अरु प्रजातिको क्षमता भए पनि किन शिर्ष स्थानमा पुर्याउने भन्ने मनोविज्ञानको विकास
डेरराज गुरुङ
२०७२ फागुन १४। भर्खरै अनेरास्ववियुको २१औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हाम्री आदिवासी चेली नविना लामा अहिले निकै लोकप्रिय भएकी छिन् ।
जबजब अनेरास्ववियुको अध्यक्षमा आदिवासी जनजाति समुदायका विद्यार्थीहरुले जित्ने गर्छन्, त्यो निकै चासो र चर्चाको विषय बन्ने गर्छ । ती विद्यार्थीहरु निकै लोकप्रिय बन्ने गर्छन् । जस्तो- तुलबहादुर गुरुङ, राजेन्द्र राई, रामकुमारी झाँक्री र अहिले नविना लामा चर्चित र लोकप्रिय भएका छन् ।
त्यसको प्रमुख मनोविज्ञान भनेको त्यो सफलता भनेको अलि दुर्लभ हुने गरेकोले हो । हुन त सबैभन्दा बढी ३८% जनसंख्या भएको आदिवासी जनजाति समुदायको धेरैजसो ठाउँमा नेतृत्वमा हुनुपर्ने हो तर त्यस्तो नहुने भएकोले कहिलेकाहीँ सफलता पाउँदा हामी सबै के के नै पायो जस्तो गरेर बुरुक्क उफ्रने गर्छौं ।
नविना बैनी जुन पार्टीमा क्रियाशील छिन् त्यो पार्टीमा उनको प्रजाति छेपारो हो, गोही हैन । केपी कमरेडसँग विचार मिल्यो भन्दै म पनि केपी कमरेड जस्तै प्रधानमन्त्री बन्छु भन्ने उनको सपना फरक प्रजाति भएको कारणले सम्भव छैन भन्ने कुरा उनले बिस्तारै बुझ्ने छिन् ।
सोही प्रकारले सेना प्रमुख हुँदा, प्रहरी प्रमुख हुँदा, कुनै मन्त्रालयको सचिव हुँदा, कोही नेता मन्त्री हुँदा उनीहरुको बढी नै चर्चा हुने गर्छ ।
यथार्थमा यस्ता सफलताहरु सधैं हामीले देखिरहन पाउनुपर्ने हो, स्वाभाविक रुपमा यस्तो हुनुपर्ने हो तर कहिले कहिले मात्रै देख्न र सुन्न पाइने भएकोले हाम्रो इमोसन र उत्तेजना एक्कासी बढेर धेरै चर्चा विचर्चा हुने गर्छ ।
चर्चाको शिखरमा पुगेका हाम्रा मान्छेहरुले पनि उत्तेजित भएर दायाँबायाँ नसोची के के त भनिहाल्छन् । त्यस्तै नविना लामा बैनीले पनि म एक दिन यो देशको प्रधानमन्त्री हुन चाहन्छु भनिन् अरे । राम्रै हो, हरेक सफलताको सुरुवात सपनाबाटै सुरु हुन्छ ।
नविना बैनी प्रधानमन्त्री बन्न सक्षम छिन् वा विस्तारै हुनेछिन्, त्यसमा कुनै शंका छैन । शंका छ भने त्यो हो, उनी जुन पार्टीमा क्रियाशील भएर त्यो सपना बुन्दै छिन्, त्यो कुनै हालतमा र कहिल्यै पूरा हुने सपना नै हैन ।
माथि चढ्ने भन्दैमा स्वयम्भूको डाँडामा चढेर पोखरा त देखिंदैन नि । छेपारोले गोहीको रुप आफ्नो जस्तै देखेर म पनि कुनै दिने गोही बन्छु भनेर सपना देख्न सक्छ तर त्यसलाई के थाहा उसको प्रजाति नै फरक हो भनेर । गोही बन्ने सपना देख्दादेख्दै उसको प्राण पखेरु समाप्त हुन्छ ।
नविना बैनी जुन पार्टीमा क्रियाशील छिन् त्यो पार्टीमा उनको प्रजाति छेपारो हो, गोही हैन । केपी कमरेडसँग विचार मिल्यो भन्दै म पनि केपी कमरेड जस्तै प्रधानमन्त्री बन्छु भन्ने उनको सपना फरक प्रजाति भएको कारणले सम्भव छैन भन्ने कुरा उनले बिस्तारै बुझ्ने छिन् । जसरी आफ्नो समयमा नविना बैनीभन्दा कयौं गुणा बढी चर्चित तुलबहादुर गुरुङ, रामकुमारी झाँक्री, राजेन्द्र राईहरुले अहिले बुझ्दैछन् ।
वर्षौं भयो नेकपा एमालेमा आदिवासी जनजाति, मधेशी, मुस्लिम, शिल्पी, अझै खसहरु पनि शिर्ष स्थानमा पुग्नै सकेका छैनन् । क्षमता नै नभएर त्यसो भएको हैन । क्षमता भए पनि अरु प्रजातिको प्राणीहरुको बोलवाला भएको संगठनमा किन शिर्ष स्थानमा पुर्याउने भन्ने मनोविज्ञानकै कारणले हो ।
