photoharu loksewa
  • मूलघर
  • समसामयिक
  • सृजना
  • दृष्टिकोण
  • मनोरञ्जन/स्वास्थ्य
  • फोटो ग्यालरी
  • लोकसेवा
  • सूचना जानकारी
  • विविध
  • हेङ्खामा


-  गणेश चिन्तन।
नेपाल संविधानत: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो। यस वाक्यांशले देशमा विभिन्न तहगत लोकतान्त्रिक सरकारहरु क्रियाशील रहने तथ्य प्रष्ट पार्दछ।यसै अनुरुप हाल ७५३ वटा स्थानीय, ७ वटा प्रदेशस्तरीय र १ वटा संघीय गरी ७६१ तहबाट देशमा शासनसत्ता सञ्‍चालन भइरहेको छ। शासन सञ्‍चालनमा जनताका अभिमत प्राप्त जनप्रतिनिधि नै प्रत्यक्ष सहभागी छन्। संविधानको धारा २ ले नेपाली जनता सार्वभौमसत्ता र राजकीयसत्ता सम्पन्न हुनेछन् भनी परिभाषित गरेको छ। यसबाट के स्पष्ट हुन्छ भने नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्रमा नेपाली जनता सर्वेसर्वा हुन्छन्। राजनीतिक आदर्शलाई सर्वोच्च विचारधारा मानिएको यस अवस्थामा देशको शासन प्रणाली कस्तो बनाउने? राजनीतिक सामाजिकीकरणमा कुन बाटो पहिल्याउने? भन्‍ने निर्णय गर्न नेपाली जनता आफै स्वतन्त्र छन्।
नेपालमा राजनीतिलाई सर्वोच्च स्थान दिइएको छ। यो लोकतन्त्रको आधारशीला पनि हो। बलिदानीपूर्ण राजनीतिको बलबाट नै नेपालको निरंकुश शासनप्रणालीले प्रजातान्त्रिक हुँदै लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा तय गरेको हो। राजनीतिले सम्पूर्ण देशबासीको वर्तमान र भावी कार्यदिशा, जीवनशैली र जीवनस्तर निर्धारण गर्दछ। विश्‍वका अधिकांश मुलुकमा रुचाइएको लोकतान्त्रिक गणतन्त्रात्मक शासनप्रणाली हाल नेपालमा अभ्यासमा रहेको छ। राणाहरुको एग्नेट शासन प्रणाली र राजा महेन्द्रले नेपाली माटो सुहाउँदो भनी नाम दिएको पञ्‍चायती शासनबाट समेत दिग्दार भएका नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनबाट हाल यो शासनप्रणाली नेपालमा सम्भव भएको हो।
लोकतन्त्र र जनताको स्वतन्त्रता बीच अन्योन्याश्रित सम्बन्ध रहन्छ। वर्तमान संविधानले जनताको अधिकतम इच्छा र आवश्यकताका विषयहरु सम्बोधन गरेको छ भन्‍ने संविधानविद्हरुको मत छ। यसोहुँदा देशलाई कुन बाटोमा अघि बढाउने भन्‍ने सन्दर्भ सिधै जनतासँग ठोक्‍किन पुग्छ। राजनीतिशास्त्रीहरुको भनाई छ- संघीयता र लोकतन्त्रको सफलताका लागि जनतामा शिक्षा तथा सभ्यता, राष्ट्रप्रतिको श्रद्धा र राजनीतिक सामाजिकीकरण जस्ता आधारभूत विषयहरुको विकास भएको हुनुपर्छ। यसले राजनीतिक सर्वोच्चतालाई समेत स्थायित्व प्रदान गर्दछ। यी विषयहरुबाट जनता निकट रहन सकेनन् भने संघीयता र लोकतन्त्रले नागरिकलाई दिनुपर्ने सेवाबाट जनता वञ्‍चित हुने अवस्था आउन सक्छ। नागरिकले चाहेजस्तो दिगो विकास र अग्रगामी कदम अवरुद्ध हुँदै देशको सम्पूर्ण शासनप्रणाली धारासायी बन्‍न जान्छ।
शिक्षा तथा सभ्यता
जनतामाथि जनताद्वारा जनताकै लागि गरिने शासनपद्धति लोकतन्त्र हो। शासनका सम्पूर्ण अंगहरु जनताकै जिम्मेवारीमा आएका हुन्छन्। सहभागिता, प्रतिनिधित्व र निर्णय प्रक्रियामा जनता सर्वोपरि हुन्छन्। यसो हुनुको अर्थ हरेक क्षेत्रमा जनताको पहुँच बढी छ भन्‍ने हो। पहुँचसँगै तिनको विद्वताले समेत देशलाई दिशा निर्देश गरिरहेको हुन्छ। यसो हुँदा स्थानीय तह, प्रदेशस्तरीय या केन्द्रीयस्तर हुँदै सम्पूर्ण देशको प्रत्येक मार्गचित्र ती जनताले चालेका कदमहरुमा निर्भर रहन्छ। तिनले चालेका हरेक कदममा तिनको विद्वता प्रतिविम्वित हुने र तिनले देशलाई दिशानिर्देश गर्न निर्मित हरेक नीति, नियमहरुमार्फत समेत अल्पकालीन र दीर्घकालीन रुपमा प्रत्यक्ष या परोक्ष असर पारिरहेको हुन्छ।
दलीय नेतृत्व पंक्तिमा त उच्चस्तरीय ज्ञान र अनुभव अति आवश्यक नै छ। तर यसको अलावा सर्वसाधारण जनतामा पनि उत्तिकै ज्ञान र शिक्षा आवश्यक छ। यद्यपि त्यो ज्ञान र शिक्षा राजनीतिक दृष्टिले औपचारिक नै हुनुपर्छ भन्‍ने छैन। राजनीतिक दृष्टिले नेतृत्वलाई औपचारिक शिक्षा भन्दा अनुभवलाई बढी मान्यता दिदै आएको पाइन्छ। बरु सर्वसाधारण नागरिकमा अन्य शिक्षा जस्तै राजनीतिक शिक्षा पनि अत्यन्तै महत्वपूर्ण रहन्छ। नीति निर्माणका हरेक कदमहरुमा नेतृत्वपंक्तिलाई जनताको अनवरत सरसल्लाह र सुझाब आवश्यक हुन्छ। त्यस्ता सल्लाह र सुझाब स्तरीय, जनताका जीवन र भावी सन्ततिका लागि महत्वपूर्ण हुन आवश्यक छ। शिक्षित र अनुभवी वर्गद्वारा दिइएका सुझावहरु अनुसरण गर्न नेतृत्वपंक्तिलाई पनि सहज र अनुकरणीय हुन जान्छ। त्यसैले समयको वहावसँगै नागरिकहरुका शैक्षिकस्तर समेत बढाउन अति आवश्यक छ।
शिक्षाको स्तरीयताबाट सभ्य नागरिकको जन्म हुन्छ भन्‍ने विश्वास गरिन्छ। र यसले विश्व जगतमा देशको स्थान सुनिश्‍चित गर्दछ। यद्यपि शिक्षा र सभ्यताबीच केही फरक छन्। शिक्षित व्यक्ति सबै सभ्य र सभ्य सबै व्यक्ति शिक्षित हुन्छन् भन्‍ने बुझ्न गलत हुन्छ। सभ्यताले सामाजिकस्तर निर्धारण गर्दछ, यो सत्य हो। त्यसैले शिक्षित मात्र होइन सभ्य नागरिक पनि हुन आवश्यक छ भन्‍ने कुरामा समाजशास्त्रीहरुको एक मत छ। शिक्षित, सुशिल, सभ्य व्यवहार आफैमा पुज्य र माननीय हुन्छ। शिक्षा र सभ्यता आफ्सेआफ् प्राप्त हुने नभई जीवन भोगाईका कदम कदमबाट प्राप्त हुँदै जान्छ। मानिसले जीवन भोगाईका हरेक राम्रा अनि असल पलहरुलाई सुरक्षित राख्‍दै सभ्यताको विकास गर्नु उचित हुन्छ। समयचक्रसँगै सभ्यताको विकास पनि निरन्तर भइरहन्छ, जुन हामी नेपालीले पछ्याइरहनु परेको अवस्था छ। आफूहरुले पछ्याउदै गरेको सभ्यतालाई उछिन्दै सभ्यताले आफूहरुलाई पछ्याउने बनाउँदै विश्‍वजगतलाई नेतृत्व दिन सके देश र जनताको गरिमा उच्च रहन पुग्छ। यसबाट शिक्षा र सभ्यताको नजिक हामी पुगेको अनुभूति हुनेछ।
राष्ट्रप्रतिको श्रद्धा
संघीयता शब्दले अनेकता बीचको एकता भन्‍ने बुझाउँछ।अर्थात् एकभन्दा बढी शक्ति सम्पन्‍न छुट्टाछुट्टै स्वायत्त राज्य/प्रदेश वा तहहरुको समूह मिलेर संघ बन्दछ। संघले एकमुष्ट देशलाई बुझाउँछ। नेपालको सन्दर्भमा हेर्दा सातवटा प्रदेश र सात सय त्रिपन्‍न वटा स्थानीय तह स्वायत्त रुपमा क्रियाशील छन्। हरेक स्थानीय तहका नागरिकले आफ्नो स्थानीय तह, प्रदेश र संघप्रति समान रुपमा आत्मियता बोकेको हुनुपर्छ। त्यस्तै हरेक प्रदेशका नागरिकले प्रदेशबाहेक संघ प्रति पनि उत्तिकै आत्मियता र दायित्व सम्झनु पर्छ। यसले अनेकता बीचको एकतालाई बल पुर्‍याउँछ। राजनीतिशास्त्रीहरुको मतअनुसार देशभित्रको समग्र जाति, भाषा, धर्म तथा अनेक भौगोलिकता बीच उच्च समान र आत्मीयतालाई राष्ट्रियता भन्‍ने गर्दछन्। यसलाई अर्को शब्दमा राष्ट्रवाद पनि भनिन्छ। राष्ट्रवाद फरक फरक तवरले दर्शाउने गर्दछन्। जस्तो भारतीय प्रधानमन्त्री हिन्दूवादी राष्ट्रियताको मुद्दा लिएर अगाडि बढे। त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मेक्सिकोसँगको सीमानामा तारबार गरी देशलाई आप्रवासीहरुको घुसपैठमुक्त बनाउँन चाहन्छ। सामान्य रुपमा यी तथ्यहरुलाई हेर्दा निर्वाचनमुखी नाराजस्ता देखिए पनि वास्तवमा राजनीतिक दलका यस्ता एजेण्डाहरु माथि जनताले केही न केही आशा, भरोषा र अपेक्षा राखेका हुन्छन्।
यसरी संघीय पद्धतिबाट फरकफरक प्रदेश वा तहहरुबीच एकताबद्ध भावना हुनु र देशबासीको मनमा देशप्रतिको प्रेम अगाध रुपमा रहिरहनु अति आवश्यक हुन्छ। कार्य परिस्थितिले देशबाहिर रहे, बसे पनि म नेपाली हुँ, नेपाल देश र नेपाली नागरिकका लागि मैले केही असल कार्य गर्नुपर्छ भन्‍ने मातृभूमिप्रतिको मायाले प्रवासी नागरिकको मन समेत ओतप्रोत हुनुपर्छ। नागरिकमा यस प्रकारको सोंचको विकासका लागि देशको राजनीतिक परिस्थितिले ठूलो भूमिका खेल्दछ। युवा जमातको देशप्रतिको माया उर्लेर आउनका लागि राजनीतिक नेतृत्वले सकारात्मक भूमिका खेल्नुपर्दछ। तिनले अग्रगामी कदम उठाउनु पर्छ। भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्नका लागि अहोरात्र खट्नुपर्छ। राज्यसत्तामा रहेका र सत्ताबाहिर रहेका राजनीतिक नेतृत्वले समेत युवा मन, मत र तिनको भविष्यलाई मध्यनगर गर्दै शान्ति, सुशासन, रोजगारी र दीगो विकासको लागि नीति निर्माण र तिनको कार्यान्वयनमा तदारुकता जगाउनु पर्दछ। यसबाट राजनीतिक सर्वोच्चतालाई प्रभावकारी बनाउन उल्लेखनीय भूमिका खेल्दछ। जसबाट नागरिकमा राष्ट्रप्रतिको श्रद्धाभाव उच्च र सदाबहार राख्‍न मद्दत पुर्‍याउँछ। भ्रष्टाचार विरुद्धको अभियानको नेतृत्वकर्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको जस्तो विश्वास शून्य  र धोकेबाझ कार्यबाट युवाजगत निस्तेज र निराश बन्‍न पुग्दछन्। यस्ता दुष्कार्यलाई जघन्य अपराधको लाइनमा राखी कडाभन्दा कडा कारबाही गरी सरकारले युवा जगतको मृतमनलाई शान्त्वना दिन सक्नुपर्दछ।
राजनीतिक सामाजिकीकरण
नेपाल जस्तो लोकतान्त्रिक मुलुकहरुमा राजनीतिलाई सर्वोच्च स्थान दिइएको हुन्छ। हुन त न्यायिक निकायको सर्वोच्चतालाई लोकतन्त्रको एक मुख्य आधारको रुपमा लिइन्छ। यसो हुँदाहुँदै पनि राजनीतिलाई एउटा बेग्लै विशिष्ट स्थानमा राखिएको हुन्छ लोकतन्त्रमा। नागरिकहरुको राजनीतिक स्वतन्त्रताबाट तिनको आर्थिक, सामाजिकलगायत हरेक किसिमका हक, अधिकारका विषयहरुमा अहम भूमिका खेल्दछ। त्यस्तै जनताको शैक्षिक स्तर, सामाजिक सभ्यतासँगै राजनीतिक सामाजिकीकरण एक अनिवार्य आवश्यकता हो। देश र देशबासीको सर्वाङ्गिण विकास, युवाहरुको रोजगारी लगायतका विषयका साथै मानव अधिकार, शान्तिसुरक्षालगायतका विषयमा राजनीतिक सामाजिकीकरणले प्रत्यक्ष र अहम भूमिका खेल्दछ।
राजनीतिक सामाजिकीकरणले जनताहरुको राजनीति प्रतिको झुकाव, बुझाई, सहभागिता, निर्णय प्रक्रिया र निर्वाचन प्रक्रियामा भाग लिने व्यवहारलाई बुझाउँछ। यस अवधारणाअनुसार जनता राजनीतिप्रति पुरा ज्ञान र सचेतना राख्‍दछन्। असल र खराब स्पष्ट छुट्याउन सक्छन्। तिनले राजनीतिक दलहरुको खराब आचरणको विरोध र असल चरित्रको खुलेर प्रशंसा गर्दछन्। उनीहरु राजनीतिक नेतृत्वको हरेक कदममा विश्‍लेषणात्मक दृष्टि राख्दछन्। राजनीतिशास्त्रको दलगत सिद्धान्तलाई त अनुसरण गर्छन् नै, तथापि राजनीतिक दलको गुण र दोषका आधारमा विरोध र प्रशंसा गर्दछन्। यो राजनीतिक सामाजिकीकरणको एक विशिष्ट विशेषता हो।
तर वर्तमान समयमा नेपालको राजनीतिक प्रतिस्पर्धा समेत अस्वस्थ बन्दै गइरहेको छ। यसमा सचेत युवाहरु चिन्तित भइरहेको देख्‍न सकिन्छ। सर्वसाधारण जनता समेत दलगत स्वार्थको दलदलमा फसिरहेको अवस्था छ। जनताहरु मेरो दल र उसको दल भन्‍ने व्यवहार गर्न तम्तयार र तल्लीन छन्। मैले सपोर्ट गरेको दल राम्रो र उसले सपोर्ट गरेको दल नराम्रो भन्‍न मात्रै होइन आफूले सपोर्ट गरेको दलको खराब कदममा समेत आखा चिम्लने र अर्को दलको असल कार्यलाई समेत विरोध गर्ने जुन परिपाटी विकास भैरहेको छ। यसले राजनीतिक सामाजिकीकरणलाई सकारात्मक विकास गर्दैन। यसले नागरिकको न्यूनस्तरको राजनीतिक ज्ञानलाई दर्शाउँदछ। समाजमा व्याप्त यस्ता परिपाटीले राजनीतिक सर्वोच्चता र राजनीतिक सामाजिकीकरणलाई उचो बनाउँदैन। बरु यसले जनताको राजनीतिप्रतिको शिक्षा, सभ्यता र ज्ञानलाई कमसल देखाउँदछ।
कहिलेकाही नागरिक समाज या समाजसेवी अगुवाहरुको कदममा समेत राजनीतिक लेपन लगाइएको पाइन्छ। विशुद्ध नागरिक समाजमा दलगत स्वार्थ हुनु हुदैन। बेलाबेलामा चर्चामा आउने डाक्टर गोविन्द केसीको अनसनमा पनि दलगत स्वार्थ घुस्न पुग्दा त्यसले अर्कै मोड लिने गरेको पाइन्छ। त्यस्तै भर्खरै युट्युव र सामाजिक सञ्‍जालमा चर्चामा आएको पशुपति शर्माको लोक दोहोरीले जनतालाई सचेत गर्ने र मनोरञ्‍जन दिने उद्देश्य बोकेको भए पनि यसमा पनि दलीय भावना जोडेर यसको सकारात्मक भन्दा नकारात्मक पक्षको प्रचार गरियो। यस्ता खराब कार्यहरुले जनता र युवा जगतमा नैराश्यता उत्पन्‍न हुन्छ।
स्वीस महासंघले जस्तो नेपालले प्रत्यक्ष प्रजातन्त्रको अभ्यास गर्दैन। निर्वाचनबाट छानिएका जनताका प्रतिनिधिबाट ऐन, कानून निर्माण र शासन सञ्‍चालन हुने गर्दछ। यस्तो अवस्थामा जनता झन विवेकशील हुन आवश्यक छ। बहुमत प्राप्त दल वा व्यक्ति शासनसत्ता सम्हाल्न पुगे पनि कतिपय अवस्थामा वास्तवमा अल्पमतले शासनसत्ता सम्हालेको अवस्था पनि देखिन्छ। प्रतिनिधिमार्फत शासन सञ्‍चालन हुनेहुँदा जनताहरु राजनीतिक सामाजिकीकरणबाट सचेत भई प्रतिनिधि चुन्‍ने गर्नुपर्दछ।
राजनीतिक दलहरुले समेत राजनीतिक सर्वोच्चताको जनभावनालाई उच्च बनाई राख्‍न देश र जनताको उज्वल भविष्यलाई आत्मसात गर्दै हरेक क्रियाकलाप गर्नु पर्दछ। राष्ट्रिय हित र परराष्ट् मामलामा सत्तामा रहदा वा प्रतिपक्षमा रहदा होस् समान धारणा राख्‍नुपर्छ। राजनीतिक दलहरु सत्तामा बस्दा र नबस्दाको समयमा फरक दृष्टिकोणबाट अभिप्रेरित हुनपुगे राष्ट्रको अन्तर्राष्ट्रिय छवि धुमिल हुन पुग्छ। नेपालको वर्तमान राजनीतिक अवस्था यस्तै दुरासयपूर्ण, खोटपूर्ण देखिन्छ। यसका लागि राजनीतिक नेतृत्वपंक्ति अधिक जिम्मेवार देखिन्छ। त्यो भन्दा बढी जिम्मेवार त खराब राजनीतिक संस्कारबाट दीक्षित नेपाली जनता नै देखिन्छन्। नेपाली जनतामा राजनीतिक सामाजिकीकरणको कुशल, निष्पक्ष र विशिष्ट अभ्यास हुन सकिरहेको छैन। नेपाली जनता राजनीतिक दलको सही मूल्याङ्‍कन र मार्गदर्शन गर्न सक्षम भैनसकेको आभाष हुन्छ। राष्ट्रको सर्वाङ्गिण विकास, जनताको उज्वल भविष्य र भावी पुस्तामा दीगो विकास तथा नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणका लागि राजनीतिक नेतृत्व, नागरिक समाज, समाजसेवी अगुवा, राजनीतिशास्त्री, समाजशास्त्रीले सर्वसाधारण आम जनता तथा राजनीतिक कार्यकर्ताहरुमाझ विभिन्‍न समयमा गोष्टी, अन्तरक्रियाको आयोजना गरेर भए पनि राजनीतिक सामाजिकीकरणको सकारात्मक विकास गर्न गराउन अत्यावश्यक देखिन्छ।


