- गणेश पुमा राई चिन्तन
2075/10/20, यलेखोम
योङ्वामा युवामायि वाराप्सो वाचाक्सो हेन्खामाकोङ् कबात्
सुम्निमा सालाप्पाबो कचछाए तल्ल खन्नाना
उन्दाउन्दाकु लुङ्वाचोकेचिआ नितलुक नितधुप्पुङ्पाआ
कामिन्मा सेत्माकि कुयुयुवा मुमेन्चेन् पलिनिन्
योङ्वामायिकङ् कनिमारोङ्ओङ् डासाखान् कलात्इत्,
चोङ्लोङ्माचिदोकङ् कचलावा कलिप्इत्
बौदाप्पाबो कछाकछोदुम् एतल्ल खन्नाना
खकुचिबो कचलाम्सोहोन् तङ्मादोत्
नाम्छरवादि पान्मादोत्, योङ्वामाकोङ्यि लेङ्मेन्चेन्दोत्
चानिकु दुम्मुसो युन्पा नितधान्कु सिन्मादोत्
रक्ढाक्रक्ढाक्कु दुम्दोकु कानितोङ्याचि सिन्माचिमदोत्, कातोङ्या पोन्मादोत्
साम्खाखलि दिप्पापाथाप्सङ् मुयाङ्सो दोङ्दापादोङ्वाङा साकेन्वा थोक्याङ्सो
सावापोन्सो, सायाचोङ्सो, रङ्रिकोप्सो थोङ्मा लोन्मादोत्
लाकसिन् दुम्कसिन् कलेन्कतुप लिमादोत् खन्ना
युन्पा धान्मालाइ कालोङ् निखन्याङ्
काला, काथाप्सङ्दो वास्सङ् वान्मा मलाम्याङ् कातोङ्या छेकि,
तानसाप्तानदोकु झाराचिओङ् तोङा
कोइना, बुसा तवान्दिकु कालोङ्चि देम्खाछे मेन्लिप्दोचि
तोङ्या कोपा, खारङ् छेका
कसिन्चिओङ् चिन्दाचेना, कमेन्लेन्चिलाइ चिन्दिचि, सोम्तुक्दिचि
कलेन्चि लादिप्मादि मताआचिलापाआ खन्नाछे तल्ला पान्मा तसिओन्दे
चासुमखाबा कोप्मादोत्, होङ्कोप्माकाचि मुमादोत्,
सेत्लाम् खन्ना होङ्लाया होङ्तोङ्मि लिमादोत्,
तोन्पअङ्मत्तै, नितमुस्सापोस्साङापाआ हाक्नुङ्वा पुत्नुङ्वा लिसो
पखापाचिकु पतुकाचिकु कामाओङ् कापाओङ्
झक्वाक् झक्वाक् रियाङ्सो, सोइसोइलानि करिसेयाङ्सो लाकपमेत्चि
खन्ना कामिन्मायाकु रक्वाचि हाक्नुङ्वादो लेक्पुङ्सो
रङ्रिसाका कोप्सो, सावा पोन्सो थोङ्माथोङ्मा लोन्दा
खन्नाना सुम्निमा सालाप्पाछा ए तल्ल।
·
कविताको नेपाली सार अनुवाद
तिमी सुम्निमा सालाप्पा (पारुहोङ्)को सन्तान
हिउँमाथि उफ्रिदै उड्दै आकाश घुम्ने
महासागरभित्र पौडदै पाताल डुल्ने
सुम्निमा सालाप्पाको सन्तान पो तिमी त
सानासाना ढुङ्गा तीरले घोच्दा
मन मारेर निराश बन्ने होइन
सागरभित्रबाट माछामासु भात निकालिदिने
चोङ्लोङ्माहरुबाट सातो खोसी फिर्तादिने
बौदाप्पाको छोरानाति पो तिमी त
उनीहरुको बाटो पहिल्याउनु पर्छ
आकाशमा उड्नुपर्छ सागरमा पौडिनुपर्छ
मीठा कुराले अप्ठ्यारोमा पारेको बुझ्नुपर्छ
तीता कुराले झक्झक्याएको बुझ्नुपर्छ, ज्ञान बढाउनुपर्छ
साम्खाखली पितृकार्यगर्दै अर्धबार्षिकी साकेन्वा पुज्दै
शक्ति बढाउदै शीर उभ्याउँदै असल कार्यगर्दै अगाडि बढ्नुपर्छ
भाषाजान्ने, कुरा बुझ्ने, जान्नेबुझ्ने हुनुपर्छ तिमी
तल गिराउन खुट्टा तानिरहेका छन्
तिम्रो भाषा संस्कृतिविरुद्ध तीर हान्दैछन्, कुरा बुझ
गाउँछिमेकी सबैसँग मिल्नु
तर, अगाडि बढाएको तिम्रो कदम नफर्काउ
ज्ञान शिक्षा बढाउ
जान्नेसँग सिक, नजान्नेलाई सिकाउ, माया गर
शिक्षितहरु चन्द्रमामा पुगिसकेकोबेला तिमीलाई पनि उड्न मनलाग्छ होला नि
अन्नधन्न फलाउनुपर्छ, देशको भलो गर्नुपर्छ
सबै दुखीको दु:ख बुझ्दै
भोलि तिमी राष्ट्र निर्माता बन्नुपर्छ
त्यसपछि मात्रै, तिमीलाई जन्मदिदा बढाउँदा पसिना र आसुले
भिजेका, दुखेका बाबाआमा
मीठो मुस्कार छर्दै सोइसोइला गाउँदै नाच्नेछन्
तिम्रो मनको मैलो पसिनाले बगाउँदै
मनवचन शुद्ध पार्दै, शक्ति विस्तार गर्दै अगाडि बढ्नुपर्छ
तिमी त सुम्निमा सालाप्पाको सन्तान पो त।
·
गणेशकुमार राई ।
२०७२ चैत १०। केही समयअघिबाट अस्तित्वमा रहेको प्रेमवाद (हेभन्ली पाथ)का प्रवर्तक ओम नन्दको कर्तुत पर्दाफास हुन थालेको छ । उनको क्रियाकलापबारे लेखिएको पुस्तिका बजारमा आएपछि ओम नन्दको गलत क्रियाकलापलाई संसारभरबाट आक्रोश व्यक्त भइरहेको छ भने किराती समुदायबाट उनको भण्डाफोर हुन थालेको छ। यसै सन्दर्भमा उक्त पुस्तिका बजारमा ल्याउने भद्रगोल किरातीलाई हेभेन्ली पाथका अनुयायीहरुबाट धम्कीसमेत आउन थालेको छ ।
भद्रगोलले ईसमतासँग कुरा गर्दै भने– “सुवास क्याप्टेनले तपाईंले किन यस्तो गरेको, तपाईं कहाँ हो ? हामीले भेट्नु छ भनी अपरिचतलाई फोन गर्न लगाएको छ । नेपालको नम्बरबाट ‘सुरक्षित बस्नू हामी जे पनि गर्न सक्छौं’ भनेका छन् । मोबाइल नम्बर सेभ गरेर राख्या छु, सम्बन्धित निकायलाई दिनु छ भनी मेरा आफन्त साथीभाइलाई मार्ने धम्की दिएर मलाई तर्साइरहेका छन् । मेरो नाम लिएर विभिन्न प्रेसमा धम्काइरहेका छन् । कवि कविता राई ‘गाउँले’लाई इलामको पशुपतिनगर घरमै पुगी सुवास राई ‘क्याप्टेन’ले धम्की दिएछन् । पटक–पटक अरुलाई फोन गराएर तँलाई सिध्याउँछु भन्नेसम्मको धम्की दिएका छन् उनले ।”
भद्रगोलले भने, ‘राज्यले साधारण मान्छेलाई भगवान् बनाएर नागरिकता दिन मिल्छ ? गृह प्रशासनलाई प्रश्न छ मेरो, यदि मिल्छ भने कस्ताले पाउँछन् बताउनुपर्यो ।’
‘ओम नन्दलाई दरबार, प्रपन्नाचार्य र पद्मसुन्दर लावतीले चलाएको हो । माओवादी आन्दोलनको बेला ओम नन्द धर्मगुरु हो, कहीँ रोकतोक नलाउनू भनी राजपरिषद स्थायी समितिका सभापति, प्रधानमन्त्री र मन्त्रीहरुले नै कागजात दिएका थिए । उनी त्योबेला तत्कालिन शाही सेनाको सुराकीसमेत बनेका थिए ।’
शाही सेनाको हेलिकप्टर चढ्ने ओम नन्दलाई सेनाकै संरक्षण थियो
ओम नन्द तत्कालिन राजनीतिक संगठनसँग समेत जोडिएका थिए । पहिले उनी गोपाल किराती नेतृत्वको तत्कालिन खम्बुवान राष्ट्रिय मोर्चामा संलग्न रहेका थिए भने पछि अशोक राईको नजिक रहेर नेकपा मालेमासमेत संलग्न रहेका थिए ।
तर, उनले राजनीतिक संगठनलाई त्यागेर तत्कालिन दरबारसँग साँठगाँठ गर्न पुगेको बताइन्छ । किरात राई यायोक्खाका पूर्वअध्यक्ष तथा किराती संस्कृतिका अनुसन्धाता चतुरभक्त राईका अनुसार उनी आफ्नो धर्म प्रचारको बहानामा खोटाङ, दिक्तेलमा तत्कालिन शाही सेनाको हेलिकप्टरबाट पुगेका थिए । त्यसबेला उनलाई सेनाले सुरक्षासमेत प्रदान गरेका थिए ।
ओम नन्दका कर्तुतबारे प्रकाशित पुस्तिका (पढ्नका लागि क्लिक गर्नुस्)
राई भन्छन्, ‘माओवादी आन्दोलनताका आर्मीको हेलिकप्टर चढेर गएको र सेनाले नै उनलाई सुरक्षा दिनुले उनी त्यसबेला धर्मको प्रचारभन्दा पनि सेनाको सुराकीका रुपमा त्यहाँ पुगेको हुनुपर्छ । उनी कहीँ न कहीँबाट परिचालित थिए र छन् भन्ने देखिन्छ ।’
उनले थपे, ‘यो किरातीहरुको धर्म, संस्कृति, परम्परालाई बिनाश गर्न राज्यले नै परिचालन गरेको हो । अरुलाई परिचालन गर्दा साम्प्रदायिक देखिने भएकाले राईको विरुद्ध राईलाई नै परिचालन गरेको हो ।’
चतुरभक्तका अनुसार ओम नन्द आफूले सगरमाथा आरोहण गरेको र त्यसलाई किरात राई यायोक्खामार्फत् पनि प्रमाणित गरिदिन भन्दै कार्यालयमा आएपछि किरायाका पदाधिकारीहरुले ‘तिमी सगरमाथा चढें भन्छौ, खै त तिम्रो ओँठ फुटेको हुनुपर्ने, अनुहार कालो हुनुपर्ने केही भएको छैन त’ भनेपछि नाजवाफ भएर लज्जित हुँदै फर्केका थिए ।
‘ओम नन्दलाई किरातीहरुको धर्म, संस्कृति, परम्परालाई बिनाश गर्न राज्यले नै परिचालन गरेको हो । अरुलाई परिचालन गर्दा साम्प्रदायिक देखिने भएकाले राईको विरुद्ध राईलाई नै परिचालन गरेको हो ।’
राजपरिषदको सभापति र प्रधानमन्त्रीले नै कागजात दिलाएका थिए
ओम नन्दलाई तत्कालिन राजपरिषद् स्थायी समितिका सभापति तथा प्रधानमन्त्री र मन्त्रीहरुले नै ‘ओम नन्द धर्मगुरु रहेकाले कहीँ, कुनै पनि स्थान वा परिस्थितिमा बेरोकटोक घुम्न दिनू’ भनी कागजात दिलाएका थिए ।
ओम नन्दसँग कयौं पटक प्रत्यक्ष भेट गरेका समाजसेवी तथा किरात राई यायोक्खाका पूर्वमहासचिव राजबहादुर राईले भने, ‘ओम नन्दलाई दरबार, प्रपन्नाचार्य र पद्मसुन्दर लावतीले चलाएको हो । माओवादी आन्दोलनको बेला ओम नन्द धर्मगुरु हो, कहीँ रोकतोक नलाउनू भनी राजपरिषद स्थायी समितिका सभापति, प्रधानमन्त्री र मन्त्रीहरुले नै कागजात दिएका थिए । उनी त्योबेला तत्कालिन शाही सेनाको सुराकीसमेत बनेका थिए ।’
राजबहादुरले ओम नन्द कुनै पनि दैवी शक्ति प्राप्त व्यक्ति नरहेको दाबी गर्दै भने, ‘ओम नन्द एक पटक म धर्मगुरु हुँ भन्दै किरात राई यायोक्खाको कार्यालयमा आए । अनि मैले तिमी गुरु नै हौ भने मलाई भेदेर यहीँ मार भनें । अनि उनी रातोपिरो भएर फर्किए ।’
त्यसबेला उनले किरात राई यायोक्खाका पदाधिकारी र सदस्यहरुसँग तस्वीर खिचाउन खोजेका थिए । तर, उनले फोटो खिचेपछि जोकसैलाई पनि आफ्नो अनुयायीका रुपमा प्रचार गर्ने भएकाले आफूहरुले फोटो खिच्न नदिएको राईको भनाइ छ । ओम नन्दले त्यसबेला किरात राई यायोक्खाको सदस्यता दिलाउनसमेत आग्रह गरेका भए पनि उनलाई सदस्यता प्रदान गरिएन ।
ऊ गद्दार हो भन्ने जनयुद्ध लडेका धेरैलाई थाहा छ
माओवादी सशस्त्र जनयुद्ध सुरु भएकै ताका पूर्वी नेपालमा जातीय मुक्तिको लागि सशस्त्र विद्रोह गर्दै भूमिगत भएको खम्बुवान राष्ट्रिय मोर्चामा ओम नन्द करिब १५ महिनासम्म संलग्न रहे । खरामोमा रहँदा पनि उनी अस्थिर स्वभावका थिए । त्यसबेला उनी हार्मोनियमसमेत बजाउने गर्थे ।
