किरातीलाई राज्यले त विभेद गर्‍यो गर्‍यो उपमनपाले समेत हेपेको छ – किराया उर्लाबारी

२०७२ माघ २०। मोरङको विराटनगर ७ केसलिया खोला छेउमा रहेको किरातीहरुको समाधी(चिहान) स्थलमा उपमहानगरपालिकाले फोहोर फाल्ने ठाँउ (डम्पीङ साइट) बनाएको छ । सो क्षेत्रमा किरातीहरुले वर्षौ वर्षबाट आफ्ना आफन्त, आमा, बाबु, काकाकाकी, छोराछोरी, मामामाइजु, दाजुभाईहरुलाई अमूल्य मायाको साथ र बाध्यतावस राख्दै (पुर्दै) आएको छ । 

तर विराटनगर उपमहानगरपालिकाले मानवीयता र तमाम किरातीहरुको संबेदना र भावनासंग खेलबाड गर्दै बर्षौ वर्षबाट आफ्नो आफन्त राख्न वा पुर्न विवश ती किरातीहरुको चिहानमाथि फोहोर फालेर चिहानहरु पुरी दिएको छ । हाल सो क्षेत्र पुरै दुर्गन्धित बनाई दिएको छ । सो क्षेत्र हिड्डुल गर्नै नसक्ने अवस्थामा पुर्‍‍याएको छ । त्यो भन्दा पनि ठुलो कुरो मानवीय संवेदना र भावनासंग उपमहानगरपालिकाले खेलबाड गरेको छ ।
किरातीहरुको सबैभन्दा ठूलो सम्पत्ति नै त्यहि चिहान हो । जसमा आफुलाई जन्म दिने, तोते बोली बोल्न सिकाउने, यस धर्तीमा हिड्न सिकाउने, भोक, प्यास, सबै सबैको ख्याल राख्ने आमाबाबा, संसारको सबै भन्दा प्यारो आफ्नो छोराछोरी दरसन्ता राखेको (पुरेको) हुन्छ । त्यस्तो मानवीय संवेदनासंग उपमहानगरपालिकाले पूर्वयोजना सहित पटक पटक त्यो क्षेत्र खोस्न खोजिरहेको छ ।
चाहे त्यो कम्पोष्ट च्याम्वरको नाममा होस् या डम्पिङ साइटको नाममा विराटनगर उपमहानगरपालिकाले वि.सं. २०६९ सालबाट निरन्तर रुपमा सो क्षेत्रबाट किरातीहरुको चिहानको नाममेट गर्न खोजिरहेको छ । सो क्षेत्रमा राई, लिम्वू र याखा समुदायका मानिसहरुलाई मृत्यु पश्चा त राखिदै आएको छ ।
मरेपछि शरीर पुर्ने एक टुक्रा जमीन संसारको कुनै पनि ठाँउमा पाइन्छ तर राज्यबाट विभेदमा पारिएका विराटनगरका यी किरातीहरुलाई योजनावद्धरुपमा विस्थापित गर्न खोज्नुको अर्थ के ? बुझिनसक्नुको छ।
(किरात राई यायोक्खा उर्लाबारीको पेजबाट साभार) 

प्रकाशित मिति: Wednesday, February 03, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।