इमेल: ganeshchintan@gmail.com

  • गणेश पुमा राई चिन्तन

2075/10/20, यलेखोम

नोङ्छोरोप्दो फिन्याङ्सो पान्याङ्सो निनाम्माधुङ् कबात्
योङ्वामा युवामायि वाराप्सो वाचाक्सो हेन्खामाकोङ् कबात्
सुम्निमा सालाप्पाबो कचछाए तल्ल खन्नाना
उन्दाउन्दाकु लुङ्वाचोकेचिआ नितलुक नितधुप्पुङ्पाआ
कामिन्मा सेत्माकि कुयुयुवा मुमेन्चेन् पलिनिन्
योङ्वामायिकङ् कनिमारोङ्ओङ् डासाखान् कलात्इत्,
चोङ्लोङ्‌माचिदोकङ् कचलावा कलिप्इत्
बौदाप्पाबो कछाकछोदुम् एतल्ल खन्नाना
खकुचिबो कचलाम्‌सोहोन् तङ्‌मादोत्
नाम्छरवादि पान्मादोत्, योङ्वामाकोङ्‌यि लेङ्‌मेन्चेन्दोत्
चानिकु दुम्‌मुसो युन्पा नितधान्कु सिन्मादोत्
रक्ढाक्‌रक्ढाक्‌कु दुम्दोकु कानितोङ्‌याचि सिन्माचिमदोत्, कातोङ्या पोन्मादोत्
साम्खाखलि दिप्पापाथाप्सङ् मुयाङ्सो दोङ्दापादोङ्वाङा साकेन्वा थोक्याङ्सो
सावापोन्सो, सायाचोङ्सो, रङ्‌रिकोप्सो थोङ्‌मा लोन्मादोत्
लाकसिन् दुम्‌कसिन् कलेन्‌कतुप लिमादोत् खन्ना
युन्पा धान्मालाइ कालोङ् निखन्याङ्
काला, काथाप्सङ्दो वास्सङ् वान्मा मलाम्याङ् कातोङ्या छेकि,
तानसाप्तानदोकु झाराचिओङ् तोङा
कोइना, बुसा तवान्दिकु कालोङ्‌चि देम्खाछे मेन्लिप्दोचि
तोङ्या कोपा, खारङ् छेका
कसिन्‌चिओङ् चिन्दाचेना, कमेन्लेन्‌चिलाइ चिन्दिचि, सोम्तुक्दिचि
कलेन्चि लादिप्मादि मताआचिलापाआ खन्नाछे तल्ला पान्मा तसिओन्दे
चासुमखाबा कोप्मादोत्, होङ्‌कोप्माकाचि मुमादोत्,
Image result for पुमा मातृभाषाझारा कोप्याङ्सो, कचतुक्माखेन तुप्याङ्सो
सेत्लाम् खन्ना होङ्लाया होङ्तोङ्‌मि लिमादोत्,
तोन्‌पअङ्‌मत्तै, नितमुस्सापोस्साङापाआ हाक्नुङ्वा पुत्नुङ्वा लिसो
पखापाचिकु पतुकाचिकु कामाओङ् कापाओङ्
झक्वाक् झक्वाक् रियाङ्सो, सोइसोइलानि करिसेयाङ्सो लाकपमेत्चि
खन्ना कामिन्मायाकु रक्वाचि हाक्नुङ्वादो लेक्पुङ्सो
रङ्‌रिसाका कोप्सो, सावा पोन्सो थोङ्‌माथोङ्‌मा लोन्दा
खन्नाना सुम्निमा सालाप्पाछा ए तल्ल।
·          

कविताको नेपाली सार अनुवाद

तिमी सुम्निमा सालाप्पा (पारुहोङ्)को सन्तान

हिउँमाथि उफ्रिदै उड्दै आकाश घुम्ने
महासागरभित्र पौडदै पाताल डुल्ने
सुम्निमा सालाप्पाको सन्तान पो तिमी त
सानासाना ढुङ्गा तीरले घोच्दा
मन मारेर निराश बन्ने होइन
सागरभित्रबाट माछामासु भात निकालिदिने
चोङ्लोङ्‌माहरुबाट सातो खोसी फिर्तादिने
बौदाप्पाको छोरानाति पो तिमी त
उनीहरुको बाटो पहिल्याउनु पर्छ
आकाशमा उड्नुपर्छ सागरमा पौडिनुपर्छ
मीठा कुराले अप्ठ्यारोमा पारेको बुझ्नुपर्छ
तीता कुराले झक्झक्याएको बुझ्नुपर्छ, ज्ञान बढाउनुपर्छ
साम्खाखली पितृकार्यगर्दै अर्धबार्षिकी साकेन्वा पुज्दै
शक्ति बढाउदै शीर उभ्याउँदै असल कार्यगर्दै अगाडि बढ्नुपर्छ
भाषाजान्ने, कुरा बुझ्ने, जान्नेबुझ्ने हुनुपर्छ तिमी
तल गिराउन खुट्टा तानिरहेका छन्
तिम्रो भाषा संस्कृतिविरुद्ध तीर हान्दैछन्, कुरा बुझ
गाउँछिमेकी सबैसँग मिल्नु
तर, अगाडि बढाएको तिम्रो कदम नफर्काउ
ज्ञान शिक्षा बढाउ
जान्नेसँग सिक, नजान्नेलाई सिकाउ, माया गर
शिक्षितहरु चन्द्रमामा पुगिसकेकोबेला तिमीलाई पनि उड्न मनलाग्छ होला नि
अन्नधन्न फलाउनुपर्छ, देशको भलो गर्नुपर्छ
सबै दुखीको दु:ख बुझ्दै
भोलि तिमी राष्ट्र निर्माता बन्नुपर्छ
त्यसपछि मात्रै, तिमीलाई जन्मदिदा बढाउँदा पसिना र आसुले
भिजेका, दुखेका बाबाआमा
मीठो मुस्कार छर्दै सोइसोइला गाउँदै नाच्नेछन्
तिम्रो मनको मैलो पसिनाले बगाउँदै
मनवचन शुद्ध पार्दै, शक्ति विस्तार गर्दै अगाडि बढ्नुपर्छ
तिमी त सुम्निमा सालाप्पाको सन्तान पो त।
·           
 (अन्तर्राष्ट्रिय मातृभाषा दिवस  २०१९ फेब्रुअरी २१)

