन् । घाइते यात्रुका अनुसार विमानमा खराबी आएपछि चालकले विमानको अवस्था ठीक नभएको भन्दै सबै यात्रुलाई सचेत गराएका थिए ।
“जहाजको अवस्था ठीक छैन, तपाईहरु नआत्तिनुस्, सुरक्षित ठाउँमा विमान अवतरण गराउँछौँ, हामी मरे पनि तपाईहरुलाई बचाउँछौँ” – घाइतेलाई उद्धृत गर्दै अहेव रावलले भने । चालकले यात्रुलाई सचेत गराएको केही मिनेटमै विमान खेतमा अवतरण त भयो तर विमानको अघिल्तिरको भाग खेतमा धस्सिँदा चालक दलका दुवै सदस्यले ज्यान गुमाउनु प¥यो ।
एअर काष्ठमण्डपको नाइनएनएजेविको विमान नेपालगन्जबाट नौ जना यात्रु लिएर आज दिउँसो जुम्लाका लागि उडेको थियो । (रातोपाटीबाट)
ज्ञानेन्द्र खड्का
२०७२ फाल्गुन १३। ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले छापा मारेको विरोधमा वैदेशिक रोजगार व्यवसायी संघले आफ्नो सबै म्यान पावर कार्यालय बन्द गरेका छन् । प्रहरीले क्षेत्राधिकार बाहिर गइ आफ्ना कार्यालयमा छापा मारेर आतंक मच्चाएको भन्दै व्यवसायीहरुले सबै म्यान पावर अनिश्चितकालका लागि बन्द गरेका हुन् ।
‘हामीभित्र समस्या भएमा या कुनै म्यान पावरले ठगेमा कारबाही गर्ने निकाय वैदेशिक रोजगार विभाग हो’, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले भने, ‘अब व्यवसाय गर्ने अवस्था भएन । सरकारले सुरक्षाको वातावरण नबनाएसम्म म्यान पावर खोल्दैनौं ।’ ढकालले ठगी तथा गैह्रकानुनी कार्यमा संलग्न म्यान पावरहरुलाई वैदेशिक रोजगार विभागले कारबाही गरिरहेको बताउँदै क्षेत्राधिकार बाहिर गएर प्रहरीले छापा हानेपछि कार्यालय बन्द गर्नुपरेको बताए ।
‘म्यान पावरले ठगी गरेको छ भने लाइसेन्स खारेज गर्नेसम्मको अधिकार वैदेशिक रोजगार विभागलाई छ’, ढकालले भने, ‘कहिले नेपाल प्रहरी आउने कहिले सशस्त्र आउने र भोलि नेपाली सेना नै आउने अवस्था हो । यस्तोमा हामीले कसरी गरेर खानु ?’
ठगीको नाममा अर्काको क्षेत्राधिकार मिचेर प्रहरीले मुलुकमा अराजकता मच्चाइरहेको व्यवासयीहरुको आरोप छ । प्रहरीले आफूहरुको कार्यालयमा छापा मारेर आतंक मच्चाएको भन्दै यसबारेमा व्यवसायीहरुले श्रममन्त्री दीपक बोहोरालाई पनि बुधबारै जानकारी गराएका छन् । ‘पुलिसले आतंक मच्चाएको बारेमा श्रममन्त्रीलाई जानकारी गराइसकेका छौं’, उनले भने, ‘सरकारले हाम्रा आवाज सुनेन भने सबै म्यान पावर बन्द गर्छौं । यो अवस्थामा काम गर्न सकिन्न ।’
प्रहरीले बुधबार काठमाडौंका १८ वटा म्यान पावरमा छापा मारेको थियो । छापा मारेपछि प्रहरीले कागजपत्रसहित १४ जना म्यान पावर सञ्चालकहरुलाई पनि पक्राउ गरेको थियो । (अन्नपूर्णपोष्टबाट साभार)
रविन भट्टराई।
२०७२ फागुन १०। विज्ञान प्रविधिको विकाससँगै ठगहरुले पनि नयाँ-नयाँ विद्या प्रयोग गर्न थालेका छन् । ताप्लेजुङमा दुईजना यस्तै ‘आधुनिक ठग’ समातिएका छन्, जसले एनसेलको एप प्रयोग गरेर लाखौं रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
एनसेल एपको प्रयोग गरी लाखौं रुपैयाँको ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा गौरादह-९ का १८ वर्षीय प्रकाश दाहाल र मोरङको पथरी-९ निवासी ३२ वर्षीय मेघनाथ गिरी छन् । ठगीका मुख्य योजनाकार भारतको राजस्थान घर भएका सुमित शर्मा भने फरार छन् ।
पक्राउ परेका व्यक्तिहरुले एनसेल एप प्रयोग गरी एनसेलकै प्रयोगकर्ताहरुबाट लाखौं ठगी गरेको प्रमाणका आधारमा पक्राउ गरिएको पाँचथरका प्रहरी प्रमुख (डीएसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
एनसेलको पुरस्कार भन्दै झुक्याउँदै
डीएपी कोइरालाका अनुसार उनीहरुले आफ्नो मोवाइलमा एनसेल एप डाउनलोड गरी विभिन्न स्थानका एनसेल नम्बर इन्ट्री गरेर प्रयोगकर्ताले रिचार्ज गरेको मिति र मौजदात रहेको ब्यालेन्स आदि पत्तो लगाएका थिए । र, त्यसैका आधारमा फोन गर्दै ठगी गरेका थिए ।
एनसेल एप एनसेल मोबाइकै एउटा एप्लिकेसन हो । जुन मोवाइलमा डाउलोड गरेर कुनै पनि एनसेल नम्वर इन्ट्री गर्दा त्यो नम्वरमा ४ डिजिटको पिन नम्वर म्यासेज जान्छ । गोप्य राख्नु भनिएको उक्त पिन नम्वर प्रयोगकर्ताबाहेक कसैले थाहा पाए उक्त नम्बरको गोपनियता पनि पूर्णरूपमा भंग हुन्छ ।
एनसेलले आफ्नो नेटवर्कको सिम प्रयोगकर्तालाई सम्पूर्ण सुविधाको जानकारी दिन र आफ्नो र सेवा छिटो छरितो एवं सजिलो तरिकाले उपलब्ध गराउनका लागि विकास गरेको एनसेल एपको ठगहरुले दुरुपयोग गरेका हुन् ।
सोझासिधा व्यक्तिहरुलाई झुक्याई ठगी गर्ने गरेको उजुरी जिल्ला प्रहरी कार्यालय पाँचथरमा परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी अधिकृतसहितको टोलीले महानगरीय प्रहरी अपराध महाशाखा काठमाण्डौको टोलीसँग समन्वय गरेको थियो । यसैक्रममा फागुन ४ गते काठमाण्डौबाटै दाहाल र गिरीलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
मोवाइलमा एनसेल एप डाउनलोड गरेपछि ‘इन्टर योर मोबाइल’ भन्ने म्यासेज बक्स आउँछ । त्यहाँ जुन मोवाइल नम्बर हालिन्छ, त्यो मोवाइलमा ४ डिजिटको को पिन सहितको एनसेलको म्यासेज जान्छ ।
प्रहरीका अनुसार ठगी गर्ने व्यक्तिले उक्त मोवाइल धनीलाई फोन गरी तपाईलाई भर्खर एनसेलबा म्यासेज आएको छ भनी सोध्ने गरेका थिए । र, आएको छ भनेपछि पिन नम्बर कति हो मलाई दिनुहोस्, म एनसेलबाट बोलेको भन्दै पिन नम्बर मागेका थिए । र, सो पिन नम्बर आफ्नो मोबाइलको एपमा इन्ट्री गरेर उक्त नम्बरको ब्यालेन्स रिचार्ज हिस्ट्री हेर्ने गरेका थिए ।
त्यसरी हिस्ट्री हेरेपछि ‘तपाईको मोवाइलमा यति ब्यालेन्स छ’ भन्दै रिचार्ज गरेको रकम र मितिसमेत बताइसकेपछि सोझासीधा मानिसले सहजै विश्वास गर्ने गरेका थिए । त्यसपछि उनीहरुले ‘तपाईएलाई एनसेलमा पुरस्कार परेको छ’ भन्दै १ लाख परेकोलाई १३ हजार रुपैयाँ र २ लाख परेको भनिएकालाई २६ हजारको दरले कर बापतको रकम भन्दै आइएमईबाट पैसा पठाउन लगाएका थिए । त्यसरी कर तिरेमा पुरस्कार बापतको रकम पनि बाटै पठाउँछौं भन्दै उनीहरुले ठगी गरेका थिए ।
काठमाडौंमा बसेर पूर्वाञ्चलमा ठगी
पक्राउ परेका उनीहरुलाई काठकाडौंबाट फागुन ६ गते बेलुका जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याइएको थियो । उनीहरुले हालसम्म पाँचथर, ईलाम, झापा, मोरङ, पोखरा र स्याङजामा गरी १० जनालाई ठगी गर्न भ्याएका छन् ।
ठगहरुले मोरङको पथरी, बेलवारी र झापाको झिलझिलेका साथै काठमाण्डौको गौशाला, बानेश्वर, कोटेश्वर र बिजुली बजारको आइएमईबाट रकम निकालेको समेत खुल्न आएको छ ।
एनसेलका पूर्वकर्मचारी नै ठगीका प्रमुख अभियुक्त
प्रहरीका अनुसार ठगी प्रकरणका प्रमुख अभियुक्त भारत राजसस्थानका सुमित शर्मा हुन् । पहिले एनसेल कम्पनीमै केही समय काम गरेका उनी यसअघि पनि ठगी प्रकरणमा जेल परिसकेका व्यक्ति हुन् ।
कम्प्युटर र प्रविधिमा राम्रो दख्खल राख्ने उनले नक्कली कागजात बनाएर दाहाल र कार्कीलाई प्रयोग गर्दै पैसा ठग्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
जेलबाट निस्केपछि केही महिना यता उनी नेपाल र भारतको सीमावर्ती स्थानमा बसेर ठगी गरिरहेका छन् । ठगी प्रकरणका प्रमुख नाइके भनिएका शर्मा पक्राउ परेका छैनन् । उनलाई खोजी गर्न प्रहरी खटाइएको बताइएको छ । पक्राउ परेकामध्ये दाहालले विभिन्न स्थानका एनसेल नम्वरमा फोन गरेर पैसा पठाउन लगाउने गर्थे भने गिरी पैसा झिक्न जाने काममा खटाइएका थिए । पैसा झिकेपछि शर्मा, दाहाल र गिरीले भागवण्डा गरेर लिने गरेका थिए ।
दोषी सार्वजनिक गर्दागर्दै अर्को ठगी
पक्राउ परेका दोषीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा सार्वजनिक गर्दैगर्दा आइतबार दिउँसो पुन ताप्लेजुङ नगरपालिका ८ कि बर्षा शेर्पा पनि ठगको फन्दामा परेकी छिन् । उनले प्रयोग गर्ने नम्बरमा एउटा म्यासेज आयो र केही समयपछि एनसेल नम्बरबाट फोन आयो, जसमा भनियो, म एनसेलको कर्मचारी हुँ, तपाईको मोवाइलमा एउटा नम्बरबाट म्यासेज आएको छ, तपाईलाई दुई लाख उपहार परेको छ ।
यस्तो सुनेपछि बर्षा उनलाई उक्त नम्बर दिइन् । केही समयपछि पुन फोन आयो । दिउँसो दुईबजेसम्म कर बापतको ३० हजार पठाउनुस् भनेपछि वर्षा शेर्पाले दाइहरुलाई पनि सुनाइन् र दाइहरुले पनि सोधेपछि सो फोन गर्ने मानिसले हो भन्यो । र, दाइहरुले सापट दिएपछि उनले सदरमुकाममा रहेको मौसम मनि ट्रान्सफरबाट सीताराम यादव मोरङका नाममा ३० हजार रुपैयाँ आईएमई गरिन् ।
आइएमई गरेको केही समयपछि रकम प्राप्त भयो, चारबजेसम्म तपाईलाई दुई लाख आईएमई गछौँ भन्ने फोन आयो । तर, बेलुकासम्म फोन आएन र त्यो फोन गर्ने नम्बर स्विच्ड अफ भयो ।
त्यसपछि पीडित वर्षाले जिल्ला प्रहरी कार्यालय पाँचथर र ताप्लेजुङमा घटनाबारे जानकारी गराइन् । बर्षालाई मुख्य अभियुक्तले नै ठगेको हुन सक्ने पाँचथर प्रहरी प्रमुख कोइरालाले बताए ।
सीम र पैसा झिक्न प्रयोग भएका कागजात सबै नक्कली
प्रहरी अनुसन्धानमा उनीहरुले एनसेलको सीमकार्ड झिक्न प्रयोग गरेको नागरिकतादेखि पैसा झिक्न प्रयोग गर्दै आएका नागरिकताहरु र लाइसेन्स सबै नक्कली भएको पुष्टि भएको छ । उनीहरुले एउटै फोटो प्रयोग गर्दै कहिले सुदेश कार्की त कहिले सञ्जय दाहालका नामबाट नक्कली लाइसेन्स बनाएर आइएमई र विभिन्न बैंकका काउण्टरबाट पैसा झिकेको पुष्टि भएको छ ।
उनीहरुले पहिलो चरणमा झापाको झिलझिले र मोरङको पथरी र त्यसपछि काठमाण्डौका विभिन्न स्थानबाट पैसा झिकेका थिए ।
को को ठगिए ?