जतिसुकै बाठो भए पनि नोकरलाई मालिक त बनाइँदैन । प्रजाति नै फरक भएको छेपारो गोही बन्ने कुरै आउँदैन । हाम्रा मान्छेहरु जबजब माथि माथि पुग्न थाल्छन्, उनीहरुको मनोबल यसरी गिराउने काम हुन्छ कि म यिनीहरुको बीचबाट शिर्षस्थ नेतृत्वमा पुग्न सक्छु भन्ने आत्मविश्वास नै हराउन थाल्छ ।
म संघीय समाजवादी फोरम नेपालको कार्यकर्ता हुँ । बरु मैले त्यो सपना देखें भने नाजायज भन्न मिल्दैन । मात्रै मेरो पार्टीलाई ठूलो बनाउन मेहनत गर्नुपर्यो, नविना लामामा भएकोजस्तो नेतृत्व क्षमता विकास गर्न सक्नुपर्यो । मलाई कुनै पनि अरु कुराले छेकथुन गर्ने छैन ।
नविना लामाजस्ता बैनीहरुले नेकपा एमालेमा धेरै मेहनत, त्याग तपस्या, योगदान दिने छन् । धेरै उमेरसम्म जिन्दगीको सुनौलो समयहरु बलिदान गर्ने छन् र अन्तमा या त “हस् कमरेड” नेताको रुपमा वा विद्रोही बन्ने छन् ।
पृथ्वी सुब्बा गुरुङ पहिले विद्रोही बन्ने कोसिस गरे, फेरि आफ्नो स्थान सुरक्षित गर्न “हस् कमरेड नेता” बन्न बाध्य भए । यही एटिच्युड कायम राखे उनी मर्ने बेलासम्म उपाध्यक्षसम्म बन्ने सम्भावना छ ।
कुनै बेलाको लोकप्रिय विद्यार्थी नेता तुलबहादुर गुरुङ अहिले माधव नेपालको “हस् कमरेड नेता” बनेर बल्लबल्ल १ पटक राज्यमन्त्री भएका छन् । रामकुमारी झाँक्री र राजेन्द्र राई विद्रोही भएर बसेका छन् । त्यस्तो परिस्थितिमा नविना लामा बैनीले यो देशको प्रधानमन्त्री बन्ने सपना देख्नु छेपारोको सपनाभन्दा बढी अरु के हुन सक्छ ?
म संघीय समाजवादी फोरम नेपालको कार्यकर्ता हुँ । बरु मैले त्यो सपना देखें भने नाजायज भन्न मिल्दैन । मात्रै मेरो पार्टीलाई ठूलो बनाउन मेहनत गर्नुपर्यो, दिमाग लगाउनुपर्यो, समय दिनुपर्यो, त्याग तपस्या गर्नुपर्यो, योगदान दिनुपर्यो अनि म आफूमा नविना लामामा भएकोजस्तो नेतृत्व क्षमता विकास गर्न सक्नुपर्यो ।
मलाई कुनै पनि अरु कुराले छेकथुन गर्ने छैन । मेरो पार्टीले सरकारको नेतृत्व गर्यो भने मूलतः आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, खस अनुहारहरु नै त्यो सरकारमा धेरै हुनेछन् । हामी जस्तैहरु नै हुनेछन् । त्यति बेला प्रधानमन्त्री र मन्त्री हुनेहरु धेरैसँग मेरो प्रजाति मिल्नेछ । त्यसैले म भन्छु, फेरि पनि भन्छु, मनकामनाको बाटो हिँडेर गोसाईकुण्ड पुगिंदैन ।
![]() |
लेखक: डेरराज गुरुङ |
नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा एमाओवादी, नयाँ शाक्ति जस्तो पार्टीमा क्रियाशील भएर कुनै पनि आदिवासी जनजाति, मधेशी, मुस्लिम, शिल्पी, खसहरुले नेपालको प्रधानमन्त्री बन्ने सपना देख्नु भनेको छेपारोले गोही बनेको सपना देखेजस्तै हो । त्यसो कहिले भएको छैन, हुने वाला पनि छैन ।
न इतिहासमा गणेशमान श्रेष्ठ प्रधानमन्त्री भए, न भीमबहादुर तामाङ भए, न बलबहादुर राई भए, न सहाना प्रधान भए, न अशोक राई भए, न त कुलबहादुर गुरुङ नै हुनेछन्, न त प्रकाशमान श्रेष्ठ नै हुनेछन्, न त सुवास नेम्बाङ हुनेछन्, न त पृथ्वी सुब्बा गुरुङ नै हुनेछन् ।
यत्रा यत्रा हस्तीहरु इतिहासमा बिलाएर गए नविना लामा को हो ? साँच्चै भन्ने हो भने उनलाई एमालेमा बसेर प्रधानमन्त्री हुन्छु भन्ने छुट पनि छैन । प्रधानमन्त्री हुने कुरा त परै जावोस् । बिचरा ! कहिल्यै पूरा नहुने नविना लामाहरुको सपना । (इसमताबाट साभार)
प्रकाशित मिति:
Friday, February 26, 2016
0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।