नेपाल आइडल सिजन २ इपिसोड १०








२०७३ चैत ४। लोकसेवा आयोगले नायब सुब्बा वा सो सरह (एकिकृत) प्रथम चरण अन्तर्गत २०७३ फागुन २८ गतेको परीक्षामा साेधिएका प्रश्नहरुको समाधान देहाय बमाेजिम रहेको छ: 








साभार: विभिन्न अनलाइन साइटहरु।

२०७३ मंसिर १५। लोकसेवा अायोगले रा‍जपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा (अप्राविधिक) काठमाडौंको सिफारिसको एकमुष्ट योग्यताक्रम सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 









२०७३ असोज २१। लोकसेवा अायोगले राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत (परराष्ट्र सेवा) को सिफारिसको एकमुष्ट योग्यताक्रम सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 









किराती राष्ट्रिय मुक्तिमोर्चा इटहरी उपमहानगर तेस्रो अधिवेशनका प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरु, संघसस्थावाट पाल्नुहुने अतिथिज्यूहरु, लगायत सम्पूर्ण उपस्थित आमा, बुवा, दाजुभाई तथा दिदी बहिनीहरु, कि.रा.मो. इटहरी नगर समितिको तर्फवाट तथा ब्यक्तिगत ज्ञान किरातीको तर्फ वाट स्विकार्नुहोस् सेवा तथा अभिवादन ।

आदरणिय उपस्थित माहानुभाहरु –
आज मिति २०७३ असार ३ गते 
आज यस किराती राष्ट्रिय मुक्तिमोर्चा इटहरी नगर समितिका अध्यक्ष ज्ञान किरातीको कार्य समितिको अवधि दुई कार्यकाल तथा पाँच बर्ष पार भएको छ । पहिलो कार्यसमिति २०६७ साल माघ १७ गते इटहरी न.पा. सांस्कृतिक भवन स्थित कि.रा.मो. केन्द्रीय उपाध्यक्ष अशोक किरातीको प्रमुख अतिथ्यमा १३ कार्यसमिति चयन भएको थियो ।

यसै गरी दोस्रो कार्यकाल इटहरीको मन शान्त पार्टिप्यालेस स्थित किरात राई हरुको ¥यालि तथा झाँकि सहित पुर्व किरात राज्य फ्याक्सन ईन्चार्ज तथा पुर्व संस्कृति मन्त्री गोपाल किराती (साईला) को प्रमुख अतिथ्यमा दोस्रो कार्यकाल पुन ज्ञान किराती कै अध्यक्षतामा १५ कार्य समिति चयन भएको थियो ।

आदरणिय उपस्थित माहानुभावहरु,
किराती राष्ट्रिय मुक्तिमोर्चा सैयौँ बर्ष देखि पछि परेका समुदाय हरुको हक अधिकार प्राप्त गर्न तथा पहिचान सहितको किरात स्वायत्त राज्य प्राप्तिको लागी संघर्ष गर्दै आइरहेको मार्चा भएको कारणले इटहरीमा मात्र नभई देशै भरि किरती राष्ट्रिय मुक्ति मार्चाले चुनौतिहरु सामना गर्दै किरात राज्यको निम्ती संघर्ष गरिरहेको छ । यिनै संघर्ष का कारण आज आदिवासी जनजाती तथा पिछडा बर्गहरु राज्यको निती निर्माण तहमा पुग्न सफल हुनुका साथै शुरक्षा अंगहरुमा समेत प्रधान सेनापती तथा माहानिरिक्षक बन्ने अवसर आदि यि सबै मोर्चाकै उपलब्धि मान्न सकिन्छ ।

किराती राष्ट्रिय मूक्तिमोर्चाले अधिवेशन द्धारा चुनिएका अधिकाशं सदस्यहरु निष्क्रिय भएता पनि कडा चुनौतिका वाबजुत इटहरी नगर समिति विचारको हकमा व्रिmयासिल रहि रह्यो । त्यासकारण कि.रा.मो. केन्द्रकै साख जोगाउन इटहरी नगर समिति सफल भएको महसुस गरेको छु । चाहे पार्टी टुक्रा टुक्रामा विभाजन हुँदा होस् वा आन्तरिक दोन्दमा होस  विभिन्न चुनौतिका वाबजुद विचार संम्प्रेशण तथा एकतामा बाँध्न मोर्चा सफल रहिरह्यो । जनताका समस्या तथा सामाजिक कार्यमा इटहरी नगर समिति सँधै लागि रह्यौँ । यिनै इमान्दार तथा कृयाशिलतको कारण पार्टीलाई विश्वासमा लिन इटहरी नगर समिति सफल भयो । मोर्चा र पार्टी बिचको सहकार्य बाट जनताको घर दैलोमा ब्यापक बजेट विनियोवन गर्न सफल भइयो । 

विकासका योजनाहरु–
जस्तै, 
  •   २०७०÷०७१ सालमा गणतन्त्र मार्गमा रु. ५०,००,०००÷– पचास लाख को कालोपत्रे
  • २०७०÷०७१ मै मादेन मार्ग टोल रु. २,००,०००÷– दुई लाख को ड्रेन ग्रावेल 
  • २०६८÷०६९ मा जनता बस्ती गोस लाईन ब्यावस्थापनमा रु. २ लाख
  • २०६८÷०६९ मा बुद्ध टोल र गैरिगाउँ लाई रु. २,५०,०००÷–
  •   २०७०÷०७१ म तुलसा टोल मदन मार्ग जोड्ने बाटो कालो पत्रे रु. ५ लाख
  • २०६९÷०७०  मा इटहरी –५, सङ्गम सगरमाथा रु. २ लाख
  •   २०७१÷०७२ मा रक्तमाला शिवालय टोल रु. ४ लाख
  •   २०७०÷०७१ मा इटहरी –५, तासि छ्योला गुम्बा रु. २ लाख
  •   २०७२÷०७३ मा माननिय अनिता परियार ज्यू को सभासद कोषबाट किरात राई तायरिप्ची            बहुद्देश्य भवन लाई रु. १०,००,००० न.पा. बाट २,००,००० गरि जम्मा रु. १२ लाख 
  • २०७२÷०७३ को माननिय अनिता परियारको सभासद कोष बाट किरात राई सुम्मीमा संघलाई रु. १,५०,००० एक लाख पचास हजार 
  •   २०७१÷०७२ मा इटहरी –७ ध्यान केन्द्र जाने बाटो डे«न ग्रावेल रु. २,५०,०००÷–
  • २०७२÷७३ हलगडा स्थित किरात मार्गलाई रु. ३,००,००० तीन लाख


आदरणिय उपस्थित महानुभावहरु,
पछिल्लो समय इटहरी नगरलाई विस्तार गर्ने क्रममा हाँसपोसा, पकलि खनार, एकम्वा लार्ई जोडेर ९ वार्ड वाट २६ वार्डको उपमाहानगर बनाईएको छ । जसमध्ये हाँसपोसा, पकलि, इटहरी वार्ड नं. २, ४ र ५ मा किरातीहरुको बाहुलियता भएको पाईन्छ । तर किरातीहरुको बसोवास रहेता पनि राजनैतिक शब्द सुन्नै चाहान्नन् त्यसकारण राजनैतिक चेतना नभएको कारण आफ्नो हक अधिकार गुमाउनका साथै पहिचान तथा किरात स्वायत्त राज्य विरोधि राजनैतिक पार्टीले प्रयोग गरिरहेको पाईएको छ । 

प्रदेश नं. १ को राजधानी इटहरी
अन्त्यमा किराती तथा आदिवासी जनजातिहरु साथै सम्पुर्ण आम जनताहरु एक भई अब बन्ने प्रदेश नं. १ को राजधानी ऐतिहाँसिकताको आधारमा नामाङ्कन किरात प्रदेश हुनु पर्छ जुन प्रदेशको राजधानी पुर्वाञ्चलको केन्द्रको हिसाबले इटहरीमा हुनुपर्छ, भन्दै किराती राष्ट्रिय मुक्तिमोर्चा इटहरी उपमाहा नगर समिति जोडदारका साथ आवाज उठाउँदै इटहरीलाई राजधानी हुने मुख्य अधारहरु— 
  •   पुर्वाञ्चलकै सेन्टर इटहरी 
  •   कार्यलयहरुको लगि प्रसस्त जमिनहरु खाली  
  •   विकास उन्मुख सहर 
  •   मजवुद जमिन, भुकम्प बाट कम क्षती 

                                                         ज्ञान किराती
                   अध्यक्ष
                                            किराती राष्ट्रिय मुक्ति मोर्चा
                                           इटहरी उप माहानगर समिति
सुझबका लागि– ९८४२३७२३१७, ९८०४३३५१२९ 

२०७३ भदौ २६ । सरकारले लगभग सबै सचिवहरुको हेरफेर गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले १२ सचिवहरुको सरुवा गरेको हो ।

सचिव शंकरप्रसाद अधिकारीलाई सहकारी तथा गरिबी निवारणबाट पर्यटन तथा नागरिक उड्डयन, शारदाप्रसाद त्रिताललाई निर्वाचन आयोगबाट सहकारी तथा गरिबी निवारण, श्रीधर सापकोटालाई आपूर्तिबाट श्रम तथा रोजगार मन्त्रालमा र गोपीनाथ मैनालीलाई क्षेत्रीय प्रशासन कार्यालय पोखराबाट निर्वाचन आयोगमा सरुवा गरिएको छ । मैनाली भर्खरै सचिवमा बढुवा भएर क्षेत्रिय प्रशासक बनेका थिए ।

यसैगरी लक्ष्मणप्रसाद मैनालीलाई युवा तथा खेलकुदबाट श्रम तथा रोजगार, मधु रेग्मीलाई महिला बालबालिका तथा समाज कल्याणबाट लोक सेवा आयोग, विष्णुप्रसाद लम्साललाई श्रम तथा रोजगारबाट महिला, बालबालिका तथा समाज कल्याण, महेश कुमार दाहाललाई रक्षाबाट युवा तथा खेलकुद, अर्जुनकुमार कार्कीलाई भौतिक पूर्वाधार तथा यातायातबाट नेपाल ट्रष्टको कार्यालयमा सरकारले सरुवा गरेको छ ।

यसैगरी धनबहादुर तामाङलाई जल तथा ऊर्जा आयोगबाट भौतिक पूर्वाधार तथा यातायात, भीमप्रसाद उपाध्यायलाई नेपाल ट्रष्टको कार्यालयबाट जल तथा उर्जा आयोग र प्रेमकुमार राईलाई पर्यटन तथा नागरिक मन्त्रालयबाट आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले पदबाट दिएको राजीनामा स्वीकृत पनि गरेको छ । (अनलाइन खबरबाट साभार)

दुर्जकुमार राई निर्दोष छन् 

राजु स्याङ्तान । 
२०७३ बैशाख १६। दोस्रो जनआन्दोलन दबाउन भूमिका खेल्ने दुर्जकुमार राई सशस्त्र प्रहरीको महानिरीक्षक पदमा बढुवा भएका छन् । उनको पद पढुवा भएसँगै फेरि एक पटक नेपाली जनमानस तातिएको छ । पटक पटक जनविरोधी व्यक्तिहरु पुरस्कृत हुँदै जाने त्यही बेला साउनको भेल झैं मानिसहरु एक पटक जाग्ने, फेरि निधाउने यो रोग अब नेपालमा दिर्ध रोग जस्तै भएको छ । मानिसलाई गहिरो गरि लागेको छ की, एउटा हत्यारालाई किन बढुवा गरियो ? सिधा अर्थमा हेर्दा कुरा सही हो । 