प्रहरीका अनुसार उनीहरुले एक दिनमा एउटै मात्रै एनसेल नम्वर प्रयोग गर्ने गरेको खुलेको छ । उनीहरुले माघ १० देखि फागुन ४ गतेसम्म २८ वटा एनसेल नम्बर प्रयोग गरेर १० जनालाई ठगी गरेको पुष्टि भइसकेको छ । अन्य पीडितले जाहेरी दिने क्रम जारी रहेको छ ।
डीएसपी कोइरालाका अनुसार उनीहरुले छातेढुंगाका तारा सुनार र फिदिम १ का प्रेम तामाङबाट १६-१६ हजार, पोखराकी निमा लामाबाट ३६ हजार, बिर्तामोडका गोपाल ढकाल, गौरादहका पुण्यदेवी भट्टराई, गौरीमाया खड्का र इलामका विमल राईसहित ७ जनाबाट २६-२६ हजारका दरले ठगी गरेको पुष्टि भएको छ ।
आफुलाई एनसेलको कर्मचारी बताउँदै पैसा पठाउन लगाएर फोन स्विच्ड अफ गरेको भन्दै पीडितहरुले माघ १० गते पाँचथर प्रहरीमा जाहेरी दिएपछि पक्राउ परेका उनीहरुलाई आइतबार पाँचथर पुर्याएर प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो । (अनलनइन खबरबाट)
मोदीले बोल्ने शब्द ओलीले बोलेपछि
२०७२ फागुन ८। नयाँ दिल्ली । शनिबार दिउँसो हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने- ‘मेरो भ्रमणको मुख्य उद्देश्य भारत र नेपालवीचको असमझदारी हटाउने हो, जुन पछिल्लो केही महिनायता उत्पन्न भएको थियो ।’
प्रधानमन्त्री ओलीले आफू ‘गलतफहमी’ हटाउन दिल्ली आएको र यो भ्रमण ‘उपलब्धिपूर्ण’ एवं ‘उत्पादक’ भएको दाबी गरे पनि मोदीमा रहेको नेपालबारेको ‘मिस अण्डस्ट्यानिङ’ हैदरावाद हाउसमै प्रकट भयो ।
प्रधानमन्त्री ओलीले संकेत गरेको भारत-नेपालवीचको ‘मीस अण्डस्ट्याण्डिङ’ के हो ? पक्कै पनि ओलीको विचारमा त्यो भनेको भारतले नेपालको संविधान बुझेन भन्ने नै हो ।
तर, ४० मिनेटभन्दा बढी प्रधानमन्त्री ओलीले मिस अण्डस्ट्याण्डिङ हटाइसकेपछि पनि मोदीले हैदरावाद हाउसको गोप्य कोठाबाट निस्केर पबरकारहरुसँग नेपालको संविधानबारे उनी पुरानै कुरो दोहोर्याए । मोदीले नेपालको संविधानलाई एउटा महत्वपूर्ण उपलब्धि भन्दाभन्दै पनि मधेसी मोर्चालाई समेत चित्त बुझाउन सबै वर्गका मुद्दाहरु समेटिनुपर्ने बताए ।
नेपालको संविधानबारे मोदीको यस्तो भनाइले अझै पनि नेपाल र भारतवीच ‘असमझदारी’ कायमै छ र ओलीले हैदरावाद हाउसभित्र गरेको वार्ताबाट पनि यो असमझदारी हटेन भन्ने स्पष्ट भएको छ ।
हो, केपी ओलीको साटो नरेन्द्र मोदीले चाँहि ‘नेपाल-भारतवीच केही असमझदारी थिए’ भनेको भए चाँहि मोदीभित्र रहेको ‘गलतफहमी’ हटेछ भनेर मान्न सकिन्थ्यो ।
किनभने नेपालले आफ्नो संविधान बनाएको हो, र यसवापत नाकाबन्दी लगाएर भारतले आफ्नो अस्पष्टता र बेवकुफी प्रकट गरेको हो । यसमा नेपालले केपी ओलीको शैलीमा हामीवीच ‘असमझदारी थियो’ भनेर आत्मालोचना गरिरहन जरुरी थिएन । यो मोदीले बोल्नुपर्ने विषय थियो, ओलीले होइन ।
अब के होला ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वार्ता र समझदारीबाट सबै वर्ग समुदायलाई समेट्न आग्रह गर्ने तर हालै कमल थापाको नेतृत्वमा गठन गरिएको सीमांकन टुंगो लगाउने समितिमा मधेसी मोर्चाका नेताहरुले नबस्ने घोषणा गर्नुले फेरि पनि नेपाल र भारतवीचको असमझदारी कार्यमै रहेको देखाएको छ ।
मोर्चाले फेरि आन्दोलन चर्काउने बताइरहेका बेला भारतले पुनः नाकाबन्दी गर्छ या गर्दैन भन्ने पनि प्रष्टरुपमा बाहिर आएको छैन । यो स्थितिमा केपी ओलीको दिल्ली भ्रमण ‘एक कदम अगाडि, दुईकदम पछाडि’ जस्तै बन्न पुगेको छ । (अनलाइन खबरबाट साभार)
- झलक सुवेदी
२०७२ फागुन ७। नरेन्द्र मोदीले नेतृत्व गरेको भारतीय जनता पार्टीको सरकार केन्द्रमा स्थापित भएपछि भारतीय समाजमा भइरहेका घटनाले अब बिस्तारै समग्र भारतीय लोकतान्त्रिक संस्थामाथि प्रहार गर्न थालेका छन् । सबैभन्दा बढी चाहिँ हिन्दूवादी एजेन्डामा असहमति राख्ने आलोचकहरू तारोमा छन् । पहिले त केही गुन्डाले विभिन्न व्यक्तिलाई आक्रमण गर्थे, हत्या गर्थे । ‘सेक्युलर’ आवाज उठाउनेहरू, समाजका प्रगतिशील तत्त्वहरू, आदिवासी र गरिबका पक्षमा आवाज उठाउनेहरू तारोमा पर्थे । उनीहरूमाथि लुकेर आक्रमण गरिन्थ्यो या आक्रमणकारी भाग्ने प्रयास गथ्र्यो । यस्तो आक्रमणको विरोधमा केही महिना पहिले भारतमा सरकारले प्रदान गरेका ठूला पुरस्कार र सम्मान फिर्ता गर्दै प्राज्ञहरू सडकमा निस्केका थिए, प्रतीकात्मक विरोध गरेका थिए । अहिले भने घटनाले नग्न रूप लिएको छ । भाजपा र उसका नन्दी–भृङ्गीले कस्तो शासन स्थापना गर्न चाहेका छन् भन्ने पछिल्लो उदाहरण बनेको छ, प्रसिद्ध भारतीय विश्वविद्यालय जेएनयु ।
भाजपाका समर्थक अब अदालतदेखि विश्वविद्यालयसम्म आफ्ना मतसँग असहमतमाथि आक्रमण गर्दै छन् । तिनीहरू खुलेआम आक्रमणको धम्की दिन्छन्, ज्यान मार्ने धम्की दिन्छन् र सरकार तिनको बचाउ गर्छ । नोम चोम्स्कीदेखि ओर्हान पामुकसम्मले यो फासीवादीकरणका विपक्षमा वक्तव्य जारी गरेका छन् ।
भारतीय संविधानले कल्पना गरेको स्वतन्त्रता र आलोचनात्मक चेतनाको विम्ब मानिने जेएनयु लामो समयदेखि प्रगतिशील वामपन्थी विद्यार्थी र प्राध्यापकको प्राज्ञिक बहस र संस्थापनप्रति असहमतिको विम्बका रूपमा स्थापित छ । त्यही विम्ब भत्काउन भाजपा सरकारले त्यहाँको विद्यार्थी युनियनका सभापति कन्हैया कुमारलाई राष्ट्रविरोधी भएको आरोपमा पक्राउ गरेको छ । विश्वविद्यालयमा प्रहरी प्रवेश गरेर छात्रावासका कोठाचोटा चहार्दै छापा मारेको छ । एकजना कास्मिरीलाई दिइएको फाँसीको सजायको विरोध गर्नेहरूले आयोजना गरेको एउटा कार्यक्रमलाई निहुँ बनाएर गरिएको दमनमा उक्त घटनासँग सरोकार नभएका कन्हैया कुमारलाई गरिएको दमन र त्यस क्रममा पत्रकार, जेएनयुका प्रोफेसर र विद्यार्थीमाथि पटियाला कोर्टमा गरिएको आक्रमणपछि भारतीय सत्ताधारीहरू बिस्तारै भारतलाई हिन्दू फासीवादतिर लान उद्यत रहेकोतर्फ संकेत गरेको छ । (कन्हैया कुमारले यो घटना आरम्भ भएपछि जेएनयुपरिसरमा दिएको भाषण यु ट्युबमा उपलब्ध छ, त्यसको अंग्रेजी अनुवाद दि टेलिग्राफ दैनिकले प्रकाशित गरेको छ । जुन भाषणमा उनले बढ्दो भाजपाई फासीवादका विपक्षमा एउटा शक्तिशाली अपिल गरेका छन् । उनको भाषणको तरंग अझै पनि हाम्रो विद्यार्थी संगठनका नेतासम्म पुगेजस्तो चाहिँ लागेको छैन https://www.youtube.com/watch?v=21qExVVuhhk) । अर्थात् भारतमा जे भइरहेको छ, त्यो सामान्य लोकतान्त्रिक मूल्यका विपक्षमा भइरहेको छ ।
भाजपाका समर्थक अब अदालतदेखि विश्वविद्यालयसम्म आफ्ना मतसँग असहमतमाथि आक्रमण गर्दै छन् । तिनीहरू खुलेआम आक्रमणको धम्की दिन्छन्, ज्यान मार्ने धम्की दिन्छन् र सरकार तिनको बचाउ गर्छ । विश्वका प्रतिष्ठित बुद्धिजीवीहरू भारतमा आइरहेको यो परिवर्तन देखेर आजित भएका छन् । नोम चोम्स्कीदेखि ओर्हान पामुकसम्मले यो फासीवादीकरणका विपक्षमा वक्तव्य जारी गरेका छन् । के देखिँदै छ भने सन् १९९२ को बाबरी मस्जिद काण्ड र २००१ मा गुजरातमा भएको मुस्लिम नरसंहारजस्तै भाजपा योजनाबद्ध ढंगले अल्पसंख्यक, आदिवासी, अधिकारकर्मी र सेक्युलर मत राख्ने सबै स्थापित व्यक्तित्वलाई बिस्तारै–बिस्तारै दमनका माध्यमबाट सीमान्तमा धकेल्न चाहन्छ, तिनको मुख बन्द गराउन चाहन्छ । यो आन्तरिक नीतिको अभिव्यक्ति या प्रतिविम्ब उसको बाह्य राजनीतिमा पनि देखिन्छ । नेपालमाथि हालै लगाइएको नाकाबन्दी त्यसको एउटा अभिव्यक्ति हो, जसमा नेपाललाई हिन्दू राष्ट्र बनाउने भारतीय ‘हिडन इन्ट्रेस्ट’ पूरा नहुनुको रिस पनि अभिव्यक्त थियो भनेर अनुमान लगाउनुपर्ने हुन्छ ।
विश्वमा पछिल्लो समय आर्थिक प्रणाली संकटग्रस्त छन् । पुँजीवादको नवउदारवादी मोडलको असफलतासँग अनेक आर्थिक, सामाजिक समस्या र आयको असमान वितरणका कारण सिर्जित अन्तरविरोधले अमेरिका, समग्र युरोप, जापानलगायत देशसमेत संकटमा छन् । यस संकटबाट पार लगाउन पुँजीपतिसँग दुईटा मात्र विकल्प हुन्छन् । पहिलो हो, उद्योग या व्यवसायको आम्दानीमा कामदार वर्गको हिस्सा कटौती गर्ने र दोस्रो हो, विश्व बजारमा आफ्नो नियन्त्रण कायम गर्ने । यसो गर्न कथित स्वतन्त्र छनोटका पुँजीवादी विचारलाई चिहानमा पुर्नुपर्ने हुन्छ । यसले जन्माउँछ वर्चस्वको लडाइँ, जसलाई अनेक संस्था र गठबन्धनबाट लडिन्छ । हालै प्यासिफिक वारपारका देशको व्यापारिक क्षेत्र (टिटिपी) को घोषणा र अस्ति मात्र अमेरिकी राष्ट्रपतिले आसियान देशका सरकार प्रमुखहरूलाई अमेरिकामा गरेको स्वागत त्यस्तै लडाइँको स्वरूप हो । जब यस्तो संकट आइलाग्छ, तब पुँजीवादले आफ्नो कथित लोकतन्त्रको जामा सार्वजनिक मञ्चमै फुकालेर फाल्छ र प्रकारान्तरका फासीवादी हमला सुरु गर्छ । अहिले मध्यपूर्व र ब्ल्याक सी वरपर भइरहेका घटना, हिन्द–चीन सागरमा भएका घटना तथा सिन्जो अवेको जापान र सी जिन पिङको चीन पनि बढ्दो राष्ट्रवाद र पुँजीवादी देश तथा अर्थतन्त्रबीचको संकट र संघर्षका अभिव्यक्ति हुन् ।