ओम नन्दले ‘किरात धर्म’ संकुचित भएको भन्दै विश्वसामु पुग्नका लागि ‘हेभेन्ली पाथ’लाई अंगीकार गर्नुपर्ने प्रस्ताव पेश गरेपछि उनलाई आयोजकले अधिवेशन हलबाटै गलहत्याएर निष्कासन गरेको थियो ।
तत्कालिन खरामोका प्रमुख गोपाल किराती ‘साइँला’ले भने, ‘भक्तले कसरी बाठो हुने भनेर सोध्थ्यो । मैले मार्क्सवादी पुस्तकहरुको नाम दिएँ । तर, पछि काम्दै भाग्यो । शाही सेनासँग आत्मसमर्पण गर्यो । मलगायत क्रान्तिकारीहरुको हत्या गर्न शाही सेनाले त्यसलाई सुराकी बनाएर निकै खोज्यो । ऊ गद्दार हो भन्ने जनयुद्ध लडेका धेरैलाई थाहा छ ।’
देउबहादुरले भक्तकुमारलाई ओम नन्द बनाएका हुन्
हाल गड एन्जल, ओम नन्द, बाल तपस्वी, स्वर्गीक दुत, सत् गुरु आदि नामले चिनिने ओम नन्दको वास्तविक नाम भक्तकुमार राई हो । भक्तकुमार राईले २०५६ सालको रामनवमीको दिनदेखि आफूलाई धर्मगुरुको रुपमा बताउन थालेका थिए ।
उनी इलामको चुलाचुलीस्थित हात्तिलेँदा मन्दिरको मूख्य पुजारी देउबहादुर तुम्बापोको शरणमा पुगे । तुम्बापोले नै उनलाई अभिषेक गरी भक्तकुमार राईबाट ‘ओम नन्द’ नाम फेरिदिएका थिए ।
ओम नन्दका कर्तुतबारे प्रकाशित पर्चा (पढ्नका लागि क्लिक गर्नुस्)
२०६१ सालमा किरात धर्म संरक्षण समितिको तेस्रो अधिवेशन झापाको दमकमा चलिरहेको थियो । ओम नन्दले उक्त अधिवेशनमा ‘किरात धर्म’ संकुचित भएको भन्दै विश्वसामु पुग्नका लागि ‘हेभेन्ली पाथ’लाई अंगीकार गर्नुपर्ने प्रस्ताव पेश गरेपछि उनलाई आयोजकले अधिवेशन हलबाटै गलहत्याएर निष्कासन गरेको थियो ।
पोखरीमा गाड्ने बाँसको लिंगोमा ढुङ्गा बाँध्ने गर्थे, त्यो चमत्कार होइन
ओम नन्दले आफूलाई स्वर्गीक दूतका रुपमा प्रस्तुत गर्दै आएका छन् । यसअघि उनले आफू गौतम बुद्धपछिकै ठूलो भगवानका रुपमा दाबीसमेत गर्ने गरेका छन् । साथै उनले आफू दैविक शक्ति भएको व्यक्तिका रुपमा पनि दाबी गर्दै आएका छन् ।
उनले आफूलाई दैविक शक्तिले सम्पन्न सावित गर्नका लागि पूर्वी नेपालमा रहेका विभिन्न पोखरी वा नदीहरुमा बाँसको लिंगो ठड्याएर चमत्कार देखाउने गर्दथे । तर, उनले त्यो बाँसको लिंगोलाई पोखरी वा नदीको बीचमा कसरी अड्याएका छन् भनेर थाहा नपाऊन् भनेर विभिन्न अफवाह फैलाएका थिए ।
हेभेन्ली पाथको नाममा आर्थिक संकलन गरी ललितपुरस्थित इमाडोलमा व्यक्तिको नाममा करिब १७ रोपनी जग्गासमेत खरिद गरिएको पाथको गोप्य स्रोतले जानकारी दिएको छ । तर, ओम नन्दका यसप्रकारको कर्तुत थाहा पाउनेहरु पहिलेबाटै हेभेन्ली पाथलाई त्याग्दै आएका छन् भने अहिले उनका अनुयायीहरु उल्लेख्य मात्रामा घटिरहेको बताइन्छ ।
अफवाह फैलाउने क्रममा उनले पाँचथर जिल्लामा पर्ने तिम्बु पोखरीमा ठड्याएको लिंगोलाई एक जना गोठालोले चलाएको र उनको सारा परिवार नै नाश भएको हल्ला पूर्वमा चलाइएको थियो ।
उनले बाँसलाई पोखरीमा अड्याएर देखाउने क्रममा पहिले बाँसको फेदमा ढुङ्गा वा बालुवा बाँध्ने र त्यसलाई सन्तुलनमा राखेर पानीको बीचमा अड्याउने गरेका थिए ।
उनले सप्तकोशी नदीको बीच भागमा फूल र पैसा राखेरसमेत देखाए । तर, उनले त्यसका लागि पहिले नदीमा वारिपारि डोरी टाँगेर बीचमा फूल र पैसा अड्याएर देखाएका थिए । जसलाई देखेर सर्वसाधारणहरुमा ओम नन्द साँच्चिकै अद्भूत रहेछन् भन्ने भ्रम पर्न गएको थियो ।
चतुरभक्त राईले यसबारे सुनाए, ‘एक पटक बराह पोखरीमा ओम नन्दले झण्डा गाड्ने भएछन् । मेरा भाइहरु पनि हेर्न गएछन् । उनीहरु त छक्कै परे । ओम नन्द भगवान् नै रहेछ भन्ने भयो । मेरा भाइहरु पनि पौडी खेल्न सिपालु । भोलिपल्ट पोखरीमा के रहेछ ? भनेर पौडी खेलेर भित्रसम्म पसर हेर्दा त बाँसको फेदमा ढुङ्गा बाँधेको थियो रे ।’
अर्थिक हिनामिनामा सुर्वीन
विशेष गरी राई–लिम्बू समुदायमा प्रभाव पारेको भनिएका ओम नन्दको मुख्य सहयोगी रुपमा गोपाल राई उर्फ सुर्वीन हुन् । भोजपुर घोडेटार स्थायी घर भएका उनी सामान्य परिवारमा जन्मिएका थिए ।
किरातीहरुको लयात्मक बोलीमा बोल्ने उनले स्त्रीहरुमाथि विशेष प्रभाव पार्ने गरेको उनी नजिकको स्रोतको दाबी छ । किराती समाज मातृसत्तात्मक रहेको र यस प्रवृत्तिको फाइदा लिन सबैभन्दा पहिले परिवारको महिलालाई प्रभाव पार्ने गरेको कतिपयको ठम्याइ छ ।
गोप्य स्रोतका अनुसार सुर्वीनले हेभेन्ली पाथकै नाममा संकलित रकम दुरुपयोग गरी नयाँ बानेश्वरस्थित कृष्णसदन भवनमा करिब एक करोड लगानीमा ‘अनामिका ब्युटी शैलुन’ स्थापना गर्नुका साथै काँडाघारीमा तीन तले घरसमेत निर्माण गरेका छन् । उनी हाल हुन्डाइ कम्पनीको ‘आइ टेन’ कार चढेर हिँड्ने गर्दछन् । जसको बजार मूल्य करिब २४ लाख रहेको छ ।
ओम नन्दका सहयोगीहरु पुरुष नभएर अविवाहित महिला हुनुपर्ने प्रावधान रहेको छ । उनलाई साँझ–बिहान कन्याहरुले शरीरमा तेल लगाएर मसाज गर्नुका साथै उनी नुहाउँदा होस् या अन्य समयमा होस्, कन्याहरुले नै कपडा फेरिदिनुपर्ने त्यहाँको प्रावधान रहेको छ ।
सुर्वीनका कर्तुतबारे करिब ८ महिनाअघि हेभेन्ली पाथभित्रै पनि चर्को विवाद मच्चिएको थियो । उनीबारे हेभेन्ली पाथकै प्रेसबाट समाचार सम्प्रेषण गरेको थियो ।
सुर्वीनले राई–लिम्बू समुदायका, विशेष गरी लाहुरेहरुका श्रीमतीलाई प्रेमको बारेमा र असल मानवीय व्यवहारबारे प्रवचनसमेत दिने गरेको बताइन्छ । पछिल्लो समय उनको बदलिँदो जीवन शैलीसँगै दैनिकजसो युवतीहरुसँग लन्च/डिनर गरिरहेका तस्वीरहरु सामाजिक सञ्जालहरुमा सार्वजनिक गर्दै आएका छन् ।
उनले ठूलो आर्थिक घोटला गरेको भन्दै केही समय गड एन्जलको निजी सचिव पदबाट बर्खास्त गरिएको थियो । तर, हाल पुनः उनैलाई कायम गरिएको छ ।
कन्याले कपडा फेरिदिनुपर्ने ओम नन्द
ओम नन्दका सहयोगीहरु पुरुष नभएर अविवाहित महिला हुनुपर्ने प्रावधान रहेको छ । उनलाई साँझ–बिहान कन्याहरुले शरीरमा तेल लगाएर मसाज गर्नुका साथै उनी नुहाउँदा होस् या अन्य समयमा होस्, कन्याहरुले नै कपडा फेरिदिनुपर्ने त्यहाँको प्रावधान रहेको छ ।
हेमेन्ली पाथका अनुयायी घट्दै
धर्मगुरुको नाममा ओम नन्दले गरेका कर्तुतबारे जानकार भएपछि हेभेन्ली पाथका अनुयायीहरु घट्दै गएका छन् ।
हाल हेभेन्ली पाथलाई आर्थिक संकटसमेत आउन थालेको गोप्य स्रोतको दाबी छ । यसअघि अनुयायीहरुले ठूलो रकम सहयोग गर्दै आएका भए पनि हाल त्यो रोकिँदा काठमाडौंको शान्तिनगरस्थित ‘सिमिचोङ भवन’, बाँसबारीमा अवस्थित ‘लभिज्म प्रेस’ र ललितपुरको तिखिदेवलमा अवस्थित ‘लभिज्म होम्’ सञ्चालनमा संकट देखा पर्न थालेको छ ।
पूर्वी नेपालका धरान, दमकजस्ता सहरहरुमा हेभेन्ली पाथका यति अन्धभक्त अनुयायीहरु रहेका थिए कि उनीहरुले आफ्नो घरसमेत बेचेर आर्थिक सहयोग गरेका थिए । यसरी सहयोग गर्नेमा लाहुरेका श्रीमतिहरु उल्लेखनीय रहेका थिए, जो अहिले आफै भाडामा बस्ने गरेको स्रोतले बतायो ।
हेभेन्ली पाथको नाममा आर्थिक संकलन गरी ललितपुरस्थित इमाडोलमा व्यक्तिको नाममा करिब १७ रोपनी जग्गासमेत खरिद गरिएको पाथको गोप्य स्रोतले जानकारी दिएको छ । तर, ओम नन्दका यसप्रकारको कर्तुत थाहा पाउनेहरु पहिलेबाटै हेभेन्ली पाथलाई त्याग्दै आएका छन् भने अहिले उनका अनुयायीहरु उल्लेख्य मात्रामा घटिरहेको बताइन्छ । (इसमताबाट साभार)
मातृभाषा त्याग्नेहरुले किन गर्वसाथ भन्दछन्, ‘हाम्रा बालबच्चालाई त मातृभाषा नै आउँदैन !’
लोकनारायण सुवेदी।
२०७२ फागुन २१। मानव समाजको कुनै पनि मातृभाषा वास्तवमा माता–पिताबाट प्राप्त भाषा नै हो । त्यसका जरा हुन्छन्, स्मृतिहरु र विम्ब पनि हुन्छन् । मातृभाषाले एउटा बेग्लै प्रकारको सांस्कृतिक आचरण प्रदान गर्दछ । तर अरु कुनै आयातित भाषाबाट त्यस्तो सम्भव हुँदैन । मातृभाषासँग केही यस्ता तत्व जोडिएका हुन्छन् जसले गर्दा यसको सम्प्रेषणीयता त्यो भाषा बोल्नेहरुका लागि अधिक मार्मिक हुन्छ । यो प्रश्न इतिहास तथा संस्कृतिको बहनसँग पनि सम्बद्ध छ, जुन कुरा सम्प्रेषणको क्रममा निर्मित हुन्छ ।
हुन त संस्कृतिको कार्य विश्वलाई केवल विम्बहरुमा व्यक्त गर्नु मात्रै होइन । बरु ती विम्बको माध्यमबाट संसारलाई नया दृष्टिले हेर्ने तरिका विकसित गर्नु अझ बढी हो । तर औपनिवेशिक दबाबहरुले गर्दा विश्वलाई यस्ता भाषामा हेर्न र व्याख्या गर्न विवश पारिएको थियो जुन अरुकै भाषा रहेका थिए । त्यसमा मानिसहरुका वास्तविक सपना आउन पनि सक्तैनथे । साम्राज्यवादले सबैभन्दा पहिला सांस्कृतिक धरातलमा आक्रमण गर्ने गर्दछ । उसले अन्य भाषालाई अवमूल्यन गर्न थाल्दछ । स्थानीय जनताले बोल्ने भाषालाई हीन भाषा भन्ने गर्दछ । त्यस क्रममा मानिसहरु आफ्नै मातृभाषा बोल्न पनि हिच्किचाउन थाल्दछन् र विश्वका अपरिचित भाषाको प्रभुत्वको महिमामण्डन गर्न थाल्दछन् । त्यस्तै भाषामा अभिव्यक्त गर्न थाल्दछन् र त्यस्ता भाषामा बाँधिन पुग्दछन् । अन्ततः यसरी मातृभाषालाई नै परित्याग गर्न थाल्दछन् र अनि आखिरमा गर्वका साथ भन्न थाल्दछन्, ‘हाम्रा बालबच्चालाई त मातृभाषा नै आउँदैन !’