दुर्ज कुमार राईलाई नियुक्ति गरिएको होइन । उनलाई बढुवा गरिएको हो । नियुक्ति भनेको नयाँ भर्ना हो र बढुवा भनेको पहिला नै काम गरिरहेको व्यक्तिको पदोन्नति मात्रै हो । यस अर्थमा राई दोषी भएको भए त्यतिबेलै (जतिबेला देशमा शाही सत्ता ढल्यो) जनहत्यारा भनि निलम्बन गर्नु पथ्र्यो । एउटा व्यक्ति अपराध गरिसकेपछि यथास्थानमा रहँदासम्म निर्दोष, बढुवा हुने वित्तिकै दोषी, यस्तो दुनियाँमा कतै हुँदैन । त्यसबेला बादशाहलाई गद्दिबाट खसाले लगत्तै उनका भरौटेहरुलाई लखेट्नु पर्ने थियो । आज आएर उनको बारेमा अनावश्यक टिका टिप्पणी गर्नु समयको बर्बादी मात्रै हो । 

राज्यले कस्तो नीति अख्तियार गरेको छ भन्ने प्रवृतिबाट यस्ता व्यक्तिहरु बाहिर आउने गर्छन् । जनताको छातिमा बन्दुक दाग्न आदेश दिनेहरु देशको सम्मानित पदमा आसिन भइरहेको अवस्थामा एक जना निमित्त पात्रलाई गाली गर्नु बचपना मात्रै हुन्छ ।

दुर्जकुमार राई एक निमित्त पात्र मात्रै हुन् । उनको पछाडि आजको सिङ्गो राज्य व्यवस्था छ । यो कोणबाट सोँच्न थाल्दा मात्र समस्याको चुरो कुरा भेटिन्छ । अब प्रश्न उठ्छ त्यसो भए दोषी को हो त ? दोषी खोज्दै जाँदा सबैभन्दा पहिला आजको राज्य व्यवस्थाको संचालक प्रधानमन्त्रीको बारेमा सोच्नु पर्ने हुन्छ ।

जनताका छोराछोरीहरु नाङ्गो छाति बोकेर सडकमा उर्लिरहेको बेला ठेलागाडा चढेर अमेरिका पुगिन्न भन्ने को हो ? अहिलेको प्रधानमन्त्री होइन ? गृहमन्त्रीको आसनबाट जनताको हत्या गर्न आदेश दिने को हो ? तिनै आजका उप्रधानमन्त्री होइन ? आदेश दिने चाँही राष्ट्रिय झन्डा फहराउँदै हिड्न मिल्ने, आदेशपालक चाँही बढुवा हुन नहुने ? 

जनआन्दोलन ताका जनताका छोराछोरीहरु नाङ्गो छाति बोकेर सडकमा उर्लिरहेको बेला ठेलागाडा चढेर अमेरिका पुगिन्न भन्ने को हो ? अहिलेको प्रधानमन्त्री होइन ? गृहमन्त्रीको आसनबाट जनताको हत्या गर्न आदेश दिने को हो ? तिनै आजका उप्रधानमन्त्री होइन ? आदेश दिने चाँही राष्ट्रिय झन्डा फहराउँदै हिड्न मिल्ने, आदेशपालक चाँही बढुवा हुन नहुने ? आदेश पालक दोषी हो भने आदेश दिने कसरी निर्दोष हुनसक्छ ? जनआन्दोलनको खुङ्खार विरोधी प्रधानमन्त्री र हत्या गर्न आदेश दिने उपप्रधानमन्त्री बन्न हुने देशमा एउटा सिपाही बढुवा हुन किन नहुने ? आज भइरहेको परिदृष्य जुन विरुवा रोपिएको हो त्यही फलेको हो । चिलाउनेको रुखमा चिलाउनेकै गेडा फल्छ । त्यहाँ सुन्तला फल्दैन ।

यस अर्थमा आज दुर्जकुमार राईको बिरुद्ध खनिएका विरोधका स्वरहरु उनलाई संरक्षण गर्ने राज्य व्यवस्थाका सञ्चालकहरुतिर सोझिन आवश्यक छ । सारतः आजको सिङ्गो परिपाटी नै बेठिक छ । एउटा व्यक्ति विशेषको बारेमा चियापसलमा बसि टिकाटिप्पणी गर्ने भन्दा सिङ्गो राज्यव्यवस्थाको चरित्रको बारेमा प्रश्न उठाउने सचेत पुस्ता आजको आवश्यकता हो । (साभार, खबरडबलीबाट) 

उराठै लाग्छ नि डाँडा पारि वन, निष्ठुरीको मायाले सारो पार्‍यो झन ।।









चीनसँग भिड्न दक्षिण चीन सागरमा अमेरिकाले सेना उतार्यो 

२०७३ बैशाख ४ । बढ्दो चिनियाँ शक्तिसँग भिड्नका लागि अमेरिकाले दक्षिण चीन सागरमा आफ्नो सेनाको संख्या बढाएको छ । 

दक्षिण चीन सागरमा आफ्नो देशको सैन्य संख्या बढाउनका लागि अमेरिकी विदेशमन्त्री एस कार्टर अघिल्लो सातादेखि भारत र फिलिपिन्समा सक्रिय भएका थिए । फिलिपिन्स र भारतको साथ लिँदै अमेरिकाले दक्षिण चीन सागरमा चीनविरुद्ध आफ्नो सैन्यशक्ति बढाएको हो । 

फिलिपिन्स र भारतको सहयोग लिएर अमेरिकाले दक्षिण चीन सागरमा आफ्नो सैन्य बललाई बढाउन लागि ती दुई देशसँग भएको सम्झौता भएको खुलासमा पनि कार्टरले गरेका छन् । बढ्दो चिनियाँ शक्तिसँग मुकाबिला गर्नका लागि अमेरिकाले बेइजिङलाई अब दक्षिण चीन सागरमा उसको शक्ति कम गर्नुपर्ने सन्देश दिएको हो ।

भारत र फिलिपिन्ससँगको सम्झौताबाट अमेरिकाले चिनियाँ नेतृत्वलाई आफ्नो प्रगतिमा बाधा पुर्याएइरहेको सन्देश पनि दिन खोजेको छ । अमेरिकाले एसियाका यी दुई देशसँग मिलेर दक्षिण चीन सागरमा उतारेको सैन्य संख्याबारे केही खुलाइएको छैन । तर, दक्षिण चीन सागरमा पहिलो चरणमा जल सेनालाई उतारेको अमेरिकाले दोस्रो चरणमा वायु सेनालाई उतार्ने भएको हो ।

६ दिन लामो भ्रमणका क्रममा भारत र फिलिपिन्स आएका अमेरिकी रक्षा सचिवले शुक्रबार दक्षिण चीन सागरमा न्यूक्लियर हतियारसहितको विमानमा चढेर यात्रा गरेका थिए । अमेरिकी रक्षा सचिव कार्टरले चीनले आफ्नो भनेर दाबी गर्दै नक्कली टापु बनाइरहेकै क्षेत्रमा न्युक्लियर हतियारसहिको जहाजबाट उडान गरेर चीनलाई भिड्न तयार रहेको सन्देश दिएका हुन् । 

कार्टरको भारत र फिलिपिन्स भ्रमणअघि अमेरिका र फिलिपिनो सेनाबीच दक्षिण चीन सागरक्षेत्रमा ११ दिन लामो संयुक्त सैन्य अभ्यास गर्ने सहमति भएको थियो । अमेरिकाले यो सैन्य अभ्यासपछि फिलिपिनो सेनासँगै आफ्ना सैनिक पनि दक्षिण चीन सागरमा राख्ने फैसला गरिसकेको थियो। 

यो सैन्य अभ्यास पूरा भएपछि अमेरिकाले फिलिपिनो सेनासँग मिलेर दक्षिण चीन सागरमा चीनको बढ्दो गतिविधि रोक्न संयुक्त सैन्य गस्ती गर्ने निर्णय पनि गरिसकेको छ । सुरुमा जलसेनालाई फिलिपिनो सेनासँगै गस्तीमा उतारेपछि अमेरिकाले आफ्नो वायुसेनालाई पनि दक्षिण चीन सागरमा उतार्ने तयारी गरेको छ । 

चीनले आफ्नो भनेर दाबी गर्दै आएको सामरिक महत्वको दक्षिण चीन सागरमाथि जापान, फिलिपिन्स र भारतले पनि दाबी गर्दै आएका बेला अमेरिकाले यस्तो कदम चालेको हो । (अन्नपूर्णपोष्टबाट साभार) 

२०७३ बैशाख ४। डा. कविताराम श्रेष्ठ  आफूलाई ‘अस्वीकृत विचार साहित्य अभियन्ता ‘ भन्न रुचाउँछन् ।  उनैको पहलमा २०५४ सालमा ‘अस्वीकृत विचार साहित्य गुठी’ स्थापना भएको थियो । सो गुठीले २०५५ सालदेखि सत्ताको विपक्षमा रहेको विचारलाई सम्मान गर्नका लागि ‘अस्वीकृत विचार साहित्य पुरस्कार’ प्रदान गर्दै आएको छ । २०६६ सालदेखि विभिन्न कारणले स्थगित सो पुरस्कार यस वर्ष एकमुष्ठ रुपमा प्रदान गरिँदै छ । हाल उनी बेलायतबाट केही समयका लागि काठमाडौंमा छन् । छिट्टै प्रदान गर्न लागिएको सो पुरस्कारबारे उनीसँग गरिएको संक्षिप्त कुराकानी ।

लामो अन्तरालपछि ‘अस्वीकृत पुरस्कार’ प्रदान गर्दै हुनुहुँदो रहेछ ?

हो, लामो समयपछि पुरस्कार दिँदैछौं । २०५५ सालदेखि २०६५ सालसम्म नियमित रुपमा यो परस्कार प्रदान गरिएको थियो । त्यसयता विभिन्न कारणले पुरस्कार स्थगित हुन पुगेको थियो ।

के थियो त्यस्तो कारण ?

अस्वीकृत विचार साहित्य गुठीका अध्यक्ष हुनुहुन्थ्यो कृष्णचन्द्र सिंह प्रधान, २०६६ सालमा उहाँ खस्नुभो । उपाध्यक्ष हुनुहुन्थ्यो गोविन्द भट्ट, उहाँ पनि त्यसपछि खस्नुभो । दुई वर्ष सरासर यसरी पुरस्कार प्रदान गर्न सकिएन, स्थगित भयो । त्यसपछि म बेलायत लागेँ । मलाई क्यान्सर लागेको पत्ता लागेपछि उतै अपरेसन भयो । ‘किमो’ गर्नुपरेपछि त अरु काम गर्न सम्भवै भएन । परिवारकै सदस्यहरुले पनि अब त धेरै भो पुरस्कार दिनुपर्छ भन्न थाले । यस वर्ष २०६६ सालदेखि बाँकी रहेका वर्षको गरेर एकै पटक पुरस्कार दिँदैछौं ।

कति जनालाई दिँदै हुनुहुन्छ ?

आठ जनालाई दिँदैछौं ।

कस्तो कृति वा व्यक्ति चाहिँ पुरस्कारका लागि तपाईंहरुको छनौटमा पर्छ ?

साहित्यमा तीक्ष्ण लेखन छ तर विचारकै कारणले सीमान्तीकृत हुन पुगेको छ भने त्यस्तो लेखकलाई हामी प्राथमिकता दिन्छौं ।

भनेपछि वैचारिक रुपमा प्रतिपक्षीय लेखकहरुलाई प्राथमिकतामा राख्नुहुन्छ ?

हो, एकदम सही भन्नुभो ।

तपाईंकै अनौपचारिक कुराकानीको  सन्दर्भमा भन्नुभएको थियो कि मदन पुरस्कार भनेको दान दिएजस्तो हो, म त्यो पुरस्कार दिए पनि लिने छैनँ । त्यसरी भन्ने हो भने त ‘अस्वीकृत पुरस्कार’ दान नै भयो नि ?

मैले कुन अर्थमा भन्न खोजेको हुँ भने मदन पुरस्कार भनेको सामन्ती सत्ताको पक्षपोषणमा रहेको पुरस्कार हो । यो त राणा-शाह शासकहरु ढलिसक्दा पनि त्यही विचारको पक्षपोषण गरिरहेको छ मदन पुरस्कारले । अहिलेसम्म पनि यो पुरस्कारको चरित्रमा फेरबदल आएको छैन ।

त्यसो पनि भनिहाल्न मिल्दैन कि ? किनभने २ वर्षअघि तपाईंले भन्नुभए जस्तै प्रतिपक्षीय लेखक राजन मुकारुङलाई ‘दमिनी भीर’ उपन्यासका लागि मदन पुरस्कार दिइएको छ नि ?