भाजपा योजनाबद्ध ढंगले अल्पसंख्यक, आदिवासी, अधिकारकर्मी र सेक्युलर मत राख्ने सबै स्थापित व्यक्तित्वलाई बिस्तारै–बिस्तारै दमनका माध्यमबाट सीमान्तमा धकेल्न चाहन्छ । यो आन्तरिक नीतिको अभिव्यक्ति उसको बाह्य राजनीतिमा पनि देखिन्छ । नेपालमाथि हालै लगाइएको नाकाबन्दी त्यसको एउटा अभिव्यक्ति हो ।
भारतीय उच्च वर्गको पुँजीपतिहरूका चहेता नरेन्द्र मोदी र उनको दल पनि भारतमा हिन्दुत्वको जगमा उभिएको उग्र राष्ट्रवादलाई प्रोत्साहन दिँदै भारतीय पुँजीको विस्तारमा ध्यान केन्द्रित गर्दै छ । यही संकटको अभिव्यक्ति अहिले भारतीय समाजमा देखा परेको छ । जहाँ श्रमजीवी वर्गको अवाज उठाउने, सीमान्त आदिवासीको पक्षमा आवाज उठाउने र अल्पसंख्यकका पक्षमा आवाज उठाउनेहरूमाथि दमन गर्ने अभियान चलेको छ । यसो गर्नुको अर्थ पहिले आफ्नै देशभित्र पुँजीपति वर्गलाई निर्बाध र असामान्य मुनाफा कमाउने वातावरण बनाउनु हो, जो श्रममाथिको शोषण र सीमान्तीकरणमा परेका मानिसमाथि संकटको स्थानान्तरणबाट प्राप्त हुन्छ, प्रकृतिको अत्यधिक दोहनबाट प्राप्त हुन्छ । पुँजीवादको संकटलाई श्रमजीवी वर्गको संकटतिर धकेल्न जो–जो बाधक बन्छन्, त्यसलाई राजनीतिमा फासीवादले हमला गर्छ । जेएनयुमा घटेको घटनाअघि दक्षिण भारतमा एकजना दलित विद्यार्थीलाई आत्महत्या गर्न बाध्य बनाइएको घटना र पुणेको सिनेमा र कला अध्ययन गर्ने एउटा विश्वविद्यालयमा भएको घटनाले यही प्रदर्शन गरिरहेको छ । मलाई हामीकहाँ पनि यस्तो छिर्को आउन खोजेको आभाष हुन्छ ।
नेपालले साग फुटबलमा स्वर्ण पदकका लागि भारतलाई पराजित गरेको समाचारले हौसिएका एकजना पत्रकार मित्रले सामाजिक सञ्जालमा पत्रकार तथा मधेस अधिकारकर्मी प्रशान्त झालाई नामै लिएर खिल्ली उडाए । उनको टिप्पणीले प्रशान्तहरूलाई विजातीय या राष्ट्रविरोधी करार गर्न खोजेको छ । नेपालको अहिलेको राजनीतिक बहसमा यो टिप्पणी जस्तै एकांकी र परपीडक दृष्टिकोणको वर्चस्व स्थापित हुँदै गएको छ । मधेस आन्दोलनको समर्थन गरेको या कतिपय सन्दर्भमा भारतले नेपालमा गरिरहेको हस्तक्षेपलाई समेत परोक्ष प्रत्यक्ष रूपमा मधेसको पक्षधरताका रूपमा व्याख्या गरिरहेको तप्कालाई उनीहरूको विचारकै आधारमा निषेध गर्ने राजनीतिक बहस जबर्जस्त स्थापित गर्दा नेपालकै एउटा खास जाति या क्षेत्रको हिस्साले आफूमाथि राज्य र विचारधारात्मक वर्चस्वमा रहेको शक्तिले सीमान्तमा धकेलेको र शान्तिपूर्ण आन्दोलनलाई दमन गरिएको रूपमा बुझ्न थाल्यो भने त्यसको गम्भीर परिणाम भोग्न पनि तयार बन्नुपर्छ ।
पुँजीवादको संकटलाई श्रमजीवी वर्गको संकटतिर धकेल्न जो–जो बाधक बन्छन्, त्यसलाई राजनीतिमा फासीवादले हमला गर्छ । जेएनयु घटनाअघि दलित विद्यार्थीलाई आत्महत्या गर्न बाध्य बनाइएको घटना र पुणेको सिनेमा र कला अध्ययन गर्ने विश्वविद्यालयमा भएको घटनाले यही प्रदर्शन गरिरहेको छ । हामीकहाँ पनि यस्तो छिर्को आउन खोजेको आभाष हुन्छ ।
राजनीतिमा फरक मतको अस्तित्व हुन्छ, त्यसलाई पर्याप्त खेल्ने अवसर र स्पेस दिएर मात्र लोकतन्त्रको जरा फैलन्छ भन्ने मूल पक्षलाई अस्वीकार गरिहिँड्ने जमात बलियो हुनु भनेको लोकतन्त्रको स्पेस साँघुरिने र प्रकारान्तरले एउटा खास विचारको तानाशाही थोपर्ने वातावरण निर्माण हुनु हो । यो खतरा नेपाली राजनीतिमा विगत केही महिनादेखि बढ्दै गएको छ ।
म पछिल्लो मधेस आन्दोलनका सन्दर्भमा प्रशान्त झाका कतिपय तर्क र अभियानसँग सहमत छैन । तर, उनले मधेसका मामिलामा आफ्ना तर्क राखेकै कारण उनलाई विजातीय घोषणा गर्ने कुरा भने आपत्तिजनक छ । म त शान्तिपूर्ण गतिविधि गरुन्जेल सिके राउतका विचार अभिव्यक्त गर्ने स्वतन्त्रताको पनि रक्षा हुनुपर्छ भन्ने मान्यता राख्छु । यो पंक्तिकारले मधेस र थारूका मुद्दाका आधारमा भइरहेका आन्दोलनको समर्थन तर भारतीय हस्तक्षेपको विरोध गरेको हो । जसले पनि समान अधिकार पाउनुपर्छ, राज्य सबैको हो भन्ने धारणा स्थापित हुनुपर्छ । आदिवासी जनजाति, दलित, महिला पछाडि पारिएका क्षेत्रकाले शासन–सत्तामा पहुँच अर्थात् शक्तिमा हिस्सेदारी नपाई देशले विकास र समृद्धिको बाटो लिँदैन, सामाजिक न्याय स्थापित हुँदैन भनेर नै हामीले लामो समयदेखि आवाज उठाउँदै आएका हौँ ।
एकथरीले भारतीय भूमिका र हस्तक्षेपलाई अत्यन्त न्यूनीकरण गर्ने या कतिपयले त्यसलाई सकारात्मक रूपमा लिने तथा अर्काथरीले त्यसैमा मिसाएर अधिकारको आन्दोलनलाई चुट्ने गर्दा अधिकारको संघर्षको भद्दा विम्ब निर्माण भयो । मधेस एउटा मुद्दा हो, जसलाई सम्बोधन नगरुन्जेल यसले नेपालको राष्ट्रिय एकतालाई खण्डित गरिरहनेछ । थारू या जनजातिको आवाज हाम्रो समाजमा विद्यमान एउटा मुद्दा हो, जसलाई सम्बोधन नगरी र उनीहरूलाई यो देश र यो राज्य दुवै मेरा हुन् भन्ने आत्मबोध हुने गरी हाम्रा संरचना, संस्था, सांस्कृतिक मूल्य र एउटा साझा नेपाली मनोविज्ञानका हिस्सा नबनाई नेपालले राष्ट्रिय स्वाधीनता, आत्मसम्मान र आत्मनिर्भरतातिर जान सक्नेछैन । यसका पक्षमा आवाज उठाउनु, त्यसका लागि आन्दोलनमा लाग्नु र दबाब सिर्जनाका उपाय अपनाउनु सकेसम्म स्थापित वर्चस्वका विपक्षमा खडा हुनु बिल्कुल न्यायोचित कुरा हो । सामाजिक अन्तरविरोधलाई ठाडो रूपमा वर्गसंघर्षले र तेर्सो रूपमा यही पहिचानको मुद्दाले मुखरित गर्ने गरेका छन् । यी दुवै मुद्दामा उत्पीडितका पक्षमा उभिनु अहिलेको प्रगतिशीलता पनि हो । अहिले केही कथित मूलधारेहरूले प्रगतिशील शब्दलाई अश्लील पगरी गुथाउने प्रयास गर्दैमा त्यसले आफ्नो अर्थवत्ता गुमाउने होइन ।
भारत–नेपाल सम्बन्धको कुरा आउँदा नेपाल उत्पीडित हो, काठमाडौं र मधेसको कुरो आउँदा मधेस उत्पीडित हो, परम्परागत सत्ता र जनजातिको कुरो आउँदा जनजाति उत्पीडित हो । जब उत्पीडितका पक्षमा बोल्दा या आन्दोलन गर्दा राष्ट्रविरोधी भनेर निषेध गर्ने जमातको हल्ला ठूलो सुनिन थाल्छ, तब खतरा नजिकै आइसकेको हुन्छ, फासीवादको खतरा ।
यहीँनेर अर्को पक्ष पनि छ । मधेस मुद्दा मधेसका आन्दोलनकारी र जनताको हातबाट टपक्कै टिपेर दिल्लीले काठमाडौंसँग मोलतोल गर्ने हतियार बनाएकै हो । नाकाबन्दी मधेसी जनतामाथि राखिएको त्यस्तो ‘एके ४७’ हो जसलाई भारतले नेपालमाथि आफ्नो प्रभुत्व लाद्ने, नेपालको सार्वभौमसत्तालाई खण्डित गर्ने हतियारका रूपमा प्रयोग गर्यो । जजसले भारतीय नाकाबन्दीलाई मधेस आन्दोलनका पक्षमा, मधेसी जनताको बचाउमा दिल्लीले दिएको सहयोग ठाने या त्यसको नवउपनिवेशवादी चरित्रमा पर्दा हाल्ने प्रयास गरे, ती या त नादान हुन् या तिनले नजानेरै भारतीय हस्तक्षेपलाई सहयोग गरे । मधेसमाथि काठमाडौंको संस्थापन पक्षको भयानक कुदृष्टि र दमनकारी दृष्टिकोण रहेको भए पनि पछिल्ला वर्षमा आन्दोलनका बलमै सही‚ मधेसलगायत जनजातिले राज्यसत्ताको एकलौटीलाई चुनौती दिएका छन् र नयाँ संविधानमा त्यसलाई धेरै हदसम्म संस्थागत पनि गरिएको छ । यसमा भारतले जे खेल खेल्दैछ, त्यसले भारतको रणनीतिक हित त गर्ला तर त्यस्तो हितलाई उपभोग गर्न भने आँसी निलेर निकाल्नुबराबर हुनेछ ।
मेरो प्रस्ट मत के हो भने मधेस आन्दोलन नेपालको आन्तरिक मामिला हो, भारतले त्यसमा यो या त्यो पक्षको समर्थन गर्ने, नगर्ने उसको मामिला हो । तर, त्यही विषयलाई निहुँ बनाएर नेपालमाथि गरिएको नाकाबन्दी एकप्रकारको उपनिवेशवादी हरकत हो र त्यसको विरोध नगरी नेपालका राजनीतिक, आर्थिक तथा सामाजिक हितहरूको रक्षा गर्न र नेपाललाई आत्मनिर्भर राष्ट्र राज्यका रूपमा उभ्याउन सम्भव छैन । मधेस आन्दोलनको समर्थन र भारतीय हस्तक्षेपको विरोध । जति भारतीय स्वार्थसँग मधेसको नेतृत्व र आन्दोलन बहकिन्छ, त्यति हदसम्म त्यो आन्दोलन र नेतृत्वको विरोध । यसरी मात्रै उत्पीडनको विपक्षमा र उत्पीडितका पक्षमा आवाज उठाउन सकिन्छ । भारत–नेपाल सम्बन्धको कुरा आउँदा नेपाल उत्पीडित हो, काठमाडौं र मधेसको कुरो आउँदा मधेस उत्पीडित हो, परम्परागत सत्ता र जनजातिको कुरो आउँदा जनजाति उत्पीडित हो । कसैलाई तितो–मिठो लाग्ने कुरासँग यसको लेनदेन पनि छैन । जब उत्पीडितका पक्षमा बोल्दा या आन्दोलन गर्दा राष्ट्रविरोधी भनेर निषेध गर्ने जमातको हल्ला ठूलो सुनिन थाल्छ, तब खतरा नजिकै आइसकेको हुन्छ, फासीवादको खतरा । (इसमताबाट साभार)
- लोकनारायण सुवेदी
