कोरियन भाषा परीक्षा भदौमा हुने

२०७२ माघ २५। सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने भाषा परीक्षा भदौमा गर्ने तयारी गरेको छ। आइतबार ईपीएस कोरिया शाखामा बसेको बैठकले सातौँ भाषा परीक्षाको मिति तय गरेको हो। 

‘सन् २०१६ मा लिइने भाषा परीक्षाको आबेदन अनलाइनमार्फत लिनेछौँ, ४ महिनाभित्र अनलाइनका लागि चाहिने सफ्टवेयर तयार पार्छौँ, शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले भने,‘ अनलाइन भएपछि फर्म भर्न काठमाडौं आइरहनु पर्दैन, घर वा साइबरबाटै भर्न सकिन्छ।’ 

उनका अनुसार शाखाले अनलाइनको सफ्टवेयरका लागि टेन्डर आह्वान गरिसकेको छ। शाखाले नयाँ कामदार छनोट प्रक्रियाअन्तर्गत पीबीटी  र कोरियाबाट फर्केका कामदारका लागि सीबीटी परीक्षा सञ्चालन गर्छ। तर नेपालीको कोटा भने निर्धारण गरिएको छैन। (कारोबार दैनिक) 

प्रकाशित मिति: Monday, February 08, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।