मैले त्यतिबेलै भनेको थिएँ- राजन मुकारुङलाई त्यो पुरस्कार दिनु भनेको मदन पुरस्कारको भित्ता ढल्नु जस्तो हो । त्यो उपन्यास सत्तापक्षीय होइन प्रतिपक्षीय साहित्य नै हो । तर २०६२/०६३ सालको जनआन्दोलनको रापताप खप्नका लागि मात्र त्यो पुरस्कार राजन मुकारुङलाई दिइएको हो । मैले अलिकति पनि समावेशी काम गरिनँ भने म ढल्छु भनेर मात्र त्यो पुरस्कार दिइएको हो । म राजन मुकारुङ भएको भए मदन पुरस्कार लिने थिइनँ । अहिले मदन पुरस्कार फेरि पुरानै दिशामा फर्किसकेको छ । अब प्रतिपक्षीय र विद्रोही विचार भएकाहरुलाई मदन पुरस्कार दिइने छैन ।

अनि तपाईंको ‘के किन भनियो ?’ पुस्तकका लागि पनि त मदन पुरस्कारको चर्चा चलेको थियो रे नि ?

मेरो यो किताब प्रकाशन भएपछि केही साथीहरुले ‘यो तेरो किताब मदन पुरस्कारका लागि दे’ भनेका थिए । मैले प्रस्टै भनेको थिएँ- ‘मदन पुरस्कार त म घरमै ल्याएर दिए भने पनि लिन्नँ । तिमीहरुले मलाई के भनेको ?’
(इसमताबाट साभार।)

शोभा शर्मा । 
२०७३ चैत ३०। बेलुकी पाँच बजेपछि सर्वोच्च अदालत परिसरबाट कालो धुवाँ फाल्दै एउटा पुरानो कार बाहिरिन्थ्यो। पछिल्लो सिटमा साधारण धोती–ब्लाउज लगाएकी, कपाल सेतै फुलेकी महिला हुन्थिन्।

केही वर्षदेखिको यो दिनचर्या उस्तै छ, खालि गाडी फेरिएको छ। सर्वोच्चले उनलाई नयाँ गाडी दिएको छ, तर उनी अहिले पनि उस्तै साधारण भेषमा हुन्छिन्। यिनी हुन्, सर्वोच्चकी एकमात्र महिला न्यायाधीश सुशीला कार्की, जो आफ्नै बलबुतामा सर्वोच्चको इजलाससम्म पुगेर आजबाटै मुलुकको कायममुकायम प्रधानन्यायाधीश बन्दैछिन्। उनी देशकै पहिलो महिला प्रधानन्यायाधीश पनि हुन्।

‘उहाँको जीवनशैली हामी कर्मचारीको भन्दा धेरै साधारण छ,’ सर्वोच्चका सहरजिस्ट्रार विपुल न्यौपानेले भने, ‘हाइफाइ जिन्दगीमा उहाँको रुचि नै देखिन्न।’ सर्वोच्चका सहकर्मी, कर्मचारी र इजलासको बारमा उनीसामु बहस गर्ने वकिलहरू कार्कीको नैतिकता, आचारण र इमान सबैभन्दा बलियो पक्ष भएको बताउँछन्। ‘अचेलको जमानामा कुनै स्वार्थ नभएको र इमान भएको त्यो तहको व्यक्ति मैले कमै देखेको छु,’ अधिवक्ता सुरेन्द्र महतोले भने।

संसदीय सुनुवाइ भएको भए कार्कीले कायममुकायम हुनुपर्ने थिएन। सुनुवाइ समितिमा हुने राजनीतिक दलको हिसाबकिताबले मुलुकमा बन्न लागेकी प्रथम महिला प्रधानन्यायाधीशको पहिलो पाइलामा समेत बाधा हाल्यो। उनी विराटनगरजस्तो राजनीतिक किल्लामा हुर्किएकीले व्यावसायिक जीवनमा आइपर्ने राजनीतिक प्रभाव र बाधाहरूसँग अपरिचित भने छैनन्। अधिवक्ताको पृष्ठभूमि भएकी कार्कीको व्यावसायिक जीवनमा यसको प्रभाव नपर्ने कुरै भएन। ‘उहाँलाई कसैले सजिलै प्रभावमा पार्न भने सक्दैन,’ कार्कीलाई गुरु मानेर २४ वर्ष उनीसँगै काम गरेका विराटनगरका अधिवक्ता शान्तिराम भण्डारीले भने।

भण्डारीलाई धेरै समयअघिको चुनाव अहिले पनि याद आइरहन्छ। सुशीला कार्कीका पति दुर्गा सुवेदी निकट मानिने बद्री बस्नेत त्यो भेगका कांग्रेसी उम्मेदवार थिए। कार्कीको ल फर्ममा काम गर्ने भण्डारी भने कम्युनिस्ट राजनीतिको समर्थन गर्थे। आफ्ना प्रतिद्वन्द्वी लालबाबु पण्डितलाई समर्थन गरेको भन्दै भण्डारीलाई कार्कीको ल फर्मबाट निकाल्नुपर्ने कुरा बस्नेतले गरेछन्।

जब सुशीलाको कानमा यो कुरा पुग्यो, उनले तुरुन्तै बस्नेतलाई फोन गरेर भनिछन्, ‘तपाईंका नातेदारदेखि आफ्ना मान्छेका मुद्दा कति छन्, आउनुस् फाइल लिएर जानुस्, मेरो ल फर्मका साथीहरूलाई निकाल्ने या केही भन्ने होइन।’

२०३५ सालमा अधिवक्ताको लाइसेन्स लिएर कानुन व्यवसाय थाल्नुअघि कार्कीले अंग्रेजी र मनोविज्ञानमा महेन्द्र मोरङ क्याम्पसबाट स्नातक, बनारस विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट बिएल गरेकी थिइन्। उनी विद्यार्थी कालमा नेपाल विद्यार्थी संघ समर्थक थिइन्। ‘उहाँले राजनीति, नाता, सम्बन्ध र अन्य प्रभावको छायाँ आफ्नो व्यावसायिक जीवनमा पर्नै दिनुभएन,’ भण्डारीले भने, ‘त्यसैले आफ्ना मान्छे, साथीभाइ र आफन्तहरू उहाँसँग बेखुसी रहन्छन्।’

त्यो बेला पूर्वाञ्चलमा वकालतमा लाग्ने महिला कोही थिएन। उनका ठूलो बुवा तोर्णबहादुर कार्की वकिल थिए। उनैको ल फर्मबाट कार्कीले कोशी अञ्चल अदालतमा वकालत सुरु गरिन्। ‘छोरीमान्छे वकिल कोही छैन, तिमी यो क्षेत्रमा आउनुपर्छ,’ त्यतिबेलाका अञ्चल न्यायाधीश गोपाल खत्रीले उनलाई हौसला दिएका थिए। ‘महिला वकिल भन्दै धनकुटासम्म बहस गर्न लैजान सेवाग्राहीहरू आउँथे भनेर उहाँले मलाई सुनाउनुभएको थियो,’ भण्डारीले भने, ‘पछि विराटनगरमा उहाँले आफ्नै पहिचान बनाउनुभयो।’

कार्कीका लागि वकालत आफ्नो व्यवसाय थियो, तर उनले कहिल्यै मुद्दाको ठेक्का लिइनन्। कसैको ‘एड्भाइजर’ पनि भइनन्। ‘आममान्छे मुद्दा लडिदे भनेर आए उसको फाइल च्यापेर वकालत गरिदिने हो। कहिल्यै मुद्दा जिताएबापत पैसा लिनु पनि भएन,’ भण्डारीले भने, ‘सेवाग्राहीले सकेजति दिन्थे, त्यतिमै चित्त बुझाउनु हुन्थ्यो। ’

कानुन व्यवसायीको जीवनमा मुद्दाका पक्ष–विपक्ष आइरहन्छन्। भण्डारीका अनुसार कार्कीले बलात्कारसम्बन्धी मुद्दा सकेसम्म लडिनन्। पीडितका पक्षबाट त सरकारले नै लडिदिन्थ्यो बलात्कारको अभियोग लागेका मात्रै वकिल खोज्दै आउँथे। उनीहरूका पक्षबाट कार्की लड्दैन थिइन्। आफ्नो ब्रह्मले विश्वास गरेको कुरामा कमै सम्झौता गर्ने स्वभावकी कार्की पुनरावेदन अदालत विराटनगर बारको सर्वसम्मत अध्यक्षसमेत भइसकेकी छन्। त्यो बेला बारमा अहिलेजस्तो दलका निकटहरूको समूह थिएन।

२०६१ सालमा सर्वोच्च अदालतले उनलाई वरिष्ठ अधिवक्ता उपाधि दिएको थियो। २०६५ सालमा सर्वोच्चकै न्यायाधीशका लागि उनी एकमात्र योग्यता पुगेकी महिला थिइन्। सर्वोच्चको अस्थायी हुँदै स्थायी न्यायाधीश भएकी कार्कीले भ्रष्टाचार मुद्दामा तत्कालीन बहालवाला सञ्चारमन्त्री जेपी गुप्तालाई जेल पठाइदिइन्। न्यायाधीश तर्कराज भट्टसहितको बेन्चबाट गरेको यो फैसलाबाट उनको चर्चा झन् चुलियो।

कार्कीसहितको इजलासले गुप्तालाई कैद र जरिवाना मात्रै तिराएन, गुप्तालाई सफाइ दिने विशेष अदालतका न्यायाधीशलाई समेत कारबाहीका लागि न्याय परिषदको ध्यानाकर्षण गरायो। बयान क्रममा गुप्ताले दाबी गरेभन्दा बढी आयलाई मान्यता दिएर सफाई दिएको भन्दै विशेष अदालतका न्यायाधीशलाई कारबाही सिफारिस गरिएको थियो।

न्यायाधीश कारबाहीको निर्णय केही विवादित भने बनेको थियो। उनको इजलासले कारबाही सिफारिस गरेका एक न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई परिषदले सफाई दिएर सर्वोच्च अदालतको न्यायाधीश समेत बनाएको छ। विशेषले सफाइ दिएपछि सर्वोच्च पुगेको कांग्रेसनेता गोविन्दराज जोशीको मुद्दामा पुनः प्रवेश गरी सुनुवाइ गर्न विशेषमै फर्काइदिने निर्णय पनि कार्कीकै इजलासले गरेको थियो। लामो समय सर्वोच्चमा थन्काइएको खुमबहादुर खड्काको मुद्दामा झगडिया झिकाउने पनि उनै थिइन्। जबकि, यी सबैसँग कार्की पूर्वपरिचित थिइन्।

यी फैसलापछि कार्कीलाई बधाई दिनेहरू धेरै थिए, तर उनी तर्किरहिन्। त्यसैबेला उनले एक पत्रिकासँग ‘फैसला बधाई लिनेदिने विषय नभएको’ प्रतिक्रिया दिएकी थिइन्। ‘फैसला बधाइ लिनेदिने विषय होइन, प्रमाण, मिसिल हेरेर संविधान, ऐन, कानुन र सर्वोच्चले प्रतिपादन गरेको नजिर टेकेर गर्ने न हो,’ उनले भनेकी थिइन्, ‘न्यायाधीशका अगाडि कोही पनि धनी–गरिब, ठूलो–सानो, महिला–पुरुष, परिचित–अपरिचित हुँदैन, मन कठोर वा कोमल बनाउन पनि पाइन्न।’

हालसालै संवैधानिक इजलासबाट भएको खिलराज रेग्मी विरुद्धको रिट खारेज गर्ने फैसलामा पनि कार्कीले ‘रेग्मीलाई सरकारप्रमुख बनाउनु गल्ती भएको’ कमेन्ट दिएकी छन्। संवैधानिक इजलासका अन्य तीन न्यायाधीश यस्तो कमेन्ट गर्न सहमत भएनन्। तर, प्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग सहमत हुँदै कार्कीले फैसलामा ‘अबदेखि प्रजातन्त्रको मर्मविपरित हुने यस्तो काम नगर्न’ राय दिइन्। राजनीतिक, पारिवारिक वा परिचितको निकटता नहेरी ‘स्वयम्भूका दुई आँखाले मुद्दा हेर्ने’ उनको छवि अहिले पनि कायम छ।

यति हुँदाहुँदै, सबैभन्दा धेरै ‘राजनीतिक रंग देखिएको’ भन्दै विवादित सर्वोच्चको न्यायाधीश सिफारिसमा निर्णयकर्ताको हिसाबले उनी पनि ‘दोषमुक्त’ नभएको भनी आलोचना गर्नेहरू पनि छन्। ‘परिषदका सबै सदस्य समान रूपले अधिकारसम्पन्न हुन्छन्,’ एक अधिवक्ताले भने, ‘उहाँले पनि राजनीतिक भागबन्डा लगाएर पूर्वसभासदलाई सर्वोच्च ल्याउने निर्णयमा सहमति दिएकाले दोषमुक्त मान्न सकिन्न।’

यतिमात्र होइन, पछिल्लो न्यायाधीश सिफारिसलाई सभामुखले परिषद फर्काइदिएपछि झन् विवादित भएको थियो। त्यतिबेला सभामुख, कानुनमन्त्री र प्रधानन्यायाधीशबीच ‘कार्कीको पालामा एमाओवादीका मान्छे सिफारिस गरिदिने’ सहमतिमा विवाद टुंगिएको समाचार सार्वजनिक भएको छ। उक्त समाचारको अहिलेसम्म खण्डन आएको छैन।