२०७२ फागुन ५। पुरानो परिभाषा जे भए पनि लोकतन्त्र आज व्यवहारमा बेग्लै रुपमा परिभाषित भइरहेको छ । हिजो जनताले, जनताका लागि जनताद्वारा शासन गरिने पद्धतिलाई लोकतन्त्र भनिन्थ्यो । यसै स्थापनालाई मूर्त रुप दिन विश्वमा ठूल्ठूला युगान्तकारी आन्दोलन भए । त्यसमा उल्लेखनीय फ्रान्सेली क्रान्ति, औद्योगिक क्रान्ति, अमेरिकी स्वतन्त्रता संंंग्राम, अक्टोबर समाजवादी क्रान्ति, भारतीय स्वतन्त्रता संग्राम अनि चिनियाँ जनवादी क्रान्तिजस्ता विभिन्न देशमा भएका क्रान्ति र तिनले ल्याएका परिवर्तन यही परिभाषालाई मूर्त रुप दिने क्रममा विकसित भएको यथार्थ हामी तिनको अन्तर्यलाई केलाउँदा भेटाउँदछौं । वास्तवमा ती सबै परिवर्तनका आन्दोलन नागरिक स्वतन्त्रता र प्रगतिका निमित्त भएका थिए । तिनको मर्म भनेकै राजनीतिक, आर्थिक, सामाजिक तथा संस्कृतिक प्रगतिका बिघ्नबाधालाई पञ्छाएर सर्वतोमुखी समुन्नतिको दिशामा समाज, राष्ट्र र विश्वलाई अग्रगति प्रदान गर्नु थियो र हो । तिनै क्रान्तिहरुकै देन र योगदानले गर्दा आज विश्व विकासको माथिल्लो चरणमा पुगेको छ । विज्ञान र प्रविधिको विकासले आकाश–पाताल ढाकेको छ जसले गर्दा आज सारा संसार साँघुरिएर खुम्चिएर सानो भएको छ ।
तर आज लोकतन्त्र हिजोको परिभाषाअनुसार चल्न छाडेको छ । यो जनताका नाममा केही टाठाबाठाले सञ्चालन गर्ने शासन पद्धतिमा बदलिएको छ । निर्वाचनहरु त्यस्तै टाठाबाठाको सत्ता नवीकरण गर्ने माध्यम मात्र बन्ने गरेका छन् । लोकतन्त्र जनताका समस्या समाधान गर्ने माध्यम बन्न पाएको या बन्न सकेको छैन या बन्न दिइएको छैन । यो सत्ता संघर्षको एउटा निरन्तर चल्ने क्रमको रुपमा पथभ्रष्ट र विकृत भएको छ । त्यसैले गर्दा लोकतन्त्रले लोककल्याणको कुरा या त बिल्कुलै छाडेको छ या यसलाई विकृतीकरण गरेर थला पारेको छ । फलतः लोकतन्त्रमा पनि लोक अर्थात जनताको भलाइ हुन छाडेको छ । परिवर्तनपछि पनि जनताले दैनिक जीवनमा भावनात्मक रुपमा सम्म पनि राहत महसुस गर्न नपाउनुले यही यथार्थको पुष्टि गर्दछ ।
नयाँ शासक वर्ग पनि रातारात पुरानै शासक वर्गको चरित्र ग्रहण गर्न सफल भयो र विलाश र वैभवको बाटोमा छलाङ्ग मारेर अघि बढ्यो । राजनीतिक भाषामा भन्ने हो भने जनताले सामन्तवादपछि नवसामन्तवाद खोजेको अर्थ लाग्ने किसिमले हाम्रो राजनीतिक नेतृत्व हिँड्यो ।
लोकतन्त्रलाई जीवन पद्धति बनाउने कुरा यसरी धेरै टाढाको कुरा भइरहेको छ । लोकको हितबिनाको लोकतन्त्र वास्तवमा नराम्रोसँग संकटमा परेको एउटा रोगग्रस्त लोकतन्त्र हो ।
त्यसैले आजकल परिवर्तनको आन्दोलन र लोकतन्त्रबीच कुनै तालमेल र तादाम्यता पनि रहन छाडेको छ । ती दुई परस्पर साइनो र सम्बन्ध नभएका बेग्लाबेग्लै कुरा हुन् भन्ने जस्तो किसिमले अथ्र्याउन थालिएको छ । परिवर्तनले लोकतान्त्रिक संस्कृति र संस्कारको जुन नयाँ मूल्यमान्यता विकसित र स्थापित गर्दछ भन्ने पुरानो मान्यता हो, त्यो आज गुम भएको र लोकतन्त्रका सम्बाहक मानिएका दलहरुको व्यवहारले उनीहरुको अक्कल गुम भएको प्रतीत भइरहेको छ । फलस्वरुप एउटा जीवन्त प्रणाली बनेर राजनीति, अर्थतन्त्र, सामाजिक संरचना र सांस्कृतिक गतिविधि लोकतन्त्रले ल्याउने नयाँ उन्नत संस्कारको विकास र त्यसलाई पोषण तथा मलजल गर्ने सार्थक परिवेश पटक्कै बन्न सकेको छैन । यसै आधारमा राजनीतिक दलहरु परिवर्तन ल्याउन त सक्छन् तर त्यसलाई व्यवहारमा अनुवाद गरेर अघि बढाउन या सञ्चालन गर्न सक्तैनन् भन्ने निष्कर्ष आजको विश्लेषकहरुले निकाल्न थालेका छन् । तर परिवर्तनकामी शक्तिहरुमा यस्तो स्थिति के कसरी सिर्जना भयो भन्ने कुरा ठम्याउनुपर्ने आवश्यकता भने तिनले महसुस गरेको या त्यतातिर ध्यान दिएको पाइँदैन । बरु त्यसको विपरीत हाम्रा विश्लेषकहरु पनि एक वा अर्को किसिमले यथास्थितिकै पक्षपोषक भएर देखापर्ने गरेका छन् । नयाँ सम्भावनालाई पनि यथास्थितिमै अँचेटर उनीहरुले पनि अर्थ्याउने गरेका छन् । लोकहित जुनसुकै स्तरमा र जहिले पनि लोकतन्त्रको न्यूनतम रुपमा अपरिहार्य तत्व हो भन्ने कुरामा उनीहरु पनि चुकिरहेको देखिन्छ । वास्तवमा यो पनि लोकतन्त्र संकटमा परेकै संकेत हो ।
वास्तवमा लोकतन्त्रको हाम्रो देशको अनुभव के हुँदै आएको छ भने यसले जनतालाई राष्ट्रिय भावधारामा जसरी समाहित गर्न र राष्ट्रिय क्षमता तथा आत्मविश्वास बढाउने बाटो लिन सक्नु पर्ने थियो त्यसो गर्न पटक्कै सकेको छैन । बरु जनतालाई उनीहरुका केही ज्वलन्त समस्या उठाइदिएपछि या तिनको समाधानको ’मृग मरीचिका’ देखाइदिएपछि आफ्नो शासन सत्ताको स्वार्थ फत्ते हुने मिथ्या जगमा लोकतन्त्रकालीन शासक वर्ग पनि निरन्तर खडा हुदै आएको छ । त्यसले गर्दा सर्वसाधारण जनताले हिजोका शासक वर्ग र परिवर्तित राजनीतिक चरणका शासक वर्गमा कुनै फरक देख्न पाएका छैनन् । बरु प्रत्यक्ष र आश्चर्यजनकरुपमा उनीहरुले पाएको कटु यथार्थ अनुभव के हो भने नयाँ शासक वर्ग पनि रातारात पुरानै शासक वर्गको चरित्र ग्रहण गर्न सफल भयो र विलाश र वैभवको बाटोमा छलाङ्ग मारेर अघि बढ्यो । राजनीतिक भाषामा भन्ने हो भने जनताले सामन्तवादपछि नवसामन्तवाद खोजेको अर्थ लाग्ने किसिमले हाम्रो राजनीतिक नेतृत्व हिँड्यो । यसबाट मुक्त भएर लोकतान्त्रिक मूल्य पद्धति र आचरणका आधारमा चल्ने कुनै चिन्ता र चासो उनीहरुमा पटक्कै देखा परेन । निर्वाचनलाई पनि एउटा यान्त्रिक र कर्मकाण्डीय साधनको रुपमा मात्र प्रयुक्त गरेको घटनाक्रमले प्रस्ट र पुष्टि गरिसकेको छ ।
राजनीतिक दलहरु परिवर्तन ल्याउन त सक्छन् तर त्यसलाई व्यवहारमा अनुवाद गरेर अघि बढाउन या सञ्चालन गर्न सक्तैनन् भन्ने निष्कर्ष आजको विश्लेषकहरुले निकाल्न थालेका छन् ।
वस्तुतः यी सबै गतिविधि र विकृत संस्कार र संस्कृतिका पछाडि पिछडिएको सामाजिक परिवेशलाई बदल्ने प्रस्ट, गहिरो र दूरदृष्टिकोण नहुनु मूख्य कुरा हो भने त्यसमाथि बाहिरबाट भूमण्डलीकरणका कारणले लादिएको तीब्र उपभोक्ताबादी संस्कृति समेतले यो नवसामन्ती संस्कृतिलाई ठूलो बल प्रदान गर्ने काम गरेको छ । तीब्र सत्ता लोलुपता, कुर्सीको छिनाझपटी, देशको अर्थ–राजनीतिले कतै समर्थन र आधार प्रदान नगर्ने आश्चर्यजनक जीवनशैली, जनतालाई नगन्ने ठालु चिन्तन यी सबै कुराले प्रस्ट संकेत गरेका छन् ः हाम्रो राजनीतिक नेतृत्व देश र जनताप्रति समर्पित, त्याग, निष्ठा र नैतिकताको आचरणबाट विमुख भएको छ । यो लोकतान्त्रिक संस्कृति र संस्कारविरुद्ध छ । यस गलत परिपाटीको समन नगरिएसम्म परिवर्तनको प्रवाहले सही बाटो समात्न र अघि बढ्न फेरि पनि सक्तैन । यो पटक पटक अनुभवसिद्ध भएको धु्रबसत्य कुरा हो ।
यसरी विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कारणले गर्दा लोकतन्त्र आज सर्वत्र संकटमा छ र नेपाललगायत विश्वका नव लोकतन्त्र स्थापित देशहरु पनि यस्तै प्रकृतिका गम्भीर समस्याका बीचबाट गुज्रिरहेका छन् । खासगरी पछिल्ला मध्य एसिया र कतिपय अफ्रिकी देशका राजनीतिक परिवर्तनपछिको अवस्थालाई हेर्दा यो कुरा एकदमै प्रस्ट हुन्छ । हाम्रो देशको भू–धरातलीय रणनीतिक अवस्थिति, यहाँको जैविक विविधता, उत्तरतर्फका उत्तंग हिमालका कारणले अजश्र जलश्रोत, दुर्लभ जडीबुटी, उर्बर जमिन, रमणीय र दर्शनीय पर्यटकीय स्थल सबैले जुन विकासको अत्यत्तै ठूलो सम्भावना दर्शाउदछन्, यो कुरा विश्वका विकसित देशहरुलाई धेरै राम्रोसँग अवगत छ । त्यसै कारणले नै उनीहरुले नेपालको राजनीतिमा गिद्दे आँखा लगाउने र अवाञ्छित हस्तक्षेप गर्ने गर्दै आएका छन् । यसलाई चिर्ने र नेपाली राजनीतिलाई आफ्नै धरातलमा खडा गर्ने दृढ राजनीतिक इच्छा शक्ति, संकल्प र साहस पुनर्निर्माण नगरिएसम्म नेपालको लोकतन्त्र जुन जनताको कल्याण गर्ने बाटोबाट अलग्याइएको छ र त्यसले गर्दा यो जुन संकट कालमा परेको छ त्यसबाट यसलाई मुक्त गर्न सकिने छैन र लोककल्याण पनि पटक्कै हुने छैन । हामीले २०४६ सालको परिवर्तनयता, खासगरी २०६३ सालको परिवर्तनपछिको स्थितिलाई वस्तुवादी भएर विश्लेषण गर्यौं भने यो प्रस्ट हुन्छ । यो यथार्थलाई आत्मसात गरेर जनताको अर्थ–सामाजिक परिवर्तनका आकांक्षा र अपेक्षालाई मूर्त रुप दिने राजनीतिक संस्कृति, शैली, आचरण र व्यवहारले मात्र त्यस्तो राष्ट्रिय र अग्रगामी विकासको जग बस्छ र लोकतन्त्रको जग पनि सबल बन्दछ । (इसमताबाट साभार)
भारतीय भूमिमा नेपाली फुटबलले रच्यो इतिहास
२०७२ फागुन ३। एक सून्यले पछि परेको स्थिति उल्टाउँदै नेपालले २३ वर्षपछि १२ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलको उपाधि जितेको छ। भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमवार भएको साग पुरुष फुटबलको फाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी आयोजक राष्ट्र भारतलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
भारतले खेलको ३२ औैं पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता लिएको थियो। तर खेलको ६५ औँ मिनेटमा नेपालका लागि प्रकाश बुढाथोकीले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको ५ मिनेटपछि नै खेलको ७० औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाका थिए।