साम्राज्यवादले सबैभन्दा पहिला सांस्कृतिक धरातलमा आक्रमण गर्ने गर्दछ । उसले अन्य भाषालाई अवमूल्यन गर्न थाल्दछ । स्थानीय जनताले बोल्ने भाषालाई हीन भाषा भन्ने गर्दछ ।
हुन पनि मातृभाषामै आफ्ना–आफ्ना उखानटुक्का, लोककथा, सूक्ति हुने गर्दछन् जो हाम्रा आफ्ना स्मृतिको धरतीसँग जोडिएका हुन्छन् । त्यसमा किसानको शक्ति रहेको हुन्छ । त्यसमा एउटा बेग्लै बनावट हुन्छ । एउटा विशिष्ट सामाजिक तथा मनोवैज्ञानिक बनावट हुन्छ, जसमा अस्मिताको रचना भएको हुन्छ । जतिबेला पनि कुनै महादेशको पीडाको बयान गरिन्छ भने कुनै पनि सच्चा लेखकले आफ्नो मातृभाषामा जति तीव्रता र तीक्ष्णताका साथ आफ्नो कुरा भन्न सक्तछ, त्यसरी अन्य भाषामा भन्न कदापि सक्तैन । आत्म अन्वेषणको जुन गहिराइ मातृभाषाकासँग जोडिएको हुन्छ, त्यो अरु भाषासँग हुँदैन । हो, अन्य भाषामा पनि कुरा गर्न या भन्न सकिन्छ तर त्यो मातृभाषामा भनेजस्तो मार्मिकता त्यसमा सम्भव हुँदैन । यो भाषाको वैज्ञानिक तथा सांस्कृतिक तथ्य पनि हो ।
निश्चय नै मातृभाषाबाट आफ्नो परिवेश तथा पर्यावरणको बोध हुने गर्दछ । यो समृद्धीकरणका प्रक्रियामा सुदृढ हुन्छ । यसले विछिन्नताबाट बचाउ गर्ने गर्दछ । मातृभाषाबाट यस्तो मौखिक लय प्रस्तुत हुन्छ जसमा प्रकृति र परिवेशसँग समाजिक संघर्ष पनि प्रकट हुन्छ । त्यसबाट साहित्य र संस्कृतिका सकारात्मक, मानवीय र लोकतान्त्रिक तत्व पनि प्रकट हुन्छन् । आफ्ना संस्कृतिको जरामा गएरै हामीलाई आफ्नो आत्मीयताको अनुभूति हुन्छ । उधारो लिइएको भाषाले सम्पूर्णतः हाम्रा साहित्य र कलाको विकास गर्न सक्तैन । किनभने तिनको चिन्ता र चासो हाम्रो रागात्मकरुपसँग जोडिएकै हुँदैन । यस्तो उधारो भाषाको सत्ताकेन्द्र अन्यत्रै कतै हुन्छ र त्यो मातृभाषाजस्तो जनआकांक्षाको परिपूर्तिको संवाहक हुन पनि सक्तैन । मातृभाषामा धरतीको जुन सुगन्ध हुन्छ, कल्पनाशीलताको जुन पारम्परिक श्रृंखला हुन्छ, त्यो अन्य भाषामा सम्भवै हुँदैन । त्यसमा पनि औपनिवेशिक हिसाबले थोपरिएको भाषामा त बिल्कुलै हुँदै हुँदैन ।
जतिबेला पनि कुनै महादेशको पीडाको बयान गरिन्छ भने कुनै पनि सच्चा लेखकले आफ्नो मातृभाषामा जति तीव्रता र तीक्ष्णताका साथ आफ्नो कुरा भन्न सक्तछ, त्यसरी अन्य भाषामा भन्न कदापि सक्तैन ।
वास्तवमा मातृभाषाहरुले जनताको संघर्ष बोल्दछन् । मातृभाषाको महत्व बुझेको कुनै पनि व्यक्तिलाई थाहा हुन्छ, आन्दोलन, लोकछवि, आत्मविश्वास र परिवर्तनका लागि यसभन्दा राम्रो अर्को कुनै माध्यम हुँदैन । किनभने उसको सरोकार ती भाषासँग हुन्छ, जसलाई त्यहाँका जनताले बोल्ने गर्दछन्, जसको सेवाको लागि उसले कलम उठाएको हुन्छ । यसरी उसले त्यही गीत गाउँछ जुन जनताले चाहेका हुन्छन् । मातृभाषाको माध्यमको अर्थ सोझो जनसरोकारसँग हुन्छ । यस माध्यमबाट सामाजिक तथा राजनीतिक निहितार्थको समेत बोध हुन्छ ।
हुन पनि मातृभाषाबाटै त्यसको अस्मिताको माध्यमबाट मानिसहरुका वास्तविक आवश्यकतालाई गीत, नृत्य, नाटक, कविताबाट अभिव्यक्ति दिन सकिन्छ र नयाँ चेतनाको आकांक्षालाई वाणी प्रदान गर्न सकिन्छ । श्रमिक वर्ग तथा जनसामान्यलाई मूलतः उनीहरुकै मातृभाषामा राम्रोसँग सम्बोधित तथा सम्प्रेषित गर्न पनि सकिन्छ । मातृभाषामा संरचनात्मक रुपान्तरणको प्रक्रियामा शिक्षा–संस्कृतिको एउटा निर्णायक भूमिका हुन्छ, जुन साम्राज्यवादको आजको नयाँ औपनिवेशिक चरणमा विजयको लागि अत्यावश्यक हुन्छ । शिक्षा र संस्कृतिमा आवश्यक सम्बन्ध हुन्छ र यसले सामाजिक–राजनीतिक–आर्थिक पक्षहरुसँग प्रत्यक्ष सरोकार राख्दछ । त्यसैकारणले त्यहाँ मातृभाषाको प्रभावकारी भूमिका हुन्छ ।
औपनिवेशिकताले आक्रान्त सांस्कृतिक पक्षहरुका लागि मातृभाषाको आवश्यकता हुँदा पनि हुँदैन । तिनले आफ्ना लागि त्यस्तो भाषाको चयन गर्दछन्, जुन भाषाले उनीहरुको वर्गको प्रतिनिधित्व गर्दछ । यस्तो समाजमा मातृभाषा बोल्ने बालबच्चाले समेत दण्ड पाउँदछन् ।
सत्य के हो भने संस्कृति स्वयंमा इतिहासको अभिव्यक्ति र उत्पादन पनि हो । यसको निर्माण प्रकृति तथा मानिसबीचको सम्बन्ध र अन्तर्क्रियामा आश्रित हुन्छ । त्यसैले त्यहाँ मातृभाषाको अन्तरंग प्रवेश हुन्छ । यसरी मातृभाषालाई आधार बनाइयो भने सामुदायिकतामा आबद्ध जनसमुदायले आफ्नो भाषा, साहित्य, कला, स्थापत्य, नृत्य तथा एउटा यस्तो शिक्षा प्रणाली विकसित गर्दछन्, जसले इतिहास र भूगोललाई एउटा पिँढीवाट अर्को पिँढीसम्म पुर्याउने गर्दछ । शिक्षा र संस्कृतिले वर्गीय विभेदलाई समाजको आर्थिक आधारमा व्यक्त गर्दछन् । वास्तवमा वर्गीय समाजमा दुई किसिमको शिक्षाका बीच संघर्ष चलिरहेको हुन्छ । यसले वास्तवमा दुई परस्पर विरोधी संस्कृतिको प्रसार गर्दछ र ती दुई परस्पर विरोधी चेतना अर्थात विश्व दृष्टिकोण तथा विचारधाराको बाहक बन्दछ । निश्चितै रुपले औपनिवेशिकताले आक्रान्त सांस्कृतिक पक्षहरुका लागि मातृभाषाको आवश्यकता हुँदा पनि हुँदैन । तिनले आफ्ना लागि त्यस्तो भाषाको चयन गर्दछन्, जुन भाषाले उनीहरुको वर्गको प्रतिनिधित्व गर्दछ । यस्तो समाजमा मातृभाषा बोल्ने बालबच्चाले समेत दण्ड पाउँदछन् भने त्यसको यथार्थ के हो आज बुझिनु र बुझाउनु अत्यावश्यक छ ।
यसको मूल हो, त्यो सौन्दर्यबोध जुन हाम्रा लोककथा, हाम्रा सपना, हाम्रो ज्ञान–विज्ञान, हाम्रो भविष्यको कामना आदिमा लुकेको छ । त्यसको सौन्दर्य वास्तवमा आफ्नै धरतीको गन्धबाट उत्पन्न भएको हुन्छ । अन्य भाषालाई अपनाउने या तिनका माध्यमद्वारा अभिव्यक्त गर्ने कुरामा कुनै खराबी अवश्य पनि छैन । त्यस्ता भाषामा ज्ञानविज्ञान या सामाजिक विज्ञान सिक्ने वा ज्ञानार्जन गर्नमै कुनै संकोच गर्नुपर्ने जरुरी पनि छैन । मूल कुरा के हो भने जुन शक्तिहरु मातृभाषाको रचनात्मकतालाई हीन तुल्याउन सक्रिय छन्, तिनको पहिचान गर्न, तिनका क्रियाकलापबाट सतर्क र सावधान रहनु आवश्यक छ । हाम्रो अस्मिता, साहित्य, सिर्जनात्मकताको सर्वोच्च वैभव मातृभाषामै सम्भव छ । त्यो असीम छ, कल्पनाको त्यो किनारा हो । त्यो हाम्रो मातृभूमिको रंग हो । त्यसमा हाम्रा स्वदेशी र स्थानीय मूल्य छन् । ती हाम्रा लागि भविष्यकामी छन् ।
मातृभाषामा परम्पराको जीवन्तता हुन्छ । त्यो कुनै अरु देशको वा अन्य धारको मुखापेक्षी पनि हुँदैन । त्यो हाम्रो आफ्नै गोमुखबाट आउँदछ, त्यसमा हाम्रो गर्मी र शीतल दुवै हुन्छ । हाम्रा नशा र कोशिकाहरु त्यसबाट रोमाञ्चित हुने गर्दछन् । त्यसले हाम्रा वर्षौदेखि स्थापित सभ्यताको केन्द्रीयता कायम राख्दछ । त्यो हाम्रो गहन आकर्षण, प्रीति तथा मुक्ति पनि हो । हाम्रो लागि त्यसमा गहन आवेग हुन्छ । त्यसले हाम्रो परम्परामा हामीलाई परिष्कृत पार्न चाहन्छ । त्यसले हामीलाई जुन मिठास दिन्छ, अरु कुनै भाषाले त्यस्तो दिन सक्तैनन् । मातृभाषा जीवन्त अभिव्यक्तिको शायद सबैभन्दा सुन्दर माध्यम हो । यस्तो भाषा केवल सहज शिल्पमात्रै होइन सबैभन्दा अर्थपूर्ण सम्भावना पनि हो । मातृभाषामा कट्टरता नहुनु र यो जनपक्षधर हुनु त्यसको विशिष्ट चरित्र हो । त्यसमा मानिसका स्मृति–विम्ब बढी सुरक्षित र पल्लवित हुन्छन् । त्यसमा जति पारम्परिक अर्थगर्भ हुन्छन् त्यत्तिकै वैज्ञानिकता तथा मनुष्यताको मुक्तिगामी सम्भावना पनि भन्ने तथ्यलाई आत्मसात गरौं ! (इसमताबाट साभार)
भोजपुर, २०७२ फागुन २। बुङ्वाखा मासिक काठमाडौको एघारौ बार्षिकोत्सव तथा एघारौ बान्तावा राष्ट्रिय कविता प्रतियोगिता शनिबार दमकमा सम्पन्न भएको छ । प्रतियोगितामा भोजपुरका विष्णुकुमार राई प्रथम भएका छन् ।
सुनसरीकी इन्दिरा राई दोस्रो भएकी छिन् भने भोजपुरकै रामचन्द्र राजालिम तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने कविहरूलाई क्रमशः नगद रु. १०,०००, ६,००० र ४,००० सहित ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार– २०७२’बाट पुरस्कृत गरिएको छ ।
स्वर्गीय श्यामराज दुब्देङहाङका जेठी छोरी मीना राई र भतिजी छोरी अञ्जना राईले बुबा÷काकाको सम्झनामा सो पुरस्कारको लागि अक्षयकोष स्थापना गरेका थिए । देशभरबाट प्राप्त कविता मध्ये उत्कृष्ट ११ को छनौटमा परेका कविताहरुबीच प्रतिस्पर्धा भएको थियो ।
यसै कार्यक्रमको अवसर पारेर ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार–२०७२’ बाट भारत कालिम्पोङका रमेश तेन्चिपालाई सम्मान गरिएको छ । बान्तावा भाषामा लामो समयदेखि कलम चलाउदै आएका तेन्चिपालाई बान्तावा भाषाकै पहिलो खण्डकाव्य ‘हेच्छाकुवा’ कृतिको लागि सो पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार पूर्व वागमती अञ्चलाधिश मकर बहादुर बान्तावा र उनकी श्रीमती विष्णुदेवी बान्तावाको सम्मानमा उनीहरूको परिवारले स्थापना गरेको थियो । ताम्रापत्रसहित पुरस्कारको राशी २५,००० रुपैयाँ रहेको छ । २०७० सालमा स्थापना गरिएको पुरस्कार पहिलोचोटी अन्तर्राष्ट्रियस्तरमा प्रदान गरिएको हो ।
‘बुङ्वाखा सङ्गीत पुरस्कार–२०७२’ बाट युवा गायक सुरेशपायल राईलाई सम्मान गरिएको छ । यतिबेला पनि सङ्गीत साधनामै रहेका भोजपुर पात्लेपानीमा जन्मिएका उनले रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र धनकुटामा आधा दर्जन बान्तावा गीतहरू गाएका छन् । कदरपत्रसहित रु. १५,००० राशीको पुरस्कारको संस्थापकहरू वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ र सङ्गीतकर्मी अशोक मुकारुङ रहेका छन् ।
‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार २०७२’ बाट बुङ्वाखाका पाँचथर सम्वाददाता राजकुमार इसारा राईलाई सम्मान गरिएको छ । बुङ्वाखा सल्लाहकार चन्द्र कुमार हतुवाली र उनको परिवारले आफ्ना स्वर्गीय बज्यै रनमाया राईको सम्झनामा स्थापना गरेको कदरपत्रसहित सो पुरस्कारको राशी रु. ६,००० रहेको थियो ।
झापाको दमकमा भएको कार्यक्रम देशभित्रका विभिन्न जिल्ला र भारतबाट आएका किरात राई समुदायको बाक्लो उपस्थितिका साथमा सफलतापुर्वक सम्पन्न भएको कार्यक्रम संयोजक एवम् बुङ्वाखाका सम्पादक पदम राईले जानकारी पठाएका छन्। (खबरसंसारबाट)
२०७२ माघ २०। मोरङको विराटनगर ७ केसलिया खोला छेउमा रहेको किरातीहरुको समाधी(चिहान) स्थलमा उपमहानगरपालिकाले फोहोर फाल्ने ठाँउ (डम्पीङ साइट) बनाएको छ । सो क्षेत्रमा किरातीहरुले वर्षौ वर्षबाट आफ्ना आफन्त, आमा, बाबु, काकाकाकी, छोराछोरी, मामामाइजु, दाजुभाईहरुलाई अमूल्य मायाको साथ र बाध्यतावस राख्दै (पुर्दै) आएको छ ।
तर विराटनगर उपमहानगरपालिकाले मानवीयता र तमाम किरातीहरुको संबेदना र भावनासंग खेलबाड गर्दै बर्षौ वर्षबाट आफ्नो आफन्त राख्न वा पुर्न विवश ती किरातीहरुको चिहानमाथि फोहोर फालेर चिहानहरु पुरी दिएको छ । हाल सो क्षेत्र पुरै दुर्गन्धित बनाई दिएको छ । सो क्षेत्र हिड्डुल गर्नै नसक्ने अवस्थामा पुर्याएको छ । त्यो भन्दा पनि ठुलो कुरो मानवीय संवेदना र भावनासंग उपमहानगरपालिकाले खेलबाड गरेको छ ।
किरातीहरुको सबैभन्दा ठूलो सम्पत्ति नै त्यहि चिहान हो । जसमा आफुलाई जन्म दिने, तोते बोली बोल्न सिकाउने, यस धर्तीमा हिड्न सिकाउने, भोक, प्यास, सबै सबैको ख्याल राख्ने आमाबाबा, संसारको सबै भन्दा प्यारो आफ्नो छोराछोरी दरसन्ता राखेको (पुरेको) हुन्छ । त्यस्तो मानवीय संवेदनासंग उपमहानगरपालिकाले पूर्वयोजना सहित पटक पटक त्यो क्षेत्र खोस्न खोजिरहेको छ ।
चाहे त्यो कम्पोष्ट च्याम्वरको नाममा होस् या डम्पिङ साइटको नाममा विराटनगर उपमहानगरपालिकाले वि.सं. २०६९ सालबाट निरन्तर रुपमा सो क्षेत्रबाट किरातीहरुको चिहानको नाममेट गर्न खोजिरहेको छ । सो क्षेत्रमा राई, लिम्वू र याखा समुदायका मानिसहरुलाई मृत्यु पश्चा त राखिदै आएको छ ।
मरेपछि शरीर पुर्ने एक टुक्रा जमीन संसारको कुनै पनि ठाँउमा पाइन्छ तर राज्यबाट विभेदमा पारिएका विराटनगरका यी किरातीहरुलाई योजनावद्धरुपमा विस्थापित गर्न खोज्नुको अर्थ के ? बुझिनसक्नुको छ।
(किरात राई यायोक्खा उर्लाबारीको पेजबाट साभार)
(किरात राई यायोक्खा उर्लाबारीको पेजबाट साभार)
काठमाडौं। बुङ्वाखा मासिकले आफ्नो एघारौं बार्षिकोत्सव तथा एघारौ बान्तावा राष्ट्रिय कविता प्रतियोगिताको अवसरमा प्रदान गरिने सम्मान तथा पुरस्कृत हुनेहरुको नाम सार्वजनिक गरेकाे छ।
‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार– २०७२’ बाट भारत कालिम्पोङका रमेश तेन्चिपालाई प्रदान गरिने भएको छ । तेन्चिपा बान्तावा भाषामा लामो समयदेखि कलम चलाउदै आएका छन्। उनलाई बान्तावा भाषाकै पहिलो खण्डकाव्य ‘हेच्छाकुवा’ कृतिको लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कार पूर्व वागमती अञ्चलाधीश मकर बहादुर बान्तावा र उनकी श्रीमती विष्णुदेवी बान्तावाको सम्मानमा उनीहरूको परिवारले स्थापना गरेको हो ।
![]() |
| रमेश तेन्चिपा |
ताम्रापत्रसहित पुरस्कारको राशी पच्चीस हजार रुपैयाँ रहेको छ । २०७० सालमा स्थापना गरिएको सो पुरस्कार पहिलोचोटी अन्तर्राष्ट्रियस्तरमा प्रदान गर्न लागिएको हो । ‘बुङ्वाखा सङ्गीत पुरस्कार– २०७२’ भने युवा गायक सुरेशपायल राईलाई प्रदान गरिने भएको छ ।
सङ्गीत साधनामै रहेका भोजपुर पात्लेपानीमा जन्मिएका राईका रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र धनकुटामा आधा दर्जन बान्तावा गीतहरू रेकर्ड भएका छन् । कदरपत्रसहित रु. पन्ध्र हजार राशीको सो पुरस्कारको संस्थापकहरू वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ र सङ्गीतकर्मी अशोक मुकारुङ रहेका छन् ।
![]() |
| सुरेश पायल राई |
त्यस्तै, ‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार २०७२’ बुङ्वाखाका पाँचथर सम्वाददाता राजकुमार इसारा राईलाई प्रदान गरिने भएको छ । बुङ्वाखा सल्लाहकार चन्द्र कुमार हतुवाली र उनको परिवारले आफ्ना बज्यै रनमाया राईको सम्झनामा स्थापना गर्न लागेको कदरपत्रसहित सो पुरस्कारको राशी रु. छ हजार रहेको छ । यसैबीच कविता प्रतियोगितामा सामेल भएका मध्ये उत्कृष्ट ११ को छनौट भएको छ ।
![]() |
| राजकुमार इशारा |
उत्कृष्ट कवितालाई आउदो फाल्गुन १ गते झापाको दमकस्थित किरात भवनमा बाचन गराइने भएको छ । प्रतियोगितामा उत्कृष्ट तीन प्रतियोगीलाई ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार– २०७२’बाट पुरस्कृत गरिने भएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने कविहरूलाई क्रमशः रु. १०,०००, ६,००० र ४,००० नगद पुरस्कार प्रदान गरिनेछ । श्यामराज दुब्देङहाङका जेठी छोरी मीना राई र भतिजी छोरी अञ्जना राईले बुबा/काकाको सम्झनामा सो पुरस्कारको लागि अक्षयकोष स्थापना गरेको हो ।
बुङ्वाखा सल्लाहकार जय सिवाहाङ, कार्यक्रम संयोजक/सम्पादक पदम राई र सह–सम्पादक निराजन राई ‘बतास’ रहेको छनोट उपसमितिले पुरस्कृत हुने व्यक्तित्वहरुको चयन गरेको हो । बुङ्वाखा पुरस्कार छनौट उपसमितिको बैठक माघ १३ गते बसेको थियो ।
आमन्त्रित सदस्यको रुपमा सह–सम्पादक दीपक बान्तावा तथा अक्षयकोषदाताहरूको तर्फबाट राजेन्द्र बान्तावा र अशोक मुकारुङको उपस्थिति रहेको थियो ।
- पुष्प चित्रकार।
खस-नेपाली भाषाको साहित्यमा सत्यतथ्य नखोज्ने र स्तुतिगान गर्ने संस्कृति बलियो छ । लक्ष्मीप्रसाद देवकोटाले रचेको ‘मुना–मदन’ काव्य पनि त्यही संस्कृतिकै सिकार हुँदै आएको छ । ‘मुना मदन’ के कस्तो काव्यबाट प्रभावित भएर लेखिएको थियो भन्नेबारे खोजी नै नगरी केहीले भन्ने गरेका छन् : ‘मुना–मदन’ खण्डकाव्यजस्तो न पहिले निस्क्यो, न त पछि नै निस्कने छ ।’ जबकि त्यससँग कथा, घटनाक्रम, पात्र र प्रस्तुतिसमेत मिल्दाजुल्दा पाँच वटा काव्य सयौं वर्षअघि नै नेपालभाषामा लेखिएको पाइन्छ । यहाँ प्रस्तुत ‘मुना–मदन’का अग्रज रहेका काव्यबारे खोजको दोस्रो भाग:–
“जि वया ला लछि मदुनि” नेपालको एक प्राचीन गीतिकाव्य हो । आर्थिक विसंगतिमा जकडिएका नायक विवाह भएको एक महिना नहुँदै आर्थिक बोझले गर्दा विवश र बाध्य भई धनका लागि कोमल पल्लव, मुखारविन्दुमा पलाएकी, मादकताले छाएकी भर्खरकी आफ्नी प्रिय पत्नीलाई आमाको स्याहारसुसार र घरधन्दा गरी बस्नु, थोरै समयमा नै आउँछु भनेर तिब्बत जान्छ । तिब्बत गएको धेरै समयसम्म पनि नायकको कुनै पत्र नआउँदा पीरव्यथा र चिन्ताको भुमरीमा नायिका भौंतारिन्छे । आफ्नो ह्दयको धड्कन थाम्दै बूढी सासूले खानपिन छोडेर दुब्ली पातली हुँदै गइरहेकी बुहारीलाई सम्झाउँदै गर्छे । तर धेरै अपशकुनका संकेतले यौवनले कलकलाउँदी बुहारीको मनलाई जित्छन् । आफ्नो पतिको आसिक गरी झ्यालमा बत्ती दिँदा बत्ती धमिलो हुन्छ, सपनामा पतिको परलोक भएको देख्छिन् । बिहानी पख बढारकुढार गर्दा काग आफ्नो सम्मुख आई कराउँछ । यस्तै अपशकुनको विषयवस्तुले उसले आफूलाई सह्माल्न सक्तिन । सासूले धेरै सम्झाउने कोसिस गर्छे तर केही सीप चल्दैन ।
यस्तैमा नायिकाको सौन्दर्यप्रति इर्ष्या र डाह गरिरहेका आफ्नै स्वामीको सबैभन्दा मिल्ने मित्रले तिब्बतमा नायक मरेको चिन्हसहित दुःखको झुटो समाचार ल्याउँछ । यस समाचारले मर्माहत नायिका कति सम्झाउँदा पनि नमानी पतिको नाममा सती जान्छे र नायिका सती गएको केही दिनपछि नै नायक तिब्बतबाट खुसी हुँदै घर आइपुग्छ । आफ्नी धर्मपत्नीले देहत्याग गरेको कुरा सुनेर ऊ रुन्छ अलापविलाप गर्छ, भौंतारिन्छ र आफूले ल्याएको धन–दौलत सबै वेकार देख्छ । फलस्वरुप उसको मनमा ‘जीवन के हो र भन्ने’ जस्तो नकारात्मक भावना उब्जिन्छ र आमा, आफन्त, छरछिमेकीले सम्झाउँदा सम्झाउँदै पनि घरबार छाडेर जान्छ । यसरी “जि वया ला लछि मदुनि” गीतिकाव्यको अन्त्य दुःखान्तको पराकाष्ठामा टुंगिन्छ ।
“मुना–मदन” रच्नुभन्दा एक शताब्दीअगाडि रचिएको नेपालको साहित्याकाशमा देखिने “जि वया ला लछि मदुनि” गीतिकाव्य र भर्खर ३४–३५ वर्ष मात्र पुगेका “मुना–मदन” खण्डकाव्यको विश्लेषणात्मक अध्ययन गरेको खण्डमा “मुना–मदन”जस्तो काव्य नेपालको साहित्यकाशमा धेरै रचिएको थियो भन्ने स्पष्ट आउँछ । र, यिनै लोकप्रिय कृतिहरुको आधारमा धेरै वर्षपछि “मुना–मदन” रचिएको हो भन्ने किटान समेत गर्न सकिन्छ ।
“जि वया ला लछि मदुनि” काव्यको करिब एक शताब्दीभन्दा पछि १९९२ सालमा प्रकाशित भएको देवकोटाको अमर कृति “मुना–मदन” खण्डकाव्य त्यस्तै कथामा प्रस्तुत भएको छ । यसमा पनि आर्थिक विसंगतिमा जकडिएका मदन धनकै लागि सुकोमल, नागकन्याजस्ती मुनालाई थोरै समय मात्र बसेर आउँछु भनेर फकाइफुल्याई जान्छ र गएको धेरै दिन बितिसक्दा पनि कुनै समाचार नपाउँदा मुना उदेक हुन्छे । जहाँ गए पनि न्यास्रोको अनुभव गर्छे । उसले पनि अपशकुनका संकेत देख्छे । सपनामा भैंसीले लघारेको, दाहिने आँखा फर्फराएको आदिले उनको धैर्य छिनिदिन्छन् । तर बूढी सासूले सम्झाउँछे । सासू र बुहारीबीच सुर्ता गर्नमा होडबाजी हुन्छ । यत्तिकैमा सासू बिछ्यौनामा पर्छे । तर पनि बुहारी धैर्य दिइरहन्छे । तर अन्त्यमा केही जोड चल्दैन । मुनाको रुप र मादकताप्रति ईष्र्या र डाह गरिरहेका मदनकै मित्रले मदन तिब्बतमा परलोक भएको झुठो समाचार पुर्याइदिन्छ । यसले गर्दा मुनाको छाती चिरिन्छ । उनी भौतारिन्छे र अन्त्यमा मर्छे ।
मुना मरेको केही दिनपछि मदन धन लिएर खुसी हँदै घर आइपुग्छ । तर आफ्नी आमा सिकिस्त अवस्थामा बिछ्यौनामा परिरहेको देखेर ऊ दुःखले अलापिन्छ । अझ आफ्नी धर्मपत्नी मुना मरेको सुन्दा आफूले आफैलाई थाम्न सक्तैन र ऊ भौतारिन थाल्छ । अन्त्यमा मदनकी आमा मर्छे । मदन पनि मर्छ । यसरी “मुना–मदन” खण्डकाव्य पनि दुःखान्तको पराकाष्ठामा पुगेर टुंगिन्छ ।
यी दुवै काव्य वियोगान्तको पराकाष्ठमा टुंगिन्छन्, तापनि एक अर्काेसँग अलिकता फरक पनि छ । “मुना–मदन” खण्डकाव्यका मूल पात्रहरु मदन, मुना र मदनकी आमा तीनै जना पीरव्यथाले पिरोलिँदै मर्छन् भने “जि वया ला लछि मदुनि” गीतिकाव्यमा केवल नायिकाको मृत्यु हुन्छ, त्यो पनि सती गएर । नायिकाको मृत्युले विरहमा परेका नायक घर छोडेर जान्छ र आमा एक्लै हुन्छे । यसरी यस काव्यमा पनि मूल तीन पात्र एक अर्कासँग छुट्टिन्छन्, जुन मृत्यु सरह नै हो भन्दा कुनै अत्युक्ति नहोला ।
“मुना–मदन” र “जि वया लछि मदुनि” दुवै काव्यले पाठकहरुको मनलाई रुवाउँछन् । यसरी दुवै काव्य पाठकहरुको मन जित्न सफल भएको देखिन्छ ।
“मुना–मदन” र “जि वया लछि मदुनि” काव्यमा कथा मात्र होइन, प्रस्तुतीकरण समेत उस्तै देखिन्छ । दुवै काव्यको वियोगान्तमा मात्र नभई शुरुआतमा समेत एकै किसिमको दृश्य हुने, नायक तिब्बतमै चाँडै फर्कन्छु भन्ने आश्वासन दिने जस्ता क्षण दुरुस्त उस्तै छन् । यति मात्र नभई कथामा मुख्य पात्रहरुको पनि एकै किसिमले चित्रण गरिएको छ, विधवा सासू, बेरोजगार नायक, यौवनले कलकलाएकी नायिका, दुष्ट साथी आदि दुवै काव्यमा उस्तै छन् ।
“जि वया ला लछि मदुनि” गीतिकाव्यमा नायकले आफू चाँडै फर्केर आउने अश्वासन दिँदै नायिकालाई यसो भन्दै फकाउँछ—
द छि नि दँ जक चोना वय न्हा
(फर्कन्छु है एक दुई वर्ष मात्र बसेर)
“मुना–मदन” खण्डकाव्यमा पनि नायकले यस्तै उद्गार पोख्छ । “जि वया ला लछि मदुनि”मा एक दुई वर्षको उल्लेख भएको छ भने “मुना–मदन”मा बीस चालीस दिनको मात्र उल्लेख छ ।
“जि वया ला लछि मदुनि” काव्यमा तिब्बतको बाटो कठिन भन्ने कुराको प्राकृतिक चित्रण यसरी गरिएको छ :
“मुना–मदन” र “जि वया लछि मदुनि” काव्यमा कथा मात्र होइन, प्रस्तुतीकरण समेत उस्तै देखिन्छ । दुवै काव्यको वियोगान्तमा मात्र नभई शुरुआतमा समेत एकै किसिमको दृश्य हुने, नायक तिब्बतमै चाँडै फर्कन्छु भन्ने आश्वासन दिने जस्ता क्षण दुरुस्त उस्तै छन् । यति मात्र नभई कथामा मुख्य पात्रहरुको पनि एकै किसिमले चित्रण गरिएको छ, विधवा सासू, बेरोजगार नायक, यौवनले कलकलाएकी नायिका, दुष्ट साथी आदि दुवै काव्यमा उस्तै छन् ।
थसोया परबत कोसोया समुदर
समुदर हुनुहुन हाल न्हा
सिमाहल लासा लासे लोहात फुगा तसे
नगुतिन फागा फासे दिल न्हा
(माथि हेरे पर्वत, समद्र तल डरलाग्दो
स्याउला डसना, ढुंगाको तकिया, सिरक ताराको)
“मुना–मदन”मा देवकोटाजी प्राकृतिक चित्रण यसरी वर्णन गर्छन्
डाँडा र काँडा, उकाला ठाडा जंघार हजार
भोटको बाटो ढुंगा र माटो नङ्गार उजार
…
स्याउला चीसा ओछ्यान खासा जाडोले बज्ने दाँत
पकाई झिक्ता नखान पाई काँचाको काँचै भात
यहाँदेखि तिब्बतसम्मको दूरी र यात्राको वास्तविकताबारे विचार गर्ने हो भने चालीस दिन भन्नुभन्दा एक–दुई वर्षको उल्लेख उपयुक्त हुन आउँदछ । चालीस दिनमा ल्हासा पुगी पैसा कमाउनु भनेको सम्भवको कुरा होइन, तर मुनालाई फकाउनका लागि मात्र भनेको हुनाले मदनलाई तिब्बतमा हैजा लागेको कुरा बालकृष्ण समले ‘मुकुन्द इन्दिरा’मा उल्लेख गरेको ‘ऐंसेलुको रुख’जस्तै हास्यास्पद छ । जाडो ठाउँ भएकोले ल्हासामा तथा हाम्रो उत्तरी भेगतिर पनि हैजा रोग अहिलेसम्म सुन्न पाइएको छैन । कुनै पनि साहित्यकारले रचना गर्दा कल्पनामा मात्र उड्न खोज्दा स्वाभाविकताबाट हुत्तिएर जीवनको वास्तविकताबाट टाढिनसक्छ भने लेखक गरिमामा समेत धक्का पुर्याइदिन्छ । “मुुना–मदन” काव्यमा चालीस दिनभित्र कमाएर ल्याउने कुरा र “हैजा”को घटनाले काव्यको स्वाभाविकतामा ठेस पुर्याएको छ ।
चालीस दिनमा ल्हासा पुगी पैसा कमाउनु भनेको सम्भवको कुरा होइन, तर मुनालाई फकाउनका लागि मात्र भनेको हुनाले मदनलाई तिब्बतमा हैजा लागेको कुरा बालकृष्ण समले ‘मुकुन्द इन्दिरा’मा उल्लेख गरेको ‘ऐंसेलुको रुख’जस्तै हास्यास्पद छ ।
एकपटक देवकोटा गोसाइँकुण्ड जाने क्रममा बाटोमा बिरामी पर्दा उनलाई स्थानीय भोटेहरुले खूब स्याहारसुसार गरी निको तुल्याई फर्काएका थिए रे भन्ने सुन्नमा पाइन्छ । यदि यो कुरा सत्य हो भने उनले आफ्नो काव्यमा भोटेको मानवीय व्यवहारको उल्लेख गर्न “हैजा”को विषय उल्लेख गरेको हुन सक्छ । अनि आपत्विपत्मा मानवसेवा गर्नु नै ईश्वरको सेवा गर्नु हो भन्ने दर्शन दिन खोजिएको होला ।
“मुना–मदन”मा महाकवि देवकोटाले गरेको मुनाको सौन्दर्य र प्राकृतिक वर्णण, ल्हासाका मानिसहरुको स्वभाव, ल्हासाका दरबारको वर्णन इत्यादि उत्कृष्ट कल्पनाका अद्वितीय नमुना हुन् । अवश्य, यी वर्णनले महाकवि देवकोटाको प्रतिभालाई यथेष्ट झल्काउँछन् । सायद यी विषय “जि वया ला लछि मदुनि” गीतिकाव्यमा छैनन् भनी बुद्धिजीवी भनाउँदा साहित्यकारहरु फलाक्दो होलान् । त्यसो भन्नुभन्दा अगाडि दुवै काव्यको लम्बाइबारे पनि सोच्नु आवश्यक हुन आउँछ । यसबारे विचार गर्दा चार लाइनको श्लोकले जम्मा ३२ श्लोकको “जि वया ला लछि मदुनि” गीतिकाव्यमा आठौं संस्करणदेखि ५२ पेजको आकार लिई निस्केको “मुना–मदन” खण्डकाव्यमा जस्तै चित्रण, वर्णन कसरी हुन सक्ला ?