संवैधानिक परिषदले कार्कीको सिफारिस ढिलाइ गर्नुमा पनि एमाओवादीले समर्थन नदिनुले हो भन्ने खबर बाहिर आएका छन्। एमाओवादीले आफ्नो रुचिको न्यायाधीश लानुपर्ने र द्वन्द्वकालका मुद्दामा कठोर फैसला हुन नहुने भन्दै बार्गेनिङ गर्न खोजेको आरोप लगाउनेहरू पनि छन्।

‘यस्तो परिस्थितिमा कसरी काम गर्नुहुन्छ, त्यसले नै उहाँको जोडघटाउ हुनेछ,’ एक वरिष्ठ अधिवक्ताले भने।
पहिलो महिला प्रधानन्यायाधीश कुरिरहेको सर्वोच्च अदालतमा कार्कीले गर्नुपर्ने काम धेरै छन्। राजनीतिले राम्रो गति लियो भने अबको एक वर्षमा नयाँ संविधान कार्यान्वयन हुनेछ। यहीबेला पुनरावेदन अदालत भंग गरेर उच्च अदालत गठन हुनेछ। सिंगो न्यायालयको प्रशासनिक जिम्मा अब उनको हातमा हुनेछ।

 न्यायालयको छवि धमिलिँदै गएको अवस्थामा इमान र आचरण राम्रो भएको व्यक्ति नेतृत्वमा जाँदा राम्रा काम हुन्छन् भन्ने धेरैको आश हुन्छ। प्रधानन्यायाधीश कल्याण श्रेष्ठले केहीअघि ‘सुशीला कार्कीमा केही गर्छु भन्ने विश्वास देखेको’ बताएका थिए। आफूमाथि गरिएका यी सबै आशा साबित गरेर देखाउन अब कार्कीसँग १३ महिनाको समय छ।
(सेतोपाटीबाट साभार)

डा. सञ्जीव शर्मा। 
२०७२ चैत २८। सुतेका बेला ओछ्यानमै पिसाब गर्ने समस्या आम बालबालिकामा हुन्छ । अधिकांश बालबालिकामा भने यो समस्या हुर्कंदै गएपछि आफैँ ठीक हुन्छ । यो बालबालिकाको मिर्गाैला रोग, अल्छीपना वा चकचकेपनाका कारण भएको होइन । तर, बालबालिका र तिनका परिवारका लागि यो चिन्ताको विषय बनेको हुन्छ ।

६ वर्षको उमेरसम्मका बालबालिकाले ओछ्यानमा पिसाब गर्छन् । पाँच वर्षको उमेरमा १५ देखि २० प्रतिशत बालबालिकामा ओछ्यानमा पिसाब गर्ने समस्या हुन्छ । उमेर बढ्दै जाँदा, ओछ्यानमा पिसाब गर्ने समस्या हुने बालबालिकाको संख्या अनुपातिक रूपबाट कम हुँदै जान्छ । १० वर्षसम्म पाँच प्रतिशत, १५ वर्षसम्म दुई प्रतिशत र वयस्क एक प्रतिशतमा यो समस्या हुन सक्छ ।

कस्ता बालबालिकाको ओछ्यानमा पिसाब गर्ने समस्या हुन सक्छ ?
–    बालबालिका जसका बाबुआमामा बाल्यकालमा त्यस्तै समस्या थियो ।
–    स्नायुको विकास ढिलो भई मूत्रथैली भरिएको थाहा पाउने क्षमता कम भएका बालबालिकामा ।
–    गहिरोसँग निदाउने बालबालिकामा ।
–    केटीभन्दा केटाहरू यो समस्याले बढी प्रभावित हुन्छन् ।
–   मनोवैज्ञानिक वा शारीरिक तनाव बढ्नाले ।
–   अत्यन्त कम प्रतिशत बालबालिकामा, मूत्रनली संक्रमण, मधुमेह, मिर्गाैलाले काम गर्न छोड्दा, कब्जियत, सानो मूत्रथैली, स्नायु विकासमा कमी भएको, केटा मान्छेको मूत्रनलीको भल्भमा खराबी भएको आदि कारण पनि यो समस्या हुन सक्छ ।

केही रोग वा संरचनात्मक समस्याको आशंका गरिएका बालबलिकालाई मात्रै पिसाब, रगतमा चिनीको मात्रा, ढाडको एक्सरे र मिर्गौला वा मूत्रथैलीको अल्ट्रासाउन्ड वा अन्य परीक्षण गरिन्छ ।

उपचार
ओछ्यानमा पिसाब गर्ने समस्याको उपचार गरिरहनु पर्दैैन । समयसँगै ओछ्यानमा पिसाब गर्ने समस्या रोकिन्छ र निको हुन्छ भन्ने आश्वासन दिनुपर्छ । उनीहरूलाई गाली गर्न वा सजाय दिनुहुँदैन । ओछ्यानमा पिसाब गर्ने समस्याको प्रारम्भिक उपचार भनेको शिक्षा, उत्प्रेरणात्मक उपचार तथा तरल पदार्थ पिउने र पिसाब फेर्ने बानी परिवर्तन नै हुन् । यी उपायले पनि ओछ्यानमा पिसाब गर्ने समस्यामा सुधार आएन भने औषधोपचार पनि गर्न सकिन्छ ।

–    बालकलाई ओछ्यानमा पिसाब गर्ने समस्याबारे राम्रोसँग शिक्षा दिनुपर्छ ।
–    ओछ्यानमा पिसाब गर्ने समस्या बालबालिकाको गल्ती होइन, त्यसैले उनीहरूलाई यो समस्याका लागि आरोप लगाउने वा सजाय दिने गर्नुहुँदैन ।
–   कसैले पनि बालकलाई ओछ्यानमा पिसाब गर्ने समस्याका लागि जिस्क्याउनुहुँदैन । ओछ्यानमा पिसाब गर्ने समस्याले गर्दा बालकले भोग्नुपर्ने तनाव कम गर्नुपर्छ । बालकको परिवार सहयोगी हुनुपर्छ र बालकलाई उसको यो समस्या निको हुने अस्थायी समस्या हो भनेर सम्झाउनुपर्छ ।
–    राती बाल्ने बत्तीको व्यवस्था गरेर राति सजिलै शौचालय जान सक्ने बनाउने ।
–    थप पाइजामा (पेन्ट), तन्ना र तौलिया सँगै राख्ने जसले गर्दा ओछ्यानमा पिसाब गरेर बालक राति उठ्यो भने उसलाई लुगा फेर्न सजिलो होस् ।
–    डस्ना नबिग्रियोस् भनेर डस्नामाथि प्लास्टिकले ढाक्ने ।
–   तन्नामुनि ठूलो तौलिया राख्यो भने त्यसले पिसाब सोस्छ र बालकलाई चिसो लाग्दैन ।
–   पिसाब नगन्हाओस् भनेर हरेक बिहान नुहाउन प्रेरित गर्ने ।
–    कब्जियतको समस्यालाई बेवास्ता नगरी उपचार गरिहाल्नुपर्छ ।

तरल पदार्थ कम गर्ने
–   बालकले सुत्न जाने समयभन्दा दुईदेखि तीन घन्टाअघि पिउने तरल पदार्थको मात्रा सीमित गर्ने तर उसले दिउँसो पर्याप्त पानी पिओस् भन्ने सुनिश्चित गर्ने ।
–    चिया, कफी, कार्बनयुक्त पेय पदार्थ (कोला) र चकलेट राती नखाने । ती चिजले पिसाब लगाउँछन् र ओछ्यानमा पिसाब गर्ने समस्या बढाउँछन् ।

पिसाब निथार्ने बानीका लागि सुझाव
–    सुत्न जानुअघि दुईपटक पिसाब निथार्न लगाउने । पहिलोपटक सधैँ सुत्न जानुअघि र दोस्रोपटक निदाउनुभन्दा पहिले ।
–    दिनभर निश्चित समयावधिमा शौचालय जाने बानी बसाल्ने ।
–    पिसाब निथार्न प्रत्येक राती बालक निदाएको तीन घन्टाजति पछि उसलाई उठाउने । आवश्यक परे अलार्मको प्रयोग गर्ने ।
–    ओछ्यानमा पिसाब गर्ने समय निर्धारण गरेर उसलाई उठाउने समय मिलाउन सकिन्छ ।

ओछ्यानमा पिसाब गर्दाको अलार्म
–    ओछ्यानमा पिसाब वा ओसको अलार्म ओछ्यानमा पिसाब गर्ने समस्या नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी विधि हो र सात वर्षभन्दा माथिका बालबालिकाका लागि यसको प्रयोग गरिन्छ ।
–    यस अलार्ममा बालकको कट्टुमा एउटा सेन्सर जडान गरिन्छ । जब बालकले ओछ्यानमा पिसाब गर्न लाग्छ, सो उपकरणले पिसाबको पहिलो थोपा नै थाहा पाउँछ र बज्न थाल्छ । यसरी बालक ब्यूँझन्छ र ब्यूँझेको बालकले शौचालय नपुगेसम्म आफ्नो पिसाब रोकिराख्न सक्छ ।
–     सो अलार्मले ओछ्यानमा पिसाब गर्ने समस्या सुरु हुनु ठीक अघि आफैँ ब्यूँझन बालकलाई तालिम दिन मद्दत गर्छ ।

मूत्रथैली प्रशिक्षण अभ्यास
–    ओछ्यानमा पिसाब गर्ने समस्या भएका धेरै बालबालिकाको मूत्रथैली सानो हुन्छ । मूत्रथैली प्रशिक्षणको लक्ष्य मूत्रथैलीको क्षमता बढाउनु हो ।
–    दिनको समयमा बालबालिकालाई धेरै मात्रामा पानी पिउन लगाइन्छ र पिसाब लागे पनि पिसाब रोकिराख्न लगाइन्छ ।
–    यस्ता अभ्यासले बालकले लामो अवधिसम्म पिसाब रोकिराख्न सक्छ । यसले मूत्रथैलीको मांसपेशीलाई बलियो बनाउँछ र मूत्रथैलीको क्षमता बढाउँछ ।

औषधोपचार
ओछ्यानमा पिसाब गर्ने समस्या निको पार्न अन्तिम विकल्पका रूपमा मात्र औषधोपचार गरिन्छ र प्रायः सात वर्षभन्दा माथिका बालबालिकामा यो विकल्प प्रयोग गरिन्छ । यो प्रभावकारी त हुन्छ तर यसले ओछ्यानमा पिसाब गर्ने समस्यालाई निको पार्दैन । यसले पिसाब रोक्ने समय बढाउँछ र अस्थायी रूपमा यसलाई प्रयोग गरिन्छ । प्रायः औषधिको प्रयोग बन्द गरेपछि पुनः ओछ्यानमा पिसाब गर्ने समस्या सुरु हुन्छ । औषधोपचारभन्दा पनि अलार्मको प्रयोगबाट स्थायी उपचार सम्भव हुन सक्छ ।

चिकित्सकलाई कहिले देखाउने ?
ओछ्यानमा पिसाब गर्ने समस्या भएका बालबालिकाको परिवारले निम्न अवस्थामा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ :
–   दिउँसो ओछ्यानमा पिसाब गर्ने समस्या भएमा ।
–    सात–आठ वर्षपछि पनि ओछ्यानमा पिसाब गर्ने समस्या रहिरहेमा ।
–    कम्तीमा ६ महिना ओछ्यानमा पिसाब गर्न छोडेपछि पुनः सुरु गरेमा ।
–    दिसा गर्दा पिसाब नियन्त्रण गुमाएमा ।
–    ज्वरो आएमा, दुखेमा, पिसाब निरन्तर भएमा, पोलेमा, अनावश्यक तिर्खा लागेमा तथा अनुहार र खुट्टा सुन्निएमा ।
–    पिसाबको प्रवाह कम भएमा, पिसाब फेर्न कठिनाइ भएमा ।
(स्वास्थ्य खवरबाट साभार)

२०७२ चैत २०। नेपाल सरकारले २०७३ मा लागुहुने सार्वजनिक बिदाहरुको सूची प्रकाशन गरेको छ । ती बिदाहरुको सूची मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेर नेपाल राजपत्रमा प्रकाशन गरेको हो । 

जसमा २०७३ सालदेखि बैशाख ११ गतेको लोकतन्त्र दिवसको सट्टा असोज ३ गते संविधान दिवसको दिन सार्वजनिक बिदा दिइएको छ । यसका अलावा अन्य केही बिदाहरु पनि हेरफेर भएका छन् । 






२०७२ चैत ११ । तपाईले विदेशबाट ल्याउनु भएको वा अबैध रुपमा आयात भएको मोबाइल सेट बोक्नु भएको त छैन ? यदि त्यसो हो भने होस् गर्नुहोस, तपाईको मोबाइल फोन ब्लक नै हुनसक्छ ।