बाँकी समयमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल नेपालले २–१ गोल अन्तरले जितेको हो। जितसँगै नेपालले २३ वर्ष पछि साग फुटबलमा स्वर्ण जित्दै इतिहास रचेको छ।
यसअघि नेपालले अघिल्लो महिना बंगलादेशको ढाकामा भएको बंगबन्धु गोल्डकपको उपाधि जित्दै फुटबलमा २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको थियो।
नेपालले यसअघि सन् १९८४ र १९९३ को दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) मा स्वर्णपदक जितेको थियो । (सेतोपाटीबाट)
भोजपुर, २०७२ फागुन २। बुङ्वाखा मासिक काठमाडौको एघारौ बार्षिकोत्सव तथा एघारौ बान्तावा राष्ट्रिय कविता प्रतियोगिता शनिबार दमकमा सम्पन्न भएको छ । प्रतियोगितामा भोजपुरका विष्णुकुमार राई प्रथम भएका छन् ।
सुनसरीकी इन्दिरा राई दोस्रो भएकी छिन् भने भोजपुरकै रामचन्द्र राजालिम तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने कविहरूलाई क्रमशः नगद रु. १०,०००, ६,००० र ४,००० सहित ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार– २०७२’बाट पुरस्कृत गरिएको छ ।
स्वर्गीय श्यामराज दुब्देङहाङका जेठी छोरी मीना राई र भतिजी छोरी अञ्जना राईले बुबा÷काकाको सम्झनामा सो पुरस्कारको लागि अक्षयकोष स्थापना गरेका थिए । देशभरबाट प्राप्त कविता मध्ये उत्कृष्ट ११ को छनौटमा परेका कविताहरुबीच प्रतिस्पर्धा भएको थियो ।
यसै कार्यक्रमको अवसर पारेर ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार–२०७२’ बाट भारत कालिम्पोङका रमेश तेन्चिपालाई सम्मान गरिएको छ । बान्तावा भाषामा लामो समयदेखि कलम चलाउदै आएका तेन्चिपालाई बान्तावा भाषाकै पहिलो खण्डकाव्य ‘हेच्छाकुवा’ कृतिको लागि सो पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार पूर्व वागमती अञ्चलाधिश मकर बहादुर बान्तावा र उनकी श्रीमती विष्णुदेवी बान्तावाको सम्मानमा उनीहरूको परिवारले स्थापना गरेको थियो । ताम्रापत्रसहित पुरस्कारको राशी २५,००० रुपैयाँ रहेको छ । २०७० सालमा स्थापना गरिएको पुरस्कार पहिलोचोटी अन्तर्राष्ट्रियस्तरमा प्रदान गरिएको हो ।
‘बुङ्वाखा सङ्गीत पुरस्कार–२०७२’ बाट युवा गायक सुरेशपायल राईलाई सम्मान गरिएको छ । यतिबेला पनि सङ्गीत साधनामै रहेका भोजपुर पात्लेपानीमा जन्मिएका उनले रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र धनकुटामा आधा दर्जन बान्तावा गीतहरू गाएका छन् । कदरपत्रसहित रु. १५,००० राशीको पुरस्कारको संस्थापकहरू वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ र सङ्गीतकर्मी अशोक मुकारुङ रहेका छन् ।
‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार २०७२’ बाट बुङ्वाखाका पाँचथर सम्वाददाता राजकुमार इसारा राईलाई सम्मान गरिएको छ । बुङ्वाखा सल्लाहकार चन्द्र कुमार हतुवाली र उनको परिवारले आफ्ना स्वर्गीय बज्यै रनमाया राईको सम्झनामा स्थापना गरेको कदरपत्रसहित सो पुरस्कारको राशी रु. ६,००० रहेको थियो ।
झापाको दमकमा भएको कार्यक्रम देशभित्रका विभिन्न जिल्ला र भारतबाट आएका किरात राई समुदायको बाक्लो उपस्थितिका साथमा सफलतापुर्वक सम्पन्न भएको कार्यक्रम संयोजक एवम् बुङ्वाखाका सम्पादक पदम राईले जानकारी पठाएका छन्। (खबरसंसारबाट)
- त्रिलोकसिंह थापा मगर।
उनले आफूले नेतृत्व गरेको विद्रोह एवं विरोधका लक्ष्य तथा उद्देश्य जनसमक्ष यसरी राख्ने गर्दथे : “जंगबहादुरले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाँलाई त्राही त्राही पारिरहेछ । जंगेलाई हटाएर नेपालाई पापको बोझबाट हल्का पार्नु पर्दछ । नेपालमा सत्ययुग फिराउँ, जगदम्बा काली माताले मलाई वरदान दिएकी छन्, भाइ हो तयार होऔं (भीम भक्तमान, २००५) ।”
जंगबहादुरको तानाशाही शासनविरुद्ध गरिएको सशस्त्र विद्रोहका उक्त उद्देश्य पूर्ण रुपमा राजनीतिक परिप्रेक्षमा रहेको देखिन्छ :
क) कप्तान लखन थापा मगरले त्यहीबेलादेखि नै विदेशी हस्तक्षेपको विरोध गरे ।
ख) जंगबहादुरको हुकुमी तथा पारिवारिक शासन प्रणालीबाट जनता त्राहीत्राही भइसकेको हुँदा सो प्रणालीमा आमूल परिवर्तन ल्याई ”सत्ययुग” अर्थात प्रजातान्त्रिक व्यवस्थाको सिर्जना गर्ने उद्घोष गरे ।
ग) नेपालमा नयाँ युगको स्थापना गर्न आव्हान गरे ।
मेरी लेकाम्ते टिलौइन भन्छिन्, “सन् १८५७ का भारतीय सिपाही विदोहीसँग सम्पर्क भएपछि उनले आफ्नो राजनीतिक मोडेल योजनाको तर्जुमा गरेका हुन् ।”
यी लक्ष्य प्राप्तिका लागि उनले मुख्यतः तीनवटा रणनीति प्रयोग गरे :
क) धर्म, पुनर्जन्म, तथा मनकामना देवीमाथि प्रगाढ तथा अटूट आस्था र निष्ठा राख्ने तत्कालीन जनता एवं समाजलाई आफ्नो आन्दोलनको पक्षमा परिचालन गर्न गराउन देवीमाताको वरदान प्राप्त भएको भनेर प्रचार गरे । फलस्वरुप जनताको स्वतःस्फूर्त सक्रिय सहयोग र सहायता प्राप्त गर्न उनी सफल भए ।
ख) जनताको सक्रिय सहयोग र सहायताको आधारमा ब्राम्हण, क्षेत्री, गुरुङ्ग, मगर तथा अन्य जातिका दुई हजार युवाको जनमिलिशिया, आफ्नै किल्ला, शस्त्र, खाद्यान्न तथा युद्धकलाको प्रशिक्षणको समेत व्यवस्था छोटो अवधिमा गर्न गराउन सफल भए ।
ग) हुकुमी एवं तानाशाही शासनलाई ध्वस्त पार्न राजनीतिक संगठनको पनि आवश्यकता पर्दछ भनेर जोसमनि सम्प्रदायलाई राजनीतिक संगठन र राजनीतिक दलको रुपमा परिचालन गरे, साथै राजनीतिक चेतना सिर्जना गरे ।
इतिहासकार प्रमोद शमशेर राणाका अनुसार “राणाहरुको विरुद्ध यो पहिलो विद्रोह थियो । यसभन्दा पहिले कसैले राणाहरुको विरुद्ध औंला उठाएको देखिएन (सन् १९९५) ।”
पहिलो विद्रोह
जंगबहादुरका छोरा पदमजंगले आफ्नो पुस्तकमा लेखेका छन्, “नेपालमा सुनौलो युग आरम्भ गर्ने लखन थापाको योजना थियो ।” लखन थापा द्वितीयलाई विद्रोही राजाको संज्ञा दिँदै फ्रान्सेली विद्वान् मेरी लेकाम्ते टिलौइन भन्छिन्, “सन् १८५७ का भारतीय सिपाही विदोहीसँग सम्पर्क भएपछि उनले आफ्नो राजनीतिक मोडेल योजनाको तर्जुमा गरेका हुन् ।”
त्यसो त लखन थापा मगरले नेतृत्व गरेको जनविद्रोहअघि र पछि पनि जंगबहादुरलाई मार्ने प्रयास भएको पाइन्छ । विशेष गरी सत्ताबाट च्युत भएका चौतरिया, काजी, भाइभरदारले पुनः सत्ता प्राप्त गर्न, बदलाको भावना, पारिवारिक, व्यक्तिगत रिसईबी र आवेशबाट जंगबहादुरको हत्या गर्ने गराउने असफल षडयन्त्र गरेका थिए । त्यस्तै जंगबहादुरकै भाइ बद्रिनरसिंह कुँवर, काकाका छोरा जयबहादुर कुँवरसँगै करवीर खत्री तथा भोटु सिंह बस्नेत आदिले पनि सत्ता प्राप्तिका लागि १९०७ सालमा उनको हत्या गर्ने असफल योजना र षड्यन्त्र गरेका थिए । छलकपटबाट जंगबहादुरको उदय हुनुका साथै उनीप्रति व्यक्तिगत विरोध, विद्रोह तथा षड्यन्त्र पनि सुरु भइसकेको थियो । ती विद्रोह र विरोध केवल सत्ता प्राप्तिका लागि थिए । त्यसको कुनै जनाधार र जनसहयोग थिएन ।
१९१४ सालमा फौजी अफिसरहरुलाई जंगबहादुर भड्काएको अभियोगमा जमदार काजीमान गुरुङ पक्राउ परेका थिए । जमदार गुरुङलाई उनकै पल्टनका सहयोगी सिपाहीद्वारा टँुडिखेलमा निर्ममतापूर्वक हत्या गर्न लगाइयो । यो घटना लखन थापा मगरको विद्रोहभन्दा केही वर्षअघिको थियो । जमदार गुरुङको विद्रोहको उद्देश्य प्रस्ट थिएन, जनताको सहभागिता तथा समर्थन पनि थिएन । पल्टनको घेराभित्र सीमित सो विद्रोह नितान्त व्यक्तिगत आवेशमा भएको पाइन्छ । यस घटनाको कुनै राजनीतिक आधार पनि देखिँदैन । तैपनि काजीमान गुरुङले देखाएको त्यस साहसको राज्यले उचित कदर गर्नुपर्दछ ।
लखन थापा मगरले नेतृत्व गरेको जनविद्रोहअघि र पछि पनि जंगबहादुरलाई मार्ने प्रयास भएको पाइन्छ । विशेष गरी सत्ताबाट च्युत भएका चौतरिया, काजी, भाइभरदारले पुनः सत्ता प्राप्त गर्न, बदलाको भावना, पारिवारिक, व्यक्तिगत रिसईबी र आवेशबाट जंगबहादुरको हत्या गर्ने गराउने असफल षडयन्त्र गरेका थिए ।
सुदूर पश्चिमाञ्चल अछाममा राणाकालीन कर्मचारीले विषेशतः ठकुरीहरुमाथि गर्दै आएको अत्याचारलाई साहेबज्यू बलदेव शाह उर्फ बाँकेवीरलाई खपी नसक्नु भयो । त्यसमाथि श्री ३ जंगबहादुर राणाले श्री ५ राजेन्द्रलाई बन्दीगृहमा राखी अड्कलेको माना खानुपर्ने व्यवस्था गरेबापत राजपरिवार तथा ठकुरीहरु राणाहरुसँग आगो भएका थिए । यसै सन्दर्भमा बाँकेवीरले राणाहरुको सैनिकमाथि लुकिछिपी आक्रमण गर्ने गरेका थिए । तर लुकिछिपी रहेका बाँकेवीरलाई जंगबहादुरको निर्देशनअनुसार १९०६ सालमा रुद्रसिंह स्वाँरले टाउको काटी हत्या गरे । यो घटना राणाहरुले राजपरिवार र ठकुरी रजौटालाई सताउने, दुःख दिने तथा होच्याउने व्यवहारबाट उब्जिएको थियो । पारिवारिक द्वन्द्व एवं व्यक्तिगत रिसईबीमा आधारित थियो । तैपनि बाँकेवीरले राणाको विरुद्ध देखाएको ठूलो साहसको कदर राज्यले गर्नपर्ने देखिन्छ ।
