इराकमा नेपाली चेली मनिषाको ज्यान जोखिममा

  • कोशराज राई, कुवेत। 
२०७२ माघ १९। इराकमा एक नेपाली चेली बिचल्लीमा परेको खबर प्राप्त भएको छ। उक्त खबर परिवर्तनशील सोंच (Mind apps Nepal) का अभियान्ता राम बियोगीले उपलब्ध गराउनु भएको हो। 

भोजपुर जिल्ला, हसनपुर गाबिस वार्ड नं.-४ घर भएकी मनिषा राई बिचल्लीमा परेकी हुन्। उनले दुबईको कम्पनीमा जाने भनी एप्लाई गरेको तर मिराकल म्यानपावर प्रालि काठमाण्डौंका एजेन्ट बम बहादुर गुरुङले बिभिन्न प्रलोभन देखाई ४ महिना पहिले भारत हुँदै दुबई भएर इराक पठाएको बताएकी छिन्। इराक पुगेपछि प्रेमिका तामाङले उनलाई रिसिभ गरेको र कम्पनीमा नभई घरमा काम गर्न लगाएको बताएकी छिन्। 

इराक आइपुगे पछि प्रेमिका तामाङले घरमा काम गर्न पठाएको र त्यहाँ घर मालिकले दुर्ब्यबहार गर्ने हुनाले आफु त्यस घरमा बस्न नसकी जोखिम मोलेरै आज भन्दा १ महिना पहिले भागेर साथीकोमा बस्तै आएकी बताइन् । काम गर्न सक्दिन कम्पनीमा आउँछु भन्दा प्रेमिका तामाङले ५ हजार डलर लिएर आईज नत्र तलाई मार्छु भन्ने धम्की दिएकोले त्यहाँ जान नसकेको पीडित बताउछिन्।

नेपालमा हुँदा नै म कहिले नाम नसुनेको देश जान्न भन्दा एजेन्टले काम राम्रो छ, ६/७ घण्टा मात्र ड्युटी हुन्छ, इन्टर्नेट फ्री हुन्छ, काम गर्न नसकेमा ३ महिना भित्र झिकाउछु भनी पठाएको तर अहिले नेपाल झिकाउ भन्दा ५ लाख तिर अनि निस्किन्छस् भन्छ, उनले अगाडि थपिन्। मनिषा हाल साथीको शरणमा रहेको र साथीको पनि काम नभएकोले खान बस्न समेत समस्या रहेको बताउछिन्। त्यसमाथि घरको साहुले समेत मनिषालाई खोजि गरिरहेको र निजलाई खोजेर ल्याउनेलाई उचित पुरस्कार दिने भनेकाले आफु असुरक्षित भएको पनि उनले बताएकी छिन्। 

साथै, नेपालीहरुले नै आफुसँग प्रेम गर्न र यसो नगरे कम्पनीलाई भनिदिने जस्ता धम्की दिने गरेकाले पनि आफु थप असुरक्षित रहेको निजले बताईन्। उनले आफुलाई चाँडो भन्दा चाँडो उद्दार गरी नेपाल फर्काई दिन नेपाल सरकारलाई आग्रह गरेकी छिन्।

उनलाई इराक पठाउने एजेन्टहरुको सम्पर्क नंबरहरु निम्न प्रकार छ।
१, बमबहादुर गुरुङ, नेपाल ९८१३९१६४३०, ९८१८७४२३२१
२, रोशन नाम गरेका दिल्लीका एजेन्ट ९८९९८४७३५४, ९८११६७३०९७
३, सुबास नाम गरेको दुबईका एजेन्ट ००९७१ ५६३९३१२५८, ००९७११५५१६७४५७२
४, प्रेमिका तामाङ इराकका एजेन्ट ००९६४ ७५१२१८६७२४

(परदेशी खबरबाट साभार)

प्रकाशित मिति: Tuesday, February 02, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।