प्रधानमन्त्री र मन्त्री बन्न शैक्षिक योग्यता आवश्यक नपर्ने

२०७२ भदौ २९ । प्रधानमन्त्री तथा मन्त्री हुनका लागि शैक्षिक योग्यता आवश्यक नपर्ने धारा पनि पारित भएको छ। प्रधानमन्त्री तथा मन्त्री हुनका लागि योग्यता तोक्नुपर्ने माग गर्दै कम्तीमा स्नाकोत्तर उत्तीर्ण हुनुपर्ने भनी राखिएको संशोधन प्रस्ताव फिर्ता भएको छ।

मन्त्री तथा प्रधानमन्त्रीको न्यूनतम शैक्षिक योग्यता तोक्नुपर्ने भन्दै सभासद् कुमार खड्काले संविधानको
धारा ७८ मा संशोधन प्रस्ताव हालेका थिए। तर पारित हुने संभावना नभएपछि उनले फिर्ता लिएका हुन्।

नयाँ स‌ंविधानको विधेयकमा जनमत संकलन गर्ने क्रममा मन्त्री तथा प्रधानमन्त्रीको न्यूनतम शैक्षिक योग्यता तोक्नुपर्ने माग व्यापक रुपमा आएको थियो। तर संविधानमा यो समावेश हुन सकेन। मन्त्री तथा प्रधानमन्त्री बन्नका लागि नयाँ संविधानमा पनि कुनै शैक्षिक योग्यता नतोकिने भएको छ। यस धारा जस्ताको त्यस्तै पारित भएसँगै जनताको सुझाव संकलन नाटक मात्र भएको र यसपटकको संविधानले समेत बहुसंख्यक जनताको आकांक्षालाई सम्बोधन नगर्ने निश्चित भएको सर्वसाधारणले गुनासो गर्न थालेका छन् ।

प्रकाशित मिति: Tuesday, September 15, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।