सन् १८५४ को मुलुकी ऐन लागू भएपछि जनजातिहरुको स्तर तल झरेको थियो । जनजातिहरु जंगबहादुरको पारिवारिक एवं तानाशाही व्यवस्थाबाट रुष्ट तथा असन्तुष्ट थिए । यसै क्रममा आदिवासी जनजातिका केही युवाबाट उनको शासनविरुद्ध सैनिकहरुलाई विद्रोह गर्न र जंगबहादुरको हत्या गर्दै सत्ता पल्टाउन असफल प्रयास भएको थियो । यसै क्रममा सुकदेव गुरुङ र श्रीपति गुरुङले १९३३ सालमा जंगबहादुरको हत्या तथा सत्ता पल्टाउन असफल प्रयास गरे । निरंकुश शासन एवं मुलुकी ऐनबाट रुष्ट र असन्तुष्ट जनजातिका युवाहरूको विद्रोह साहसिक थियो । तर त्यसमा संगठन, जनसहभागिता तथा स्पष्ट लक्ष्यको अभाव थियो ।
लखन थापा मगरको नेतृत्वमा सञ्चालित जनविद्रोह योजनाबद्ध, संगठित, जनसहभागितामा आधारित राजनीतिक लक्ष्य प्राप्तितिर उन्मुख थियो । जहानियाँ एवं निरंकुश शासनलाई हटाएर प्रजातन्त्रको स्थापना गर्नका लागि थियो । कुनै व्यक्तिगत, पारिवारिक, जातिगत, स्वार्थ, लोभ र लालचबाट प्रेरित थिएन ।
जनता सहयोगका अाधारमा विद्रोह
यी घटनासँग तुलना गरी हेर्दा लखन थापा मगरको नेतृत्वमा सञ्चालित जनविद्रोह योजनाबद्ध, संगठित, जनसहभागितामा आधारित राजनीतिक लक्ष्य प्राप्तितिर उन्मुख थियो । जहानियाँ एवं निरंकुश शासनलाई हटाएर प्रजातन्त्रको स्थापना गर्नका लागि थियो । कुनै व्यक्तिगत, पारिवारिक, जातिगत, स्वार्थ, लोभ र लालचबाट प्रेरित थिएन । लखन थापा मगर आफू राजा बन्ने चाहनाबाट पनि प्रेरित थिएनन् । जनताले नै उनलाई असिम माया गरेर राजाको रुपमा मान्न थालेका थिए । राजनीतिक पृष्ठभूमि तथा सैद्धान्तिक धरातलमा निरंकुश शासनविरुद्ध उठेको यो विद्रोह नेपालको इतिहासमा पहिलो जनविद्रोह थियो ।
दुई हजार युवाको जनमिलिशिया तयार गर्नु तथा राजनीतिक प्रशिक्षण दिनु त्यतिबेला सानो कुरा थिएन । जनताले लखन थापा द्वितीयलाई राजा सरह मान्न थालेका थिए । यसै सन्दर्भमा इतिहासकार डिआर रेग्मीका अनुसार, “लखन थापा द्वितीयको योजना राजा सुरेन्द्रद्रको कान्छो भाइको छोरालाई राजा बनाउने रहेको थियो । कालान्तरमा आफै राजा बन्ने पनि थियो (रेग्मी सन् १९८०) ।”
अहिले सेनामा ज्येष्ठता, शैक्षिक योग्यता, आन्तरिक वैदेशिक प्रशिक्षण, नेतृत्व र कार्य दक्षताका आधारलाई मूल्यांकन गरेर प्रायः पदोन्नति गर्ने चलन छ । जंगबहादुरको शासनमा भारदार खलकका बच्चा जन्मिँदै जर्नेल, कर्नेल तथा कप्तान हुन सक्ने चलन थियो । जंगबहादुर आफै कप्तान पदबाट प्रधानमन्त्री भएका हुन् ।
जनकलाल शर्माका अनुसार गोरखा जिल्लाको बुंकोट भन्ने ठाउँमा जोसमनि मतका साधु लखन थापा द्वितीयले जंगबहादुरको निरंकुश शासनको विरुद्ध संगठन गर्न थाले र सो संगठन निकै जोडतोडका साथ लागेको कुरा जंगबहादुरले पनि थाहा पाए । यस्तो संगठनलाई समयमा नरोके मेरो भविष्य राम्रो छैन भन्ने विचार गरेर रातारात जंगबहादुरले आठ पहरिया सिपाहीको दल गोरखातिर पठाए ।
कप्तान लखन थापा द्वितीय भारतको अलमोडामा प्रारम्भिक शिक्षा प्राप्त गरेका मगर जातिका युवक थिए । मगर पल्टनमा आफ्नो सामरिक क्षमता, योग्यता, अनुभवबाट उपयुक्त निर्णय तथा नेतृत्व गर्ने सीपको प्रदर्शन गरेको हुँदा १४ वर्षको छोटो अवधिमा एउटा सिपाहीबाट कप्तान हुन कुनै अप्ठेरो थिएन । हुकुमी शासनमा हुकुम नै पदोन्नतिको मुख्य आधार थियो । १९२० सालमा राजा सुरेन्द्रविक्रमका पालामा जंगबहादुर राणाले राजपुत र ठकुरीलाई प्रदान गरेको वित्तीय सुविधासम्बन्धी लालमोहरमा भनिएको छ :
“… सम्बत् १९११ मा तिब्बतसँगको युद्ध र १९१४ मा लखनौसँगको युद्धमा सहयोग गरे बापत खसलाई क्षेत्री सरह मगर र गुरुङलाई कर्नेल पदमा पदोन्नति गरिएको छ ।”
यसरी लखन थापाले आफ्नो जागिरको छोटो अवधिमै पदोन्नति पाएका थिए भनेर अनुमान गर्न सकिन्छ । घरबिदामा बसेर जनविद्रोहको योजना एवं रणनीति तर्जुमा गर्नु जनतालाई संगठित गर्न तथा आफ्नै किल्ला खडा गर्नु एउटा सिपाहीको लागी चानचुने कुरा थिएन ।
समानान्तर सरकार
आर्थिक तथा भौतिक साधनश्रोतको अभाव हुँदाहुँदै पनि छरछिमेक जिल्लाबाट ठूलो संख्यामा स्थानीय युवा जम्मा पारी अप्रिल १८७६ मा लखन थापा द्वितीयले जंगबहादुरको शासनविरुद्ध सशस्त्र विद्रोह गरे । जनकलाल शर्माका अनुसार गोरखा जिल्लाको बुंकोट भन्ने ठाउँमा जोसमनि मतका साधु लखन थापा द्वितीयले जंगबहादुरको निरंकुश शासनको विरुद्ध संगठन गर्न थाले र सो संगठन निकै जोडतोडका साथ लागेको कुरा जंगबहादुरले पनि थाहा पाए । यस्तो संगठनलाई समयमा नरोके मेरो भविष्य राम्रो छैन भन्ने विचार गरेर रातारात जंगबहादुरले आठ पहरिया सिपाहीको दल गोरखातिर पठाए ।
१९२७ सालमा जंगबहादुरको एकलौटी शासनविरुद्ध लखन थापा द्वितीयले नेपालको इतिहासमा पहिलो पटक समानान्तर सरकार खडा गरे । ब्राह्मण, क्षेत्री, मगर, गुरुङ्ग आदि जनजातिका मन्त्रीहरुको प्रतिनिधित्व रहेको पहिलो समावेशी मन्त्रीपरिषद् बनाइयो । त्यसको नेतृत्व स्वयं लखन थापा द्वितीयले गरे । जंगबहादुरका भाइ नेपाली सेनाका सेनापति धीर शमशेरलाई ती विद्रोहीसँग युद्ध जित्न हम्मेहम्मे परेको थियो ।
जनताबीच अझै लोकप्रिय
पाँच वा छ वर्षसम्म राणा शासनविरुद्ध भएको विद्रोहको नेतृत्व गरेका लखन थापा द्वितीयबारे इतिहासकार सूर्यमणि अधिकारी भन्छन्– ‘लखन थापा (द्वितीय) मगरलाई नेपालमा जागरणका अग्रणीका रुपमा प्रायः विद्वानहरुले स्वीकार गरेको पाउछौं (अधिकारी २०५४) ।’ वास्तवमा उनकै अगुवाइमा व्यक्तिगत रुपमा विरोध र विद्रोह गर्नुभन्दा पनि स्थानीय जनतालाई प्रभावित पारी संगठनात्मक तथा योजनाबद्ध रुपमा सत्ययुग ल्याउने लक्ष्यअनुरुप राजनीतिक रणनीति तयार पारी सशस्त्र युद्ध समेत गर्न गरिएको थियो । यसरी कयौं जनाले प्राण गुमाउन पुगेको विद्रोहका नायक लखन थापा (द्वितीय) मगर नेपालको प्रजातान्त्रिक आन्दोलनको पहिलो पटक सहादत प्राप्त गर्ने योद्धा र नायक हुन् ।
उनको निर्ममतापूर्वक हत्या गरिएपछि पनि उनका परिवार तथा समर्थकमाथि कठोर दमन, अत्याचार तथा हिंसाको क्रम चलाइएको थियो । तैपनि स्थानीय जनताले अत्यन्त श्रद्धा र भक्तिपूर्वक लखन थापा द्वितीयलाई पौष पञ्चमीका दिनभरि देउताको रुपमा पुज्ने चलन १३९ वर्षभन्दा पनि बढी समयदेखि जारी छ । यसैबाट पनि थाहा हुन्छ, लखन थापा जनताका माझमा कति लोकप्रिय थिए ।
राणा शासनविरुद्ध गरेको भन्दै जंगबहादुरले १९३३ साल फाल्गुण २ गते लखन थापा र जैसिङ्ग चुमी मगरलाई बुङ्गकोटको काउले भँगारमा खरीको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिएका थिए । मृत्युदण्ड दिइएपछि उनीहरुको काजक्रिया नगर्न उर्दी जारी गरेका थिए । १३९ वर्षसम्म पनि काजक्रिया गर्न नपाएको उनीहरुका आफन्तजनको भनाइ छ । १८९१ सालमा जन्मेका लखन थापा त्यति बेला नयाँ गोरख गणमा कप्तान पदमा कार्यरत थिए । उनले सेनाको जागिरबाट बिदामा आएर गाउँमा राणा शासनविरुद्ध सशस्त्र युद्धको तयारी गरेको थाहा पाएर जंगबहादुरको सेनाले पक्राउ गरी हत्या गरेको थियो ।
राज्यबाट प्रथम सहिदको घोषणा
१३९ वर्षको संघर्षपछि बल्लतल्ल राज्यले २०७२ असोज ३ गतेमा लखन थापा (द्वितीय) मगरलाई नेपालको प्रथम सहिद घोषणा गरेको छ । नयाँ संविधान घोषणा गरिएको शुभ उपलक्ष्यमा (२०७२÷०६÷०३) कप्तान लखन थापा (द्वितीय) मगरलाई पनि राज्यले प्रथम सहिदको दर्जा दिएको छ । (साभार: इसमता)
२०७२ माघ २६। पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन भएको छ। लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित कोइरालाको गएराति १२ बजेर ५० मिनेटमा महाराजगञ्जस्थित आफ्नै निवासमा निधन भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए।
पछिल्लो केहीदिन देखि निमोनियकाका कारण ज्वरोले थलिएका कांग्रेस सभापति सुशील कोइरालाको स्वासप्रश्वासमा गडवडी भएपछि निधन भएको महाराजगञ्ज स्रोतले बताएको छ। कोइरालाका निजी चिकित्सक करविरनाथ योगीले महाराजगञ्जमा भेला भएका परिवार सदस्य तथा नेताहरुलाई ‘टाइप टु रेस्पिरेटरी फेलियर’ का कारण निधन भएको जानकारी दिए।
कोइरालाले सार्वजनिक कार्यक्रममा आफूले क्यान्सरलाई जिति सकेको बताउँदै आएका थिए। पार्टीको १३ औँ महाधिवेशन कार्यक्रममा सक्रियताका साथ सहभागी हुँदै आएका कोइराला केही दिन यता विरामी भएपछि निवासमै आराम गरिरहेका थिए।
यसअघि सोमबार नेपाली कांग्रेस काठमाडौ जिल्ला समितिको अधिवशेनको उद्घाटन गर्न प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको भएपनि विरामी भएकाले कोइराला उपस्थित हुन सकेका थिएनन्।
को हुन् कोइराला ?