अर्का कुरा महाकवि देवकोटा साहित्य क्षेत्रमा देखा परेको समयमा पश्चिमी साहित्यको प्रभाव पनि निकै परिसकेको थियो । “जि वया ला लछि मदुनि” काव्यको रचना हुँदा पाश्चात्य साहित्य भित्रिनु त कहाँ हो कहाँ, त्यसको छायासम्म पनि आउन पाएको थिएन । यस दृष्टिकोणले पनि “मुना–मदन”मा जस्तो “जि वया ला लछि मदुनि” काव्यमा कल्पनाको तीव्र उडान नभएको हुनसक्छ ।
“मुना–मदन” खण्डकाव्यको दाँजोमा “जि वया ला लछि मदुनि” गीतिकाव्य फुच्चे भएता पनि कथानक, घटना, पात्र, प्रायः सबका सब यी काव्य एउटै धरातलमा पलाएर पनि यस काव्यले विविध विषयवस्तुलाई भित्र्याएझैं लामो “मुना–मदन”ले भित्र्याउन सकेको छैन । “जि वया ला लछि मदुनि”ले सती प्रथा अमानवीय भएको र यसलाई रोक्ने प्रयास चन्द्रशमशेरको समयभन्दा पहिलेदेखि नै भइरहेको झलक निम्न पंक्तिले देखाउँछ—
कुनै पनि साहित्यकारले रचना गर्दा कल्पनामा मात्र उड्न खोज्दा स्वाभाविकताबाट हुत्तिएर जीवनको वास्तविकताबाट टाढिनसक्छ भने लेखक गरिमामा समेत धक्का पुर्याइदिन्छ । “मुुना–मदन” काव्यमा चालीस दिनभित्र कमाएर ल्याउने कुरा र “हैजा”को घटनाले काव्यको स्वाभाविकतामा ठेस पुर्याएको छ ।
लायकुया प्रधान वल थवथिति फुक्क मुन
सकसिन वनेमते धाल न्हां
(भेला भए आफन्त अनि दरबारी भारदार
जे हुनु भयो नजाऊ सती भने बारबार)
यसरी “जि वया ला लछि मदुनि” काव्य तत्कालीन समस्या प्रस्तुतमा मात्रै होइन, नेपालका सांस्कृतिक रीतिरिवाजलाई पनि दर्शाउन सफल भएको देखिन्छ । यात्रामा कुनै बिघ्नबाधा आई नपरोस्, गर्न लागेको काम साफल्य होस् भन्ने मंगलकामना गर्ने नेपालीहरुको परम्परा छ । “जि वया ला लछि मदुनि”मा नायक तिब्बत जान लाग्दा नायिकाले गरेको विरहको वर्णन यसरी प्रस्तुत गरिएको छ—
जव ल्हाति सगुन फसे खव ल्हातिं खोबि हुसे
जि प्रभु लिफः मसोसे झाल न्हां
(दाया हातले सगुन थाप्दै, पुछें आँसु बायाँले
फर्की हेर्न सकेन प्रभु जस्तो मायाले)
“मुना–मदन” कल्पनाको उडानमा एउटा मार्मिक कथा मात्र भएर सरर बगेको देखिन्छ । कुनै पनि साहित्यको निर्माण गर्दा साहित्यकारले आफ्नो कल्पनाको कुचीले सामाजको रुपरेखाको चित्रणको साथै कुनै पनि विसंगतिको व्याख्या गरिदिनु साहित्यकारको कर्तव्य हुनु आउँदछ ।
“जि वया ला लछि मदुनि” गीतिकाव्य पनि नेपालको आफ्नै मौलिक लोकलय “सिन्हाज्या” मा रचिएको छ । यो लय किसानहरुले असारे खेती गर्दा गाउने भाकाको भए पनि अरु बेला समेत सुखदुःखको अनुभव गरी गाउने
लोकप्रिय लय हो । त्यसरी नै “मुना–मदन” पनि नेपालको लोकलय “झ्याउरे”मा रचिएको छ । यो लय विशेष गरी “रत्यौली”मा गाउने चलन छ ।
के महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि “मुना–मदन” खण्डकाव्य रच्नमा नेपालभाषाको प्राचीन काव्य “जि वया ला लछि मदुनि” बाट प्रेरणा पाएको होइन होला त ? यो सोचनीय विषय हो । पाश्चात्य साहित्यको प्रभाव समेत उतिबेलाको नेपालको साहित्यमा नेपालकै अरु भाषाको प्रभाव पनि पर्न सक्नु कुनै आश्चर्य र अनौठो होइन ।
यसरी “मुना–मदन” रच्नुभन्दा एक शताब्दीअगाडि रचिएको नेपालको साहित्याकाशमा देखिने “जि वया ला लछि मदुनि” गीतिकाव्य र भर्खर ३४–३५ वर्ष मात्र पुगेका “मुना–मदन” खण्डकाव्यको विश्लेषणात्मक अध्ययन गरेको खण्डमा “मुना–मदन”जस्तो काव्य नेपालको साहित्यकाशमा धेरै रचिएको थियो भन्ने स्पष्ट आउँछ । र, यिनै लोकप्रिय कृतिहरुको आधारमा धेरै वर्षपछि “मुना–मदन” रचिएको हो भन्ने किटान समेत गर्न सकिन्छ । यसरी हेर्दा नेपाली साहित्यमा चर्चित “मुना–मदन”को अग्रज काव्य नेपालभाषामा धेरै देखिन्छन् । विशेष गरी “जि वया ला लछि मदुनि”लाई यसको अग्रज काव्यका रुपमा लिन सकिन्छ ।
यहाँनेर कविवर माधवप्रसाद घिमिरेले आफ्नो सफल “राज–राजेश्वरी” खण्डकाव्य नेपालभाषाको प्राचीन काव्य “महारानी विद्यालक्ष्मी विदेशन थेंके हल” बाट प्रभावित भएर लेखेको भन्ने कुरा राज–राजेश्वरीको भूमिकामा उल्लेख गरिएको प्रसंग मननीय हुन्छ । के महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि “मुना–मदन” खण्डकाव्य रच्नमा नेपालभाषाको प्राचीन काव्य “जि वया ला लछि मदुनि” बाट प्रेरणा पाएको होइन होला त ? यो सोचनीय विषय हो । पाश्चात्य साहित्यको प्रभाव समेत उतिबेलाको नेपालको साहित्यमा नेपालकै अरु भाषाको प्रभाव पनि पर्न सक्नु कुनै आश्चर्य र अनौठो होइन ।
“मुना–मदन” र “जि वया ला लछि मदुनि” बारे लेख्ने सन्दर्भमा लक्ष्मीप्रसाद देवकोटा बनारसमा पढ्दाका सहपाठी, काठमाडौं चिकंमुगलको लाखेननि निवासी ९५ वर्षीय गणेशलालले विद्यालयको एक कार्यक्रममा देखाइएको मर्मान्तक ब्यालेपछि देवकोटाले ‘नेपालभाषामा धनी भएर पनि यस्तो मार्मिक साहित्यको अभाव छ’ भनेपछि आफूले “जि वया ला लछि मदुनि”को कथा सुनाइदिएको र त्यसबाट असाध्यै प्रभावित भएर सोही राति यस्तै किसिमको कविता लेखेर देवकोटाले भोलिपल्ट सुनाएको कुरा सुनाएका थिए । त्यसैले साहित्यकारहरुले कुनै पनि साहित्यको मूल्यांकन बिनापूर्वाग्रह निष्पक्ष रुपमा गर्नुपर्दछ । साथै कुनै पनि साहित्यकारले साहित्यको सृजना गर्दा आफू कुन रचनाबाट प्रभावित भएको छ भन्ने माधवप्रसाद घिमिरेले झैं त्यसको छिस्को मात्र भए पनि उल्लेख गर्ने कर्तव्य र इमानदारिता देखाइदिए भावी सन्ततिले सन्तोषको श्वास फेर्न पाउँछन् ।
“Ji Wayala Lachhi Maduni (Pushpa Chitrakar)”. Academia.edu. Retrieved 19 July 2013.
