अल्ट्रा म्याराथुन धाविका मिरा राई गृह जिल्लामा सम्मानित

भोजपुर । अल्ट्रा म्याराथुन धाविका मिरा राई गृहजिल्ला भोजपुरमा सम्मानित भएकी छिन् । छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड उद्घाटन समारोहको अवसरमा जिल्ला खेलकुद समिति लगायत एक दर्जन संघसंस्थाहरुले सम्मान गरेको हो । 

भोजपुरको दुर्गम सानोदुम्मा गाविसमा जन्मिएर देश र जिल्लाको नाम अन्तराष्ट्रिय स्तरमा उच्च राखेको भन्दै उनलाई सम्मान गरेको हो । उनलाई खेलकुद विकास समिति भोजपुरले नगद १ लाख ४० हजार सहित दोसल्ला ओढाएका थियो भने अन्य संघसंस्थाहरुले पनि दोसल्ला र प्रशंसा सहित सम्मान गरेको थियो । 

आर्थिक रुपमा कमजोर परिवारमा जन्मिएकी मिरा राई १४ बर्षको कलिलो उमेरमा बालछापामार बनेकी थिइन् । सानै उमेरमा बाल छापामारको रुपमा संघर्षशील उनी सेना समायोजनको क्रममा अयोग्य लडाकु ठहरिएकी थिइन् । अयोग्य ठहरिएपछि निराश भएर कराते सिक्दै गरेकी मिरा फ्रान्समा भएको ८० किलोमिटरको ब्लाक मोन्ट म्याराथुनमा विश्व पहिलो महिला भएर स्वर्णपदक जितेसँगै खेलकुदमा लागेकी हुन् । 

उनले स्पेनमा भएको सालोमन प्रिनेउ अल्ट्रा दौडमा विश्व उपविजेता, हङ्गकङ्गमा भएको सम्पन्न स्काई एसियन च्यम्पेन्सीप लगायतका दजनौ दौडमा जित हात पार्दै आएकी छिन्। मिरा राईको सम्मान सदरमुकामस्थित बजारमा र्‍‌याली गरेर पक्रिमा गरेको थियो । र्‍याली परिक्रमा गर्दा मिरा राईलाई भोजपुरवासीले उठेर सम्मान गरेका थिए । (रातोघरबाट) 

प्रकाशित मिति: Tuesday, February 02, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।