विक्रम सम्बत सन् १९९६ साउन २८ गते पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा जन्मिएका कोइराला थिए। गत २०७० माघ २७ गते मुलुको ३७ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका कोइराला सरकारकै नेतृत्वमा गत असोज ३ गते नेपालको नयाँ संविधान २०७२ जारी भएको थियो। कोइराला विपी कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई विक्रम सम्बत २०१० सालदेखि राजनीतिमा सक्रिय भएका थिए।
२००७ सालको क्रान्तिदेखि नै राजनीतिमा संलग्न भएका कोइराला ठाकुरराम हाइस्कूल वीरगञ्जमा अध्ययनरत रहँदा नै राजनीतिमा सक्रिय भएर लागेका थिए। कोइराला कांग्रेसले अंगीकार गरेको राष्ट्रियता, प्रजातान्त्र र समाजवादको आदर्श एवं नेपाली कांग्रेसका संस्थापक वी पी कोइराला लगायतका नेताहरुको व्यवहारबाट अभिप्रेरित भएर राजनीतिमा संलग्न भएका हुन् ।
२०११ सालमा पिताजी बोधप्रसाद कोइराला नवलपरासीको डि एफ ओ रहँदा भाइ अरुणसंगै पाल्पामा नेपाल छात्र संघको शाखा खोल्न कोइराला गएका थिए। ०१२ साल माघमा वीरगञ्जमा सम्पन्न नेपाली कांग्रेसको छैठौं महाधिवेशनमा सहभागी कोइराला २०१४ सालमा निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रुपमा भएको भद्र अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागी समेत भएका थिए। २०१५ सालमा संसदीय निर्वाचनको प्रचार प्रसारमा नेपालगञ्जमा सक्रियतापूर्वक सहभागी भएका कोइराला २०१७ साल पौष १ गते सैन्यबलको आडमा राजाबाट निर्वाचित सरकार अपदस्थ गरी संसद भंग गरेपछि नेता सुवर्ण समशेरलाई नेपालको राजनीतिक अवस्थाको जानकारी दिन भाइ डा.अरुण कोइराला सहित कलकत्ता प्रस्थान गएका थिए।
राजा महेन्द्रको कोशी अञ्चल सवारी हुँदा त्यसको विरोधमा भूमिगत रुपमा क्रियाशील समेत भएका कोइराला २०१७ सालदेखि २०३७ सालसम्म भारतमा निर्वासित जिवन विताएका थिए। २०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ आयाम दिन गरिएको विमान अपहरण काण्डमा संलग्न र भारतमा पक्राउ परेका कोइराला ३ बर्षभन्दा बढी समय भारतका विभिन्न जेलमा जीवन विताएका थिए।
यसैगरी २०३७ सालमा जनमत संग्रह हुनुभन्दा केही हप्ता अगाडि(बैशाख १गते) गिरिजाप्रसाद कोइरालासंगै आम माफी पाएका कोइराला २०३७ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय थिए। उनी २०४२ सालको सत्याग्रहमा सक्रिय रुपमा सहभागी थिए भने २०४६ सालको जनआन्दोलनमा अग्रपडि.तमा सक्रिय । जनआन्दोलनका कार्यक्रम सञ्चालन गरी जनमत सिर्जना गर्न बर्दियामा सक्रिय रहेका बेला नेका नेता तारानाथ रानाभाटसंगै गिरफ्तार भएका थिए।
२०५९ असोज १८ गते तात्कालिन राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा चलेको शान्तिपूर्ण आन्दोलनमा सक्रिय कोइराला २०६१ माघ १९ गते शाही “कु”भएपछि सोही दिन बाँकेमा ३ महिना नजरबन्दमा परेपछि कांग्रेसको अगुवाईमा सञ्चालित ७ दलीय आन्दोलनमा सक्रिय भएका थिए। निरडकुश राजतन्त्रको विरुद्ध २०६२÷६३ मा नेपाली कांग्रसको नेतृत्वमा सञ्चालित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कोइराला प्रजातन्त्र पुनस्थापनाको आन्दोलनका क्रममा नेपाल र भारत गरी ६ बर्षभन्दा बढी जेल जिवन विताएका थिए।
कांग्रेसको सदस्यता २०१२ सालमा लिएका कोइराला तरुण पत्रिका, नेपाली कांग्रसको आधिकारिक मुखपत्र, प्रवासकाल वनारस भारतमा सम्पादकको भूमिका समेत निभाएका थिए। पार्टी केन्द्रीय सदस्यः २०४५ साल मंसीर १३ देखि कांग्रेसको केन्द्रीय सदस्य भएका कोइराला २०४५।४६ (सन १९९० )मा विदेश विभाग प्रमुख भएका थिए। २०५३ सालमा भएको नबौँ महाधिवेशनबाट महामन्त्री भएका कोइराला २०५५ साल असोज २० गते उपसभापति भएका थिए।
एघारौं महाधिवेशन १३–१८ भाद्र, २०६२(संस्थापन) र पार्टी एकीकरण पछिको कार्यसमिति २०६४ कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालेका कोइराला बाह्रौ महाधिवेशन २०६७, १–५ असोजसम्म काठमाडौंमा भएको १२ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए। (सेतोपाटीबाट साभार)
पछिल्लो केहीदिन देखि निमोनियकाका कारण ज्वरोले थलिएका कांग्रेस सभापति सुशील कोइरालाको स्वासप्रश्वासमा गडवडी भएपछि निधन भएको महाराजगञ्ज स्रोतले बताएको छ। कोइरालाका निजी चिकित्सक करविरनाथ योगीले महाराजगञ्जमा भेला भएका परिवार सदस्य तथा नेताहरुलाई ‘टाइप टु रेस्पिरेटरी फेलियर’ का कारण निधन भएको जानकारी दिए।
कोइरालाले सार्वजनिक कार्यक्रममा आफूले क्यान्सरलाई जिति सकेको बताउँदै आएका थिए। पार्टीको १३ औँ महाधिवेशन कार्यक्रममा सक्रियताका साथ सहभागी हुँदै आएका कोइराला केही दिन यता विरामी भएपछि निवासमै आराम गरिरहेका थिए।
यसअघि सोमबार नेपाली कांग्रेस काठमाडौ जिल्ला समितिको अधिवशेनको उद्घाटन गर्न प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको भएपनि विरामी भएकाले कोइराला उपस्थित हुन सकेका थिएनन्।
को हुन् कोइराला ?
विक्रम सम्बत सन् १९९६ साउन २८ गते पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा जन्मिएका कोइराला थिए। गत २०७० माघ २७ गते मुलुको ३७ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका कोइराला सरकारकै नेतृत्वमा गत असोज ३ गते नेपालको नयाँ संविधान २०७२ जारी भएको थियो। कोइराला विपी कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई विक्रम सम्बत २०१० सालदेखि राजनीतिमा सक्रिय भएका थिए।
२००७ सालको क्रान्तिदेखि नै राजनीतिमा संलग्न भएका कोइराला ठाकुरराम हाइस्कूल वीरगञ्जमा अध्ययनरत रहँदा नै राजनीतिमा सक्रिय भएर लागेका थिए। कोइराला कांग्रेसले अंगीकार गरेको राष्ट्रियता, प्रजातान्त्र र समाजवादको आदर्श एवं नेपाली कांग्रेसका संस्थापक वी पी कोइराला लगायतका नेताहरुको व्यवहारबाट अभिप्रेरित भएर राजनीतिमा संलग्न भएका हुन् ।
२०११ सालमा पिताजी बोधप्रसाद कोइराला नवलपरासीको डि एफ ओ रहँदा भाइ अरुणसंगै पाल्पामा नेपाल छात्र संघको शाखा खोल्न कोइराला गएका थिए। ०१२ साल माघमा वीरगञ्जमा सम्पन्न नेपाली कांग्रेसको छैठौं महाधिवेशनमा सहभागी कोइराला २०१४ सालमा निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रुपमा भएको भद्र अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागी समेत भएका थिए। २०१५ सालमा संसदीय निर्वाचनको प्रचार प्रसारमा नेपालगञ्जमा सक्रियतापूर्वक सहभागी भएका कोइराला २०१७ साल पौष १ गते सैन्यबलको आडमा राजाबाट निर्वाचित सरकार अपदस्थ गरी संसद भंग गरेपछि नेता सुवर्ण समशेरलाई नेपालको राजनीतिक अवस्थाको जानकारी दिन भाइ डा.अरुण कोइराला सहित कलकत्ता प्रस्थान गएका थिए।
राजा महेन्द्रको कोशी अञ्चल सवारी हुँदा त्यसको विरोधमा भूमिगत रुपमा क्रियाशील समेत भएका कोइराला २०१७ सालदेखि २०३७ सालसम्म भारतमा निर्वासित जिवन विताएका थिए। २०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ आयाम दिन गरिएको विमान अपहरण काण्डमा संलग्न र भारतमा पक्राउ परेका कोइराला ३ बर्षभन्दा बढी समय भारतका विभिन्न जेलमा जीवन विताएका थिए।
यसैगरी २०३७ सालमा जनमत संग्रह हुनुभन्दा केही हप्ता अगाडि(बैशाख १गते) गिरिजाप्रसाद कोइरालासंगै आम माफी पाएका कोइराला २०३७ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय थिए। उनी २०४२ सालको सत्याग्रहमा सक्रिय रुपमा सहभागी थिए भने २०४६ सालको जनआन्दोलनमा अग्रपडि.तमा सक्रिय । जनआन्दोलनका कार्यक्रम सञ्चालन गरी जनमत सिर्जना गर्न बर्दियामा सक्रिय रहेका बेला नेका नेता तारानाथ रानाभाटसंगै गिरफ्तार भएका थिए।
२०५९ असोज १८ गते तात्कालिन राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा चलेको शान्तिपूर्ण आन्दोलनमा सक्रिय कोइराला २०६१ माघ १९ गते शाही “कु”भएपछि सोही दिन बाँकेमा ३ महिना नजरबन्दमा परेपछि कांग्रेसको अगुवाईमा सञ्चालित ७ दलीय आन्दोलनमा सक्रिय भएका थिए। निरडकुश राजतन्त्रको विरुद्ध २०६२÷६३ मा नेपाली कांग्रसको नेतृत्वमा सञ्चालित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कोइराला प्रजातन्त्र पुनस्थापनाको आन्दोलनका क्रममा नेपाल र भारत गरी ६ बर्षभन्दा बढी जेल जिवन विताएका थिए।
कांग्रेसको सदस्यता २०१२ सालमा लिएका कोइराला तरुण पत्रिका, नेपाली कांग्रसको आधिकारिक मुखपत्र, प्रवासकाल वनारस भारतमा सम्पादकको भूमिका समेत निभाएका थिए। पार्टी केन्द्रीय सदस्यः २०४५ साल मंसीर १३ देखि कांग्रेसको केन्द्रीय सदस्य भएका कोइराला २०४५।४६ (सन १९९० )मा विदेश विभाग प्रमुख भएका थिए। २०५३ सालमा भएको नबौँ महाधिवेशनबाट महामन्त्री भएका कोइराला २०५५ साल असोज २० गते उपसभापति भएका थिए।
एघारौं महाधिवेशन १३–१८ भाद्र, २०६२(संस्थापन) र पार्टी एकीकरण पछिको कार्यसमिति २०६४ कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालेका कोइराला बाह्रौ महाधिवेशन २०६७, १–५ असोजसम्म काठमाडौंमा भएको १२ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए। (सेतोपाटीबाट साभार)
२०७२ माघ २५। आन्दोलनरत मधेसी मोर्चाले आम अड्ताल, नाकामा अबरोध र सरकारी कार्यलय बन्दजस्ता कार्यक्रम स्थगित गरेको छ।
मोर्चाको सोमबार बसेको बैठकले मुख्य नाकाको अबरोध आम हड्तालसहितका कार्यक्रम स्थगित गरे पनि अन्य आन्दोलन कार्यक्रम यथावत राख्ने निर्णय गरेको छ। 'जनताका आश्यवकता र प्राप्त सुझावलाई ध्यानमा राख्दै घोषित कार्यक्रममध्ये नाका अवरोध, आमहड्ताल र सरकारी कार्यलय बन्द गर्ने कार्यक्रम स्थगित गरिएको छ,' मोर्चा नेता महेन्द्र रायले भने,'आन्दोलनका क्रममा भएका कमी कमजोरी र त्रुटि समीक्षा गर्दै आन्दोलनलाई अझ शसक्त र व्यापक बनाउने तयारीमा छौं।' (नागरिक न्यूज)
विज्ञप्ति
२०७२ माघ २५। सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने भाषा परीक्षा भदौमा गर्ने तयारी गरेको छ। आइतबार ईपीएस कोरिया शाखामा बसेको बैठकले सातौँ भाषा परीक्षाको मिति तय गरेको हो।
‘सन् २०१६ मा लिइने भाषा परीक्षाको आबेदन अनलाइनमार्फत लिनेछौँ, ४ महिनाभित्र अनलाइनका लागि चाहिने सफ्टवेयर तयार पार्छौँ, शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले भने,‘ अनलाइन भएपछि फर्म भर्न काठमाडौं आइरहनु पर्दैन, घर वा साइबरबाटै भर्न सकिन्छ।’
उनका अनुसार शाखाले अनलाइनको सफ्टवेयरका लागि टेन्डर आह्वान गरिसकेको छ। शाखाले नयाँ कामदार छनोट प्रक्रियाअन्तर्गत पीबीटी र कोरियाबाट फर्केका कामदारका लागि सीबीटी परीक्षा सञ्चालन गर्छ। तर नेपालीको कोटा भने निर्धारण गरिएको छैन। (कारोबार दैनिक)
२०७२ माघ २४। सरकारले विद्यमान जन्मकैदसम्बन्धी प्रावधानलाई संशोधन गरी १० वर्ष कैद सजाय थप गर्ने प्रस्ताव गरेको छ ।
फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, अपराधसंहितामा जन्मकैदको अवधि बढाएर ३० वर्ष पुर्याउने प्रस्ताव गरिएको हो । यद्यपि केही गम्भीर मुद्दामा आजीवन अर्थात् कसुरदार जीवित रहेसम्म कैद बस्नुपर्नेमा भने यो प्रावधान लागू हुने छैन ।
नेपालीबाट नेपालीमाथि विदेशमा हुने अपराधको क्षेत्राधिकार नेपालका न्यायिक निकायमा बिरलै हुने विद्यमान अवस्थालाई सुधार गर्दै अपराधसंहिताले बहिक्र्षेत्रीय प्रयोगसम्बन्धी स्पष्ट नयाँ कानुनी प्रबन्ध गरेको छ ।
नेपालका अदालतमा मुद्दा चल्न सक्ने फौजदारी कसुरको अनुसन्धान एकार्का मुलुकका अधिकार प्राप्त अनुसन्धान अधिकारीबाट हुन सक्ने कुनै मुलुकसँग सन्धि भएको रहेछ भने त्यसै अनुसार तथा तत्सम्बन्धी व्यवस्था नभएका खण्डमा पनि कूटनीतिक माध्यम मार्फत अनुसन्धान अधिकृत खटाइने छ ।
न्यायाधीशको तजबीज नहुने
कसुरको गम्भीरता बढाउने तथा घटाउने काम न्यायाधीशको तजबीजमा हुँदै आएकामा नयाँ विधेयकमा त्यससम्बन्धी प्रावधानलाई खारेज गरी कानुनमै दण्डसजायको अवधि र सीमा तोक्ने तथा मुलुकी ऐनमा बेग्ला बेग्लै महलमा रहेको तर प्रयोगमा नआएका कानुनलाई एउटै कानुनमा समेट्ने व्यवस्था पनि विधेयकमा गरिएको छ ।
आपराधिक षड्यन्त्र, उद्योग, दुरुत्साहन र मतियारको सुस्पष्ट व्याख्याका साथै बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्ने अधिकारीलाई जिम्मेवार बनाउन दण्डित गर्ने कानुनी व्यवस्था समेत विधेयकमा प्रस्ताव गरिएको छ । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका कसुरमा कसुरदारलाई नवीनतम रुपमा परिभाषित गर्दै त्यस्तो कसुर गर्नेलाई दण्डको कठघरामा उभ्याउने प्रयासको प्रबन्ध गरिएको छ ।
राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्धका कसुरलाई नयाँ ढङ्गबाट परिभाषित गरिनाका साथै धर्मसम्बन्धी कसुरलाई गम्भीरतापूर्वक लिँदै छुट्टै धर्मसम्बन्धी कसुरको व्यवस्था गरिएको छ । व्यक्तिगत गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरसम्बन्धी नयाँ व्यवस्थाका साथै फौजदारी न्यायप्रणालीको सामान्य सिद्धान्तका बारेमा ऐनमै व्याख्या हुनुपर्नेमा जोड दिइएको छ ।
विधेयकमा भएको सोसम्बन्धी व्यवस्थाले फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन, जाहेरी, पुर्पक्ष सुनुवाइ र अरु कार्यविधिसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गरी सरलीकृत र समायानुकूल तुल्याउन योगदान पुग्ने विधायन समितिका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।
माफी दिन सकिने–नसकिने
विधेयकमा केही विशेष प्रकृतिका मुद्दाबाहेक गृह मन्त्रालयमार्फत राष्ट्रपति समक्ष निवेदन दिएर सजाय माफी दिने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ । भ्रष्टाचार, जबर्जस्ती करणी, कर्तव्य ज्यान, हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ, अपहरण वा शरीर बन्धक, राष्ट्रिय तथा सार्वजनिक सम्पदाको र लागुपदार्थको ओसारपसार वा कारोबारसम्बन्धी कसुरका कसुरदारलाई माफी दिन नसकिने फौजदारी अपराधसंहिता २०७१ मा व्यवस्था गरिएको छ ।
भ्रुणावस्थादेखि मृत्युपर्यन्त, दैनिक व्यवहारदेखि राजकाज सञ्चालनसम्म अपनाउनुपर्ने सजगता तथा त्यसको पालना नहुँदा भोग्नुपर्ने दण्ड सजायका बारेमा विस्तृत रुपमा कानुनी प्रावधान समेटिएको नेपालको १६८ वर्ष पुरानो मौलिक कानुनका रुपमा रहेको मुलुकी ऐनमा रहेको व्यवस्था र समयानुकूल आवश्यकता महसुस गरिएको अन्य कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक निर्माण गरिएको हो ।
मुलुकी ऐनको मौलिकता
नयाँ संविधान निर्माणपछि मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको विधेयकलाई सर्वाधिक महत्व दिएर व्यवस्थापिका– संसद्ले काम गरिरहेको जनाउँदै सांसद कृष्णभक्त पोखरेलले मुलुकी ऐनको मौलिकता र भावनालाई प्रतिविम्बित हुन सकोस् भनेर संसदीय अभ्यासमा सो विधेयकमाथि जनताको अभिमत लिने कुरा विधेयकमा उल्लेख भएको बताए ।
विधेयकका बारेमा जनताको बढीभन्दा बढी रायसुझाव सङ्कलन गर्न सकियोस् भनेर १६ वटा पुनरावेदन बारमा पठाइनाका साथै सञ्चारमाध्यमबाट पनि गुण र दोषका बारेमा आउने टिप्पणीलाई समेटेर सुधार गर्ने व्यवस्था मिलाइएको छ ।
विधेयकमा १० वर्षभन्दा कमका बालबालिका र ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई अरु दोषी सरह समान सजाय नगरिने तथा अपराध स्वीकार गर्ने तथा अपराधको सबै सूचना दिएर न्यायालय र अनुसन्धानमा सहयोग पुर्याउनेको दण्ड सजाय छुट दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
कैदीले व्यवसाय चलाउन पाउने
संसद्को विधायन समितिका सदस्य रामनारायण बिंडारी मुलुकमा नयाँ राजनीतिक व्यवस्था र नयाँ संविधान जारी भएको परिप्रेक्ष्यमा न्यायपूर्ण, शान्तिपूर्ण र सुरक्षित समाजको सिर्जना गरी सर्वसाधारणको हित गर्न मुलुकी ऐनमा प्रयोग भएका भाषा, शब्दावली र शैलीलाई समयानुकूल बनाउन मुलुकी ऐन सहित अन्यत्र छरिएर रहेका कानुनलाई समेटेर विधेयक तयार गर्न लागिएको बताए ।
झ्यालखानालाई सुधार गृहका रुपमा विकास र विस्तार गर्ने राज्यको नीतिअनुसार केही विशेष र गम्भीर प्रकृतिका अपराधमा संलग्नबाहेक अरुलाई घरमा बसेर र व्यवसाय गरेर पनि कैद सजाय भोग्न सकिने लचिलो कानुनी व्यवस्था अवलम्बन गरिने तथा अपराधीलाई कडा सजाय होइन, कानुनअनुसार कारबाही भोग्न बाध्य बनाउने गरी विधेयक तयार गरिन लागेको उनको भनाइ थियो ।
पहिला सुन्ने,पछि थुन्ने
अपराध नगरे पनि प्रहरीले मुद्दा लिएर जानासाथ अपराधमा संलग्न भएको ठहरिने व्यवस्थाको खारेजी तथा गलत मनशायका साथ अभियोजन गर्ने अधिकारी पनि दण्डको कठघरामा उभिनुपर्ने छ । ‘पहिला थुन्ने अनि सुन्ने’ होइन, अब ‘पहिला सुन्ने, अनुसन्धान गर्ने अनि मात्र थुन्ने’ कानुन निर्माण गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
आगामी जेठ मसान्तसम्म पारित गरिसक्ने उद्देश्यले व्यवस्थापिका– संसद्ले विधेयकलाई अघि बढाउँदै जनताको अधिक रायसुझाव सङ्कलन गर्न सकियोस् भन्ने अपेक्षा गरेको छ ।
- किशोरकुमार प्रधानाङ्ग
तपसिलका अवस्थामा स्तन क्यान्सरको सम्भावना बढी हुन्छः
- वंशाणुगत कारणबाट आमा, दिदी, बहिनी, छोरी वा नजिकका नातेदारहरूमा स्तन क्यान्सर भएमा ।
- ३० वर्षपछि बच्चा जन्माउने महिलाहरूमा ।
- बच्चा नजन्माएका महिलाहरूमा ।
- स्तनपान नगराउने महिलाहरूमा ।
- स्तनमा पहिलेदेखि नै गा“ठागु“ठी वा पुराना समस्या भएमा ।
- पहिले एउटा स्तनमा क्यान्सर भइसकेका महिलाहरूमा ।
- चिल्लो र बोसोयुक्त खाना बढी खाएमा ।
स्तनको क्यान्सरमा देखिने चिन्ह र लक्षणहरूः
- स्तनमा गिर्खा फेला पर्नु ।
- स्तनको आकारमा परिवर्तन आउनु ।
- स्तनबाट रगत वा पिप मिसिएको दूध आउनु ।
- स्तनको छालाको रङ परिवर्तन हुनु ।
- स्तनको मुन्टो भित्र गाडिनु ।
- स्तनमा भएको घांउ लामो समयसम्म निको नहुनु ।
सुरुको अवस्थामा स्तन क्यान्सर पत्ता लगाउने तरिकाः
१. नियमित स्वास्थ्य परीक्षणः
स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन चिकित्सक वा तालिम प्राप्त स्वास्थ्यकर्मीहरूबाट स्तनको नियमित परीक्षण गराउनुपर्दछ ।
२. आफैँबाट आफ्ना स्तनको परीक्षणः
स्तनमा नयाँ वा असामान्य गिर्खा, डल्लाहरू छन् कि छैनन् भनी थाहा पाउन २० वर्ष पुगिसकेका महिलाले आफैँले आफ्ना स्तन राम्ररी छामेर पत्ता लगाउन सकिन्छ । यो सरल एवं व्यावहारिक तरिका पनि हो । महिलाले प्रत्येक महिना नियमित रूपमा आफ्ना स्तन आफैँले राम्ररी हेरेर तथा छामेर स्तनमा भएका गिर्खा वा परिवर्तन थाहा पाउन सक्दछन् । दाहिने स्तनको परीक्षण देब्रे हातले र देब्रे स्तनको दाहिने हातले परीक्षण गर्नुपर्दछ । उत्तानो परेर, बसेर स्तन परीक्षण गर्दा सानातिना गिर्खा पनि फेला पार्न सकिन्छ । स्तनको आकार र छालामा भएको परिवर्तन पत्ता लगाउन ऐना अगाडि स्तन देखिने गरी परीक्षण गर्नु उपयुक्त हुन्छ । स्तनको सम्पूर्ण भाग वरिपरि र काखीमुनि कुनै गिर्खाहरू भए नभएको छामेर हेर्नुपर्दछ । साथै, आफ्ना स्तनको स्वरूप र रङमा कुनै परिवर्तन आए नआएको पनि ख्याल गर्नुपर्दछ । यसरी परीक्षण गर्दा गिर्खा फेला परेमा चिकित्सकद्वारा पुनः परीक्षण गराई स्तन क्यान्सर भए नभएको थाहा पाउन सकिन्छ ।
३. म्यामोग्राफी परीक्षणः
म्यामोग्राफी प्रविधि स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउने विशेष प्रकारको एक्सरे परीक्षण हो । यस परीक्षणबाट स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन सकिने भएकाले ४० वर्ष उमेर पुगिसकेका महिला तथा यो रोग लाग्न सक्ने सम्भावना बढी भएका महिलाले चिकित्सकको सल्लाह अनुसार यो परीक्षण गराउनुपर्दछ ।
स्तन क्यान्सरको निदान
- एफएनएसीः स्तनमा आएका अस्वभाविक गिर्खाको कोष—कोषिकाहरू मसिनो सुईले झिकेर प्रयोगशालामा अनुसन्धान गरी क्यान्सर निदान गर्न एफएनएसी परीक्षण गरिन्छ ।
- हिस्टोप्याथोलोजीः स्तनको प्रभावित भागबाट मासुको सानो टुक्रा निकाली प्रयोगशालामा ‘बायस्पी’ परीक्षण गरी स्तन क्यान्सरको निदान गरिन्छ । यस बाहेक क्यान्सर निदान गर्न अन्य परीक्षणहरू पनि आवश्यकता अनुसार गर्नुपर्ने हुन्छ ।
स्तन क्यान्सरको उपचार विधि
महिलाहरूको उमेर ढल्किँदै गएपछि स्तन क्यान्सरको खतरा पनि बढ्दै जान्छ । बिरामीको अवस्था र शरीरका अन्य भागमा क्यान्सर फैलिएको वा नफैलिएको आधारमा उपचार गर्नुपर्दछ ।
- शल्यक्रियाः स्तन क्यान्सर लागेको भाग वा अङ्गलाई शल्यक्रिया गरी निकाल्ने प्रक्रिया ।
- रेडियोथेरापीः क्यान्सर भएका कोष–कोषिकालाई मार्न विकिरणको प्रयोगबाट स्तन क्यान्सरको उपचार गर्ने विधि ।
- केमोथेरापीः क्यान्सर विरुद्धको औषधीको प्रयोगद्वारा क्यान्सरको उपचार गर्ने पद्दति ।
- हर्मोनथेरापीः हर्मोनको प्रयोगबाट स्तन क्यान्सरको उपचार गर्ने विधि ।
- प्यालिएटिभ केयरः क्यान्सरका बिरामीको पीडा र असुविधा कम गर्न अस्पतालमै राखेर अपनाइने आवश्यक उपचार पद्दति ।
बिरामी र रोगको अवस्थाका आधारमा एक वा एकभन्दा बढी उपचार विधिको प्रयोग गर्नुपर्ने हुन सक्छ । पौष्टिक आहार, बिरामीको स्याहार–सुसार तथा परिवारिक स्नेहले क्यान्सर रोगको उपचारमा ठूलो महत्व राख्दछ ।
स्तन क्यान्सरको रोकथाम
महिलाले आफ्नो स्तनको आफैँ परीक्षण गरी गाँठा वा गिर्खा फेला पारेमा तथा स्तन क्यान्सरका अन्य लक्षण देखेमा तुरुन्त सम्बन्धित अस्पतालमा जचाउँनुपर्दछ । सुरुकै अवस्थामा रोग निदान गरी उपचार गरे स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ । चिल्लो तथा बोसोयुक्त खानेकुराहरू नखाने, सुर्तीजन्य पदार्थको सेवन नगर्ने, मोटोपना घटाउने र बच्चालाई दुई वर्षसम्म स्तनपान गराउनाले स्तन क्यान्सरको रोकथाम गर्न मद्दत पुग्दछ ।
(लेखक बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख हुन् ।) (स्वास्थ्यखबरबाट साभार)