लेखक इतिहासकार हुन् । (इसमताबाट साभार)
२०७२ माघ ४। प्राचीनकाल जतिखेर मानव वस्ती कम र जंगलको क्षेत्र बढी थियो । त्यतिखेर मानिसले पालेका घरपालुवा जनावर लगायत मानिसलाई समेत बाघले आक्रमण गरी खाने गर्दथ्यो । समय र परिस्थितिअनुसार बाँच्न सिकेका अादिवासीहरुले स्थानीय सामग्रीको बन्दोबस्त गरी बाघलाई नियन्त्रणमा लिने गर्दथे । जसको निर्माण सामान्य तर वैज्ञानिक तवरले गर्ने गरिन्थ्यो ।
प्रकृतिसँगको निकटता र सङ्घर्षमा जीवन व्यतित गर्ने आदिवासी जनजातिका यस्ता सिर्जनाहरु आजको समयमा लोप हुने अवस्थामा रहेका छन् । बाघले मानिसलाई खाने युगमा बाघकै शिकार गर्थे भने हाल अाएर स्यालले घरपालुवा जनावरमाथि आक्रमण गरी शिकार गर्ने गरेकाले समयानुसार बाघखोर स्यालखोरको सानो चौघेरामा सीमित रहन पुगेको छ । उतिखेर बाघ थुन्न बलिया बलिया खोरहरु बनाइन्थे भने हाल अाएर स्याललाई मात्र थुन्न सकिने मध्यम खालका खोरहरु बनाइन थालिएको छ । बाघ हिड्ने बाटोमा पर्ने गरी बाघखोर बनाइन्थ्यो जसका कारण त्यस्ता ठाउँहरुको नामाकरण समेत चाभखोरा (बाघको खोर) जस्ता शब्दले हुन पुगेका छन् । तर हाल यी सिर्जनाहरु दन्तेकथा जस्तै हुन पुगेका छन् । नेपालको पूर्वी पहाडी इलाकाका केही स्थानमा भने आजका दिनमा पनि यस्ता खोरका केही नमूना अवलोकन गर्न सकिन्छ।
बाघखोर वा स्यालखोर बनाउने तरिका छोटकरीमा
बाघखोर वा स्यालखोर बनाउँदा सीधा लाइनमा तीनवटा कोठा भएको बन्दकक्ष बनाइन्छ । बाघखोरमा विशेषगरी बाख्रा र स्यालखोरमा कुखुरा राख्ने चलन छ । जसलाई चारो भनिन्छ । तीनकोठा मध्ये चारो बीचकोठामा राखिन्छ, जसलाई यस तरिकाले सुरक्षित राखिन्छ कि छेउतिरका दुवै काेठाबाट बन्द हुने बाघ वा स्यालले चारोलाई कुनै चोट पुर्याउन नसकोस् ।
![]() |
| दोभाने–२ थुम्लुङ सिरान, भोजपुरको जङ्गलमा अवस्थित बाघखोर। तस्वीर: अजम्बर राई काङमाङ । |
बाहिरपट्टिका दुवै कोठाहरु यति साघुरा हुन्छन् जसबाट बाघ वा स्यालले शरीर फर्काउन सक्दैन । चारोको चिच्याहट वा गन्धले बाघ वा स्याल शिकारको लागि झम्टेर अाउँछ र खोरभित्र छिर्छ । खोरभित्र छिर्ने बित्तिकै भुइँमा भाटा बुनेर वा फल्याकको फित्कौली (पासो)मा टेक्दा कल्की खुस्केर ढोका लाग्न जान्छ । र ढोका खोल्न नसकिने गरी बन्द हुन जान्छ । प्राय गरेर दुवैतिरका ढोकाहरु एकैपटक लाग्ने हिसाबले फित्कौली बनाइएको हुन्छ, जसका कारण भाले र पोथी वा जोडी बाघ दुवैले एकै पटक दुईतिरबाट शिकार झम्टदा दुईवटा बाघ वा स्याल एकैपटक थुनिने गर्दछन् ।
खोरमा थुनिएको बाघ वा स्याललाई पहिले पहिले बाणको बस्सिले हानेर मारिन्थ्यो भने पछिल्ला दिनहरुमा भने बन्दुक जस्ता हतियारको प्रयोगले मार्ने गरिएको थियो । बाघ वा स्याल मारिसकेपछि बीचमा राखिएको बाख्रा वा कुखुरालाई सुरक्षित साथ निकालिन्छ ।
उहिलेको त्यस समयमा बाघलाई खोरमा थुन्न खोरको निर्माण वा बाघको शिकारका लागि केही व्यक्ति जो शिकारी स्वभावकाहरु खट्थे । तिनले बाघलाई खोरमा थुनिइसकेपछि सङ्तालित (धनुवाण) ले एकै काँडमा मार्दथे । तत्पश्चात् बासको भार बनाई गाउँभरि डुलाइन्थ्यो र हरेक घरले आफ्नो र घरपालुवा जनावरको सुरक्षामा योगदान पुर्याएकोमा खुसी मान्दै चामल, दाललगायतले सघाउनी (पारिश्रमिक) दिइन्थ्यो ती शिकारी युवाहरुलाई।
र अन्तमा बाघको मासु तथा हड्डी औषधिको रुपमा हरेक घरछिमेकका लागि भाग लगाइन्थ्यो भने छालाले साकेन्वा/ साकेला नाच्ने ठोल (ढोल) माेड्नेलगायत काममा लगाइन्थ्यो । समय, काल, परिस्थितिअनुसार अनेकौ सिर्जना गर्न पोख्त अादिवासीहरुका यस्ता वैज्ञानिक सिर्जनाहरु हाल एकएक गरी लोप हुँदै गएका छन् । राज्यले अंगालेको यससम्बन्धीको प्रतिकूल कानूनले गर्दा समेत यस्ता बाघखोर, चरिलिसो आदिको निर्माण र प्रयोग शुन्य रहेको अवस्था छ ।
२०७२ माघ ३ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानमा पहिचान र अधिकार विषयमा छुटेका बुँदा संशोधनमार्फत् सम्बोधन गर्ने बताएका छन् ।
‘समाजमा व्याप्त विभेदको अन्त्य भएको छ,’ मुलुक विविधताको जगमा निर्माण भएको उल्लेख गर्दै मन्त्री राईले भने, ‘अब पहुँच र प्रतिनिधित्वका सवाल अनि अधुरा पक्ष छन् त्यसलाई संविधान संशोधनमार्फत् सम्बोधन गरिने छ ।’
किरात येले संवत् ५०७६ नयाँ वर्षका अवसरमा वाम्बुले राई समाज (वामरास) संस्थाको ललितपुरमा इमाडोलस्थित नवनिर्मित भवन उद्घाटन गर्दै उक्त विचार व्यक्त गरेका हुन् ।
मन्त्री राईले राजतन्त्रको ठाउँमा गणतन्त्र स्थापित भइसकेको र भरखरै जारी संविधानबाट संस्थागत गर्ने पहल अघि बढाएको उल्लेख गरे । ‘मुलुकका सबै जातजाति भाषाभाषीको भाषा, लिपि, धर्म, संस्कृति परम्पराको संरक्षण संवर्द्धन र राजनीतिक अधिकार सुनिश्चित गराउने पक्षमा सरकार सकारात्मक छ,’ नयाँ संविधानको कार्यान्वयनमा सर्वसाधारणसमेत सकारात्मक बन्न आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘हामीले गरेका सांस्कृतिक, भाषिक र राजनीतिक आन्दोलनलाई यही संविधानले सुनिश्चित गर्ने हो ।’
‘तर स्वाधिन मुलुकको स्वाभिमानलाई अक्षुण्ण राखेर कुनै सौदबाजी गरिएको छैन,’ नयाँ संविधान जारी गर्ने प्रक्रियामा अनेखाले आग्रह, पूर्वाग्रह र घुँडा टेकाउने दबाब आएको उल्लेख गर्दै मन्त्री राईले भने, ‘अबको एजेन्डा राष्ट्र निर्माणको मात्र हो । भारतले गरेको अघोषित नाकाबन्दी अब छिट्टै अन्त्य हुनेछ भने मुलुकको राजनीतिक आन्दोलनलाई वार्ता र संवादमार्फत् चाँडै निकास पाउने छ ।’
समारोहका विशेष अतिथि किरात राई यायोक्खाका उपाध्यक्ष चन्द्रविक्रम राईले जातीय पहिचानमात्र नभई राजनीतिक अधिकारलाई संविधानले सुनिश्चित गर्न नसकेकोले जनता माथि झुठको खेती गर्न नहुने बताए ।
समाजका अध्यक्ष हिराकाजी राईले किराती वाम्बुले समुदायमा बोलिने भाषा, परम्परागत मुन्धुम संस्कार संस्कृति, इतिहास, शिक्षा, स्वास्थ्य, जनचेतनाका क्रियाकलापलाई संस्थागत रुपमा संरक्षण गर्न भवन निर्माण गरिएको बताए ।
‘सामाजिक पहिचान जोगाउन समुदायका सदस्यहरुको सहयोगमा भवन निर्माण गरेका छौं,’ करिब तीनआजा क्षेत्रफलमा साढे चारतले भवन निर्माण सम्पन्न भएको जानकारी दिंदै उनले भने, ‘अबदेखि भाषा, संस्कृति, लिपिको प्रवद्र्धन गर्न र नयाँ पुस्तामा चेतनामूलक क्रियाकलापहरु सञ्चालन हुनेछ । र हामी आफ्नोपनलाई जोगाउने छौं ।’
उक्त ‘वामरास भवन’ ७५ लाख रुपैयाँ लागतमा सम्पन्न भएको निर्माण समितिका संयोजक तिखबीर राईले जनाए । त्यस अवसरमा भवन निर्माणमा सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।
राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार वाम्बुले राई भाषा बोल्नेको संख्या १३ हजार ४ सय ७० रहेको छ ।
वाम्बुले राईहरुको मूल थलो ओखलढुंगाको दक्षिण क्षेत्र, खोटाङको पश्चिम तथा उदयपुर र सिन्धुलीमा रहेको छ । बसाइँसराइको क्रममा भोजपुर, सुनसरी, इलाम, झापा, मोरङ, धनकुटा, पाँचथर, सर्लाही, सिरहा, सप्तरी, काठमाडौं, ललितपुरमा बसोबास रहेको छ । (इसमताबाट)
- विद्या राई, घोरेटार ।
ऐतिहासिक तथा पुरातात्विक तवरले छुट्टै अस्तित्व बोकेको संखामचुलीमुनिको सयबृक्ष नजिकैको गुफामा तपस्वीको रुपमा पौष २७ गतेबाट बस्दै आएको बताउने उनीहरुलाई संखामडाँडामा सुरुङ खनिएको पाएपछि स्थानीयले नियन्त्रणमा लिएको हो । उनीहरु बस्न थालेदेखी संखाममा सुरुङ खनिएको पाएकाले सार्वजानिक स्थल अतिक्रमण तथा पुरातात्विक सम्पदाको उत्खननको आशंकामा स्थानीयले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।


उनीहरु पवित्र मनले धर्मकर्म गर्न पाँच बर्षका लागि काठमाडौबाट संखाममा आईपुगेकाले स्थानीयबाट शंका भन्दा पनि सुरक्षा र सरसहयोगको अपेक्षा गरेको बताएका छन् । स्थानीयसंग विनाजानकारी गुफा बस्नु र वास्तविक परिचय नखुलाउनु आफ्नै अदुरदर्शिताको कारण गल्ती भएको महसुस गरेको बताएका छन् । सुरुङका सम्बन्धमा निर्दोष रहेको र निर्दोषता कुनै दिन खुल्ने हुँदा स्थानीयले गुफा बस्ने वाताबरण दिएमा बस्ने नभए असुरक्षित रुपमा बस्न नसक्ने बताएका थिए ।
ज्ञान आर्जनका लागि अाध्यात्मिक दर्शनकै लागि आएको उनीहरुले बताएपछि पर्यटकीय सम्भावना बोकेको संखामचुली र सयबृक्षको प्रचारप्रसार र प्रवर्द्धनमा सहयोग पुग्ने भएकाले स्थानीयले गुफामा बस्न दिने भएको छ । यसका लागि स्थानीयले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
तर जिल्ला प्रशासन कार्यालय भोजपुरबाट सिफारिस नलिईकन तपस्या गर्न नदिने इलाका प्रहरी कार्यालयलाई आदेश आएकाले सिफारिस नलिएसम्म बस्न नदिने इन्स्पेक्टर कमल भट्टराईले बताएका छन् । खनिएको सुरुङका सन्दर्भमा स्थानीयले निगरानीमा राख्ने भएको छ । करिव २२ फुटको गहिराईमा खनिएको सुरुङमा मान्छे हिड्न सक्ने खालको रहेको स्थानीय याङ्गखीमहाङ राईले जानकारी गराएका छन् ।
तपस्याका लागि आएका उनीहरुसंग एमआरपी पासपोर्ट बाहेक अन्य प्रमाण नपाएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर भट्टराईले जनाएका छन् । पासपोर्टमा उल्लेख भएअनुसार २७ बर्षीय निराजन राई नाम गरेका पुरुषको ठेगाना खोटाङ जिल्ला रहेको तर हाल बसोवास काठमाडौ बताएका छन् भने महिलाको ठेगाना ताप्लेजुङ जिल्ला र नाम गोमा लिम्वु (३९) उल्लेख भएपनि बसोवास धरान ११ रेल्वेमा रहेको बताएकी छिन् ।
काठमाडौमा किरात धर्मको माङसेवा तपस्याका क्रममा भेट भएका निराजन र गोमा यसअघि मंसिर २ गते मंसिरे सेवा गरेर सयबृक्षबाट फर्केका थिए । त्यसपछि सयबृक्ष क्षेत्रमा अध्यात्मिक तपस्या सफल गर्नसक्ने अनुमान पछि यो पटक लामो समयका लागि तपस्या गर्न आएको उनीहरुले बताएका छन् । उनीहरुले गुफामा खानाका लागि फलफुल, कन्दमुल, दाउरा बस्नको लागि म्याट, ओड्ने ओछ्याउने, बत्तीका लागि मट्टितेल लगायतको व्यवस्था आफै गरिसकेका छन् । साथमा किरात धर्म, बौद्ध धर्म लगायत अध्यात्मिक पुस्तकहरु रहेका छन् ।
अविवाहित निराजन स्नातकोत्तर गरेको शिक्षित पुरुष समेत रहेको बताएका छन् । गोमा विवाहित रहेको दश बर्षे छोरा सहितको श्रीमान घरानमा बसोवास गर्दै आएको बताएका छन् । आफ्ना बारेमा नकरात्मक सन्देश जाने हुदा गोप्य रहन चाहेको उनीहरुको भनाई छ ।
- गणेशकुमार राई ।
२०७२ माघ २। मगरहरुको महान् चाड माघे सकरातीको अवसर पारेर राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका नेता गंगाबहादुर थापाले जनजातिहरु सूर्य ग्रह भएको तर प्रधानमन्त्री केपी शर्मा ओलीले राहु र केतु सम्झिएको बताए ।
![]() |
| तस्वीर : गणेशकुमार राई |
कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्रीसँग आक्रोश व्यक्त गर्दै थापाले भने, ‘हामीले अधिकार माग्यौं । तर, प्रधानमन्त्रीले आफूलाई शान्तसँग बस्न नदिने राहु र केतु सम्झनुभयो ।’
उनले मगर समुदायको तर्फबाट पहिचानसहितको मगराँत राज्यको माग गर्दै धर्मनिरपेक्षताको कुनै व्याख्या गर्न नहुने र संघीय राज्यहरुको हरेक निकायमा पूर्ण समानुपातिक समावेशी प्रणाली लागु गरिनुपर्नेमा जोड दिएका थिए ।
थापाले पहिचानसहितको राज्यहरु प्रदान गर्दा कुनै पनि हालतमा देश नटुक्रने जिकिर गर्दै यदि त्यसो हुँदा देश टुक्रिए टुँडिखेलमा ‘मगराँत स्वायत्त राज्य जिन्दावाद !’ लेखिएको झण्डाको डण्डीमा झुन्ड्याएर फाँसी दिनसमेत चुनौति दिएका थिए ।
ओलीको जवाफ, ‘मगरहरु राहु र केतु होइनन्, मेरा दाइना हुन्’