तपाईले बोकेको मोबाइल सेटको विशिष्ट पहिचान अंक (आइएमइआई नम्बर) नहुन पनि सक्छ । आइएमइआई नम्बर नभएका मोबाइल सेट ब्लक गराउने तयारी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ ।
प्राधिकरणले तयार पारेको ‘राष्ट्रिय उपकरण पहिचान दर्ता’को आन्तरिक कार्यबिधिमा आधिकारिक आइएमइआई नम्बर नभएका मोबाइललाई ब्लक गरिने उल्लेख छ ।

तर,  हाल नेपालभर प्रयोगमा रहेका सेटले भने ६ महिनाको म्याद पाउनेछन् । अर्थात, हालसम्म नेपाल भित्रिएका सेटमा आधिकारिक आइएमइआई नम्बर लिन सक्नेछन् । सेवाप्रदायकले जानकारी दिएको ६ महिनाभित्र पनि आइएमइआई नलिने प्रयोगकर्ताको मोबाइल भने स्वतः ब्लक हुनेछ ।

कार्यविधिमा आगामी १ वैशाखपछि नेपाल भित्रिने मोबाइलमा अनिवार्य रुपमा आइएमइआई नम्बर हुनु पर्ने व्यवस्था छ ।  यदि आधिकारिक आइएमइएआई  नम्बर नभए जुनसुकै मोबाइल सेट पनि ब्लक गरिने प्राधिकरणका उपनिर्देशक मीनप्रसाद अर्यालले बताए । उनले भने,’यसर्थ अब वैधानिक बाटोबाट आयात भएका मोबाइलमा आइएमइआई नम्बर हुनेछ तर अवैधरुपमा भित्रिएका मोबाइलमा भने नहुन पनि सक्छ ।’

प्राधिकरणले अन्तर्राष्ट्रिय मोबाइल उपकरण पहिचान र उपकरण पहिचान दर्ता प्रणालीलाई अनिवार्य बनाउने गरी कार्यविधि तयार पारेको हो ।  कार्यविधि  १ वैशाखदेखि लागू हुनेछ । आइएमआई भनेको कुनै पनि मोबाइल सेटको पहिचान राख्ने १५ अंकको नम्बर हो । इआइआरएस भनेको त्यस्ता उपकरणको पहिचान दर्ता गर्ने प्रणाली हो । (अनलाइन खबरबाट) 

गणेशकुमार राई । 
२०७२ चैत १०। केही समयअघिबाट अस्तित्वमा रहेको प्रेमवाद (हेभन्ली पाथ)का प्रवर्तक ओम नन्दको कर्तुत पर्दाफास हुन थालेको छ । उनको क्रियाकलापबारे लेखिएको पुस्तिका बजारमा आएपछि ओम नन्दको गलत क्रियाकलापलाई संसारभरबाट आक्रोश व्यक्त भइरहेको छ भने किराती समुदायबाट उनको भण्डाफोर हुन थालेको छ। यसै सन्दर्भमा उक्त पुस्तिका बजारमा ल्याउने भद्रगोल किरातीलाई हेभेन्ली पाथका अनुयायीहरुबाट धम्कीसमेत आउन थालेको छ । 

भद्रगोलले ईसमतासँग कुरा गर्दै भने– “सुवास क्याप्टेनले तपाईंले किन यस्तो गरेको, तपाईं कहाँ हो ? हामीले भेट्नु छ भनी अपरिचतलाई फोन गर्न लगाएको छ । नेपालको नम्बरबाट ‘सुरक्षित बस्नू हामी जे पनि गर्न सक्छौं’ भनेका छन् । मोबाइल नम्बर सेभ गरेर राख्या छु, सम्बन्धित निकायलाई दिनु छ भनी मेरा आफन्त साथीभाइलाई मार्ने धम्की दिएर मलाई तर्साइरहेका छन् । मेरो नाम लिएर विभिन्न प्रेसमा धम्काइरहेका छन् । कवि कविता राई ‘गाउँले’लाई इलामको पशुपतिनगर घरमै पुगी सुवास राई ‘क्याप्टेन’ले धम्की दिएछन् । पटक–पटक अरुलाई फोन गराएर तँलाई सिध्याउँछु भन्नेसम्मको धम्की दिएका छन् उनले ।”

भद्रगोलले भने, ‘राज्यले साधारण मान्छेलाई भगवान् बनाएर नागरिकता दिन मिल्छ ? गृह प्रशासनलाई प्रश्न छ मेरो, यदि मिल्छ भने कस्ताले पाउँछन् बताउनुपर्‍यो ।’
‘ओम नन्दलाई दरबार, प्रपन्नाचार्य र पद्मसुन्दर लावतीले चलाएको हो । माओवादी आन्दोलनको बेला ओम नन्द धर्मगुरु हो, कहीँ रोकतोक नलाउनू भनी राजपरिषद स्थायी समितिका सभापति, प्रधानमन्त्री र मन्त्रीहरुले नै कागजात दिएका थिए । उनी त्योबेला तत्कालिन शाही सेनाको सुराकीसमेत बनेका थिए ।’

शाही सेनाको हेलिकप्टर चढ्ने ओम नन्दलाई सेनाकै संरक्षण थियो
ओम नन्द तत्कालिन राजनीतिक संगठनसँग समेत जोडिएका थिए । पहिले उनी गोपाल किराती नेतृत्वको तत्कालिन खम्बुवान राष्ट्रिय मोर्चामा संलग्न रहेका थिए भने पछि अशोक राईको नजिक रहेर नेकपा मालेमासमेत संलग्न रहेका थिए ।

तर, उनले राजनीतिक संगठनलाई त्यागेर तत्कालिन दरबारसँग साँठगाँठ गर्न पुगेको बताइन्छ । किरात राई यायोक्खाका पूर्वअध्यक्ष तथा किराती संस्कृतिका अनुसन्धाता चतुरभक्त राईका अनुसार उनी आफ्नो धर्म प्रचारको बहानामा खोटाङ, दिक्तेलमा तत्कालिन शाही सेनाको हेलिकप्टरबाट पुगेका थिए । त्यसबेला उनलाई सेनाले सुरक्षासमेत प्रदान गरेका थिए ।

ओम नन्दका कर्तुतबारे प्रकाशित पुस्तिका (पढ्नका लागि क्लिक गर्नुस्)

राई भन्छन्, ‘माओवादी आन्दोलनताका आर्मीको हेलिकप्टर चढेर गएको र सेनाले नै उनलाई सुरक्षा दिनुले उनी त्यसबेला धर्मको प्रचारभन्दा पनि सेनाको सुराकीका रुपमा त्यहाँ पुगेको हुनुपर्छ । उनी कहीँ न कहीँबाट परिचालित थिए र छन् भन्ने देखिन्छ ।’

उनले थपे, ‘यो किरातीहरुको धर्म, संस्कृति, परम्परालाई बिनाश गर्न राज्यले नै परिचालन गरेको हो । अरुलाई परिचालन गर्दा साम्प्रदायिक देखिने भएकाले राईको विरुद्ध राईलाई नै परिचालन गरेको हो ।’

चतुरभक्तका अनुसार ओम नन्द आफूले सगरमाथा आरोहण गरेको र त्यसलाई किरात राई यायोक्खामार्फत् पनि प्रमाणित गरिदिन भन्दै कार्यालयमा आएपछि किरायाका पदाधिकारीहरुले ‘तिमी सगरमाथा चढें भन्छौ, खै त तिम्रो ओँठ फुटेको हुनुपर्ने, अनुहार कालो हुनुपर्ने केही भएको छैन त’ भनेपछि नाजवाफ भएर लज्जित हुँदै फर्केका थिए ।
‘ओम नन्दलाई किरातीहरुको धर्म, संस्कृति, परम्परालाई बिनाश गर्न राज्यले नै परिचालन गरेको हो । अरुलाई परिचालन गर्दा साम्प्रदायिक देखिने भएकाले राईको विरुद्ध राईलाई नै परिचालन गरेको हो ।’

राजपरिषदको सभापति र प्रधानमन्त्रीले नै कागजात दिलाएका थिए
ओम नन्दलाई तत्कालिन राजपरिषद् स्थायी समितिका सभापति तथा प्रधानमन्त्री र मन्त्रीहरुले नै ‘ओम नन्द धर्मगुरु रहेकाले कहीँ, कुनै पनि स्थान वा परिस्थितिमा बेरोकटोक घुम्न दिनू’ भनी कागजात दिलाएका थिए ।

ओम नन्दसँग कयौं पटक प्रत्यक्ष भेट गरेका समाजसेवी तथा किरात राई यायोक्खाका पूर्वमहासचिव राजबहादुर राईले भने, ‘ओम नन्दलाई दरबार, प्रपन्नाचार्य र पद्मसुन्दर लावतीले चलाएको हो । माओवादी आन्दोलनको बेला ओम नन्द धर्मगुरु हो, कहीँ रोकतोक नलाउनू भनी राजपरिषद स्थायी समितिका सभापति, प्रधानमन्त्री र मन्त्रीहरुले नै कागजात दिएका थिए । उनी त्योबेला तत्कालिन शाही सेनाको सुराकीसमेत बनेका थिए ।’

राजबहादुरले ओम नन्द कुनै पनि दैवी शक्ति प्राप्त व्यक्ति नरहेको दाबी गर्दै भने, ‘ओम नन्द एक पटक म धर्मगुरु हुँ भन्दै किरात राई यायोक्खाको कार्यालयमा आए । अनि मैले तिमी गुरु नै हौ भने मलाई भेदेर यहीँ मार भनें । अनि उनी रातोपिरो भएर फर्किए ।’

त्यसबेला उनले किरात राई यायोक्खाका पदाधिकारी र सदस्यहरुसँग तस्वीर खिचाउन खोजेका थिए । तर, उनले फोटो खिचेपछि जोकसैलाई पनि आफ्नो अनुयायीका रुपमा प्रचार गर्ने भएकाले आफूहरुले फोटो खिच्न नदिएको राईको भनाइ छ । ओम नन्दले त्यसबेला किरात राई यायोक्खाको सदस्यता दिलाउनसमेत आग्रह गरेका भए पनि उनलाई सदस्यता प्रदान गरिएन ।

ऊ गद्दार हो भन्ने जनयुद्ध लडेका धेरैलाई थाहा छ
माओवादी सशस्त्र जनयुद्ध सुरु भएकै ताका पूर्वी नेपालमा जातीय मुक्तिको लागि सशस्त्र विद्रोह गर्दै भूमिगत भएको खम्बुवान राष्ट्रिय मोर्चामा ओम नन्द करिब १५ महिनासम्म संलग्न रहे । खरामोमा रहँदा पनि उनी अस्थिर स्वभावका थिए । त्यसबेला उनी हार्मोनियमसमेत बजाउने गर्थे ।

ओम नन्दले ‘किरात धर्म’ संकुचित भएको भन्दै विश्वसामु पुग्नका लागि ‘हेभेन्ली पाथ’लाई अंगीकार गर्नुपर्ने प्रस्ताव पेश गरेपछि उनलाई आयोजकले अधिवेशन हलबाटै गलहत्याएर निष्कासन गरेको थियो ।
तत्कालिन खरामोका प्रमुख गोपाल किराती ‘साइँला’ले भने, ‘भक्तले कसरी बाठो हुने भनेर सोध्थ्यो । मैले मार्क्सवादी पुस्तकहरुको नाम दिएँ । तर, पछि काम्दै भाग्यो । शाही सेनासँग आत्मसमर्पण गर्‍यो । मलगायत क्रान्तिकारीहरुको हत्या गर्न शाही सेनाले त्यसलाई सुराकी बनाएर निकै खोज्यो । ऊ गद्दार हो भन्ने जनयुद्ध लडेका धेरैलाई थाहा छ ।’

देउबहादुरले भक्तकुमारलाई ओम नन्द बनाएका हुन्
हाल गड एन्जल, ओम नन्द, बाल तपस्वी, स्वर्गीक दुत, सत् गुरु आदि नामले चिनिने ओम नन्दको वास्तविक नाम भक्तकुमार राई हो । भक्तकुमार राईले २०५६ सालको रामनवमीको दिनदेखि आफूलाई धर्मगुरुको रुपमा बताउन थालेका थिए ।

उनी इलामको चुलाचुलीस्थित हात्तिलेँदा मन्दिरको मूख्य पुजारी देउबहादुर तुम्बापोको शरणमा पुगे । तुम्बापोले नै उनलाई अभिषेक गरी भक्तकुमार राईबाट ‘ओम नन्द’ नाम फेरिदिएका थिए ।

ओम नन्दका कर्तुतबारे प्रकाशित पर्चा (पढ्नका लागि क्लिक गर्नुस्)