निर्धारित समयभन्दा निकै ढिला आइपुगेका प्रधानमन्त्री हतारोमा थिए । अरुको पालोलाई मिच्दै उनले मन्तव्यका क्रममा थापालाई जवाफमा भने, ‘मगरहरु मेरा लागि राहु र केतु होइनन् । जनजातिहरु मेरा लागि राहु र केतु होइनन् । उनीहरु मेरा दाइना हुन् । दाइना भएकैले म प्रधानमन्त्री भएको हुँ । उपराष्ट्रपति मगर, सभामुख मगर, मन्त्री मगर, राज्यमन्त्री मगर । अनि कसरी राहु र केतु ? मगरहरु मेरा दाइना हुन्, म मगरहरुको दाइना हुँ ।’
आयोजकबीच भने कार्यक्रममा केपी ओलीलाई प्रमुख अतिथि ल्याउने कि नल्याउने ? भन्ने सन्दर्भमा विवाद रहेको थियो । ओलीलाई प्रमुख अतिथि बनाउने भएपछि बैठकमै एक महिलाले दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । ती महिलाको प्रतिक्रिया यस्तो रहेको थियो :
‘सिंहदरबारको दशैं पूजा, पशुपतिनाथको भित्री कोठामा, सत्यनारायणको पूजामा, भागवतगीतापाठ गर्दा, रुद्री लगाउँदा अनि जनै फेर्दा हामीलाई प्रमुख अतिथि बनाउँछन् ? बनाका छन् कहिले ? माघे सकरातीमा ओलीलाई प्रमुख अतिथि बनाउने मगर संघका २–४ जना नाइकेहरुलाई जनै देऊ ।’
‘तीरले लाग्यो, मगराँत पाइने भो’
ओलीले औपचारिक कार्यक्रमको उद्घाटन गर्दै धनुले वाण हान्दा ‘मगराँत’ लेखिएको फ्लेक्समा लागेपछि ‘होऊ… तीरले लाग्यो, अब मगराँत जसरी नि पाइन्छ’ भन्दै ग्राउन्डबाट हुटिङ भएको थियो ।
हजारौं मगर समुदायको उपस्थिति रहेको टुँडिखेलमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । युवायुवतीहरु खैंजडी र मादल बजाउँदै कौडा नाच्नमा व्यस्त देखिएका थिए । (इसमताबाट)
२०७२ माघ १। किराती समुदायले मान्दै आएको किरात यले सम्वत्अनुसार आजदेखि नयाँ वर्ष ५०७६ सुरु भएको छ ।
किराती राई, लिम्बू, याक्खा, सुनुवार लगायतका किरातीहरुले यले सम्वत मान्दछन् । यले नयाँ सम्वतको अवसरमा आज किरात राई यायोक्खा केन्द्रीय समितिले केन्द्रीय समितिको कार्यालय कोटेश्वर काठमाडौंमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको यायोक्खा केन्द्रीय महासचिव दिवस राईले बताए ।
काठमाडौंका साथै विभिन्न स्थानमा राई, लिम्बू, याक्खा र सुनुवारले नयाँ वर्ष तथा माघे संक्रान्ति चाड मनाइरहेका छन् । माघे संक्रान्ति किराती, मगर, थारु लागतयका आदिवासी समुदायले धुमधामसँग मनाउँदै आएका छन् ।
आदिवासीहरुले कृषि युग सुरुवात भएको सम्झना गर्दै वनतरुल पोलेर तेलसँग मिसाएर टिका लगाउने, तरुल, सेलरोटी बनाएर खाने गर्दछन् । माघे संक्रान्ति किरातहरुसँगै पश्चिमका मगर र तराईका थारु आदिवासीहरुले भव्य रुपमा मनाउने गर्दछन् ।
आदिवासी जनजातिहरुले मान्ने सांस्कृतिक चाड माघे संक्रान्तिको अवसरमा प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेखि भण्डारी, उपराष्ट्रपति नन्दकुमार पुनले विज्ञप्ति प्रकाशन गरेर शुभकामना दिएका छन् ।
किरात यले सम्वत् माघ १ गते सुरु हुने भनिए पनि हाल आएर किरातीहरुले यसमा सुधार ल्याउन पहल गरिरहेको देखिन्छ। विक्रम सम्वत् अवैज्ञानिक भएकोले माघ १ गते नै नयाँ वर्षको पहिलो दिन मान्दा पृथ्वीको सूर्यलाई परिक्रमा गर्ने कक्षसँग मेल नखाने भएकोले माघ १ गतेभन्दा केही दिन अगाडि नै नयाँ वर्ष सुरु हुने भएको क्यालेण्डर सार्वजनिक गरेका छन्। प्रस्तावित क्यालेण्डर विक्रम सम्वत भन्दा वैज्ञानिक पनि भएको बताइएको छ । (सौजन्य: इसमता)
यो पनि पढ्नुहोस् किराती परिमार्जित नयाँ क्यालेण्डर
- गणेश पुमा चिन्तन
हात्नि पुङ्ङा ओह्यात्नि बेन्ङा चाआङ् ठक्कर
ङ्दुङ् चोओङ् पुक्दुङ् चिलुङ् चासो हन्डर ।
जत्ति बल पाक्किनिछे केना हत्निओ
हेन्ना ङाना नम्मा चिमा रङ्निन् योङ्निचो ।।एन्हाक्नुङ्वा लोन्दाकिना थोङ्मा युन्पा चिमाआ
हत्नि सारो दुखा खाइत् अक्ता खोरिआ ।
दुखा सुखा मुमाङेदोत् मन्ना हङ्मालाइ
हत्नि चिमा तोक्कुम्याम्कु जन्म लिस्निन्केइ ।।
वारङ् वारङ् पुङ्ङे ओन्दे एन्दुम् तुप्याङ्सो
मेन्तोङ् मेन्तोङ् पयुङमिन्ने खालि योङ्निचो ।
देम्खातालो युङ्ङिओन्दे मेन्तोङ् मेन्तोङ् के
अक्नि अक्नि फामुयाङ्सो केना युङ्ङिने ।।
रचनाकाल: २०५४ असार १७ गते
२०७२ पुस १९। निरन्तर ६ महिना लामो प्रशासनिक प्रक्रियापछि मुन्दुम अनुसन्धान केन्द्र, नेपाल ललितपुर जिल्लाबाट दर्ता भएको छ। किरातीहरुको हजारौं वर्षदेखि मौखिक रुपमा भनिँदै आएको मुन्दुम जोगाउने, अध्ययन-अनुसन्धान गर्ने तीव्र इच्छाशक्ति नभएको भए संस्था दर्ता प्रक्रिया नै बीचैमा तुहिने खतरा थियो ।
वडा कार्यालयबाट नगरपालिका, नगरपालिकाबाट जिल्ला विकास कार्यालय, जिल्ला विकासबाट सीडीओ कार्यालय, सीडीओ कार्यालयबाट क्षेत्रीय प्रशासन कार्यालय, क्षेत्रीय प्रशासन कार्यालयबाट संस्कृति मन्त्रालय, संस्कृति मन्त्रालयबाट फेरि क्षेत्रीय प्रशासन कार्यालय र अन्तिममा क्षेत्रीय प्रशासन कार्यालयले सीडीओ कार्यालय ललितपुरलाई संस्था दर्ता गर्न पत्र लेखेपछि मुन्दुम अनुसन्धान केन्द्रले दर्ता नम्बर ४२८६/०७२ पाएको छ।
- भोगीराज चाम्लिङ
किरात राईहरूका मुदुमअनुसार उनीहरूको आदिमथलो नियामा÷निवामा हो । तर, केही राईहरूले खुवालुङलाई पनि आदिमथलो बताउने गर्छन् । सबै राईहरूले बताउने साझा कुरा चाहिँ के भने खुवालुङपछि वराहक्षेत्र हुँदै किरात पुर्खाहरू सप्तकोशी पार गरेर खोला–नदी पछ्याउँदै नेपालको पूर्वी पहाडमा फैलिएका हुन् ।
मुदुम गाउने क्रममा नछुङ (धामी) हरूले सबैभन्दा पहिला चुलाको पुकार गर्छन् । चुलाको पुकार गरेर क्रमशः सँघार, सिकुवा, बलेसी, आँगन, धारा–कुवाबाट हुँदै आदिमथलो नियामा÷निवामासम्म पुग्छन् र नियामा/निवामाबाट पुकार गर्दै पुनः चुलामै आइपुग्छन् । मुदुम गाउँदा नछुङहरूले एउटा चक्र पूरा गर्छन् । नछुङहरूले सांस्कृतिक यात्रा (ritual journey) चुलाबाट सुरू गर्दा नियामा÷निवामाको पुकार अन्तिममा आउँछ भने फर्किंदा नियामा/निवामाबाट सुरू भएर चुलाको पुकार अन्तिममा आउँछ ।
नियामा/निवामाका बारेमा किरात राईहरुका मुदुममा विभिन्नथरि व्याख्या र थरिथरि शब्द प्रयोग भएको पाइन्छ । जस्तो कि कुलुङ राईहरू आदिमथलोलाई नावामा भन्ने गर्छन् (Nicoletti, 2006 :163) भने चाम्लिङ राईहरूले नियामा/निवामा भन्ने गर्छन् (चाम्लिङ, २०७० :८३) । बान्तावा राईहरूले नेवामा 2 भन्ने गर्छन् भने साम्पाङ राईहरू नेवला÷नेवालालाई आदिमथलो मान्ने गर्छन् (राई २०७० :२३२ र २८९) । याम्फूहरुले निवालुङ भन्छन् (Yamphu : 50) ।
लिम्बूहरूले सृष्टिसम्बन्धी वर्णन गर्ने मुन्धुमलाई ‘नावा चःइत्’ भन्ने गर्छन् (वैरागी २०६० : १) । सृष्टि भन्ने अर्थ बुझाउन प्रयोग गरिने ‘नावा’ शब्द कतै आदिमथलो बुझाउने शब्दबाट अर्थ परिवर्तन पो भएको हो कि ? थप अध्ययनको आवश्यकता छ । किरात राईहरूले भन्ने गरेको आदिमथलो निवामा/नेवामा/नावामासँग यसको नजिकको सम्बन्ध हुन सक्छ ।
कुलुङ राईहरू आफू उत्पत्ति भएको थलो ‘मिनापोङ्खा हलखुम्बु’लाई मान्ने गर्छन् । निकोलेट्टीले यो ठाउँलाई सप्तकोशीको तल्लो मैदानको रूपमा व्याख्या गरेका छन् (Nicoletti, 2004:64) । तर यो शुद्ध अनुमान मात्रै हो किनभने पुरातात्विक, भाषा र वंशाणु अध्ययनले राईहरुको उत्पत्ति नेपालको तराईमा भएको पुष्टि हुँदैन । कुलुङ धामीहरूले सांस्कृतिक यात्रा गर्ने क्रममा मिनापोङ्खा हलखुम्बुपछि नावामाको कुरा गर्छन् (Nicoletti, 2004:163) । कुलुङहरू नावामाको पुकार गरेपछि अन्न उत्पत्ति भएको थलो चासुमपोङ्खाको कुरा गर्ने गर्छन् (Nicoletti, 2004:60, 163) ।
चाम्लिङ मुदुमअनुसार किरातहरू नछुङ (shamanism) सहित नियामा÷निवामाबाट आएका हुन् । मुदुमअनुसार नियामा÷निवामामा सुर्लुमी, मुबुमी, कुबुमीजस्ता नछुङ (धामी)हरू पैदा भइसकेका थिए । अगेना पुज्ने र अजिङ्गर पुज्ने किरात पुर्खाहरू पैदा भइसकेका थिए (चाम्लिङ २०७१ :७६) । नियामा÷निवामाबाट धामीले ढोल, थाल, कर्छारी (ढोल–थाल बजाउने)हरू ल्याएका थिए (चाम्लिङ २०७१ :८५) । चाम्लिङ नछुङहरूले विरामीको उपचार, शिर उभ्याइदिने आदि थुप्रै कार्य गर्दा नियामा÷निवामाको नाम लिने गर्छन् (चाम्लिङ २०७१ :७५–११२) । कतिपय क्षेत्रका चाम्लिङहरूले नियामा–ताप्कुमा शब्द पनि प्रयोग गर्ने गर्छन् (Ebert & Gaenszle 2008 : 77) ।
चाम्लिङ शब्दकोशमा नियामाको अर्थ मधेश भनेर गरिएको छ भने नियामाछँ भनेर पराललाई अथ्र्याइएको छ (राई सन् २००७ :१५६) । बान्तावा शब्दकोशमा नियामालाई मलिलो जग्गा, उब्जाउशील भूमि, बढी अन्न फल्ने जमिन तथा तराई, मधेश भनेर मुन्दुमी शब्दको रूपमा अथ्र्याइएको छ (बान्तावा २०६७ :१२०) ।
चाम्लिङ नछुङ (धामी) शिवराज राईका अनुसार नियामा भनेको भारतको काशी हो । तर, यो पनि शुद्ध अनुमान मात्र हो । माथि भनिएजस्तै पुरातत्व, भाषा र वंशाणु अध्ययन कुनै पनि कुराले किरातहरुको आदिमथलो काशी हो भन्ने पुष्टि भएको छैन । त्यस्तै गडुलमान राईले नियामालाई नेपालको अहिलेको तराई भनेका छन् (राई २०६६ :११४–११५) । यो पनि उब्जाउशील भूमि देखेर गरिएको व्याख्या मात्र हो । भोगीराज चाम्लिङले चाहिँ नियामा (निवामा÷नावामा÷नायोङ्मा) चीनको सिन्जियाङ प्रान्तमा पर्ने ‘निया’ हुन सक्ने तर्क अघि सारेका छन् । भोट–बर्मेली भाषा परिवारमा स्थाननामका पछाडि ‘मा’ प्रत्यय जोडिने भएकोले ‘निया’ शब्दमा ‘मा’ जोडिएर ‘नियामा’ भएको हुन सक्ने तर्क गरेका हुन् उनले (चाम्लिङ, २०७० :३४–३५) ।
करेन एबर्टले नियामालाई उब्जाउशील मैदान जहाँ महिला पुर्खा (female ancestor) पैदा भए भनेर व्याख्या गरेका छन् (Ebert & Gaenszle 2008 : 97) । ठीक यहाँ चाहिँ राहुल सांकृत्यायनले किरातहरू ईसापूर्व १००५० वर्ष पहिले भारतका जंगलमा जहींतहीं पाइन्थे, उनीहरू मातृसत्तात्मक व्यवस्थामा थिए (सांकृत्यायन सन् २०११ :१९) भन्ने कुरा स्मरणीय छ ।
याम्फूहरूले तराईलाई याङ्ली भन्ने गर्छन् (Yamphu :53) तर यो नेपालको तराई हो कि चीन अथवा भारतमा पर्छ ? याम्फू मिन्दुमअनुसार पप्पा र ममेकले निवालुङ सृष्टि गरेका हुन् र निङवालुङ हावाको थलो हो (Yamphu : 50) । याम्फू मिन्दुममा निवालुङलाई पृथ्वीको कुनै स्थानका रुपमा भन्दा पनि अलौकिक रंग दिइएको छ ।
साम्पाङ राईहरूका अनुसार नेवला÷नेवाला अन्नबाली उत्पत्ति भएको थलो हो (राई २०७० :१८३) । अहिले उब्जाउशील भूमि देखेर होला, नेवला÷नेवालालाई नेपालको मधेश भनेर खगेन्द्र राईले व्याख्या गरेका छन् (राई २०७० :२९०) । तर यहाँ स्मरणीय कुरा चाहिँ के भने सन् २०१० र २०११ मा लुम्बिनी मायादेवी मन्दिरवरिपरि गरिएको उत्खननले त्यो क्षेत्रमा इसापूर्व १३०० मा प्रारम्भिक खेती सुरू भएको पत्ता लागेको छ (Coningham & Acharya, 2013:11) । तर, चीनको ह्वाङहो (यल्लो रिभर) र याङ्जे नदीको उपत्यकामा योभन्दा धेरै पहिला इसापूर्व १०००० वर्षअघि खेतीपाती सुरू भइसकेको थियो । र, यही नदीको उपत्यकाबाट भोट–बर्मेली भाषा बोल्नेहरू बसाइँ सरेर चीन र नेपालमा फैलिएको अध्ययनले देखाएको छ ।
सबैथरि राईहरुको मुदुम संकलन नभइसकेको र कतिपयको संकलन भए पनि खसभाषालगायतमा अनुवाद नभइसकेको कारण नियामा÷निवामाका बारेमा धेरै भन्न सकिएन । तर, उल्लेखित कुराहरुका आधारमा किरात राईहरूले मुदुममा वर्णन गर्ने नियामा÷निवामाका ४ वटा विशेषता देखिन्छ । एक, नियामा÷निवामा किरातहरुको आदिमथलो हो । दुई, नियामा÷निवामा खेतीपाती सुरु गरिएको उब्जाउशील थलो हो । तीन, नियामा÷निवामा सम्म परेको मैदान हो । र चार, किरातहरुले नछुङ (धामी) प्रथा नियामा÷निवामाबाट लिएर आएका हुन् । यी चार विशेषताका आधारमा नियामा÷निवामा कहाँ पर्छ भन्ने विश्लेषण गर्न सकिन्छ ।
क) कागुन खेतीको सुरुवात
किरातहरूले खेती गर्ने प्राग्ऐतिहासिक अन्नहरूमध्ये कागुनी एक हो । अहिले फाट्टफुट्ट खेती गरिने यो अन्न उनीहरूको पितृपूजामा प्रयोग हुने गर्छ ।