२०६१ सालमा किरात धर्म संरक्षण समितिको तेस्रो अधिवेशन झापाको दमकमा चलिरहेको थियो । ओम नन्दले उक्त अधिवेशनमा ‘किरात धर्म’ संकुचित भएको भन्दै विश्वसामु पुग्नका लागि ‘हेभेन्ली पाथ’लाई अंगीकार गर्नुपर्ने प्रस्ताव पेश गरेपछि उनलाई आयोजकले अधिवेशन हलबाटै गलहत्याएर निष्कासन गरेको थियो ।

पोखरीमा गाड्ने बाँसको लिंगोमा ढुङ्गा बाँध्ने गर्थे, त्यो चमत्कार होइन
ओम नन्दले आफूलाई स्वर्गीक दूतका रुपमा प्रस्तुत गर्दै आएका छन् । यसअघि उनले आफू गौतम बुद्धपछिकै ठूलो भगवानका रुपमा दाबीसमेत गर्ने गरेका छन् । साथै उनले आफू दैविक शक्ति भएको व्यक्तिका रुपमा पनि दाबी गर्दै आएका छन् ।

उनले आफूलाई दैविक शक्तिले सम्पन्न सावित गर्नका लागि पूर्वी नेपालमा रहेका विभिन्न पोखरी वा नदीहरुमा बाँसको लिंगो ठड्याएर चमत्कार देखाउने गर्दथे । तर, उनले त्यो बाँसको लिंगोलाई पोखरी वा नदीको बीचमा कसरी अड्याएका छन् भनेर थाहा नपाऊन् भनेर विभिन्न अफवाह फैलाएका थिए ।

हेभेन्ली पाथको नाममा आर्थिक संकलन गरी ललितपुरस्थित इमाडोलमा व्यक्तिको नाममा करिब १७ रोपनी जग्गासमेत खरिद गरिएको पाथको गोप्य स्रोतले जानकारी दिएको छ । तर, ओम नन्दका यसप्रकारको कर्तुत थाहा पाउनेहरु पहिलेबाटै हेभेन्ली पाथलाई त्याग्दै आएका छन् भने अहिले उनका अनुयायीहरु उल्लेख्य मात्रामा घटिरहेको बताइन्छ ।
अफवाह फैलाउने क्रममा उनले पाँचथर जिल्लामा पर्ने तिम्बु पोखरीमा ठड्याएको लिंगोलाई एक जना गोठालोले चलाएको र उनको सारा परिवार नै नाश भएको हल्ला पूर्वमा चलाइएको थियो ।

उनले बाँसलाई पोखरीमा अड्याएर देखाउने क्रममा पहिले बाँसको फेदमा ढुङ्गा वा बालुवा बाँध्ने र त्यसलाई सन्तुलनमा राखेर पानीको बीचमा अड्याउने गरेका थिए ।

उनले सप्तकोशी नदीको बीच भागमा फूल र पैसा राखेरसमेत देखाए । तर, उनले त्यसका लागि पहिले नदीमा वारिपारि डोरी टाँगेर बीचमा फूल र पैसा अड्याएर देखाएका थिए । जसलाई देखेर सर्वसाधारणहरुमा ओम नन्द साँच्चिकै अद्भूत रहेछन् भन्ने भ्रम पर्न गएको थियो ।

चतुरभक्त राईले यसबारे सुनाए, ‘एक पटक बराह पोखरीमा ओम नन्दले झण्डा गाड्ने भएछन् । मेरा भाइहरु पनि हेर्न गएछन् । उनीहरु त छक्कै परे । ओम नन्द भगवान् नै रहेछ भन्ने भयो । मेरा भाइहरु पनि पौडी खेल्न सिपालु । भोलिपल्ट पोखरीमा के रहेछ ? भनेर पौडी खेलेर भित्रसम्म पसर हेर्दा त बाँसको फेदमा ढुङ्गा बाँधेको थियो रे ।’

अर्थिक हिनामिनामा सुर्वीन
विशेष गरी राई–लिम्बू समुदायमा प्रभाव पारेको भनिएका ओम नन्दको मुख्य सहयोगी रुपमा गोपाल राई उर्फ सुर्वीन हुन् । भोजपुर घोडेटार स्थायी घर भएका उनी सामान्य परिवारमा जन्मिएका थिए ।

किरातीहरुको लयात्मक बोलीमा बोल्ने उनले स्त्रीहरुमाथि विशेष प्रभाव पार्ने गरेको उनी नजिकको स्रोतको दाबी छ । किराती समाज मातृसत्तात्मक रहेको र यस प्रवृत्तिको फाइदा लिन सबैभन्दा पहिले परिवारको महिलालाई प्रभाव पार्ने गरेको कतिपयको ठम्याइ छ ।

गोप्य स्रोतका अनुसार सुर्वीनले हेभेन्ली पाथकै नाममा संकलित रकम दुरुपयोग गरी नयाँ बानेश्वरस्थित कृष्णसदन भवनमा करिब एक करोड लगानीमा ‘अनामिका ब्युटी शैलुन’ स्थापना गर्नुका साथै काँडाघारीमा तीन तले घरसमेत निर्माण गरेका छन् । उनी हाल हुन्डाइ कम्पनीको ‘आइ टेन’ कार चढेर हिँड्ने गर्दछन् । जसको बजार मूल्य करिब २४ लाख रहेको छ ।

ओम नन्दका सहयोगीहरु पुरुष नभएर अविवाहित महिला हुनुपर्ने प्रावधान रहेको छ । उनलाई साँझ–बिहान कन्याहरुले शरीरमा तेल लगाएर मसाज गर्नुका साथै उनी नुहाउँदा होस् या अन्य समयमा होस्, कन्याहरुले नै कपडा फेरिदिनुपर्ने त्यहाँको प्रावधान रहेको छ ।
सुर्वीनका कर्तुतबारे करिब ८ महिनाअघि हेभेन्ली पाथभित्रै पनि चर्को विवाद मच्चिएको थियो । उनीबारे हेभेन्ली पाथकै प्रेसबाट समाचार सम्प्रेषण गरेको थियो ।

सुर्वीनले राई–लिम्बू समुदायका, विशेष गरी लाहुरेहरुका श्रीमतीलाई प्रेमको बारेमा र असल मानवीय व्यवहारबारे प्रवचनसमेत दिने गरेको बताइन्छ । पछिल्लो समय उनको बदलिँदो जीवन शैलीसँगै दैनिकजसो युवतीहरुसँग लन्च/डिनर गरिरहेका तस्वीरहरु सामाजिक सञ्जालहरुमा सार्वजनिक गर्दै आएका छन् ।

उनले ठूलो आर्थिक घोटला गरेको भन्दै केही समय गड एन्जलको निजी सचिव पदबाट बर्खास्त गरिएको थियो । तर, हाल पुनः उनैलाई कायम गरिएको छ ।

कन्याले कपडा फेरिदिनुपर्ने ओम नन्द
ओम नन्दका सहयोगीहरु पुरुष नभएर अविवाहित महिला हुनुपर्ने प्रावधान रहेको छ । उनलाई साँझ–बिहान कन्याहरुले शरीरमा तेल लगाएर मसाज गर्नुका साथै उनी नुहाउँदा होस् या अन्य समयमा होस्, कन्याहरुले नै कपडा फेरिदिनुपर्ने त्यहाँको प्रावधान रहेको छ ।

हेमेन्ली पाथका अनुयायी घट्दै
धर्मगुरुको नाममा ओम नन्दले गरेका कर्तुतबारे जानकार भएपछि हेभेन्ली पाथका अनुयायीहरु घट्दै गएका छन् ।

हाल हेभेन्ली पाथलाई आर्थिक संकटसमेत आउन थालेको गोप्य स्रोतको दाबी छ । यसअघि अनुयायीहरुले ठूलो रकम सहयोग गर्दै आएका भए पनि हाल त्यो रोकिँदा काठमाडौंको शान्तिनगरस्थित ‘सिमिचोङ भवन’, बाँसबारीमा अवस्थित ‘लभिज्म प्रेस’ र ललितपुरको तिखिदेवलमा अवस्थित ‘लभिज्म होम्’ सञ्चालनमा संकट देखा पर्न थालेको छ ।

पूर्वी नेपालका धरान, दमकजस्ता सहरहरुमा हेभेन्ली पाथका यति अन्धभक्त अनुयायीहरु रहेका थिए कि उनीहरुले आफ्नो घरसमेत बेचेर आर्थिक सहयोग गरेका थिए । यसरी सहयोग गर्नेमा लाहुरेका श्रीमतिहरु उल्लेखनीय रहेका थिए, जो अहिले आफै भाडामा बस्ने गरेको स्रोतले बतायो ।

हेभेन्ली पाथको नाममा आर्थिक संकलन गरी ललितपुरस्थित इमाडोलमा व्यक्तिको नाममा करिब १७ रोपनी जग्गासमेत खरिद गरिएको पाथको गोप्य स्रोतले जानकारी दिएको छ । तर, ओम नन्दका यसप्रकारको कर्तुत थाहा पाउनेहरु पहिलेबाटै हेभेन्ली पाथलाई त्याग्दै आएका छन् भने अहिले उनका अनुयायीहरु उल्लेख्य मात्रामा घटिरहेको बताइन्छ । (इसमताबाट साभार) 

पुराना अपडेट

मूलघर

२२ मन्त्रालय लगायत अन्य लिङ्क
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • अर्थ मन्त्रालय
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
  • कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालय
  • कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
  • खानेपानी मन्त्रालय
  • गृह मन्त्रालय
  • परराष्ट्र मन्त्रालय
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
  • युवा तथा खेलकूद मन्त्रालय
  • रक्षा मन्त्रालय
  • वन तथा वातावरण मन्त्रालय
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
  • श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालय
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयत्रालय
  • सहरी विकास मन्त्रालय
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  • व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना
  • प्रितिबाट युनिकोड रुपान्तरण
  • लोकसेवा आयोग
  • सञ्जिवनी ब्लगस्पोट डटकम
ताजा अपडेट
ताजा कमेन्ट
लोकप्रिय पोष्ट
  • पुमा राई र नेपाली भाषामा प्रकाशित पहिलो सांस्कृतिक उपन्यास योङ्युप्चिदो (पाइलाहरुमा) अब अनलाइनमा
  • पाइलाहरूमा (नेपाली भाषामा)
  • प्रितीफन्टबाट युनिकोडमा रुपान्तर गर्नुहोस्
  • सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिने प्रक्रिया (राजश्व दस्तुर सहित)
  • सम्पर्क ठेगाना दिदै सृजना पठाउन अनुरोध
  • नेपाली (देवनागरी) युनिकोडमा टाइप गर्न किबोर्ड लेआउट, अल्टर की सहित
  • (no title)
  • लोकसेवा अायोगद्वारा शाखा अधिकृतको एकिकृत योग्यताक्रम सहित सिफारिसको सूचि सार्वजनिक
  • पुमा (राई) जाति तथा संस्कृति : एक परिचय
  • पुमा राईका भाषा, धर्म र संस्कारहरु
अभिलेखालय
  • ▼  2025 (1)
    • ▼  December 2025 (1)
      •  
  • ►  2020 (1)
    • ►  April 2020 (1)
  • ►  2019 (2)
    • ►  March 2019 (1)
    • ►  February 2019 (1)
  • ►  2018 (6)
    • ►  December 2018 (1)
    • ►  September 2018 (4)
    • ►  August 2018 (1)
  • ►  2017 (5)
    • ►  December 2017 (1)
    • ►  March 2017 (4)
  • ►  2016 (163)
    • ►  December 2016 (1)
    • ►  November 2016 (3)
    • ►  October 2016 (4)
    • ►  September 2016 (6)
    • ►  August 2016 (2)
    • ►  July 2016 (2)
    • ►  June 2016 (1)
    • ►  May 2016 (3)
    • ►  April 2016 (19)
    • ►  March 2016 (25)
    • ►  February 2016 (29)
    • ►  January 2016 (68)
  • ►  2015 (349)
    • ►  December 2015 (127)
    • ►  November 2015 (71)
    • ►  October 2015 (71)
    • ►  September 2015 (71)
    • ►  August 2015 (4)
    • ►  April 2015 (1)
    • ►  February 2015 (2)
    • ►  January 2015 (2)
  • ►  2014 (30)
    • ►  November 2014 (2)
    • ►  September 2014 (3)
    • ►  August 2014 (1)
    • ►  July 2014 (3)
    • ►  June 2014 (21)
  • ►  2013 (4)
    • ►  December 2013 (1)
    • ►  November 2013 (1)
    • ►  October 2013 (2)
  • ►  2012 (1)
    • ►  June 2012 (1)
  • ►  2011 (3)
    • ►  August 2011 (1)
    • ►  April 2011 (2)
  • ►  2009 (1)
    • ►  December 2009 (1)
©सर्वाधिकार: Henkhama-The Earth मा सुरक्षित

| मूलघर | हेङ्खामा | नेपाली युनिकोड | सम्पर्क |