चाम्लिङ राईहरूले कागुनीलाई फ्यार, साप्खिचा, फेरों भन्ने गर्छन् । बान्तावा राईहरूले फेसाक, फेसा भन्ने गर्छन् । याम्फूहरूले पिया शब्द प्रयोग गर्छन् भने लिम्बूहरू पया? भन्ने गर्छन् । यता दुमी राईहरूले कागुनीलाई बुछु, बुहु भन्छन् ।
खालिङहरूले ब्यो भन्ने गर्छन् । सिनो–तिब्बती (भोट–चिनिया) भाषामा कागुनीलाई (van Driem 2008 : 235) भनिन्छ जुन किरात राईहरूले प्रयोग गर्ने शब्दको मूल हो ।
पुरातात्विक अध्ययनअनुसार ह्वाङहो (यल्लो रिभर) नदीको माथिल्लो–मध्य उपत्यकामा १० हजार वर्षअघि नवपाषाण युगको विकास भएको थियो । ती मानवहरू आधुनिक सिनो–तिब्बती मूलका पुर्खाहरू थिए (Su, 2000: 582) । सिनो–तिब्बतीका पुर्खाहरूले ह्वाङहो नदीको माथिल्लो र मध्य–उपत्यकामा १० हजार वर्षअघि कागुन खेती (millet) । तर, भानड्रिमका अनुसार सिचुआनमा कागुन खेती सुरू भएको थियो ।
किरातहरूले कागुनीका लागि प्रयोग गर्ने शब्द र भोट–चिनियाँ भाषामा प्रयोग हुने शब्दमा समानता हुनु, कागुनीलाई पितृलाई चढाउने पवित्र अन्न मान्नु, चीनको यल्लोरिभरबाट कागुनीखेती अरुतिर फैलिनु र अहिले मासिँदै गए पनि केही समयअघिसम्म नेपालका किरातहरुले कागुनी खेती गर्नुले नेपालका किरातहरुको आदिमथलो चीन हो भन्ने देखिन्छ ।
ख) समनजिम् (धामीप्रथा)को उत्पत्ति
समनिजम् अर्थात् धामीप्रथा विश्वभरि नै फैलिएको छ । साइबेरियादेखि उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलिया, एसिया, अफ्रिका सबैतिर समनिजम् पाइन्छ । विद्वान्हरूका अनुसार एक क्षेत्रका भाषा र संस्कृति अर्को क्षेत्रका भाषा र संस्कृतिसँग, त्यस्तै गरेर एक समुदायको र अर्को समुदायसँग सम्पर्क भएर समनिजम् विश्वभरि फैलिएको हो । अहिलेको समनिजम् कम्तीमा २०,००० वर्षअघि विकास भएको मानिन्छ । र, समनिजम्सँग सम्बन्धित चित्र फ्रान्सको लसकक्स गुफामा फेला परेको छ जुन कार्बनडेटिङबाट १४,००० देखि १२,६०० इसापूर्व मानिएको छ (Pratt, 2007: xvii) ।
समनिजम्को उत्पत्तिथलो साइबेरिया र मध्यएसिया(central Asia) लाई मानिन्छ (Price 2001:43) । नेपालको तराई क्षेत्र समनिजम्को उत्पत्तिथलो होइन । यसका साथै तिब्बती परम्परामा गुरूमपा शब्द प्रयोग हुने गरेको छ जुन शब्द किरातीहरूले धामीका लागि प्रयोग गर्ने मपा, मोपासँग मिल्दोजुल्दो छ । मुदुमले नियामा÷निवामामा धामी पैदा भइसकेको थियो भन्ने बताउने भएकोले नेपालको तराई नियामा÷निवामा हुन सक्दैन ।
ग) ६ हजार वर्ष पुरानो भाषा
पछिल्लो समयमा मान्छेको वंशाणुका आधारमा पुख्र्यौली अध्ययन गर्ने विज्ञानको सुरुवात भएको छ । पर्याप्त नभए पनि किरातलगायत थुप्रै जातिको वंशाणु अध्ययन भइसकेको छ । चीनमा त वंशाणुको अध्ययन व्यापक रुपमा भएको छ । ती अध्ययनले चिनियाँ वंशाणु H8 को उमेर २०,००० देखि ४०,००० वर्ष पुरानो देखिन्छ भने भोट–बर्मेली H8 को उमेर ५,२०० देखि ५,९०० वर्ष पुरानो देखिन्छ (Su, 2000: 588) । भाषिक अध्ययनले पनि लगभग वंशाणु अध्ययनले देखाएकै हाराहारीको समय देखाएको छ जसअनुसार प्रोटो–सिनो–तिब्बती भाषा ६००० वर्षअघिसम्म बोलिन्थ्यो Su, 2000: 583) । त्यस्तै ६००० वर्षअघि भोट–बर्मेली भाषा र सिनो (चिनियाँ) भाषाबीच विभाजन भएको थियो ।
केही विद्वान्हरुका अनुसार प्रोटो–भोट–बर्मेली भाषा बोल्नेहरू ह्वाङ–हो (यल्लो रिभर)बाट सुरूमा पश्चिमतिर लागेका थिए । त्यसपछि दक्षिणतिर मोडिएर अहिलेको हिमालय क्षेत्रमा बसोबास गरेका हुन् । उनीहरू ह्वाङ–होबाट किङझाइ प्रान्ततर्फ पश्चिम बढेर दक्षिणतिर लाग्दै तिब्बतबाट हिमालय पार गरेर नेपाल आइपुगे (Su, 2000: 589) । उनीहरू ५७०० वर्षदेखि ६००० हजार वर्षअघि नेपाल प्रवेश गरेका थिए (Wang, 2012: 233) ।
अर्को रोचक तथ्य के भने चीनको प्राचीन सिल्क रोडमा खोटाङ भन्ने स्थान छ, नेपालमा पनि राईहरू बस्ने पूर्वी पहाडमा जिल्लाको नाम नै खोटाङ राखिएको छ । मानवजातिले आफूसँगै स्थाननाम, भाषा, संस्कृति पनि सँगसँगै लिएर हिँड्ने भएकोले किरात राईहरू चीनबाट यता आउने क्रममा ती स्थानका नामहरू पनि आफूसँग लिएर आएका हुन् भन्न सकिन्छ ।
घ) वंशाणु र बसाइँसराइ
तिब्बततिरबाट हिमालय पार गरेर नेपाल आइपुगेका भोट–बर्मेली भाषा बोल्ने समुदायको बसाइँसराइ विभिन्न समयमा भएको थियो (Gayden 2007 : 891) । त्यस्तै अर्को अध्ययनले पनि शृंखलावद्ध रूपमा हिमालय क्षेत्रमा उनीहरुको बसाइँसराइ भएको देखाएको छ (Su 2000 : 891) ।
नवपाषाण युगका पहिलो खेती गर्ने भोट–बर्मेलीभाषीका पुर्खाहरु चीनको सिचुआनबाट उत्तरतिर ह्वाङ–हो (यल्लो रिभर) नदीको मलिलो उपत्यकामा सरेका थिए । अर्को समूह चाहिँ सिचुआनबाट दक्षिणतिर लागेर उत्तर–पूर्वी भारतसम्म आएका थिए । पालिस लगाइएको ढुंगे औजार र कर्ड माक्र्ड पोटरी (cord marked pottery) यहींबाट उत्तर–पूर्वी भारतसम्म आइपुगेको थियो । र, ती भोट–बर्मेलीभाषीहरू इसापूर्व ७००० वर्षअघि दुई शाखामा बाँडिएका थिए (Van driem, neolithic correlates : 75) .
भोट–बर्मेलीभाषी दुई समूहमध्ये उत्तरी सिचुआन र पूर्वी तिब्बतबाट भूटान तथा सिक्किम आइपुगेको समूहले इसापूर्व चौथो शताब्दीको अन्तिमदेखि तेस्रो शताब्दीको सुरूमा तिब्बती पठार (platue) पार गरिसकेका थिए । त्यस्तै काराकोरम हुँदै कास्मिरबाट आएको समूह इसापूर्व तेस्रो शताब्दीको मध्यतिर नेपालको पहाडी भूभागमा फैलिएका थिए (Van driem, neolithic correlates : 86) . ।
सिचुआनबाट दक्षिण–पूर्व लागेकाहरू तिब्बत, भुटान र सिक्किम आइपुगे भने गान्सुबाट पश्चिम लागेकाहरू काराकोरम हुँदै कस्मिरबाट पूर्व हुँदै हिमालयको दक्षिण (अर्थात्) नेपालका पहाडी भूभागमा लिम्बुवानसम्म फैलिए(Van Driem, Neolithic Correlates : 77-78, 80) । भोट–बर्मेलीभाषीहरू पश्चिमबाट नेपालको पहाडी भूभागमा फैलिएका थिए (Van Driem, Neolithic Correlates:82-83) ।
अर्को अध्ययनअनुसार पनि प्रोटो–भोट–बर्मेलीले बसाइँसराइका क्रममा पछ्याएको बाटो चिरपरिचित झाङ (तिब्बत)–मेन कोरिडर (corridor) हो जुन हिमालय क्षेत्रमा पूर्वबाट प्रवेश गर्ने चिरपरिचित बाटो हो । ह्वाङ–होको माथिल्लो क्षेत्रबाट सुरू हुने यो यात्रा किङघाइ प्रोभिन्स पार गरेर दक्षिणतिर हिमालयतिर लाग्छ । बेरिक (Baric) शाखा दक्षिणतिर लाग्दै हिमालय पार गरेर भुटान, नेपाल, उत्तर–पूर्वी भारत र उत्तर युन्नान पुग्छ (Su, 2000 : 588-89) .
वंशाणु अध्ययनले बताएअनुसार पनि किरातहरु प्रस्टै रुपमा चीनको ह्वाङ–होबाट फैलिएका हुन् । भनेपछि मुदुमले वर्णन गर्ने नियामा÷निवामा चीनमै पर्छ । र, त्यो सायद ह्वाङ–हो नदीको मैदानी मलिलो उपत्यका नै हुनुपर्छ ।
टुङ्ग्याउनीमा म के भन्छु भने मुदुममा वर्णित किरातहरुको आदिमथलो नियामा÷निवामा नेपालको तराई होइन भन्ने कुरा उल्लेखित चार वटै तथ्यले बताइरहेको छ । यद्यपि यो अध्ययन पनि पर्याप्त होइन तर मेरो सीमित अध्ययनले चाहिँ नियामा÷निवामा चीनको ह्वाङ–हो नदीको उपत्यकामै पर्छ भन्ने निचोडमा पुगेको छु । थप बहस र अध्ययन चालु रहने नै छ ।
किरातहरुको प्राग्ऐतिहासिक बसाइँसराइ (भान ड्रिमले गरेको अध्ययन)
सन्दर्भसामग्री
काइँला, वैरागी (सन् १९९९) । ‘मुन्धुम’ । निर्माण (संस्कृति विशेषांक) । वर्ष १९, अंक ३४, अप्रिल १९९९ । सिक्किम, निर्माण प्रकाशन ।
काइँला, बैरागी । २०६० । संकलक÷सम्पादक÷अनुवादक । चइःत् मुन्धुम (सृष्टिवर्णन) । प्रथम संस्करण । काठमाडौं ः लिम्बू साहित्य विकास संस्था ।
काइँला, बैरागी । २०७१ । ‘मुन्धुमबारे नयाँ पुस्ताले धेरै काम गर्नुछ’ । तुवाचुङ–जायजुम । सम्पादक चतुरभक्त राई । अंक २ । किरात उद्गम आदिमभूमि तुवाचुङ–जायजुम संरक्षण समिति, हलेसी–१, खोटाङ ।
चाम्लिङ, भोगीराज । सम्पादक । २०७१ । मुन्दुम ः सृष्टिकथा, भाग १ । प्रथम संस्करण । काठमाडौं ः किरात राई चाम्लिङ खाम्बातिम, केन्द्रीय समिति ।
ढुंगेल, डा. रमेश (२०६९) । ‘विगत बुझ्ने प्रयास’ । हिमाल खबरपत्रिका । १६–३०, असोज ।
बान्तावा, डिक । सम्पादक । २०६७ । किरात बान्तावा (राई) शब्दकोश । तेस्रो संस्करण । प्रकाशक ः मेजर चामबहादुर राई ।
राई, डा. खगेन्द्रबहादुर । विसं २०७० । किरात साम्पाङ राई चिनारी (वंशावली) । प्रथम संस्करण । खोटाङ ः कल्पना राई (दिप्लुङ–६) ।
राई, गडुलमान । विसं २०६६ । किरात संस्कार । दोस्रो संस्करण । ललितपुर ः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान; सिद्धार्थ राई, जीवनज्योति राई, किरण राई र आतंक राई ।
राई, प्रा.डा. नोवलकिशोर, प्रा.डा. विष्णु एस राई, टंकबहादुर राई र बागदेवी राई । सम्पादक । सन् २००७ । चाम्लिङ–नेपाली–अंग्रेजी शब्दकोश । प्रथम संस्करण । काठमाडौं ः किरात चाम्लिङ राई शब्दकोश तथा व्याकरण निर्माण मूल समिति ।
राई, तारामणि । विसं २०७१ । साकेल् ः कोयी मिथक, सिली र अनुष्ठान विधिको विश्लेषण । प्रथम संस्करण । कोयी÷कोयू राई समाजका लागि काजीकुमार कोयी राई, लोकेन्द्र कोयी राई, हर्कजंग कोयी राई र सुमन कोयी राई ।
सांकृत्यायन, राहुल । सन् २०११ । ऋग्वैदिक आर्य (ऐतिहासिक और सांस्कृतिक अध्ययन) । चौथो संस्करण । इलाहाबाद ः किताब महल ।
Allen, N.J. (2012), Miyapma: Traditional Narratives of the Thulung Rai, Kathmandu: Vajra Publications.
Coningham, Robin & Kosh P A charya, 2013, Strengthening conservation and management of Lumbini, the Birthplace of Lord Budha, World Heritage Property, UNESCO office in Kathmandu.
Ebert, Karen & Gaenszle, Martin (2008), Rai Mythology: Kirati Oral Texts, The Department of Sanskrit and Indian Studies, Harvard University.
Gayden, Tenzin & others (2007), The Himalayas as a Directional Barrier to Gene Flow, The American Journal of Human Genetics, Volume 80, May 2007.
Nicoletti, Martino (2006), Samanic Solitudes: Ecstasy, Madness and Spirit Possession in the Nepal Himalayas, second revised edition, Kathmandu: Vajra Publications.
Pratt, Christina (2007),An Encyclopedia of Shamanism, Volume two N-Z, First edition, New York: The Rosen Publishing Group, Inc.
van Driem, George (2008), ‘To which language family does Chinese belong, or what’s in a name?’, Past Human Migrations in East Asia: Matching archaeology, linguistics and genetics, First edition, New York: Routledge.
Price, Neil S. (2001), The Archaeology of Shamanism, First edition, New York: Routledge.
van Driem, George (2012), The ethnolinguistic identity of the domesticators of Asian rice, www.sciencedirect.com.
van Driem, George (?), A Prehistoric Thoroughfare between the Ganges and the Himalayas.
Su, Bing & others (2000), Y Chromosome haplotypes reveal prehistoric migration to the Himalayas, Hum Genet, 11 november 2000 (published on online).
Wang, Hua-wei (2012), Revisiting the role of the Himalays in peopling Nepal: insights from mitochondrial genomes, Journal of Human Genetics, Volume 57, march 22, 2012 (published online).
Yamphu, Hom (2014), Mndum: Account of Yamphu Origin and Indigenity, A Dissertation Submitted to Faculty of Humanities and Social Sciences Central Department of Sociology/Anthropology Tribhuvan University, Kirtipur in the Partial Fulfillment of the Requirements for the Master of Philosophy In Anthropology. (खबरडबलीबाट)




















